७ फाल्गुन २०७८, शनिबार १८:२५ – Page 3 – Nagarikabhiyan : National News

भोक्राहाका मानव अधिकार समूहलाई ज्याकेट 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा १० थान ज्याकेट हस्तान्तरण गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेकोा मानव अधिकार समूहलाई भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा मानव अधिकार समूह लेखिएको ज्याकेट सनिबार प्रजातन्त्र दिवशको अवसरमा पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
गाउँमा सक्रिय रुपमा मानव अधिकार समूहमा लागेर शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको अधिकारको पक्षमा वकालत गर्दै आएका समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा ज्याकेट हस्तान्तरण गरेको इन्सेक सुनसरीले जनाएको छ । समुहमा आवद्ध भएकाहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताको पहलमा प्रदान गरिएको ज्याकेट प्रजातन्त्र दिवशको अवसरमा राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गिता दाहाल र मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा १० थान ज्याकेट हस्तान्तरण गर्नुभयो ।
समूहका सेराज हुनेल, बेलाल अंसारी, पुजा मण्डल, अन्जली मण्डल,नईम अंसारी, अकाश मण्डल, पत्रकार अजमल अंसारी सहितका लाई ज्याकेट हस्तान्तरण गरेको जनाएको छ ।

 

१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा ज्याकेट हस्तान्तरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

बारको पदाधिकारीद्धारा पदास्थापन ग्रहण

नेपाल बार एशोसिएशन सुनसरी जिल्ला अदालत बार इकाईका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपत ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी बारको सभाहलमा आयोजित कार्यक्रममा निवर्तमान समितिका पदाधिकारीहरुले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेको छ । निवर्तमान समितिका अध्यक्ष शारदा प्रसाद अधिकारीले नवनिर्वाचित समितिका अध्यक्ष अश्विनी कुमार भट्टराईलाई आफ्ना कार्यकालका सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन ।
नयाँ समितिका अध्यक्ष भट्टराईले पद ग्रहण गर्दै आफ्नो क्षमताले भ्याए अनुसार कार्यकाल राम्रो र ऐतिहासिक बनाउनका लागि सदैव लागि पर्ने तथा अदालतलाई स्वच्छ निस्पक्ष र छिटो छरिता न्याय सम्पदानका लागि बार बेन्चको छलफललाई प्राथमिकतामा राख्ने, बारको पुस्तकालाय व्यवस्थापन गर्ने जस्ता प्रतिवद्धता जाहेर गरेका छन् ।
नवि निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा नेपाल बारका उपाध्यक्ष मान बहादुर रुमदालीले बधाई तथा शुभकामना दिदै आगामी कार्यकाल सफल बनाउन अझै सशक्त भएर न्यायलयका बिकृती विसंगती हटाउन जोड दिनु भयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि तथा जिल्ला न्यायाधिश कैलाश प्रसाद सुवेदीले आगामी कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै बार बेन्च समन्वय गरेर अगाडी बढनेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा नवनिर्वाचित समितिलाई नेपाल बारका सदस्य पंचनारायाण मण्डल, बार काउन्सीलका काउन्सीलर प्रेम प्रसाद पोखरेल, बरिष्ठ अधिवक्तहरु रामप्रसाद घिमिरे, हेमराज पोखरेल, अर्जुन मेहता, सरकारी वकिलका सहन्याधिवक्ता गणेश प्रसाद सापकोटा लगायतले ब
धाई तथा शुभकामना दिएका थिए ।
सो कार्यक्रममा नवनिर्वाचित पादधिकारीहरुलाई खादा, प्रमाण पत्र तथा अबिर लगाएर निर्वाचन समितिका प्रमुख नवराज आचार्यले पदस्थापन तथा सपत ग्रहण गराएका थिए ।

 

भोक्राहा नरसिंहमा यूवा संघको इन्चार्जमा यादव

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको इन्चार्जमा रमेश यादव चयन भएको छ । युवासघको जारी सर्कुलर अनुसार युवा संघको भोक्राहा नरसिंह इन्चार्जको जिम्मा यादवलाई दिएको हो । यादव पार्टीको भोक्राहा नरसिंह सहसचिव पनि हुन् ।

