२२ बैशाख २०८२, सोमबार १६:२४ – Nagarikabhiyan : National News

अमर सिंह माध्यमिक विधालयलाई स्कुल बस हस्तान्तरण

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ मा रहेकाे अमर सिंह माध्यमिक विधालय लाई ५१ सिट क्षमता भएकाे स्कुल बस आज (साेमवार ) एक कार्यक्रमकाे विच गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहतले बस हस्तान्तरण गर्नु भएकाे छ ।

बस हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, वडा नम्बर ५ का वडा अध्यक्ष मनाेज मण्डल वडा सदस्य प्रमानन्द पाल, विधालयका प्रअ ईन्द्रदेव गुप्ता, समाजसेवी अशाेक बहरदार लगायत विधालयमा अध्यनरत विधार्थी, शिक्षक अभिभावकहरूकाे उपस्थिति रहेकाे छ ।

स्कुल बस हस्तान्तरण कार्यक्रममा बाेल्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले पालिका भित्र रहेकाे विधालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्न पालिका लागि रहेकाे र छिटाे नै शैक्षिक क्षेत्रमा सुधार हुने बताउनु भयाे । स्कुलमा बस आउँदा टाढाका विधार्थीहरू लाई विधालय आउन जान सहज हुने र विधार्थीहरूकाे संख्या समेत बढने विश्वास रहेकाे बतानु भयाे ।

काठमाडौंबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित चारजना पक्राउ

काठमाडौ‌ं । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं तारकेश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरूको साथमा रहेको झोला खानतलासी गर्दा रकमसहित उनीहरू पक्राउ परेका हुन्।

स्रोत खुल्न नसकेको उक्त रकम सहित पक्राउ परेका चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिए।

देवानगञ्ज गाउँपालिकाले खरिद गरेकाे स्कुल बस आज हस्तान्तरण गर्दै

देवानगञ्ज । सुनसरीकाे देवमनगञ्ज गाउँपालिकाले खरिद गरेकाे स्कुल बस आज देवानगञ्ज गाउँपालिका वडा ५ मा रहेकाे अमरसंहि माध्यमिक विधालय लाई हस्तान्तरण गरि उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

गाउँपालिकाले केही दिन आगाडिनै खरिद गरि ल्याएकाे बस शिक्षक आन्दोलनकाे कारण बन्द रहेकाे विधालय लाई बस हस्तान्तरण गर्न सकेकाे थिएन ।

विधार्थीहरू लाई विधालय सम्म पुगन सहज हुने उदेश्यले बस खरिद गरि विधालय लाई हस्तान्तरण गर्न लागेकाे देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयाे । मेहताका अनुुसार शिक्षा क्षेत्रमा सुधारकाे लागि काम भई रहेकाे र छिटै शिक्षा क्षेत्रमा परिवर्तन हेर्न सकिने समेत बताउनु भयाे ।

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

काठमाण्डौ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ ।

मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० बजे सुरु गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो ।

‘राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो ।मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

उनले समाजमा प्रेसको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका छन् ।लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत जनताका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ पनि दिएका थिए ।

सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ । शनिबारको सत्रमा उनले पत्रकार र उनीहरूमार्फत् जनताको विभिन्न प्रश्नको जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ ।

करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको पत्रकार सम्मेलनभन्दा पहिले मुइज्जुका पूर्ववर्तीले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए ।

पूर्व राष्ट्रपति मोहम्मद नसिदले हिन्द महासागरको पानीमुनि मन्त्री परिषद्को बैठक आयोजना गर्नुभएको थियो भने यसको राष्ट्रिय टेलिभिजनद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

माल्दिभ्स समुद्रको सतह बढाउन सक्ने ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपङ्क्तिमा छ र विश्वव्यापी तापक्रम वृद्धिले भूमध्यरेखामा छरिएर रहेका एक हजार १९२ साना कोरल टापुहरूको देशलाई दलदलमा पार्न सक्ने जोखिम रहेको छ ।