१८ माघ २०७७, आईतवार २१:३० – Nagarikabhiyan : National News

९ भन्दा बढीदेशलाई करोडौं खोप दियो भारतले, विश्वभर मोदी सरकारको चर्चा

काठमाडौं । कोरोना भाइरसको माहामारी बेला खोपका लागि विश्वका धनी मूलूकहरु विभिन्न रणनीति अपनाइरहेको छन् । तर उदारनीतिको प्रजातन्त्र भारतले भने ९ वटा छिमेकीहरुलाई करोडौं मात्रा खोप निशुल्क उपलब्ध गराएको छ ।

यस्तोमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द मोदी सरकरको चर्चा भइरहेको छ । यसबीच विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसविरुद्धको खोपका लागि भारतमाथि आसा राखेको छ ।

भारतमा जनवरी १६ बाट खोप अभियान सुरु भएको थियो । अहिलेसम्मम भारतमा करिब ३० लाखलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको छ । यसबीच भारतले आफ्ना मित्रराष्ट्रहरुलाई पनि खोप सहयोग गरेको हो ।

संयुक्त राष्ट्रसंघले भारतमा खोप उत्पादन क्षमता विश्वकै बढी भएको बताएको छ । भारतमा अहिले तिव्ररुपमा खोप लगाउन थालिएको छ ।

त्यस्तै भारतले अहिलेसम्म भुटान, माल्दिभ्स, बंग्लादेश, नेपाल, म्यानमार, अफगानिस्तान, श्रीलंका, ब्राजील र मोरिससलगायका देशमा सबै गरेर करोडौं खोप निशुल्क दिएको छ । भारतको प्रशंसामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भारतको क्षमता विश्वकै सम्पती भएको बताएका छन् ।

महासचिव गुटरेसले भारतले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप पुर्याउनका लागि ठूलो मद्दत गर्नसक्ने बताएका छन् । उनले भारतसँग आवश्यक सम्पूर्ण उपकरणहरु रहेको र भारतले विश्वलाई कोरोना भाइरसको माहामारीबाट उम्किन ठूलो योगदान दिनेमा अपेक्षा राखेका छन् ।

६ नेताकाे भित्रभित्रै खतरनाक तयारी !

देशमा राजनीतिक ध्रुवीकरण तिव्र हुँदा प्रमुख तीन दलका नेताहरुको फरक समूहको बैठक बसेको छ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूह, नेपाली काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलावा जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह एक साथ बसेर भित्र भित्र तयारी गरेका हुन् ।

प्रचण्ड र माधव नेपालले पौडेल, सिटौला, यादव र भट्टराईसँग विभिन्न समयमा भेटिसकेका छन् । सबै नेताहरु प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । हिजो पनि यो समूहका नेताहरुको बैठक बसेको छ । उनीहरु प्रतिनिधि सभा पुनःस्थापनामा केन्द्रित हुने गरी रणनीति बनाउन लागिपरेका हुन् ।

सर्वोच्च अदालतले पुनःस्थापनाको विपक्षमा फैसला सुनाएमा के गर्ने भन्नेबारे समेत यी नेताहरुको तयारी देखिएको छ । भरसक अदालतमाथि दबाब सृजना गर्ने र नभए सडक आन्दोलनमा जानेगरी तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार पौडेल, सिटौला, यादव र भट्टराईले प्रचण्ड र नेपालसँग चुनावमा नजाने र विकल्पमा आन्दोलनमा केन्द्रित हुनेसम्मको छलफल गरिसकेका छन् ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष चुनावमा केन्द्रित हुन जोडबल गरिरहेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् । जनता समाजवादी पार्टीभित्र पनि महन्थ ठाकुर पक्षधर प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् । दलहरुभित्रै संसद पुनःस्थापना कि नयाँ चुनाव भन्नेबारे विवाद भइरहँदा एजेन्डा समान हुनेहरुबीच बाक्लो भेटघाट र संयुक्त रणनीतिको तयारी भएको छ ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि दलहरुभित्रै नयाँ ध्रवीकरण बनेको हो । नेकपा विभाजन नै भएको छ । काँग्रेसभित्र संसद पुनःस्थापना कि चुनाव भन्नेमा विवाद छ । यस्तै विवाद जनता समाजवादी पार्टीभित्र पनि छ ।राजनीति

कमलपोखरी वरिपरीका कंक्रिट संरचनामाथि महानगरपालिकाले लगायो डोजर

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको छ । आज साँझ काठमाडौँ महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिए ।  ‘कलपोखरी वरीपरी महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संगक्लब भवनलगायतका संरचना थिए,’ उनले भने, ‘हामीले पूर्व योजना अनुसार नै ती संरचना भत्काएका हौँ ।’

ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताए । ‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ,’ उनले भने, ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’

ज्ञवालीले अहिले चर्चा गरे जस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग गर्ने कुनै योजना नरहेको पनि दाबी गरे । पछिल्ले समय विघटित संसदका सांसद गगन कुमार थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने चेतावनी दिएको छ ।

प्रमुख शाक्यले केही दिन भित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताउँदै आएका छन् । कंक्रिट संरचना भत्काउँदा  सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुगेका थिए । उनीहरुले ती संरचना विना जानकारी भत्काएको भन्दै अवरोध गर्न खोज्दा केहीबेर प्रहरीसँग ठेलमठेल पनि भएको थियो । रातोपाटी

आफ्नै कार्यकर्ताले पत्याएनन् प्रचण्ड–माधवलाई, माइतीघरमा दुई सय जना पनि आएनन्, बेहाल भयो आन्दोलन

काठमाडौं । प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडक संघर्षमा छ । सरकार निर्वाचनको माहोल बनाउँदै गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको समूह आन्दोलनको माहोल बनाउन लागिपरेको छ ।

यस समूहका नेता देशदौडाहा छन् । तर राजधानीमा भने यो समूहलाई नेता कार्यकर्ताले पत्याएनन् । आइतवार माइतीघरमा कार्यकर्ताले उपस्थितिले नेतालाई लज्जित बनायो । यसबाट यो समूहको आन्दोलनमा धक्का लागेको छ । काठमाडौंको माइतीघर मण्डलामा प्रचण्ड–माधव समूहले आइतबार आयोजना गरेको धर्नामा मुस्किलले २ सय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रचण्डको फेसबुक पेजमा राखिएको तस्विरमा नेता कार्यकर्ताहरू निकै कम उपस्थिति देखिएको छ । प्रचण्ड–माधव समूहको आन्दोलनलाई कार्यकर्ताहरूले रुचाएका छैनन् । कार्यकर्ताको न्यून उपस्थिति भएपछि प्रचण्ड–माधव समूहलाई तनाब भएको छ । धर्नाको सुरक्षाका लागि आएका सुरक्षाकर्मी र समाचार लिन आएका सञ्चारकर्मीहरू धेरै देखिएका छन् ।

शुरुका दिनमा धेरै कार्यकर्ता सडकमा उतारेका प्रचण्ड–माधव समूहलाई क्रमशः कार्यकर्ताले छाड्न थालेका छन् । झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि नेकपाका नेताहरूको व्यक्तिगत स्वार्थ र अन्तरिक खिचातानीले गर्दा संसद भङ्ग गरेका थिए ।

नेताहरू मिल्न नसकेर संसद भङ्ग गरेको कुरा बुझेपछि नेकपाका कार्यकर्ताहरू सडक प्रदर्शनमा सहभागी हुन छाडेका हुन् । आइतबारको धर्नामा प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

चीनले तीन लाखडोज खोप उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ । रासस

सोमबार नेकपा केन्द्रीय समितिको बैठक बस्दै, ओली त्रासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।

सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।

८८ हजारले खोपलगाएपछि गम्भीर लक्षणबारे खुलासा गरे

काठमाडौं ।  कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

खोप लगाएकाहरुले गम्भीरलक्षणका विषयमा बोल्दै कुनै गम्भीर लक्षण नदेखिएको बताएका छन् । केहीलाई सामान्य लक्षणबाहेक अरुलाई कुनै समस्या नदेखिएको खोप लगाएकाहरुको भनाइ छ ।

मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।

राति १० बजेपछि काठमाडौंको चक्रपथ खतरनाक गाडी गुड्दै

काठमाडौं । सोमबार (भोलि)राति १० बजेपछि काठमाडौंको चक्रपथमा बख्तरबन्द गाडी गुड्ने भएका छन् । भोलि सेनाले नियमित प्रक्रिया अनुसार बख्तरबन्द गाडीमार्फत चक्रपथ परिक्रमा गर्न लागेको हो ।

सेनाले यो अभ्यास आफ्ना आठ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट समेत गर्ने भएको छ । ति आठ वटै पृतनाहरुले भने माघ २१ गते पृतना अन्तर्गतका विभिन्न स्थानहरुमा चारचार वटा बख्तरबन्द गाडीहरुमार्फत अभ्यास गर्ने छन ।