गढी रंगशालामा दोश्रो डिजिटल गढी प्रिमियर लिग फागुन २५ गतेदेखी संचालन हुने

सुनसरीको गढी गाउँपालिका स्थित गढी रंगशालामा दोश्रो डिजिटल गढी प्रिमियर लिग फागुन २५ गतेदेखी संचालन हुने भएको छ । गढी प्रिमियर लिग खेल २०÷२० ओभरको प्रतियोगिता हुने आयोजक छ । डिजिटल आदर्श गढ़ी निर्माण अभियानको आयोजनामा हुने प्रतयोगिताको तयारी पुरा भएको आयोजक समितिका श्रवण यादवले जानकारी दिनुभयो । यादवका अनुसार प्रतियोगिता गढी रंगशाला, गढी गाउँपालिका २ औरावनीमा २०७८ फाल्गुण २५ गतेदेखी संचालन हुनेछ । प्रदेशका ६ टिमले सहभागिता जनाउने जनाएको छ । हरेक टिमसँग एक आफसमा १÷१ वटा लिग खेलखेली ६ टिम मध्ये लिगमा पहिलो हुने र दोश्रो हुने बिच फाइनल खेल खेलाइनेछ । प्रतियोगितामा सहभागीत ६ टिममा ३१ खेल हुनेछ । प्रतियोगितामा अनुमानित लागत ३५ लाख लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता चैत १० गते सम्म संचालन हुनेछ ।
अभियानले आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलन पछि जारी विज्ञप्तीमा वर्तमान युगको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक तथा राजनैतिक विकासको गति परिपेक्षलाई अध्ययन गर्दा हाम्रो देश नेपालको अवस्था सन्तोषजनक नरहेको झनै पिछडिएको अवस्थामा रहेको हाम्रो गाउँलाई सामाजिक रुपान्तरण गर्दै विकासको पूर्वधारहरु जस्तैः शिक्षा, स्वास्थ्य, खेलकुद, संचार, यातायात, खानेपानी, विधुत लगायत सामाजिक, आर्थिक, भौतिक, शैक्षिक तथा राजनैतिक पूर्वधार विकास गर्दै आमजनतालाई चेतनशील नागरिकको रुपमा रुपान्तरण गर्नुपर्ने, स्थानिय संस्कृति रक्षा र गौरवभाव वृद्धि गर्न धार्मिक, संस्कृतिक मौलिक पहिचान सहितको गढी धार्मिक वन, गढी राष्ट्रिय रङ्गशाला निमार्ण हुनु पर्दछ । “स्थानिय सहभागितामा स्थानिय विकास” मूल नाराको साथ स्थानिय जागरुक शिक्षित युवाहरुको समूहद्धारा स्थापना गरिएको ‘डिजिटल आदर्श गढ़ी निर्माण अभियान’ को मूल उद्देश्य विभेद रहित, भ्रष्टचार रहित, हिंसा तथा दुब्र्यसनीमुक्त, पारदर्शी, न्यायमूलक, सुन्दर, सफा, स्वास्थ्य, शिक्षित, समृद्ध, सुशासन युक्त समतामूलक समाज निर्माण स्थानिय नागरिकको व्यापक सहभागिताले मात्र सम्भव रहेको छ । गढीगाउँपालिकालाई आदर्श बनाउनकालागि हामीले केही विकास गर्नु पर्न आवश्यक पुर्वधारहरु सुचिकृत गरेकाछौँ भनिएको छ । उक्त विज्ञप्तीमा शिक्षा ः प्रत्येक वर्ष एक विद्यालय सुधार योजना, प्रत्येक टोलमा संस्कार शिक्षा केन्द्र, स्वास्थ ः सुविधा सम्पन्न स्वास्थ चौकी, एक हस्पिटल, घुम्ती स्वस्थ सेवा, निःशुल्क एम्बुलेन्स सेवा, कृषि ः अधुनिकिकरण, उपकरणको व्यवस्था, कृषि उद्योग, बजार व्यवस्थापन, न्यूनतम विक्री मुल्य, सहज रुपमा गुणश्तरिय खाद माल÷ब्यु बिजन उपलब्ध गराउने, अर्गानिक खेती विकास, खेलकुद ः सम्पूण खेल गतिविधी खेल कुद समिति मार्फत हुने, खेल ऐकेडेमि सञ्चालन, भुमिहिनहरुको लागि भुमि व्यवस्थापन ः नमुना वस्ती निर्माण, समाजिक एकिकरणः समता मुलक समाज निर्माण, यसै अभियानको एक अहम अङ्ग हो खेलकुद विधा भित्रको आयोजनागर्न लागिएको डिजिटल गढी प्रिमियर लिग, क्रिकेट प्रतियोगिता २०७८, दोस्रो संस्करण रहेको जनाएको छ ।
