१६ श्रावण २०७८, शनिबार २०:३१ – Nagarikabhiyan : National News

काेराेनाका कारण जापानमा पुनः स्वास्थ्य सङ्कटकाल घोषणा

एजेन्सी । जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार स्वास्थ्य सङ्कटकालको अवस्था घोषणा गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्त ३१ सम्मका लागि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विभिन्न प्रतिबन्धहरूको घोषणा गएिको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराइएको छ ।

टोकियो महानगरीय सरकारले जुलाई २९ मा सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्कमा राजधानी टोकियोमा मात्रै तीन हजार ८६५व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि गरेको छ ।

त्यसैगरी जापानभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या १० हजार ६९९ पुगेको छ । टोकियो र देशभरका यी दुवै सङ्क्रमित सङ्ख्याहरू महामारी सुरु भएदेखिकै सबैभन्दा बढी हो ।

कतिपय स्थानमा स्वास्थ्य सङ्कटकाल विगत तीन हप्तादेखि जारी रहेपनि सङ्क्रमणको लहर ढिलो हुँदैछ भन्ने कुनै सङ्केत नपाइएको जापानी टेलीभिजन एन एच के वर्ल्डले जनाएको छ ।

स्वास्थ्य सङ्कटकालीन अवस्था लागु भएको प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो छुट्टै सूचनामार्फत् पनि पुष्टि गरेका छन् । टोकियो र ओकिनावाका आकस्मिक अवस्थाहरू सुरुमा अगस्ट २२ मा समाप्त हुने तय गरिएको थियो । ओलम्पिक र अगस्टको मध्य ओबोन बिदालाई समेट्ने गरी पछिल्ला यी उपायहरू अबलम्बन गरिएको सरकारले बताएको छ ।

गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।

उहाँले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिनुभयो । बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिनुभयो । ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कोरोना महामारी : भारतलाई ५२ देशको सहयोग

नयाँ दिल्ली । कोरोना भाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको छ । भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए।

राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरुको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । ‘दोस्रो चरणको महामारी भइरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरुले खुलेर सहयोग गरे, सहानुभूति देखाए, हामी उनिहरुप्रति आभारी छौँ’, धन्यवाद दिन चाहन्छौँ, उनले भने ।

विषेश गरेर विदेशी दाताहरुले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठूलो राहत भएको पनि उनले जानकारी दिए । ‘आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ, उनीहरुले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ’, विदेश राज्यमन्त्री मुरलीधरणले भने ।रासस

भारतको ज्यादतीविरुद्ध प्रतिकारमा उत्रिन चार दलको आग्रह

काठमाडौं । दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर अमानवीय ज्यादती गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले संयुक्त विज्ञप्ति निकालेर आपति जनाएका छन् ।

नेकपा महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले निकालेको संयुक्त विज्ञप्तिमा भारतीय ज्यादतीविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरिएको छ ।

‘एसएसबीले काटिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता बनाएको घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप हो’, उनीहरुले भनेका छन्, ‘यो घटनामा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, परिवारलाई न्याय र राहतको व्यवस्था तथा दोषीलाई यथाशिघ्र कारवाहीका लागि विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी माग गर्दछौं ।’

दार्चुलाको मालघाट तुइन काटिनु नेपालीको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारविरुद्धको हेपाहा र षड्यन्त्रमूलक घटना भएको चार दलले जनाएका छन् । उनीहरुले भारतीय पक्षले गराएको यस घटनाको डटेर प्रतिरोध गर्न पनि नागरिकलाई आह्वान गरेका छन् ।

‘यथाशक्य चाँडो घटनाको वास्तविकता नेपाली जनताबीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही ढिला गरियो भने हामी चार पार्टी संयुक्त संघर्षमा जान बाध्य हुनेछौँ’, उनीहरुले विज्ञप्तिमा भनेका छन् । यसैबीच विप्लव नेतृत्वको नेकपाले शनिबारदेखि नै भारतविरुद्ध सडक संघर्ष थालेको छ । विप्लवका कार्यकर्ताले आजै राजधानीमा विरोध जुलुस निकाल्दै भारतीय सुरक्षाकर्मीमाथि कारवाही माग गरेका छन् ।

सपोर्ट लघुवित्त वित्तिय संस्थाद्धारा कर्मचारी भर्नाकाे नाममा सास्ती !

