१७ बैशाख २०७८, शुक्रबार २१:५० – Nagarikabhiyan : National News

अमेरिकाले पठाएको भारतलाई कोरोना नियन्त्रण सामग्री पुग्यो नयाँदिल्ली

एजेन्सी । कोरोना महामारीबाट जुधिरहेको भारतका लागि अमेरिकाले पठाएको सहायता सामग्री नयाँदिल्ली पुगेको छ ।

अमेरिकाले मद्दतको पहिलो खेप शुक्रबार बिहान भारतमा झारिएको छ ।

कोरोनाको लडाईंमा भारतलाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिबद्धता अनुसार पहिलो खेपको सामग्रि शुक्रबार दिल्ली पुगेको हो ।

अक्सिजन सिलिण्डर, १० लाख ¥यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन कोरोना नियन्त्रणका लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले अहिले युरोपेली मुलुकहरुले भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने बुझ्न अत्यावश्यक रहेको बताए ।

कोरोना महामारी रोकथामका लागि सरकारसंग काङ्ग्रेसको ११ बुँदे माग

काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारी रोकथामका लागि निषेधाज्ञालाई पूर्ण रूपमा सदुपयोग गर्न सरकारसँग ११ बुँदे माग गरेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताए।

कांग्रेसले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शय्या, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाइ परीक्षण गर्न, सीमा नाकामा गरिएको परीक्षणको नतिजा नआउन्जेल होल्डिङ सेन्टरमा राख्न, स्वास्थ्य जनशक्तिको बीमा र भत्ता तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ।

यस्तै, रिक्त रहेको प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप र स्वास्थ्य सामग्रीको आपूर्तिका लागि कुटनीतिक पहल गर्न, निषेधाज्ञामा किसानका कृषिउपज सामग्रीको आपूर्तिलाई सहज बनाउन, पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन, निषेधाज्ञामा मारमा परेकोहरूलाई राहत र सहयोगको कार्ययोजना ल्याउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न अनुमगमन संयन्त्र मजवुत बनाउन माग गरेको छ।

झा दम्पतीको हत्या गर्ने ७ जना जेल चलान

जनकपुरधाम ।  महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित अपहरण गरि हत्या गर्ने स्थानीय ७ जनालाई महोत्तरी जिल्ला अदालतले शुक्रबार जेल चलान गरेको छ।

 

जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले प्रतिवादीहरु कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजीन्द्र यादव, विकास भन्ने बब्लु झा र तारादेवी झालाई जेल चलान गरेको हो । १० फागुन २०७७ को राति झा दम्ती ओछ्यानसहित बेपत्ता भएका थिए ।

यद्यपि, तारादेवी झालाई दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश दिइए पनि धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ। घटनामा संलग्न अन्य दुईजना रञ्जित मिश्र र तेजनारायण झालाई पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

झा दम्पतीका छोरा मनिष झाले अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात जनाविरुद्ध मुद्धा दायर गरेका थिए । यससँगै उनीहरुलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ।

ओछ्यानसहित बेपत्ता पारिएका झा दम्पतीको एक महिनापछि अर्थात चैत १२ गते प्लाष्टिकको बोरामा कंकाल मात्र बाँकी रहेको अवस्थामा माटोमा गाडेको अवस्थामा फेला पारिएको थियो ।

यसरी भेटिएको थियो सब
पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा बाढीले माटो बगाई बनाएको खाल्डोलाई स्काभेटरले माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा बोरा आएको थियो । त्यसपछि बोरामा के रहेछ भनेर हेर्दा झा दम्पतीको शव नै भएको पत्ता लागेको थियो।

यस्तो छ घटनाक्रम
शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए ।

उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे ।

ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए । तर, शव जलेन । त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शब पुरियो । शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ ।

कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा फेला परेको छ । हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई शवलाई जलाउन खोजिएको प्रहरीको अनुसन्धनमा खुलेको थियो ।न्यूज२४बाट

जसपामा चर्काचर्की, महन्थले उपेन्द्र पक्षको लुम्बिनी प्रदेशका ४ सांसदलाई हटाउने

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको लुम्बिनी प्रदेशका चार जना सांसद हटाउने निर्णयविरुद्ध ध्यानाकर्षण निवेदन बुझाएका छन्। प्रदेश सभाले वैशाख १६ गतेमा चार जना सांसद निष्कासन भएको सूचना प्रकाशित भएको भोलिपल्टै शुक्रबार अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन्।

अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको उल्लेख गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ। उनले भने, पार्टीले गरेको कारवाहीमा निर्वाचन आयोगले केही गर्न सक्दैन।’

जसपा नेपालको वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको हो। अध्यक्ष यादव पक्षले संसदीय दलको निवेदनको आधारमा सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा प्रदेश संसद् सचिवालयले उनीहरूलाई पदमुक्त गरेको सूचना १७ वैशाखमा प्रकाशित गरेको थियो।

​तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही भएको छैन भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन्। यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानूनी उपचारमा जाने तयारी गरिरहेका छन्। स्रोतका अनुसार समय रहेमा आजै नै सर्वोच्च अदालतमा रीट दायर गर्ने उनीहरुको तयारी छ।

भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले  २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो ।

यस्तै बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ मात्रै कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय  गरेको छ  । निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

नेपालका १५ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक लकडाउन

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ। सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ।

सुर्खेत जिल्लाले वैशाख १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा बिहीबारदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा छ। पाल्पा र चितवनमा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ भने सल्यानमा १९ गते बिहान ६ बजेदेखि आदेश कार्यान्वयनमा जाँदैछ। अन्य कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा भने बिहीबार बिहानदेखि निषेधाज्ञा लागू भएको छ।

कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाट निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ। बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ। कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ।

गृहमन्त्रालय आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन। उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ्याे : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको हिसाबले नेपालका अति प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कैलाली कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको जानकारी गराएको हो ।स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भई सकेको अवस्था रहेको मन्त्रालयले बताएको छ । त्यसैले सवैलाई संवेदनशित हुन मन्त्रालयले अपिल नै जारी गरेर अनुरोध गरेको छ ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाहय पर्यटनका लागि कहि कतै जाने कामहरु पुर्ण रुपमा नगर्नु ,नगराउनुहुन, कुनै पनि सार्वजनिक स्थलहरुपमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी रहेको मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ । जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशित भई कडा रुपमा पालना गर्न गराउन सवैलाइ अनुरोध समेत गरेको छ ।

गोरखापत्र अनलाइन

मनमोहन अस्पताललाई रोटरीबाट डायलायसिस मेसिन

झापा । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रु एक करोड २० लाख मूल्य बराबरको सात थान किडनी डायलायसिस मेसिन प्रदान गरेको छ । मानवीय सेवामा समर्पित क्लबले गत वर्ष कोभिड– १९ को कहर शुरु भएलगत्तै डाइलायसिस गर्नुपर्ने बिरामीलाई परेको कठिनाइ ध्यानमा राखी बिर्तामोडमा डायलायसिस सेन्टर स्थापनाको पहल गरेको थियो ।

अस्पतालले सो डायलायसिस सेन्टर हालै सञ्चालनमा ल्याएको छ । त्यहाँ जापानबाट आयातित अत्याधुनिक सात थान डायलायसिस मेसिन, एक थान डाइलाइजर रि–प्रोसेसिङ मेसिन, एक थान वाटर प्युरिफायर र सात थान इलेक्ट्रिक बेड छन् ।
झापामा मिर्गाैला रोगी बढिरहेका अवस्थामा रोटरीले जिल्लामा सबैभन्दा बढी क्षमताको डायलायसिस सेन्टर स्थापना गरिदिएको क्लबका अध्यक्ष प्रशान्त भण्डारीले बताउनुभयो ।

अस्पतालले रोटरीसँगको सम्झौताबमोजिम भौतिक तथा आर्थिक व्यवस्थापन आफँै गरी डायलायसिस सेन्टर सञ्चालन गरेको हो । सङ्घीय सरकारले तोकेको रु दुई हजार पाँच सय शुल्कमा बिरामीले यहाँबाट सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश खरेलले बताउनुभयो । आउँदो साउनदेखि सरकारी सुविधा पाएपछि डायलायसिस सेवा निःशुल्क हुने जनाइएको छ ।

हाल झापाका भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पाँच र ॐसाई पाथीभरा हस्पिटलमा पाँच शय्याको डायलायसिस मेसिन सञ्चालनमा छन् । बिर्तामोडको बिर्तासिटी हस्पिटलमा चार र बिएन्डसी हस्पिटलमा चार शय्याको डायलायसिस मेसिन छन् । दमकको लाइफलाइन हस्पिटलमा समेत पाँच शय्याको मेसिन सञ्चालनमा छ ।

