१४ मंसिर २०८०, बिहीबार ११:०९ – Nagarikabhiyan : National News

कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

दोधारा चाँदनी । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् ।

सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताए । ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन’, उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन् ।’

सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल ७० पुर्याइयो थियो । कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौरीस्थित महाकाली सुगर मिल अहिले सञ्चालनमा छन् । गत आवमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई ३२ करोड भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानको छ ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीले सरकारले गत आव उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६१० निर्धारण गरेको बताए ।

‘सरकारले तोकेको समर्थन मूल्यमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५४० का दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० का दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो’, उनले भने, ‘जिल्लाबाट पनि ढिलो गरी सिफारिक हुँदा एक वर्ष बित्दासमेत किसानले अनुदान पाउन सकेनन्’, उनले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेकाले सरकारले घोषणा गरेको अनुदान नै नपाउँदा किसान चिन्तित बनेको बताए ।

पोल्याण्डको कोइलाखानीमा दुर्घटना, चारजनाको मृत्यु

दक्षिण पोल्याण्डस्थित कोइलाखानीमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दक्षिण पोल्याण्डको सिलेसिया प्रान्तमा भएको कोइलाखानी दुर्घटनामा परी चार जनाको मृत्यु भएको राज्य खानी प्राधिकरण (डब्ल्यूयूजी) ले जनाएको छ।

पाइपलाइनमा पानी भर्ने क्रममा अनियन्त्रित भत्किँदा घटनास्थलमा नै तीन जनाको मृत्यु भएको थियो। उपचारका क्रममा अर्का एक व्यक्तिको मृत्यु भएको हो।

खानीको स्वामित्वमा रहेको टोरोन वाइडोबिसी कम्पनीले चार कामदारको मृत्यु भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरी राति ८ः३५ बजे उद्धार सम्पन्न भएको जनाएको छ।

ब्याकफिल पाइपलाइन खरानी, बालुवा र अक्रिय चट्टान, आदि सहित गैर–विषाक्त ठोस पदार्थसँग पानीको मिश्रणको साथ कोइलाखानीबाट सिर्जना गरिएको खाली ठाउँ भर्न प्रयोग गरिन्छ।

 

देवानगञ्ज गाउँपालिकामा नेपाल भारतको सम्बन्ध माथि चर्चा

देवनगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् ।

नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको कथन थियो ।

नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको पनि उहाँहरुले वताउनुभयो ।
नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा वक्ताहरुले भने – दूबैदेश वीच सम्बन्ध खराब हुने कार्य कतैवाट हुनु हुँदैन् ।

संविधानसभा सदस्य मुंगालाल महतोले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दूई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ वताउनुभयो ।

हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ । विश्वका शान्तिका प्रतीक एवं बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले समेत नेपाली भूमिका जन्मेर भारतको भूमिमा गएर ज्ञान प्राप्त गरेका थिए । भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको होइन । अयोध्याका राजा रामले मिथिलाका छोरी जानकीसँग विवाह गरेका थिए । यसैगरी दुवै देशले धुमधामसँग मनाउने चाडपर्व उही छन्, सामाजिक मूल्य, संस्कार सबैमा समानता पाइन्छ । तसर्थ यी दुई देशबीचको सम्बन्ध जस्तोसुकै तागतले पनि छुट्याउनै नसकिने गरी कसिलो छ, प्रगाढ छ ।
नेपाल भारत खुला सीमा संवाद समुहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् बताउनुभयो । उहाँले भन्नुभयो मुख्य कुरो दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने मात्रै हो । त्यस्तो समझदारी रहेसम्म सीमावर्ती क्षेत्रमा हिँड्ने पैदलयात्रीको गोडामा बिझ्ने काँडालाई तूल दिन हुँदैन ।
नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् उहाँको कथन थियो ।

नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्ने । खासगरी नेपाल र भारत दुवै देशका प्रवुद्ध व्यक्ति ९इ। पि।जी० ले यससम्बन्धी विस्तृत अध्ययन गरी सुझाव दिएको कार्यको आफूहरु स्वीकार नगर्ने बताए । केही व्यक्ति नेपाल भारतको सम्बन्ध खराब गर्नमा लागि परेको बताउँदै उहाँले भन्नुभयो – खराब गर्ने तत्वको खोजी गरी सार्वजनिक गनुृपर्छ ।
खुला सीमाका कारण तस्करी र आतंकबाद बढेकोे गरेको चर्चा गर्नु नै गलत रहेको चर्चा गर्दै झाले भन्नुभयो तस्करी र आतंकबाद सुरक्षाकर्मीको गैरजिम्मेवारिताका कारण मात्रै हुने गरेको छ । काठमाडौ एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन पक्राउ पर्नु तथा आजका दिन नोभेबर २६ मा मुम्बईमा भएको आतंकी हमला र भारतको संसदमा भएको आक्रमण घटना खुला सीमाका कारण नभएको सत्यलाई बुझनुपर्छ उहाँले भन्नुभयो ।
भारतका अररिया जिल्ला परिषद्का उपाध्यक्ष श्रवणकुमार दासले सीमामा देखिएका समस्या समाधानका लागि स्थानीयस्तरवाट पनि समाधान गर्नुपर्छ वताए । उहाँले भन्नुभयो सीमामा सुरक्षाको कुनै समस्या छैन जनस्तरवाटै सुरक्षा भइरहेको जानकारी दिए ।