यसलाई सेनाले नियमित अभ्यास भनेको छ । तर सर्वसाधारणलाई एकै पटक बख्तरवन्द सवारी देख्दा त्रास नहोस भन्दै सेनाले यसबारे अगाडी नै जानकारी गराएको जनाएको हो ।

कांग्रेसबाट १३ अस्त्र प्रहार, भोलि देशभर खैलाबैला

काठमाडौं। प्रतिनिधि सभा विघटनविरूद्ध भोलि नेपाली कांग्रेसका १३ भातृसंगठनहरुले देशभर प्रदर्शन गर्ने भएका छन् ।

काँग्रेसका १३ वटै भातृ संगठनहरूले सयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल समेत गरेका छन् ।

पार्टीको १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिँदै छ ।

भोलिको प्रदर्शनमा काँग्रेसका भ्रातृ संस्थाहरुले संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनताका मुद्दालाई अघि सारेरका छन् ।

यस्तो छ विज्ञप्ती:

congerss.jpg

गगन थापाले काठमाडौंमा दिए कांग्रेस फुटेको झल्को, आफ्नै पार्टीका अरु समूहलाई निषेध

काठमाडौं । संसद विघटन भएपछि नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । एउटा समूह संसद पुनःस्थापनाको पक्षमा छ । अर्को समूह निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छ ।

सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आउने फैसलालाई मानेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । कांग्रेसको नेतृत्वमा बनेको संविधानका विषयमा सर्वोच्च अदालतले दिने फैसलालाई मान्नुपर्ने पक्षमा देउवा छन् । अर्को भाषामा भन्ने हो भने देउवाले संसद विघटनको विषयलाई लचक भएर हेरेका छन् ।

देउवा निर्वाचनको पक्षमा छन् । प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका कारण नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटाएको आरोप खेप्दै आएका देउवाको कार्यकर्ताका बीच लोकप्रियता बढेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र गगन थापाहरूलाई मन परेको छैन ।

वरिष्ठ नेता पौडेल, सिटौला र थापाहरू संसद पुनःस्थापनाको पक्षमा छन् । उनीहरूले प्रधानमन्त्री ओली र नेकपाको सरकारविरुद्ध उथलपुल हुने आन्दोलन चलाउन माग गरेका छन् ।

पौडेल, सिटौला र थापा समूहले निर्वाचनमा जान खुट्टा कमाएका छन् । उनीहरूले संसद पुनःस्थापना गरेर जानुपर्ने पक्षमा अडान राखेका छन् । पौडेल, सिटौला र थापाहरूको कुरा मानेर जाने हो भने कांग्रेस पुनःस्थापित हुने संसदमा तेस्रो पोजिशनमा हुनेछ । पौडेल–थापाहरू कांग्रेसलाई तेस्रो पोजिशनमा राख्न किन चाहेका छन् भनेर पार्टीका कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।
संसद पुनःस्थापनाको पक्षमा सिटौला समूहले शुक्रबार काठमाडौंको रत्नर्पाकस्थित शान्तिबाटिकामा सानो आकारमा विरोध प्रदर्शन समेत गरेको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ६ को ब्यानरमा गरिएको विरोध सभामा सिटौला समूहका नेताहरूको मात्रै उपस्थिति रहेको थियो ।

सम्बोधन गर्नेमा नेता सिटौला, थापाका साथै उमाकान्त चौधरी, भीमसेनदास प्रधान, प्रदीप पौडेल, उत्तम चापागाइँलगायत नेताहरू रहेका थिए । कांग्रेस नेता थापा विरोध सभाको सबैभन्दा आकर्षणको केन्द्र बनेका थिए ।

विरोध सभामा प्रमुख अतिथि सिटौलालाई बनाए पनि थापालाई नै केन्द्रित गरेर कार्यक्रमको रुपरेखा तयार पारिएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यका कांग्रेसका हस्तीका रुपमा चिनिएका नेता प्रकाशमान सिंहलाई बोलाइएको थिएन । सिंह निकटका नेताहरूलाई प्रवेश गर्न पनि दिइएको थिएन ।

त्यति मात्रै होइन सिटौला समूहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई पनि बोलाएको थिएन ।
समग्रमा भन्नुपर्छ शुक्रबारको शान्तिबाटिकाको विरोध सभा नेता थापाले एकलौटी रुपमा गरेको अनुभूति कांग्रेसका कार्यकर्ताहरूले गरेका थिए ।

थापाले ‘म मात्रै कांग्रेस हुँ, मैले जे भन्यो त्यही लागू गर्नुपर्छ’ भन्ने सन्देश दिने गरेर अभिव्यक्ति दिएका छन् । उनले सभापति देउवालाई ‘लड्डु कांग्रेस’ भनेर सार्वजनिक स्थानबाट मानमर्दन गरेका छन् । पार्टीका नेताहरूसँग असन्तुष्टि छ भने पार्टी बैठकमा आलोचना गर्नुपर्नेमा थापाले कांग्रेसको नीति, आचार संहिता र विधानको प्रतिकूल हुने गरेर दिएको अभिव्यक्तिले नेताहरूभित्र खैलाबैला भएको छ ।

आन्तरिक खुलासा : संसद नहुँदा सरकारी ढुकुटी रित्याउँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा आउँदो चुनवाका लागि देशभर दौडाहमा लागेका छन् ।

पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेको बताइएको छ ।

चर, चलाख ओलीले सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा विरोध र आलोचना हुँने थाहा पाउँदै सरकारको काम देखाउन उनले शिलान्यास र उद्घाटनलाई तीव्रता दिएका छन् ।

उनले आमसभामा सहभागी पनि हुने र स्थानीय क्षेत्रमा सरकारको काम र प्रयास झल्काउने कार्यक्रम पनि गर्ने गरी एकै तीरबाट दुई निशाना लगाउने प्रयास बढाएको देखिएको छ ।

एउटै कक्षाका २२ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । भारतको छत्तीसगढ राज्यको कोन्डागाउँ जिल्लामा एकै कक्षाका २२ बालबालिकामा कोरोना भाइरसको संक्रमण भएको छ ।  जिल्लाको बडेराजपुर विकाखण्डस्थित मोहल्ला कक्षामा २२ बालबालिका कोरोना पोजिटिभ पाइएका हुन्।

घटनाबारे जानकारी दिँदै सीएचएमओ डा. टीआर कुँवरले भने कि बडेराजपुर विखण्डबाट सञ्चालित मोहल्ला कक्षामा एक बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

जाँच गर्दा उनमा कोरोना पोजिटिभ पाइयो। त्यसपछि कक्षाका अन्य बालबालिकाको पनि पीसीआर जाँच गर्दा एकसाथ २२ बालबालिकाका कोरोना संक्रमण पुष्टि भएको हो।

डा। कुँवरका अनुसार यी बालबालिकको उमेर ११ देखि १४ वर्षबीच छ। गाउँलेले ती बालबालिकालाई अन्यत्र लान नदिएपछि छात्रावासमै आइसोलेसन बनाएर राखिएको छ। ती बालबालिकाको सम्पर्कका आएका अन्य बालबालिका एवं उनीहरूको परिवारका सदस्यलाई स्थानीय स्तरमै आइसोलेट गरिएको छ।

करेन्ट लगेर मृत्यु

राजविराज । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनमो राजविराज नगरपालिका ४ बस्ने २२ वर्षीय मोहित साह रहेको प्रहरीले जनाएको छ ।

राजविराजको मैनरोडमा मोबाइल पसल सञ्चालन गरी बस्दै आएको उनको आफ्नै पसलमा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तिलाठी कोइलाडीमा गाउँपालिका स्तरीय बैठक

राजविराज । गाउँपालिका स्तरीय समिक्षा बैठक आज यहाँ सम्पन्न भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सेभ द सप्तरीले आयोजना गरेको गाउँपलिकास्तरिय समिक्षा बैठकमा बिभिन्न सरोकारबालाहरुको सहभागिता गराई सन. २०२१ को अगामी कार्यक्रमहरुको बिष्यमा छलफल भएको शिक्षा अधिकृत दुगान्नद शर्माले जानकारी दिनुभयो ।

साथै सन २०२० मा उक्त गाउँपालिका भित्र गरेको कामकाजहरुको बारेमा समेत समिक्षा गरिएको उहाँले बताउनुभयो ।

तिलाठी कोइलाठी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिँहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बिभिन्न १७ वटा बिद्यालयका पअ,वडा अध्यक्षहरु, शिक्षा संयोजनक,स्वास्थ्य संयोजक,प्रमुख प्रशासकीय अधिकृत,बिभिन्न बालकलबका प्रतिनिधि र गाउँपलिका स्तरीय सरोकारबालाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव,सचिव नरेन्द्र प्रसाद यादव,कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी लगायतका समेत सहभागिता रहेको जनाइएको छ ।

दुर्घटनामा आठ जनाको मृत्यु

राजविराज । सप्तरी जिल्लामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ ।

पछिलो दश दिनको अवधिमा जिल्लाको बिभिन्न ठाउँमा भएको छुटाछुटै सवारी दुर्घटनमा परि करिब ८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

सप्तरीको कंचनरुप नगरपालिकामा गएराती मात्रै दुर्घटनामा परि एक जना पैदल यात्रीको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. १२ बस्ने पैदलयात्री ३६ बर्षिय ईसराफिल अली रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको स. १ ह. ८३८ नम्बरको अटो रिक्साले उनलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटना स्थलमै नै मृत्यु भएको छ ।

यता घटना बारे अनुसन्धान भइरहेको प्रहरीको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दुई दिन अगाडी मात्रै बस र मोटरसाईकल दुर्घट्ना हुदा सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. ३ स्थित रामजानकी मन्दिर नजिक एक जना मोटरसाइकल चालकको समेत ज्यान गएको थियो ।

पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना.४ ख. १५३४ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको स.१० प.६६३४ नंम्बरको मोटरसाईकललाई मोटरसाईकल चालक सप्तरीको बोदेबर्साई नगरपालिका वडा नं.८ काचन बस्ने ३२ बर्षीय भुनेश्वर चौधरीको घटनास्थमा नै मृत्यु भएको प्रहरीले जनाएको ।

सो दुर्घटनमा बस चालक सिरहाको सुखिपुर नगरपालिका १० सुखिपुर बस्ने ४५ बर्षिय पवन कुमार दासलाई नियन्त्रमा लिएर कार्याही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।

त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेज नहरको छेउमा बिहीबार भएको मोटरसाइकल दुर्घटनमा परि मोटरसाइकल चालक जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ३ सखरपुरा का ३० बर्षिय शिव कुमार मुखियाको मृत्यु भएको छ ।

कोशी मेला गरि पुर्वबाट पश्चििम आफनो घरतर्फजाँदै गरेका ३ जना सवार स.३प. ३०४७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउमा बिग्रेर राखेको पुरानो रोलरमा ठोकिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनमा घाइते भएका मुखियालाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लगिएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडी सबार सोही ठाउँका २० बर्षीय राम कुमार मुखिया र २५ बर्षिय राम अवतारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीको पश्चिमी भेग खडक नगरपालिकामा पनि आइतबार ट्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ ।

कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँका दुर्गा भगतको १२ वर्षीय छोरा विशाल भगतको मृत्यु भएको प्रहरी नायव उपरिक्ष भुवनेश्वर साहले जानकारी दिनुभयो ।

यस्तै बोदेवरसाइन–बिष्णुपुर सडक खण्ड अन्र्तगत सप्तरीको बोदेबर्साईन नगरपालिका २ स्थित जोगियामा मोटरसाइकल दुर्घटनामा खडक नगरपालिका वडा नं. ८ का १८ बर्षीय सुदिप चौधरीको मृत्यु भएको छ ।

बिष्णुपुरबाट बोदेबरसाईन तर्फ जादै गरेको ३ जना सवार प्रदेश न.२–०१–००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा परि मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ८ बस्ने २७ बर्षीय सनी चौधरी र मोटरसाइलको पछाडी सवार १८ बर्षीय दिबेश चौधरीको टाँउको र शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएका छन ।

यसैगरी सप्तरीको कंचनरूप नगरपालिका वडा नं. ११ ठेलीया टोलको नहरमा एक्कासी ट्याक्टर पलटेर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा पर्ने दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश नं.०२ –०१००१ त ००३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रत भई पल्टीदा सो ट्याक्टरमा सवार सोही ठाउँका १८ बर्षीय राम असिष रामको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा परि ट्याक्टरमा सवार स्थानिय १६ बर्षीय कृष्ण साह, १७ बर्षीय बिशाल राम, १७ बर्षीय सुनिल कुमार रामको खुटा पेट र टाउँकोमा चोट लागेर घाइते भएका थिए ।

सप्तरीको खडक नगरपालिका स्थित हुलाकी सडकमा मोटरसाइकल भएको दुर्घटनामा परि दुई समेत जनाको मृत्यु भएको थियो । छ भने एक जना घाइते भएका छन ।

मृत्यु हुनेमा खडक नगरपालिका वडा नं. ११ निवासी २१ बर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडी सावार २५ बर्षिय अरबिन्द यादव रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश नं. २ –०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल चालक साह सहित ३ जना सवार मोटरसाइकल हुलाकी सडक खण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गतेका लागि आह्वान

विराटनगर ।  प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ । माघ ७ गते बसेर स्थगित गरेको प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएको छ ।