गढी खेल मैदान बचाउँ गढी राष्ट्रिय रंगशाला बनाउँ अभियान अन्तरगत प्रारम्भ गरिएको विभिन्न खेल गतिविधि मध्ये डिजिटल गढी प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको पहिलेको संस्करण बाट स्थानिय खेलाडीको छनौट सुनसरी जिल्ला टिममा हुनुले ज्यादै नै उपलब्धि मुलक भएको अनुभुति भएको छ र स्थानिय खेलाडीलाई निकै प्रोत्साहित भएकाले खेल गतिविधि ग्रामिण क्षेत्र भएपनि उत्साहा ले भरिपूर्ण देखिन्छ । भोलिको समयमा राष्ट्रिलाई प्रतिनिधित्व गर्ने खेलाडी यस डिजिटल गढी प्रिमियर लिगको माध्यमबाट उत्पादन गर्ने विश्वासले दोस्रो संस्करण प्रदेश नं. १ कै पहिलो फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको हो । अभियानले अपिल मार्फत नेपालको वर्तमान खेलकुद क्षेत्रको सम्बन्धमा क्रिकेट खेलले अहिले आएर तिव्र रुपमा लोकप्रिय भई रहेको सर्वविदितै छ । नेपाली क्रिकेटको कुरा गर्नु पर्दा १० वर्ष पहिला नेपाल क्रिकेटमा १ नं. प्रदेश क्षेत्रको एक छत्र राज गर्दै आएको थियो । सिमित श्रोत र साधन बाबजुद १ नं. प्रदेशको क्रिकेट खेलाडीहरुले विभिन्न उमेर समुह तथा राष्ट्रिय टोलीहरुमा उल्लेखनीय प्रदर्शन गर्दै आइरहेका थिए । तर हाम्रो विडम्बना अहिले आएर १ नं. प्रदेशका क्रिकेट क्षेत्र केही खस्कीएको भान भएको छ । यध्यपी यस क्षेत्रमा अहिले पनि खेलाडीहरुको कमी भने छैन । र विगत ३ वर्ष देखी १ नं. प्रदेशमा खेलाडीहरु कोभिड १९ को कारणले गर्दा उल्लेख्यनिय क्रिकेट प्रतियोगिताहरु हुन सकिरहेका छैनन् तथा खेलाडीहरु पनि सहभागिता जनाउन सकेका छैनन् । क्रिकेट विकासको लागि यस किसिमका केही क्रिकेट प्रतियोगिता गर्न जरुरी छ । किनभने क्रिकेट प्रतियोगिताबाट नै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सक्छन् । हालसम्म नेपालमा स्थानिय तथा प्रदेश स्तरबाट विभिन्न क्रिकेट प्रतियोगिताहरु भईरहेको छ । तर हाम्रो १ नं. प्रदेशमा क्रिकेट प्रतियोगिताहरु कम भएका छन् । यसै कुरालाई ध्यानमा राखेर यस समितिले प्रदेश नं. १ को पहिलो अक्सनमा आधारित फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको रुपमा क्रिकेटलाई ग्रामिण तह देखी नै विकास गर्ने उद्देश्य राखेर यस प्रतियोगिता आयोजना गर्ने जमर्को गरेका छौं । यहि वर्षको २०७८ साल फाल्गुण २५ गतेदेखी दोश्रो डिजिटल गढी प्रिमियर लिग २०७८ गर्न लागिरहेको जानकारी गराउदै उक्त प्रतियोगितालाई यहाँहरुको साथ सहयोग प्रप्त हुनेछ भनी विश्वासको साथ समाचार सम्प्रेषणको लागि हार्दिक अपिल गर्दछौं ।