मनमोहन अस्पतालको सो डायलायसिस सेन्टरमा १० नर्सिङ स्टाफ रहेको र २४ घण्टै सेवा चालु भइरहेको नर्सिङ इञ्चार्ज सुमन सेढाईँले बताउनुभयो ।रासस

१५ वर्षअघि हराएकाे हेलिकाेप्टको अवशेषसहित २ मानव अवशेष फेला

काठमाडौं । नेपाली सेनाले सन् २००६ मा दुर्घटना भएको हेलिकप्टरको अवशेषसहित २ मानव अवशेष फेला पारेको छ। सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकप्टरको अवशेष फेला परेको बताएको हो । हिजो धबलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किलोमिटरको इटाली बेस क्याम्पतर्फ ९ एन एसीआर लेखिएको हेलिकप्टर फेला परेको जनाएको छ। मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा कोरोना भयावह बन्दै २४ घण्टामा थप ५,७२७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारले किन बनायो गुन्डालाई मन्त्री ?

काठमाडौं। गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ।

गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थानविशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए। चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्।

०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागिरी सुरु भएको थियो। हप्ता असुली, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा बन्यो। उनको आपराधिक यात्रामा चक्रे मिलनबाहेक अरू कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले। होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्याङ फाइट’ पर्ने गरेको थियो। ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मुद्दा चलाएको थियो। प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो।

मनाङेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए। करिब २५ वर्षदेखि राजधानीको गुन्डागर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो। गुन्डागर्दीसँगै उनले ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गर्थे। अपराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रूपमा चिनाउने गर्थे। राजनीति गरे सबै प्रकारका अपराधबाट मुक्ति पाइन्छ भन्ने अभिप्रायले राजनीतिक दलमा छिरेका मनाङेले बिहीबार मन्त्री बनेपछि सांसद जित्ने भनेकै मन्त्री बन्न हो भन्ने अभिव्यक्ति दिएका छन्।

‘अपराध लुकाउने थलोको रूपमा राजनीति प्रयोग भएको छ। यसले राजनीतिलाई राम्रो बनाउँदैन, सङ्लो बनाउँदैन। यस्ता व्यक्ति राजनीतिमा आउँदा राजनीति आफैं लजाउँछ’, नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले मनाङेको नियुक्तिबारे छोटो टिप्पणी गरे।
नवराज सिलवाल, देवेन्द्र सुवेदी, सर्वेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेललगायत नेपाल प्रहरीका तत्कालीन दर्जन अधिकारीले मनाङेलाई पक्राउ गरेर मुद्दा चलाएका थिए।

यस्तो छ मनाङेको अपराध यात्रा

काठमाडौंको कुनै पनि हिरासत कक्ष मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हिरासतमा उनको रात बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असुली र कवाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो। सो आक्रमणमा मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामासमेत संलग्न रहेको भन्दै उनीहरूविरुद्ध मुद्धा दायर भएको थियो।

२०६९ सालमा मनाङेबाहेक उनीहरूले सफाइ पाएका थिए। मनाङे ०६५ फागुन र ०७० फागुनमा पक्राउ परेका थिए। जेलबाट पनि गुन्डागर्दी गरेको, ठेकेदारहरूसँग पैसा असुल गरेको, क्रसर व्यवसायीलाई धम्क्याएर सेयर लिएको जस्ता अभियोगमा मनाङेलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरेको थियो।

०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्दा चल्दा एक वर्ष थप कैद सजायको फैसला भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो। विभागले मनाङेसँग अवैध रूपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। त्यतिमात्र होइन, प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेर मनाङे ६ हजार धरौटीमा रिहा भएका थिए। नागरिक दैनिकबाट

देशका विभिन्न जिल्लामा आजदेखि थप कडाइ हुँदै

काठमाडौं। निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।

बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ।

प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन्। यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लंघन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ। जिल्लाजिल्लामा यो क्रम जारी रहेको थियो। नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड-१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ।

ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए। गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ। -रासस

बाबा रामदेव च्यानलहरूमा देखिएको घरमै अक्सिजन बनाउने उपायहरू भ्रामक र WHO सुझाव विपरीत

बीबीसी ।  भारतमा अक्सिजन उपचारको आवश्यकता परेकाहरू औषधिका विभिन्न उपाय अपनाउँदै छन् । जसमा भारतका सबभन्दा प्रख्यात योग गुरु बाबा रामदेव न्यूज च्यानलहरूमा आइरहन्छन् र उनले आफ्नो यूट्युब च्यानलमार्फत पनि घरमै अक्सिजन स्तर बढाउने उपायहरू सुझाइरहन्छन्
।

शरीरमा अक्सिजनको मात्रा बढाउने घरेलु उपायका नाममा उनीहरू गलत उपचार अपनाउँदैछन् । तर त्यसले कोरोनाभाइरस बिमारीलाई सघाउने कुनै प्रमाण छैन । योगगुरुका सुझाव डब्लुएचओको सुझाव विपरीत छ ।

योग गुरुबाट जनता यसरी ठगिए

भिडिओमा औँलामा अक्सिजन स्तर नाप्ने डिभाइस राखेका उनी भन्छन्, “देशभरि अक्सिजनबारे कोकोहोलो छ, तर म तपाईँलाई जादु देखाउँछु।” सास रोकेर बस्दा उनको रगतमा अक्सिजनको मात्रा सुरक्षित स्तरभन्दा तल खसेको देखिन्छ। त्यसपछि उनी भन्छन् ‘२० सेकेन्डमा अक्सिजनको मात्रा तल झर्‍यो, अब दुई पटक लामो सास फेर्नुहोस् र जीउमा प्रशस्त अक्सिजन लिनुहोस्, यो (वातावरणमा) प्रशस्त उपलब्ध छ।’

WHO का अनुसार  

योग गर्नु सामान्यतया स्वास्थ्यको निम्ति राम्रो मानिए पनि कोभिडजस्तो रोगका कारण अक्सिजनको मात्रा शरीरमा घटेको छ भने त्यसका निम्ति मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ।

“यदि अक्सिजनको स्तर न्यून छ, लामो समयदेखि न्यून छ, र यदि त्यसको उपचार गरिएन भने शरीरका कोषहरू आफसेआफ काम गर्न बन्द गर्न थाल्छन्। यस्तो बेलामा जीवनरक्षक उपचार भनेको मेडिकल अक्सिजन दिलाउनु नै हो,” डब्लुएचओकी डा. ज्यानेट डियाजले भनिन्।

कोरोनालाई मार्ने एन्टीभाइरल चक्की – विज्ञले थप अनुसन्धान गर्दै

काठमाडौं। ’खाएको केही घण्टाभित्रै कोभिडलाई मार्ने एक चक्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन्। यो चक्की बजारमा आएपछि लकडाउन लगाउन नपर्ने बताइएको छ।

केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न लायक ठहरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ। एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन। अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रोक्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ।

बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो। ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन्।

उनले भने, ‘एन्टीभाइरल चक्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ।’ यसले काम गरेमा स्वास्थ्य सेवामाथि चरम दबाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन।

अनि लकडाउन वा अन्य किसिमका कठोर नियन्त्रण पनि लगाउन पर्दैन।’कोभिड पोजिटिभ भएको केही दिनभित्र चक्की खाएमा शरीरमा कोरोनाभाइरस मर्ने अपेक्षा गरिएको छ।

आज २०७८ बैशाख १७ गते शुक्रबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रेल आयो तर चलेन – बर्दिबासका स्थानीय जनताको जमिन कब्जा

जनकपुर । भारतबाट रेल ल्याउने र सो रेलको स्टेशनका लागि भन्दै सरकारले बर्दिबासका स्थानीय जनताको जमिन कब्जा गरिसकेको छ ।

जनताको सम्पत्ति कब्जा गर्न जति छिटो प्रक्रिया अपनाएका थिए तर आज जब जनताको कुरा सुन्नुपर्ने बेला भएको तब चाहिँ उनीहरु एकले अर्कोलाई देखाउदै जिम्मेवारीबाट पन्छिरहेका छन् । यतिबेला बर्दिबासको जमिन कठ्ठाको करोडौँमा बिक्री भइरहेको छ ।

“आफ्नो जमिन लामो समय देखि राज्यले रोक्का राखिरहेका कारण स्थानीय बासीले न आफ्नो दैनिक काम काज गर्न पाएका छन् न कुनै महत्वपूर्ण काम । जग्गा रोक्का रहेका कारण आफूले चाहे अनुसारको अस्पतालमा उपचार गराउनबाट मात्रै होइन आफ्ना सन्तानहरुलाई बिदेश पढाउन पठाउने अवस्था पनि भएको छैन।” स्थानीय जनताको यस्तो गुनासो रहेकोे छ ।