देवानगंज । सुनसरीको इटहरीमा केन्द्रिय कार्यालय रहेको सपाेर्ट लघुवित्त वित्तिय संस्थाले कर्मचारी भर्नाको नाममा उम्मेदबारहरुलाई सास्ती दिएको र आफूखुसी भर्ना गरेको गुनासो बाहिर आएको छ । लघुवित संस्था समुदायमा गएर आर्थिक कारोबार गर्ने संस्थाको रुपमा चिनिन्छ तर यस्ता लघुवित वित्तिय संस्थामा कर्मचारी नियूत्तिमा भने व्यापक नातावादकृपावाद र पहुचको अधारमा हुने गरेको गुनासो सेलाउन नपाउदै फेरी सोही प्रकृतिका गुनासो बाहिर आएको छ । सामाचार स्रोतका अनुसार सुनसरीको इटहरी केन्द्रिय कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तिय संस्थाले केही दिन अघि कर्मचारी आवश्यकाताको विज्ञापन गरिएको थियो त्यसमा सूचनाका आधारमा धेरैले विज्ञापनकै पदमा फारम पनि भरिएको थियो तर नाम भने पहुचबालाहरुको मात्र प्रकाशन भएपछि सास्ती र ढगी धन्दाको लागि मात्रै विज्ञापन गरेको उम्मेदाबारहरुले गुनासो गरेका छन् ।
संस्थाले उम्मेदबारहरुलाई गुम्राहामा पार्नका लागि विज्ञापन गर्दा आवश्यक संख्यामा केही कर्मचारी चाहिएको भने थियो तर उक्त संस्थालाई कर्मचारी भने २५ जना मात्र चाहिएको थियो । त्यस संस्थाले कर्मचारीको छोटो सुचि तयार गर्दा २६५ जनाको नाम निकालेको थियो । त्यसपछि अन्तरर्वाताको लागि बोलाएकाे भए पनि सास्ती र ठगी समेत गरेको आरोप समेत बाहिर आएको छ । यसबारेमा संस्थाका प्रमुक कार्यायकारी अधिकृत कुलमणि तिमिल्सीना र कर्जा विभाग प्रमुख बिष्णुकान्त चौधरीले आफनो संस्थाको नियम अनुसार गरेको दावी गर्दै आएका छन् । तर उम्मेदबारहरुले तिमिल्सिना र चौधरीले आफु नजिकको व्यत्तिको मात्र नामवली प्रकासन गरि जागिर दिएको दावी गरेका छन् । नमावली प्रकासन गरिएको अधिकांस व्यत्ति बिष्णुकान्त चौधरीको आसेपासे र पैरवी गरि आएको देखिएको आवेदन भरेकाहरुले दावी गरेका छन् ।
लघुवित्त वित्तीय संस्था भनेको के हो ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।

संस्था द्धारा जारि गरिएको प्रेस विज्ञप्ती:

 

रामधुनीको बजेट रु. ७२ करोड ८४ लाख चार हजार रुपियाँ, विनियोजित बजेट चैतसम्ममा पूर्ण कार्यन्वयन गर्ने