 

भोक्राहा नरसिंह गाउँपालिकामा तालिम सम्पन्न

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शिपमुलक तालिम सम्पन्न भएको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपांग भएका व्यक्तिहरूको लागि विभिन्न चरणको शिपमुलक तालिम सम्पन्न भएको हो । भोक्राहा नरसिंह गाउँपालिकामा तीन चरणको तीन समूहमा तालिम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुुनन्द मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार तीन समुहलाई चप्पल बनाउने, गुडिया बनाउने र अगरबत्ती बनाउने सम्बन्धी सीप मुलक तालिम दिएको हो । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वीनारायण माविमा भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा सुनसरी अपाङ्ग संघ आयोजनामा तालिम सम्पन्न गरिएको उपाध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिनुुभयो ।

 

भूमि आयोग र भोक्राहा नरसिंह गाउँपालिकाबीच सम्झौता

नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र भोक्राहा नरसिंह गाउँपालिकाबीच सम्झौता भएको छ । आयोग र भोक्राहा नरसिंह गाउँपालिका बीच विहीबार भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव तथा प्रमुख प्रशासकिय अधिकृत बाबुुनन्द मेहताले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै र भोक्राहा नरसिंहमा लगत संकलन कार्यले निरन्तरता पाउने भएको छ ।
आयोगका अध्यक्ष निरौलाले अघिल्लो आयोगले गरेको कामहरुलाई पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले संघीय सरकारले प्राथमिकता दिए जसरी नै स्थानीय सरकारले पनि भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
भोक्राहा नरसिंहमा कोही पनि दलित, सुकुम्बासी र विपन्नलाई समस्या नहुने गरि तथा सबैलाई जग्गा र घर भएको गाउँबासी बनाउने उद्देश्यका साथ काम गर्ने अध्यक्ष यादवले बताउनुभयो । वहाँले भूमिहिन सुकुम्बासीहरुको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।
१, राष्टिय भुमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सुकुम्बासी समस्या सामाधान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभई हस्तान्तरण गर्नुहुदै ।

एक हप्ते आधारभुुत पत्रकारिता तालिम

देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट संचालन हुुन लागेको दर्शन एफएमले आफ्नो आवश्यक जनशक्तिका लागि एक हप्ते आधारभुुत पत्रकारिता तालिम सुरु गरेको छ । विहीबारबाट अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि.द्वारा सञ्चालित नागरिक अभियान डटकम तथा दर्शन एफएमले आफ्नो आवश्यक जनशक्तिका लागि एक हप्ते आधारभुुत पत्रकारिता तालिम सुरु गरेको हो ।

तालिमको नेपाल पत्रकार महासंघका पूर्व प्रदेश सदस्य तथा गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले सुभारम्भ गर्नुभएको छ । सो तालिम उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै यादवले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने तर पत्रकारले पनि आफ्नो दायराभित्र रहेर काम गर्नुपर्ने बताउनुुभयो । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गर्न नहुने बताउनुभयो । यादवले पत्रकारिता तालिमले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयमर पार्ने विश्वास समेत व्यक्त गर्नुभयो । पत्रकारकोे क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेको बताउनुुभयो ।

तालिम शुभारम्भ कार्यक्रममा अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि.का संचालक विवेक मेहता सहितकाले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमको सहजिकरण महासंघका निर्वतमान प्रदेश सदस्य जयकृष्ण यादवले गरिरहनुुभएको छ । यादवले तालिममा प्रेस, पत्रकारिता, पत्रकारको आचारसंहिता, समाचार लेख्ने तरिका लगायतका बारेमा जानकारी दिईरहनुुभएको सहभागी प्रमिला श्रेष्ठले बताउनुभयो । यादवले पत्रकारिताले विकासका मुद्दालाई निरन्तर उठाउनुपर्ने कुरामा जोड दिनुुभएको र अभ्यास पनि गराउनुुभएको छ । गाँउ गाँउमा सफल रेडियो पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालीममा गाउँका विकट गाउँठाउँका विभिन्न गाउँपालिकासँगै छिमेकी गाउंको सहभागिता रहेको छ ।

 

जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रचण्डलाई काँग्रेस नेता कोइरालाकाे जवाफ : स्थानीय चुनावमा गठबन्धन स्वीकार्य छैन

काठमाण्डाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन नगर्ने जवाफ दिएका छन् । विहिबार प्रचण्ड निवास खुमलटार पुगेका उनले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको बताउँदै गठबन्धन नगर्ने जवाफ दिएका हुन् ।

समसामयिक राजनीतिक विषयमा करिब एक घण्टाको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनका लागि कोइरालासँग आग्रह गरेका थिए । निर्वाचनपछि भने माओवादी र काँग्रेस बीच् गठबन्धन गर्न सकिने बताउँदै कोइरालाले स्थानीय चुनावमा गठबन्धन नगर्नका लागि अन्तिमसम्म वकालत गरिरहने बताएका थिए । भेटमा प्रचण्डले तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने प्रस्ताव गरेका थिए ।

नेता कोइरालाले भने कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको भन्दै राजनीतिक सहकार्य र चुनावी गठबन्धन फरक कुरा भएको बताए । बैठकमा एमसीसीबारे पनि छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए ।

धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया

काठमाडौं । काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उदघाटन गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो । प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

एसईईकाे परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस तालिका)

काठमाण्डाैं । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घाेषणा गरेकाे राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बताए ।

तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ । ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

 

राप्रपाको पदाधिकारी बैठक आज

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ । बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेकाे हो ।

पार्टीभित्रकाे गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने उनले बताए ।राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन् ।

