१५ श्रावण २०८०, सोमबार २१:२७ – Nagarikabhiyan : National News

महानगरको अल्टीमेटम सकिदाँ पनि भत्किएन राप्रपा केन्दीय कार्यालय

काठमाडौं । काठमाडौं महानगरले दिएको अल्टीमेटम सकिँदा पनि धुम्बाराहि स्थित राप्रपाको केन्द्रिय कार्यालय भत्किएको छैन् । महानगरले शुक्रबार माइकिङ गर्दै तीन दिन भित्र भवन खाली गराउन अल्टीमेटम दिएको थियो ।

सोमबार पार्टी कार्यालय भत्काउन महानगरको डोजर आउने खबरसंगै बिहानै देखि मुख्यालय धुम्बाराहिमा राप्रपा नेता कार्यकर्ता र समर्थकहरुको ठुलो भिड लागेको थियो मानिसहरुको भिड जम्मा भएपनि महानगरको कुनै नगरप्रहरी र डोजर भने आएन् ।

नगर प्रहरी बलका प्रहरी निरीक्षक ईश्वर वाग्लले भने, ’हामी स्ट्यान्डबाइ बसिरहेका छौं। आदेश आउनासाथ फिल्डमा जान्छौं।’
विगत ११ वर्षदेखि मुख्य कार्यालय रहँदै आएको भवनलाई महानगरले भत्काउने निर्णयप्रति कार्यकर्ताहरुले निकै आक्रोश पोखे ।
बिजुलीको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले उक्त भवन भत्काउन लागेको हो ।

महानगरका अनुसार उक्त पार्टी कार्यालय रहेको भवनको नक्सा पास समेत गरिएको छैन् ।राप्रपाको पार्टी कार्यालय व्यक्तिको निजी घर नभएको कुरा महानगरका मेयर बालेनलाई हेक्का रहोस भन्दै पार्टीकी एक कार्यकर्ताले कार्यालय कसैले पनि खाली गराउन नसक्ने दाबी गरिन् ।

उनले भनिन्,‘बालेनले यो सानातिनो व्यक्तिको निजी घर सम्झिएको छ होला तर यो घर हैन्, संस्था हो । राप्रपाको केन्दीय कार्यालय हो । यसको हेक्का रहोस् कसैले पनि कार्यालय खाली गराउन सक्दैन् ।’
उनको भनाईलाई उद्धृत गर्दै अर्को कार्यकर्ताले थपे, यो हाइटेन्सन तारमा लाइन नभएको वर्षै भैसक्यो यदि भत्काउने हो भने यी बिजुलीको खम्बाहरु भत्काउनुपर्यो, तारहरु हटाइनुपर्यो त्यसमा पनि प्रक्रियागत रुपमा चल्नुपर्छ ।’महानगरले राप्रपालाई कार्यालय खाली गर्न दिएको अल्टिमेटम आइतबार साँझ सकिएको हो । शुक्रबार अल्टिमेट दिँदा महानगरले आइतबारसम्म भवन खाली नगरे सोमबार भवन भत्काउने उल्लेख थियो ।

महानगरले हालसम्म पार्टी कार्यालय खाली गराउन कुनैपनि आधिकारिक पत्र नपठाएको राप्रपा कार्यकर्ताहरुले बताएका छन् । शुक्रबार आएर माइकिङ गर्दै आइतबारसम्म भवन खाली नगराए डोजर चलाउने अल्टीमेटम दिएको उनीहरुले बताए । एउटा सानो घर भत्काउन पनि ३५ दिने सुचना दिनुपर्ने भन्दै पार्टीको केन्दीय कार्यालय खाली गराउन माइकिङ गर्दै तिन दिनको मात्र समय दिएको उनीहरुको गुनासो छ ।

चालकहरुको दादागिरी राजपत्र’मा घट्ने तर गाडीमा नघट्ने भाडा दर

देवानगंज-रामेछाप लिखु तामाकोशी गाउँपालिकाका स्थायी बासिन्दा दीप तामाङको अस्थायी बसोबास ललितपुरको धापाखेल हो । उहाँ किनमेल गर्न र अरु अत्यावश्यक कामका लागि सार्वजनिक गाडीमा लगनखेल ओहोरदोहोर गरिरहनुहुन्छ । लगनखेलदेखि धापाखेलसम्मको दुरी जम्मा चार किलोमिटर मात्र हो । बाग्मती प्रदेश सरकारले अहिले पाँच किलोमिटरसम्मको गाडीभाडा १८ रुपैयाँ तोकेको छ । तर, तामाङले भने २० रुपैयाँ तिर्ने गर्नुहुन्छ ।

उहाँलाई भाडा घटेको थाहा नभएको होइन । तर, उहाँले दुई जनाको भाडा भनेर ५० रुपैयाँ दिनुभयो । सहचालकले १० रुपैयाँ फिर्ता दिए । उहाँले पाउनु पर्ने थप चार रुपैयाँ सहचालकले फिर्ता दिएनन् । उहाँ भन्नुहुन्छ, ‘फिर्ता नमागेको त होइन । एकरदुई रुपैयाँ छैन भन्छन् । २० रुपैयाँ फुत्तै दियो । फुत्तै लियो । सजिलो पनि । हिँड्यो ।’

चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

देवानगंज- – भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल आरपीएफका जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको  उल्लेख गरेका छन् ।

रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

तोकेभन्दा बढी शुल्क लिने टोखाका विद्यालयलाई कारबाहीमा

काठमाण्डाै – टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ ।

नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएको जानकारी दिएको हो ।

नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा नगरपालिकाले तोकेकोभन्दा बढी शुल्क लिएको, कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्यार्थीमैत्री वातावरण नभएको, शुल्क सम्बन्धमा अभिभावकसँग विवाद रहेका पाइएकाले त्यस्ता विद्यालयलाई कारबाही गर्न लागेको बताउनु भयो ।

अनुगमन तथा निरीक्षणका क्रममा विद्यालयको वातावरण सफासुग्घर नभएको, शैक्षिक सत्र २०८० को शुल्क प्रस्ताव नगरपालिकाको कार्यालयमा पेस नगरेको, अन्य तथा अतिरिक्त शुल्क बढी लिएको, मन्टेश्वरी सञ्चालनका लागि अनुमति लिएर कक्षा ३ सम्म सञ्चालन गरेको पाइएको शिक्षा अधिकृत धामीले बताउनुभयो ।

यस्तै, विद्यार्थीअनुसार डेस्क तथा बेन्चको व्यवस्था नभएको, विद्यालय प्रशासन र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध नराखेको, मन्टेश्वरी कक्षाको अनुमति लिई नगरपालिकामा अभिलेखीकरण नगरेको, विद्यार्थीलाई हतोत्साहित हुने प्रकृतिका क्रियाकलाप गरेको, तहअनुसार योग्यता प्राप्त शिक्षक नभएको बताइएको छ ।

काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् । नगरपालिकाभित्र अहिले ८४ वटा संस्थागत, नौ वटा सामुदायिक र तीन वैकल्पिक विद्यालय रहेका छन् ।

मञ्जु रावल हत्यामा संलग्न ४ जना पक्राउ

धनगढीः कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, बर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको छ।

मृतक मञ्जुका छोरा बिवेक रावलले जेठ १ गते आमाको खोजतलासिका लागि ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए। मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भईरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। जग्गाको बिषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाईएको उनीहरुले प्रहरीलाइ बयान दिएका छन्।

प्रतिबादी सरिता रावलको वयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतवार फेला परेको थियो।

लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन्। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

देवानगंज-कैलालीमा सवारी दुर्घटना भएको छ। कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको हो।

आइतवार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको हो।

उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ। उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ। ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

देवानगंज-मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको ज्यान गएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा ज्यान गएको हो ।

ट्रक चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाहरुले गरेको राजमार्ग बन्द प्रहरीले खुलाएको छ ।

आज साउन १५, खीर खाने दिन

काठमाडौं :साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई बताउँछन्।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन्। तर यसको कुनै शास्त्रीय वचन भने छैन।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा बनेको खीर बनाउँछन्। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक मान्यता छ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहेको छ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ मा खीर दिवस मनाउने निर्णय गरेको थियो।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४।७ प्रतिशत ल्याक्टोज र ३।५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।

रोजगारीका लागि पोर्चुगल गएका अर्घाखाँचीका युवा ३ महिनादेखि सम्पर्कविहीन

१४ साउन देवानगंज- अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् ।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका बुबा झविरामले बताउनुभयो । बेपत्ता भएका छोराको खोजी गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ । सम्पर्कविहीन भएका छोराको अवस्थाबारे जानकारी गराइदिन उहाँको आग्रह छ ।

गएको साढे दुई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका भूपाल तोरेस भेदरस भन्ने ठाउँमा बसेर काम गर्दै आएका उहाँकी श्रीमती मीराले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक

१४ साउन देवानगंज-झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक भएको छ।
मदिराको नशामा लठ्ठ रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो।

भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ। भिडियोमा देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका एक कर्मचारीले बताए ।

यसअघि झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका निरौलाको क्वार्टरमै अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनी विवादित बनेका छन्।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरेका छन्। छानबिन गरी प्रमाणित भए कारबाही गरिने उनले बताए।

क्वार्टरमै अनैतिक गतिविधि गरेको सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन्। निरौलाले नगरपालिका परिसरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन्।

घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन्। विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन्।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिएका छन्। निरौला मेयर थापाका नातेदार पनि हुन्।

टिपर पल्टिँदा दुई जना घाइते, एक जनाकाे अवस्था गम्भीर

 १४ साउन देवानगंज-पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा टिपर पल्टिँदा दुई जना घाइते भएका छन् । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत जोरपोखरीदेखि फिदिम आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतवार बिहान ११ बजे दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा चालक भोजपुरको षडानन्द नगरपालिका–१३ का रिनछिरिङ तामाङ र सहचालक सङ्खुवासभाका विक्रम विश्वकर्मा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये सहचालक विश्वकर्माको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख कुलबहादुर बुडाथोकीले बताउनुभयो ।

ओरालो बाटोमा गुडिरहेको टिपर ुब्रेक फेलु भएर पल्टिएको थियो । घाइते दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

कोशीमा मध्यावधी निर्वाचनको पक्षमा उभिए बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्थिर सरकारका लागि कोशी प्रदेश मध्यावधिमा निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प भएको जनाएका छन् । प्रमुख राजनीतिक दलहरू कोशी प्रदेशमा नयाँ सकार गठनको कसरतमा जुटिरहेका बेला भट्टराईले आइतबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत मध्यवाधी निर्वाचनको पक्षमा आफुलाई उभ्याएका हुन् ।

आफ्नो अभिव्यक्ति पोख्दै भट्टराईले लेखेका छन् । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’

सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ भन्ने तर्क गर्दै भट्टराई लेख्छन् । ्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने !’

कोरियामा पानी जहाज कम्पनीमा कामदारका लागि भाषा परीक्षाको आवेदन खुल्यो

काठमाण्डाै – दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा पास हुनुपर्छ । ईपीएस कोरिया शाखाले आज सूचना निकालेर पानी जहाज कम्पनीको लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ ।

परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ । भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ । तर कामदारको मागअनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्नेछन् ।

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत् नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू ईपीएस प्रणालीमार्फत् दक्षिण कोरिया गइरहेका छन् ।

सुन काण्ड अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौं नेता पौडेल

बुटवल —नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुन काण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एकरएक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ रु कस(कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस् उनले भने, ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौं । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।

नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।

नेता पौडेलले संघीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब संघ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो ।

धनगढीमा गाईसँग मोटसाइकल ठोकिए पछि

 १४ साउन देवानगंज- धनगढीमा गाईसँग मोटसाइकल ठोकिएको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मोतिचोकमा गाईसँग मोटरसाइकल ठोकिएको हो।

धनगढी जाइका प्रेसात मल्लले चलाएको से ७ प १७७७ नम्बरको मोटरसाइकल गाईसँग ठोकिएको प्रहरीले बताएको छ। उनी हुलाकी राजमार्ग हुँदै मनेहरा तिर जाँदै थिए। मोटरसाइकलको ठक्करबाट गाई मरेको छ। मल्ल घाइते भएका छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। मल्लको हात र खुट्टामा चोट छ।

गाडीवालाले सुने, तर रोक्न छोडेनन्

धादिङ ज्वालामुखी गाउँपालिकाका सुनिलकुमार श्रेष्ठ काठमाण्डौ पोखरा चल्ने माइक्रो बसको चालक हुनुहुन्छ । उहाँ कलङ्कीमा गाडी रोकेर पोखरा जाने हो भन्दै सडक पेटीमा उभिएका मानिसहरुलाई सोध्दै हुनुहुन्छ । उहाँलाई असार १ गतेदेखि यसरी बीच बाटोमा गाडी रोकेर मान्छे हाल्न तथा ओराल्न पाइन्न भन्ने जानकारी त छ । तर, महानगरले यो निर्णय गरे पनि अहिलेसम्म लागू नै नभएको उहाँ बताउनुहुन्छ ।

हामी त बसपार्कबाट छुटेका छैनौँ । कलङ्कीबाटै छुटिराछौँ । अहिले नियम नै लागू भएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘यात्रुलाई थाहै छैन । यात्रु हामीले ल्याउँछौँ । कलङ्कीमा झार्छौँ । उता पनि झार्छौँ । यो नियम बसपार्क एरियामा लागू भएको छ । कलङ्कीमा लागू भएको छैन ।’

उहाँका अनुसार महानगरको यो नियम केवल नयाँ बसपार्क क्षेत्रमा मात्र लागू भएको छ । अहिले पनि कलङ्कीमा टिकट काउण्टर छ । र, यात्रुहरु चढाउने तथा ओराल्ने काम पनि भइरहेको छ । उहाँ पनि पोखराबाट काठमाण्डौ आउँदा यात्रुहरु झार्न बसपार्क नै जानुहुन्छ । तर, कलङ्की तथा त्यस वरपरका अन्य ठाउँमा पनि यात्रु झार्ने काम गरिरहनु भएको छ ।

यो नियम कलङ्कीमा त लागू भएकै छैन । यो नियम लागू भए पनि बसपार्कमा त गाडी नै अट्दैन नि । यत्रो कलङ्की, बल्खुमा भएको गाडी बसपार्क गएर त सम्भवै छैन नि,’ उहाँको तर्क छ गर्न सके त राम्रो हो । यसरी कलङ्कीमा जाम पनि हुँदैनथ्यो । बाटोमा जाम पनि हुँदैनथ्यो । राम्रो हुन्थ्यो ।’

काठमाण्डौ महानगरपालिकाले गएको असार १ गतेदेखि काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा छोटो दूरीको गाडी नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको थियो । साथै बसपार्क बाहिर रहेका टिकट काउण्टर हटाउने र त्यसलाई व्यवस्थित गर्न बसपार्कमै टिकट काउण्टर राख्ने निर्णय पनि गरेको थियो ।