सुनसरीको रामधुनी नगरपाकिलाले आफ्नो वार्षिक बजेट, नीति तथा कार्यक्रमहरु नगरिकका बीचमा सार्वजकिकरण गरेको छ । शुक्रबार रामधुनीमा पत्रकार सम्मेलन गरि नगरबासीका जानकारी लागि भन्दै बजेट, नीति तथा कार्यक्रमहरु नगरिकका बीचमा सार्वजकिकरण गरेको हो । नगरपालिकाकी उपप्रमुख सविना चौधरीले बजेट, नीति तथा कार्यक्रमहरु सार्वसधारणको जानकारीका लागि भन्दै पत्रकार सम्मेलन कार्यक्रम मार्फत सार्वजकिकरण गर्नुभएको छ । चौधरीले यो आर्थिक वर्षका लागि कार्यान्वयन गर्न रु. ७२ करोड ८४ लाख चार हजार रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । चौधरीका अनुसार कुल विनियोजन मध्ये ४३ करोड ७ लाख ३३ हजार रुपियाँ र चालु खर्च तर्फ रु. ५९.१३ % र पुँजीगत खर्च तर्फ २९ करोड ७६ लाख ७१ हजार रुपियाँ ४०.८७ % रहेको छ । आ.ब.कालागि कुल अनुमान गरिएको खर्च वेहोर्ने श्रोत मध्येसंघिय सरकार समानीकरण अनुदान रु १६ करोड ५ लाख रुपियाँ, संघिय सरकार शसर्त, पुँजीगत अनुदान रु २५ करोड ३८ लाख रुपियाँ, संघिय सरकार समपुरक अनुदान १ करोड ४१ लाख रुपियाँ, संघिय राजश्व वाँडफाँड रु. ९ करौड ३३ लाख ८२ हजार, प्रदेश सरकार समानीकरण अनुदान रु ९४ लाख १० हजार, शसर्त अनुदान ५२ लाख ३३ हजार, समपुरक अनुदान १ करोड, प्रदेश राजश्व बाँडफाँड रु. ५२ लाख २० हजार, मालपोत रजिष्ट्रेशन रु. ३ करोड ५० लाख, करुणा फाउण्डेशन २२ लाख १२ हजार गत बर्षको मौजदात र अन्य अनुमानित आय रु. ७ करोड ४७ लाख ६७ हजार र जनसहभागिता रु. ३ कारौड गरि कुल जम्मा रु. ७२ करौड ८४ लाख चार हजार मात्र वेहोरिने अनुमान गरिएको छ । रामधुनी नगरपालिकाकाले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर बजेट ल्याएको नगर प्रम्ख जयप्रकाश चौधरीले जानकारी दिनुभयो । चौधरीले यो वर्ष नै चुनाव समेत हुने भएकाले चैत मसान्तसम्ममा सबै कार्यक्रम र योजनाहरु सम्पन्न गर्ने काम गर्ने जानकारी दिनुभयो । विकास जनताका लागि गर्ने भएकाले जनताको जनसहभागितामा नै योजनाहरु संचालन गर्ने , भदौ २९ गते नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा समेत लागेको बताउनुभयो । सार्वजनिकिकरण कार्यक्रममा नगरका ९ वटै वडाका अध्यक्ष, कार्यापालिका सदस्यहरु, शाखा प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । नगरपालिकाका योजना शाखाका हर्षलाल चौधरीका नगरपालिकाको वडा तर्फको बजेटमा प्रत्येक वडालाई आर्थिक विकासमा छ लाख लाख ६६ हजार , सामाजिक विकासमा १६ लाख ४४ हजार, भौतिक पूर्वाधार विकासमा एक करोड ८ लाख ८८ हजार, शुसासन तथा संस्थागत विकासमा तीन लाख र चालु तथा प्रशासनिक खर्चमा १५ लाख रुपियाँ गरि एक करोड ४९ लाख ९८ हजार विनियोजन गरेको छ । रामधुनीको ९ वटा वडाहरुमा कुल १३ करोड ४९ लाख ८२ हजार रुपियाँ विनियोजन गरेको भने नगर तर्फको बजेटमा आर्थिक विकासमा ९० लाख, सामाजिक विकासमा दुई करोड २२ लाख, नगर स्तरिय समपुरक तथा अन्य योजनाहरुमा सात करोड, विपद् व्यवस्थापन वन तथा वातावरण विकास (कोविड १९ समेत) एक करोड, सुशासन, संस्थागत विकासमा ७३ लाख, प्रशासनिक खर्च १३ करोड, नगर तर्फको जम्मा २४ करोड ८५ लाख रुपियाँ रहेको छ । वाहय तथा अन्य बजेटमा संघीय शसतर्, समपुरक पुँजीगत अनुदान समेतको कार्यक्रमहरु २६ करोड ७९ लाख, प्रदेश शसर्त तथा समंपुरक कार्यक्रमहरु रु. एक करोड ५२ लाख ३३ हजार , जनसहभागिता हुने कार्यक्रमहरु तीन करोड र गत वर्षमा अ.ल्या. गर्ने योजना तथा कार्यक्रमहरु तीन करोड १७ लाख ८९ हजार, वाहय र अन्य जम्मा ३४ करोड ४९ लाख २२ हजार गरि कुल जम्मा रकम रु. ७२ करोड ८४ लाख चार हजार रहेको छ । नगर उपप्रमुख सविना चौधरीका अनुसार विनियोजित बजेट तथा कार्यक्रमहरुलाई कार्यान्वयनको तह सम्म ल्याउन नगरपालिकाले तयार पारेका आवधिक नगर विकासको लक्ष्यसंग जोडेर थप खुडकिलाहरु उकलिने प्रयास गरिएको छ । आगामि ५ बर्ष भित्र दिगो शहरी विकासका लागि आवश्यक आर्थिक, सामाजिक, भौतिक, सास्कृतिक तथा प्रशासनिक पूर्वाधार हरूको जग स्थापित भई आगामि २५ बर्ष भित्र सुनसरी जिल्लाको एक सुविधा सम्पन्न समृद्ध नगरको रुपमा विकसित भएको हुनेछ लक्ष्य राखेको चौधरीले बताउनुभयो ।
१, सुनसरीको रामधुनी नगरपालिकाका बजेट सार्वजनिकिकरण गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

इटहरीदेखी मोरगंको विराटनगरसम्म एमसीसीको विरुद्ध रयाली

सुनसरीको इटहरीदेखी मोरगंको विराटनगरसम्म एमसीसीको विरुद्ध रयाली निकालिएको छ । नो एमसीसी लेखिएको कालो झण्डा, एमसीसी चाहिदैन, देश बेच्न पाईदैन नारा सहित र राष्टिय झण्डा सहित एमसीसीको विरुद्ध रयाली निकालिएको हो । सनातन धर्म संरक्षण मञ्चको सहभागितामा सनिबार शिव सेना नेपालको नेतृत्वमा रर्याली निकालिएको हो । चन्द्रदेव मेहता, शिवनारायण मेहता, मोहन मेहता, विदान्दन मेहता, उमेश मेहता सहितका र्यालीमा सहभागिता जनाएको थियो । मञ्चले राजनीतिक दलहरुले राष्टघाती एमसीसी संसदबाट पास गर्न खोजेकोले सघर्ष गर्ने निर्णय अनुसार र्यालीमा सहभागी भएको जनाएको छ । एमसीसी पास भए त्यसबाट असर पर्ने भएकाले त्यसको विरुद्ध र्यालीमा सहभागी भएको उमेश मेहताले बताउनुभयो । आन्दोलनमा रहेको विभिन्न राष्टबादीहरुको साथ र सर्थन गर्ने र शिव सेना नेपालको नेतृत्वमा भएको र्यालीमा सहभागीता जनाएको मञ्चका केन्द्रिय अध्यक्ष सतेन्द्र कुमार आर्यले जानकारी दिनुभयो । आर्यले एमसीसीको विरोध सगैं धर्म परिर्वतनको काम समेत भईरहेकाले त्यसलाई पूर्ण बन्द गर्न समेत अपिल गर्नुभएको छ । मञ्चका सचिव राजेश यादवले राष्टप्रेमीहरुलाई रयालीमा सहभागी भएकोमा धन्यदाव दिनुभयो ।

 

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

पर्वत । नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ ।

सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् ।

पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा गएको असार १५ गतेदेखिनै निजी तथा सामुदायिक विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेका थिए तर ग्रामीण भेगमा रहेका स्थानीय तहमा भने अन्यौल रहेको थियो । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अवस्था नदेखिएपछि अन्य छ वटा स्थानीय तहले वैकल्पिक विधिवाट कक्षा सञ्चालन गर्न थालेका हुन् ।

जिल्लाको मोदी गाउँपालिकाले अनलाइन कक्षा, घरदैलो कार्यक्रम, टोल शिक्षा र मोबाइल फोनको प्रयोग गरी पठनपाठन गराउन निर्देशन दिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरी उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै शिक्षक विद्यालयमा हप्ताको दुई दिन अनिवार्य उपस्थित हुने, विद्यालयको कार्ययोजनाअनुसार सिकाइ सहजीकरणमा सक्रिय भएर लाग्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

त्यसैगरी दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कक्षा १ देखि ७ सम्म टोल शिक्षामार्फत विद्यार्थीलाई पढाउन विद्यालयलाई निर्देशन दिएको छ । त्यसैगरी कक्षा ८ देखि माथि अनलाइन र भर्चुअल कक्षा सञ्चालन गरी पठनपाठन नियमित गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । लामो समयको बन्दाबन्दीमा विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् र शैक्षिक सत्रको सदुपयोगका लागि यस्तो निर्देशन गरिएको लामिछोनले बताउनुभयो ।

यता जलजला गाउँपालिकामा वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ । कोभिड सङ्क्रमण घट्दै गएमा भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने र सङ्क्रमण बढ्दै गएमा उपयुक्त वैकल्पिक विधि अपनाएर पठनपाठन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावकले विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारीसँग छलफल भइरहेको छ ।

जलजला गाउँपालिका–९ बनौमा रहेको बनौ माविमा भने भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको छ । वडामा सङ्क्रमणको दर न्यून रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको विद्यालयका प्रअ चक्रबहादुर पुनले जानकारी दिनुभयो ।

यसैगरी फलेवास नगरपालिकामा पनि कक्षा सञ्चालनमा अन्यौलनै देखिएको छ । कोरोना सङ्क्रमण घट्दै गए विद्यालयनै सञ्चालन गर्ने कि भन्ने सोचमा रहेको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । यदि सङ्क्रमण बढेको खण्डमा सम्भव भएसम्म अनलाइन र सम्भव नहुने विद्यालयमा टोल शिक्षामार्फत कक्षा सञ्चालन गरिने जानकारी दिनुभएको छ ।

विहादी गाउँपालिकामा शिक्षकले कोरोना खोप लगाइसकेकाले भौतिक उपस्थितिमा वा वैकल्पिक विधिबाट गर्ने भन्नेबारे निर्णय भइनसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश भुसालले बताउनुभयो । उहाँले केही विद्यालयमा भने अनलाइनमार्फत नियमित पठनपाठन भइरहेको जानकारी दिनुभएको छ । आइतबारदेखि उपयुक्त विधिबाट कक्षा सञ्चालन गरिने भुसालले बताउनुभयो ।

जिल्लाको महाशिला गाउँपालिकामा पनि वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । आइतबार बस्ने कार्यपालिकाको बैठकले विद्यालय सञ्चालनबारे आवश्यक निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबै विद्यालय बन्द नै गरिएको छ । शिक्षकले खोप लगाइसकेको र सङ्क्रमण दर गाउँपालिकामा न्यून हुँदै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर टोल शिक्षा वा विद्यालयनै सञ्चालन गर्नेबारे निर्णय गरिने उहाँको भनाइ रहेको छ ।

ग्रामीण क्षेत्रका कतिपय सामुदायिक विद्यालयले जसोतसो अनलाइन पढाइ शुरु गरे पनि गाउँगाउँमा रहेका अधिकांश विद्यालय भने क्रियाकलापविहीन छन् । ग्रामीण क्षेत्रका धेरै बासिन्दाको आर्थिक अवस्था कमजोर रहँदा स्मार्टफोन किन्न नसक्नु, इन्टरनेट जडान गर्न नसक्नु तथा ग्रामीण क्षेत्रमा इन्टरनेट प्रदायक संस्था नहुनुजस्ता कारणले समस्या भइरहेको फलेवास नगरपालिकाको जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापाले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पर्वतका प्रमुख उद्धीमराज पौडेलले सदरमुकाम र आसपासका विद्यालयले अनलाइनमार्फत नै नयाँ शैक्षिक सत्र शुरु गरेका भए पनि गाउँमा रहेका विद्यालयले त्यो गर्न नसकिरहेको बताउनुभयो । गाउँका कतिपय विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षामा पनि विद्यार्थीको उपस्थिति राम्रो नभएको खबर आएको उहाँको भनाइ छ ।

एउटै घरमा दुईजना बच्चा भएमा उनीहरूको लागि दुईवटा स्मार्ट फोन आवश्यक छ । गाउँमा इन्टरनेट जडानका लागि शुल्क महँगो भएकाले अस्थायी समयको लागि हजारौँ रुपैयाँ लगानी नगर्ने सोचमा अभिभावक रहेको देखिएको छ ।रासस

सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

जलेश्वर । प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् ।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा साहले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरेको र सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको पाइएको छ । त्यही क्रममा कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा साहले बताउनुभयो ।

डा साहले अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्पले डसेकोे तथा केही मात्रै विषालु सर्पले डसेकोे बिरामी आउने गरेको बताउनुभयो । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको विभिन्न गाउँठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउने यस अस्पतालमा सीमापारि भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले डसेको बिरामी उपचारार्थ आउँछन् । महोत्तरीमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायतका छन् भने विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने र सबैतिर सजिलै भेटिने करेत र गोमन छन् ।

विगत दुई सातादेखि जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामी दैनिकरुपमा आउने गरेका छन् । यस वर्ष अहिलेसम्म सर्पले टोकेर जलेश्वर अस्पतालमा उपचारका लागि आइसकेका कुनै पनि व्यक्तिको मृत्यु नभएको डा साहले बताउनुभयो ।

उहाँले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेकोे बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम सुइँ पर्याप्त रहेको बताउनुभयो । सर्पले डसेकोे बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल (डोज) लगाउने गरिन्छ ।रासस

आज माधव नेपाल पक्षले ‘अखिल फोर्स’ को बृहत् भेला गर्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आज काठमाडौंमा अखिल युथ फोर्सको बृहत् भेला आयोजना गर्दै छ।

अध्यक्ष केपी शर्मा ओलीको पक्षले युथ फोर्स गठन गरेपछि अखिल फोर्स गठन गरेको नेपाल पक्षले आज त्यसको राष्ट्रिय भेला गर्न लागेको हो।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दिउँसो १२ बजे हुने भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहने आयोजक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले जनाएको छ।

होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन्।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए। विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गरेका छन् । विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन्। तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताए । उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कमलाको त्रास, बर्सेनि उठीबास

जनकपुरधाम । बाढीले खेत बगाएर लान्छ। घर डुब्छ। चुरेबाट आएको पानीको भेलले छिनमै खेतलाई बगर बनाउँछ। यो त हाम्रो नियति नै बनेको छ।,’ धनुषा र सिरहाको सिमाना छुट्ट्याउने कमला नदीको तटीय क्षेत्रका बाढीपीडित कमलदेव यादव आफ्नो पीडा सुनाउँछन्। यो उनी जस्तै यस क्षेत्रका दर्जनौं गाउँलेको पीडा हो।

नेपाल–भारत सीमाक्षेत्रमा भारतले बनाएको तटबन्ध तथा सडकको संरचनाले धनुषा र सिरहाका तटीय क्षेत्रका बासिन्दाले बर्सेनि बाढी र डुबानको पीडा खेप्छन्। मनसुन सक्रिय भएसँगै भारतले जयनगरमा बनाएको तटबन्ध ढोका आफू अनुकूल खोल्दा र लगाउँदा धनुषा र सिरहाका हजारौं खेतीयोग्य जमिन र घर डुबानमा पर्छ। घरगोठ पानीमा डुब्छ, जनधनको क्षति हुन्छ।

गत वर्षमा मात्र धनुषामा ६ जनाको मृत्यु भएको थियो। अझ रेल्वे र सडकको नाममा बाँधिएका बाँधका कारण प्रत्येक वर्ष बाढीको नियति भोग्न बाध्य हुने गरेको जनकनन्दनी गाउँपालिका १ का रत्नेश्वरलाल गोइतले बताए। उनले भने, ‘वर्षाको समयमा सीमावर्ती क्षेत्रका गाउँहरू डुबानमा पर्नु नौलो कुरा होइन। प्रायः प्रत्येक वर्ष कमला नदीको बाढी पसेर गाउँमा त्रास फैलन्छ। बाढीको उच्च बहावको निकास नहुँदा कमला तटीय क्षेत्रका गाउँका बासिन्दाले अग्लो ठाउँका स्कुल र सार्वजनिक भवनको सहारा लिनुपर्छ।

‘सीमाक्षेत्र डुबानको प्रमुख कारण भारतीय पक्षले बनाएको बाँध हो, सबैलाई थाहा छ तर कसैले आवाज नउठाएका कारण बर्सेनि समस्या झेल्नु परेको छ,’ कमला नगरपालिका हथमुण्डाका कमल मण्डलले भने ‘उत्तरी चुरेबाट तीव्र बेगमा आउने प्राकृतिक पानीको बहाव रोक्न सीमामा एकतर्फी बाँधले सहज निकास हुन दिँदैन, तीव्र बेगको पानी सीमाको ठूलो बाँधमा ठोक्किने र माथि फर्किने कारण हामीलाई जहिल्यै पीडा भोग्नुपर्छ।’

कमला नदीको पूर्वी तटमा रहेको सिरहाको बसपिरा, बरेरवा, सिरहा मखनाहा, महसोथा, रमौल, हथमुण्डा धनुषाको बरेरवा, सघारा, भलुवाही, टरिया, लगमा, माँची, लक्कड, मडान, सखुवालगायतका बस्तीहरू डुबानमा पर्दै नेकपाका स्थायी समिति सदस्य मातृका प्रसाद यादवको कथन छ। ‘बाढीपछि स्थानीय प्रशासनले राहत, उद्धार र अस्थायी पुनःस्थापनको व्यवस्था गर्छ, तर यो अवस्था कहिल्यै सम्म भन्ने प्रश्नको जवाफ कसैसंग छैन,’ यादवले भने ‘रातिको समयमा भारी वर्षा भयो की, उनीहरू सुत्न सक्दैनन, सुरक्षित स्थानमा पुग्न भागभाग हुन्छ,’ गत वर्ष असारको अन्तिम साता आएको बाढी सम्झिएर अहिले पनि स्थानीय झस्किन्छन्। सो समय करिब हजार घर भत्किए। ठूलो जनधनको क्षति भएको थियो। हजारौं नागरिक प्रभावित भए। तर, यस वर्ष क्षति न्यूनीकरणका लागि स्थानीय तहहरूसँग मिलेर विपद्को तयारी गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए। उनले भने, ‘कमला जोखिम क्षेत्र कमला, जकनन्दनी, मुखियापट्टी मुहरनिया, सहिद सहितका स्थानीय तहको जोखिम क्षेत्र पहिचान गरी अलर्ट गरिएको छ, बाढी आउँदा खोजतलास, राहत, उद्धारको तयारी साथै रबरबोट, लाइफ ज्याकेट सहित पौडीबाज सुरक्षाकर्मी तयारी अवस्थामा राखेका छौं।’

कमला नदीको चुरे क्षेत्रमा बतहा खोला, घुर्मी खोला, चारनाथ र कमलाको बहाव एक्कै ठाउँमा मिसिने हुँदा धनुषा, सिरहा तटीय क्षेत्र र भारतीय सिमा क्षेत्रका बासिन्दाहरूले प्रायः प्रत्येक वर्ष बाढीको मार खेप्नुपरेको छ।

प्रदेश २ का पूर्वप्राकृतिक विपद् तथा व्यवस्थापन समितिका सभापति रामचन्द्र मण्डलले चुरे संरक्षण नहुँदा फडानी र दोहनका कारण नदीनालाको सतह पुरिँदै गएको बताए। उनले भने, ‘भारतीय पक्षको बाँध, चाहे त्यो सडकको नाममा होस् वा रेल्वे ट्रयाकको, बाँधले बहावलाई रोक्न खोज्दा अनिष्ट हुने गरेको छ।’

श्रावणको पहिलो साता आएको बाढीले ठूलो मात्रामा खेत कटान गरेको क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादव र प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले धनुषाको किरतपुर र हथमुण्डा, पटेर्वा निरीक्षण गर्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन्। किरतपुरमा बाँधिएको बाँधलाई क्षति पुर्‍याउँदै नदी खेतमा पसेपछि तत्काल नदी नियन्त्रणका लागि मन्त्रीले ५० लाख र थप गरी २० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी गराईन्। उनले भनिन, ‘हामीले नदीको बहावले धार परिवर्तन गरी बाँध समेत भत्किएको हर्‍यौं, धन्न खेत धेरै बगेको रहेनछ,, अन्यथा खेतमै धार बग्ने अवस्था आइसकेको छ, त्यसैले कमलाको नियन्त्रणका लागि तत्काल आवश्यक काम गरिने छ।’

कटान निरीक्षणपछि ऊर्जा सचिव गेलालले भारतको सहयोगमा बनाइएको तटबन्ध निरन्तर कटानबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्रमार्फत भारतको सबन्धित निकायलाई जानकारी गराएको बताए। नदी कटान निरन्तर बढ्दै गए

नेपालका मात्र होइन, भारतका बस्तीसमेत जोखिममा पर्नेछ। आव २०७४/७५ सम्म कमला नदी नियन्त्रण आयोजनालाई भारतले सहयोग गर्दै आएको थियो। पछिल्लो समय आपत्कालीन कार्यका लागि बजेट नहुँदा सम्भावित क्षति न्यूनीकरण प्रभावित हुँदै आएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ ।

मधेसमा शक्तिशाली बन्दै उपेन्द

काठमाडौं । ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ ।

फोरमले मधेसको आधारभूत समस्या समाधानका लागि २०५४ सालमा २२ बुँदे घोषणापत्र समेत जारी गरेको थियो भने २०६० साउन १० र ११ गते विराटनगरमा फोरमको पहिलो महाधिवेशन आयोजना भयो । महाधिवेशनबाट उपेन्द्र यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको थियो ।

फोरम आफ्नो झन्डा र ब्यानरसहित २०६२÷६३ को जनआन्दोलनमा समेत आफ्नो सहभागिता जनाएको थियो । जनआन्दोलनको सफलतापछि संसद् पुनः स्थापना भयो । नेपालको अन्तरिम संविधान जारी भयो तर मधेसको मुद्दा कहींकतै सम्बोधन भएन । मधेसको माग जस्ताको त्यस्तै रह्यो । अन्तरिम संसद्मा मधेसी अनुहार भए पनि अन्तरिम संविधानमा संघीयता, स्वायत्तता, आत्मनिर्णयको अधिकारलगायत विषय समावेश भएको थिएन, जसको विरोध गर्दै उपेन्द्र यादवले २०६३ माघ १ गते माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रतिलिपि जलाउँदै विद्रोह गरे ।

आन्दोलनको रापतापले गिरिजाप्रसाद कोइराला सरकारलाई फोरमसँग सम्झौता गर्न बाध्य बनाइदियो । आन्दोलनले उठाएका आठमध्ये मधेस स्वायत्त राज्यको मागसहित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग २०६४ फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा संघीयता भन्ने शब्दले प्रवेश पाउनु हो ।

२०६४ सालको संविधानसभा चुनावमा भाग लिनुअघि सामाजिक संस्थाका रूपमा रहेको फोरम नेपाल एउटा पार्टीका रूपमा आयो । पार्टी दर्ता भएपछि २०६४ को संविधानसभा चुनावमा भाग लिएको फोरम प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बनेको थियो ।

धेरै बुद्धिजीवीले नेपालजस्तो सानो देशमा संघीयता आवश्यक नरहेको तर्क गरिरहँदा उपेन्द्र यादवको संघीयताप्रतिको अडान उस्तै छ, चट्टानी । उनको तर्क छ, भूगोल र जनसंख्या सानै भए पनि बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त, साम्प्रदायिक बहुराष्ट्रियता भएका राज्यहरूमा व्यवस्थित र स्वस्थ राजनीतिक समाज निर्माण गर्न संघीयता निर्विकल्प चाहिन्छ । संघीयताका संस्थापक भनेर चिनिएका उपेन्द्र यादव संघीयतालाई केवल भूगोल, आर्थिक विकास र व्ययभारसित मात्रै जोडेर गरिएका यी तर्कहरूको कुनै आधार नभएको अडान राख्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

आज २०७८ साउन १६ गते शनिबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)

नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि राम्रो रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ, काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)

आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई सिफारिस

काठमाडाैं । कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन् । उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ ।

उनले भने, ‘मन्त्रालयले आज सीसीएमसीको बैठकमा स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउन गर्नेबारे हामीले छलफल अघि बढाएका छौँ । अब बस्ने बैठकले यस्को निर्णय गर्नेछौँ ।’

पोखरीमा डुबेर एक बालकको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–१ नकटीरायपुरमा आज दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अबधीराम यादवका ६ बर्षिय छोरा युबराज कुमार यादब रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो । आफ्नै घरको छेउमा रहेको मुखिलाल यादवको माछा पोखरीमा बच्चाहरु संग खेल्ने क्रममा उनी पोखरीमा डुबेका थिए ।

सो क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक बालकको शव परिक्षणका लागी राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।