भारत-चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।

सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले राहुललाई ‘नसुन्ने र संसदमा नबस्ने व्यक्ति’ भन्दै उनको कटु आलोचना गरेका छन् ।

संसदको बहसलाई आफूले स्वागत गर्नेमा जोड दिँदै आफू र आफ्नो सरकारले कसैलाई आक्रमण नगर्ने र छलफलमा विश्वास गर्ने मोदीले बताए ।
‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र मेरो यस्तो स्वभाव पनि छैन् । तर, तर्क र तथ्यका आधारमा केही हलचल (विवाद) ल्याउन सञ्चार माध्यमले सदनमा मेरा शब्दलाई व्याख्या गरेको हुन सक्छ,’ उनले भने ।

राष्ट्रपतिको सम्बोधनलाई संसदमा धन्यवाद दिनका लागि बोल्ने क्रममा बेरोजागार, चीनसँगको सीमा विवाद र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमणबारे राहुलले उठाएका प्रश्नको जबाफ नदिएको प्रधानमन्त्रीमाथि आरोप लाग्दै आएको छ ।

राहुलका प्रश्नले प्रधानमन्त्री रिसाएको समेत आरोप लाग्दै आएको छ । सो विषयमा विस्तृत वर्णन गदैै प्रधानमन्त्रीले भने, ‘हामी कसैलाई हमला गर्दैनौं । बरु, वार्तामा विश्वास गर्छौं । संसदमा धेरै पटक बहस, अवरोधहरु भएका छन् । म यसलाई स्वागत गर्छु । तसर्थ, यी विषयमा म रिसाउनुपर्ने कुनै कारण छैन् ।’

बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति

लन्डन । कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् ।  कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए ।

परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।  कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि  सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।

बालबालिकाहरुलाई स्विटर वितरण

इनरुवा, माघ २६ गते । सुनसरी सदरमुकाम इनरुवामा विपन्न परिवारका बालबालिकाहरुलाई स्विटर वितरण गरिएको छ । इनरुवा–७ सीताघाटमा शुभारम्भ मासिकद्वारा आयोजित कार्यक्रममा हनुमान चालिसा गाउँदै विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो । विद्यार्थीलाई स्विटर वितरण, मुण्दडा माहेश्वरी मारवाडी बिराटनगरको प्रायोजनमा ५० जना बालबालिकालाई शुभारम्भ मासिक पत्रिकाको अगुवाइमा स्विटर वितरण गरिएको छ । इनरुवा–७ सीताघाटमा नेपाल विधार्थी सघङका महामन्त्री कपलेश्वर यादव, समाजसेवी जीवन बिष्ट, शिक्षक लाबण्य निरौला, सुरेश मुडियारी, विजय ठाकुर, वडा सदस्यहरुको उपस्थितीमा स्विटर वितरण गरिएको शुभारम्भ मासिकका प्रशासक सम्पादक दिनेशसिम्पाने पोखरेल जानकारी दिनुभयो ।

कोशी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने

इनरुवा, माघ २६ गते । सुनसरी जिल्लाको सीमावर्ती कोशी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने भएको छ । बुधबार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गरेसगैं गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने भएको हो ।
गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्सरे सेवा नहुँदा सदरमुकाम इनरुवा तथा विराटनगर धाउन पर्ने अवस्थालाई हेरेर कोशी गाउँपालिकाले गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने गरि मेसिन हस्तान्तरण गरेको अध्यक्ष अंसारीले बताउनुभयो ।
स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, ग्रामिण परिबेश र बजारमा पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्सरे गर्ने र गर्भजाँच गराउनेको सख्याँ न्यून रहेको भन्दै पालिकाले गाउँमै पुगेर भिडियो एक्सरे सेवा दिने भएको कोशी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख तथा अपांगता रोकथाम तथा पुनरस्थाना कार्यक्रमका फोकल पर्शन राजकिसोर मेहताले जानकारी दिनुभयो ।
समयसमयमा भिडियो एक्सरे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्सरे शिविर सञ्चालन गर्ने उदेश्यले बोकेर लान सक्ने भिडियो एक्स–रे मेसिन हस्तान्तरण गरिएको मेहताको भनाई छ ।
लौकही स्वास्थ्य चौकीमा कार्यरत ललिता यादवले लौकही तथा कोशीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्सरे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्ने गरि मेसिन आएको बताउनुभयो ।
करुणा फाउण्डेन्सनको सहयोगमा प्राप्त भएको मेसिनले लौकही र हरिपुर स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्ने बताउनुभयो । गर्भवतीले तीनपटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्सरे गर्न अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ ।

१, सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा