१५ माघ २०७९, आईतवार १४:५३ – Nagarikabhiyan : National News

पोखरामा एक पुरुषले गरे आत्मदाहको प्रयास बचाउन गएका घरबेटी पनि घाइते

पोखरा ।  पोखरामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। पोखरा १३ मा पुस्तक पसल गर्दै आएका कृष्ण क्षत्रीले आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छन्।

केही दिनदेखि निराशावादी कुरा गर्दै आएका क्षत्रीले आइतबार आफू बसेको कोठामा आत्मदाहको प्रयास गरेको बताइएको छ। आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगोल गाएका क्षत्रीलाई बचाउने प्रयास गर्दा घरबेटी संगीता सापकोटा पनि घाइते भएकी बताइएको छ।

दुबै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिए।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको  धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। ।

रास्वपाले भन्यो -गृह मन्त्रालयमा हाम्रो दावी रहन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दावी रहने स्पष्ट पारेको छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आज पुन: नेपाली नागरिकता प्राप्त गरेका छन्।

पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दावी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ ।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि ३३ दिनमै राजीनामा दिनुपरेको थियो ।

सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।

लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

धनकुटा महोत्सवमा सांस्कृतिक कार्यक्रम नहुने

धनकुटा ।  धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलमा जारी एभोकाडो तथा पाँचौ धनकुटा महोत्सव सांस्कृतिक कार्यक्रमबाहेक निरन्तर सञ्चालन हुने भएको छ।

आइतबार दिउँसो आयोजक र प्रशासनबीच भएको छलफलमा साँझ ६ बजेसम्म महोत्सव सञ्चालन हुने सर्वपक्षीय निर्णय भएको आयोजक धनकुटा उद्योग वाणिज्य संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए।

शनिबार राति धनकुटा महोत्सवस्थलको प्रवेशद्वार गेटमा भएको अत्यधिक भीडमा ठेलमठेल हुँदा कन्सर्ट हेर्न गएका ३० जना घाइते भएका थिए। उक्त घटनापछि स्थानीय प्रशासनले महोत्सवको सबै कार्यक्रम स्थगित गरेको थियो।

उनका अनुसार भोलिसम्म महोत्सव यथावत हुने छ। सुरक्षाको कारण देखाउँदै बेलुका ६ बजेपछिको सांस्कृतिक कार्यक्रम र हाउजी बिंगो कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरिएको हो।

निर्णयसँगै आजदेखि हुने राष्ट्रिय कलाकारको सबै सांगीतिक कार्यक्रम स्थगित गरिएको उनले बताए। महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको औपचारिक समापन भोलि हुने उनको भनाइ छ।

हिजोको घटनामा घाइते भएका ३० जनामध्ये अधिकांशको उपचार भई घर फर्किएका छन्। केही घाइतेहरूको विराटनगरस्थित गोल्डेन अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घाइतेहरूको उपचारका लागि कुनै कसुर बाँकी नराखिएको महोत्सव संयोजक विजयसन्तोषी राईले बताए।

सन् २०२४ देखि अर्थतन्त्र सकारात्मक बनाउने श्रीलंकाली राष्ट्रपतिको घोषणा, फेरि संकटको चेतावनी

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले फेरि आर्थिक संकटको सामना गर्नुपर्ने चेतावनीसँगै सन् २०२४ बाट देशको अर्थतन्त्रमा सकारात्मक वृद्धि ल्याउन प्रयास गर्ने बताएका छन्।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका अहिले आफ्नो आर्थिक स्थिति बलियो बनाउने उपायहरु खोजिरहेको छ। यसबिच विक्रमासिङ्घले अर्को वर्ष अर्थतन्त्र सुधार हुने बताएका हुन्।

उनले श्रीलंकाको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३।५ प्रतिशतको हाराहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने सकारात्मक वृद्धि हुने अपेक्षा रहेको बताएका हुन्।

‘हामी सन् २०२४ बाट अर्थतन्त्रमा सकारात्मक वृद्धि ल्याउनेछौं। कसै सामु झुक्न नपर्ने र ऋण मुक्त बनाएर हामी बलियो देश निर्माण गर्छौं,’ उनले भनेका छन्।

यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवरुद्ध भए मुलुक आर्थिक संकटमा फस्ने खतरा रहेको चेतावनी पनि उनले दिएका छन्।

‘यी आयोजना कार्यान्वयन भएनन् भने फेरि पहिला जस्तै आर्थिक संकट निम्तिनबाट कसैले रोक्न सक्दैन,’ उनले भने।

दमकमा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति

झापा । दमक–६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।

विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएकाे फर्निसिङमा हिजाे बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे। आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन् ।

उहाँका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे हाे । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो ।

यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति भएकाे थियाे ।

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेका विवरण प्राप्त भएको र बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ ।

दुर्घटनामा परेकाे यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।

पोखरामा जलेर दुई जना घाइते

कास्की ।  पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलाका दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । बिहान जलेर घाइते भएका उनीहरुलाई छिमेकीहरुले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ । गम्भीर घाइते भएकी महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आगो लागेका पुरुषलाई बचाउन जाँदा पुरुषकी घरबेटी समेत रहेकी महिला घाइते भएकी विवरण प्राप्त भए पनि आत्मदाहको प्रयास भएको वा अरु केही हो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ ।

रवि लामिछानेले पुन लिए नेपाली नागरिकता

काठमाडौं ।  रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापति पद पनि गुमाएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११  र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।

रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा  शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

शक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शाेम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

सीएनआई कोसी एक्स्पोमा सगरमाथादेखि केचनासम्म अवलोकन गर्न सकिने

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको एक्स्पोमा उक्त ठाउँको अवलोकन गर्न पाइने भएको हो ।

प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरूलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन लागिएको आयोजकले जनाएको छ ।त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भएको हो । हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरूले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जारी रहेको छ । ऐतिहासिक रूपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरूको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरू जस्ता संरचना पनि निर्माण गर्न सुरु गरिएको जनाइएको छ ।

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरूले प्रस्तुति दिने निश्चित भइसकेको एक्स्पो आयोजक समितिका संयोजक राजेन्द्र राठीले बताए । सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्ड, अभया सुब्बा द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बु, नितेश जंग कुँवर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका गायक उनीहरूको ब्याण्डले दैनिक प्रस्तुति दिने जनाइएको छ ।

कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुष खुवाएको वा खाएका अवस्था आए कारबाही हुन्छ: मोदी

विराटनगर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताएका छन् । विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री मोदीले संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको बताएका हुन ।
मोदीले उक्त ऐनमा कर्मचारीको हदम्याद ६० वर्ष गर्ने वा नगर्ने भन्ने विषय टुंगो नलागेको बताए । ‘म अध्ययनका क्रममा छु । ५८, ५९ या ६० वर्ष कुनै न कुनै त हुन्छ । सबै क्षेत्रसँगको छलफल र राजनीतिक दलहरुबीचको सुझावलाई लिएर त्यसको समाधान गरिन्छ । मैले यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेको छु’, मोदीले भने ।

उनले स्थानीय तहको निमित्त दिने चलनको सकेसम्म अन्त्य गर्ने पनि बताए । उनले देशभरीको बरण्डामा बसेका, फाजिलमा बसेका सबै कर्मचारीको नाम लिष्ट लिइरहेको पनि बताए । ‘सबै ठाउँमा कर्मचारी पुर्याउने मेरो अभियान छ’, उनले भने, ‘हाम्रै मन्त्रालयमै क्रोनिक रुपमा वर्षौं वर्ष बसेका छन् । कोही ५ वर्ष कोही ७ बर्ष बसेका छन् । यसलाई हामीले सुधार गर्छौं । २ वर्षदेखि एउटै शाखामा रहेकालाई शाखा परिवर्तन गर्ने । ३ वर्षभन्दा माथि बसेका छन् भने अन्तै पठाउने । ४ वर्षभन्दा माथि एउटै ठाउँमा छन् भने उनीहरुलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने भन्ने विषयमा हामीले तयारी गरेका छौं । कार्यान्वयनको शिलशिलामा छौं ।’
उनले आफू सांसद हुँदा पनि कुनै कर्मचारीलाई यहाँ सरुवा गर्नुपर्यो त्यहाँबाट हटाइदिनुपर्यो नभनेको बताउँदै अहिले ठूला नेताबाटै आफूलाई दबाब आइरहेको बताए । उनले कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुष खुवाएको वा खाएका अवस्था आए कारबाही गर्ने पनि उनले बताए ।
मन्त्री पदमा नियुक्त भएपछि मोदी पहिलो पटक गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र मोरङ आएका हुन् । मोरङमा रहँदा उनले निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद ज्ञापन गर्ने तथा कर्मचारी अधिकारीलाई आवश्यक निर्देशन दिने कार्यक्रम पनि रहेको छ । मन्त्री मोदी आइतबार काठमाडौं फर्किने बताइएको छ ।

उच्च अदालत पछि पुनरावेदन रिट हाल्ने तयारिमा गिरी

विराटनगर । हाटखोलास्थित जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरे पछी पुनरावेदन आदालतमा रिट हाल्ने जयारीमा गिरी जुटेका छन । गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन विभागसहित तीनवटा निकायविरुद्ध उच्च अदालत विराटनगरमा रिट हालेका थिए। गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका थिए। सो रिटमा अदालतले आज बिहीबार पुनः छलफलमा बोलाएर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

अ‍दालतले कारागार व्यवस्थापन विभागले गरेको स्थानान्तरण कानुनी रूपमा त्रुटि नदेखिएकोले नियमअनुसार पेस गर्न आदेश गरेको हो, उनले भने। निवेदक गिरीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमेश कोइराला र हेमराज पन्त, अधिवक्ताद्वय कल्याण केसी, विकास थापा तथा विपक्षीको तर्फबाट उपस्थित उच्च सरकारी वकिल कार्यालय, विराटनगरका उपन्यायाधिवक्ता भोलानाथ निरौलाले बहस गरेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई मोरङबाट मकवानपुरको भीमफेदी कारागार सरुवा गर्ने कारागार व्यवस्था विभागको तयारी छ।

गिरीको कैद अवधि सकिनै लागेको छ। गिरीले कैद भुक्तान गर्न अब जम्मा २२ दिनमात्रै बाँकी छ। आफ्नो सरुवा नियमविपरीत भएको भन्दै गिरी अब पुनरावेदन अदालत जाने तयारीमा छन्। ुउच्चले आदेश दिएन, अब पुनरावेदन जान्छु, उनले नवपथसँग भने,मेरो सरुवा नियमविपरीत छ। जबरजस्ती मलाई अन्यत्र सारिएमा कारागारभित्र जे पनि हुन सक्छ। यसको क्षतिपूर्ति राज्यले लिनुपर्छ।ु गिरीको कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाका अनुसार पुनरावेदनमा रिट हालेपछि उनले मोरङ कारागार नै बसेर मुद्दा लड्न पाउने छन्।गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ ३ गते नै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए।

न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलाशले माघ ९ गते दुबै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको थियो। माघ ९ गते गिरीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाको न्यायाधीश भट्टराई आफन्त परेकोले गिरीको मुद्दा हेर्न नमिल्ने आदेश भएको थियो। कैद भुक्तान हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा मोरङ कारागारका चौकीदार गिरीको गृह मन्त्रालयकै निर्देशनमा कारागार व्यवस्थापनले भिमफेदी कारागारमा स्थानान्तरण गर्न मोरङ कारागारमा पत्र पठाएको थियो । नेकपा एमालेका स्थानीय नेताको दबावमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको बताइन्छ। गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो। अहिले उनको सरुवा रोक्नुपर्ने माग गर्दै कैदीबन्दी आन्दोलित छन्।

 

 

 

 

 

 

 

यूवा व्यवासयी मेहताले संचालनमा ल्याए मेरो होटेल्स् एप्स

विराटनगर । यूवा व्यवसायी सन्तोषकुमार मेहताले मेरो होटेल्स् एप्स तथा मेरो होटेल्स् डटकम वेबसाईट संचालनमा ल्याएको छ । सुनसरी जिल्लाको भोक्राहा–नरसिङ गाउपालिका वडा नं. २ घर भई विराटनगरमा व्यापार व्यवासयी संचालन गरिरहेका मेहताले पछिल्लो समय मेरो होटेल्स् एप्स संचालनमा ल्याएको हो ।

मेहता विराटनगर स्थित गोल्डेन अस्पतालका प्रवन्धक हुन् । आन्तरिक तथा बाहृय पर्यटन विकास तथा पर्वधनमा पूर्वाधकार तयार गर्ने उद्देश्यका साथ मेरो होटेल्स् एप्स संचालनमा ल्याएको हो ।

विदेशी तथा स्वदेशी पर्यटकले मेरो होटेल्स् एम्स डाउनलोड गर्न साथ उसले नेपाल भरी खोजेको जस्तो सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट, क्याफे, रिसोर्ट, पार्टी प्यालेस भेटाउन सक्छ ।

यस बाहेक यूवा जमातले एप्स मार्फत खर्च गर्न सक्ने गरी होटल, रेष्टुरेन्ट र क्याफे भेटाउन सक्छ । बुधबार चिरफार डटकम संग कुरा गर्र्दै यूवा व्यवासयी मेहताले भने : विराटनगरबाट सुरु भएको मेरो होटेल्स् एप्सलाई ६ महिना भित्र नेपालभरी पुर्‍याउने लक्ष्य राखेको छु । यसमा आन्तरिक तथा बाहृय पर्यटकले सहयोग गर्ने अपेक्षा गरेको छु ।

गिरीको रिटमाथी उच्चले दिएन अन्तरिम आदेश

विराटनगर । मोरङ कारागारका चौकीदार कैदी  अभिषेक गिरीलाई मकवानपुर कारागार सरुवाको बाटो खुलेको छ । उच्च अदालत विराटनगरमा गिरीले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि सरुवा गर्ने बाटो खुलेको हो ।
आफ्नो स्थानान्तरणको निर्णय बदरको अन्तरिम आदेश माग गर्दै कैदी गिरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासले  अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश नभएपछि  गिरीलाई मकवानपुर कारागार कार्यालय भीमफेदी लैजाने बाटो खुलेको छ ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले गिरीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएको जानकारी दिए ।  गिरीले सरुवा रोक्नका लागि  अन्तरिम आदेशको माग गर्दै ३ माघमा रिट दायर गरेका थिए ।
विराटनगर कारागारमा रहेर बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि गिरीलाई कारागार व्यवस्था विभागले गत पुस २९ गते सरुवा गर्ने  निर्णय  भएको थियो । आफ्नो सरुवाको निर्णयका बारेमा अगाडि नै जानकारी पाएका चौकीदार गिरी कारागार भित्र बसेका छन् । उनका पक्षका कैदीबन्दीले सरुवाको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
गिरी २०७४ चैत २३ गते भन्दा अगाडि मोरङ कारागारमा चौकीदार थिए । कैदीबन्दीलाई यातना  र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि  उनलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार लगिएको थियो । उनी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका थिए । गिरीको कैद भुक्तान अवधि फागुन ३ गते सकिँदैछ ।

प्रदेश १ को प्रदेशसभा बैठक माघ २३ गते बस्ने

विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए ।

पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ ।

पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रिपरिषदको कार्यविभाजन गरेका थिए । प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहरी मन्त्री भक्ति सिटौलाले संसद बैठकका विषयको जानकारी आएपछि सरकारले संसदलाई विजनेश उपलब्ध गराउने बताए ।