बुर्जु गाउँपालिकाका अध्यक्ष जीवछ रायले सीमामा जस्तो समस्या देखाइएको छ त्यस्तो नरहेको बताए । हामी एक अर्कासँग परिवार जस्तै रहिरहेको बताए । सीमामा सुरक्षाकर्मीले हामी जस्तोलाई समस्या गरिरहेको छ भने अरुलाई अझै कस्तो समस्या गर्दै होला सहजै बुझन सकिन्छ बताउँदै उहाँले भन्नुभयो मेरो भारतमा केही बिघा जग्गा छन् त्यसमा उब्जेको धानलाई नेपाल ल्याउन समस्या गरिरहेको छ ।

लोसपाका सहमहासचिव संतोष मेहताले कार्यपत्र प्रस्तुत गर्दै सन् १९५० मा गरिएको ‘शान्ति तथा मैत्री सन्धि’ पछि नेपाल र भारतका बीचको भौगोलिक सिमाना घोषित रुपमा खुला रहेको छ । उक्त सन्धीको बुँदा नम्बर ७मा लेखिएको छ, ‘भारत र नेपालका सरकारहरु आवास, सम्पति माथिको स्वामित्व, वाणिज्य तथा व्यापारमा सहभागिता, आवत–जावतको सुविधा र यस्तै प्रकृतिका अन्य सुविधाहरुमा एउटा देशका नागरिकलाई अर्को देशको भूमिमा पारस्पारिक आधारमा समान सुविधा प्रदानगर्न मंजुर गर्दछन यो पालना तर्फ दूबै सरकारले कार्य गर्नुपर्छ वताउनुयो ।

देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले खुला सीमाका कारण जति यो क्षेत्रको विकास भइरहेको छ त्यति सीमा बन्द गरेर हुन नसक्ने बताइन । उहाँले खुला सीमाका कारण हामी नेपालीले उपचारका लागि सहजै भारत जान पाउँछौ, पढनका लागि पनि उता जान समस्या हुँदैन बताइन ।

कार्यपत्र प्रस्तुत गर्दै जनकपुरधामका पत्रकार सुजीतकुमार झाले भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ रु यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक रहेको उल्लेख गरेका छन् ।

आज कार्तिक शुल्क पूर्णिमा, सकियो चतुर्मास

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। पञ्चाङ्गमा सोमबार १९ घडी ३० पला अर्थात् दिउँसो २ बजेर २३ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ।

चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ। वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशीमा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ। कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ। कार्तिक शुक्ल एकादशीमा लागेको भीष्मपञ्चक पनि यही पूर्णिमामै पूरा हुन्छ।

भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ। यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ। यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पूजा गर्ने विधान छ। शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणमा छ।

कात्तिके पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीजाँतमा धार्मिक मेला लाग्छ। काठमाडौं उपत्यकामा लागेको चार नारायणको मेला पनि सोमबार नै पूरा हुँदैछ।

यो पूर्णिमा लाई नेपाल भाषामा ‘सकिमन पून्हि’ भनिन्छ।

 

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उहाँले गराउनुभयो ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गर्नुभएको थियो ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने सामा चकेवा पर्व आज समापन हुँदै

देवानगञ्ज । मिथिलाञ्चलको मैथिली संस्कृति अन्तर्गत चेलिबेटिहरुले मनाउने लोकपर्व ‘सामा(चकेवा’ सोमबार सम्पन्न हुदैछ।

तराई(मधेसमा नौ दिनसम्म दिदीबहिनीहरुले सामा चकेवा गीत गाउने तथा दाजुभाईलाई मिठा परिकार खुवाएर यो पर्व मानाउने गरिन्छ। हरेक वर्ष छठ पर्वको एक दिन पहिले देखि कात्तिक पूर्णिमासम्म दाजुभाइ हुने वा नहुने दिदीबहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सु(स्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने पौराणिक चलन छ।

हेल्भेटासका अध्यक्ष रिजद्धारा सुनसरीमा सामीको कार्यक्रम अनुगमन

देवानगञ्ज । सुनसरीको इनरुवा नगरपालिकामा संचालित सुरक्षित आप्रसान कार्यक्रम सामीले गरेको कार्यहरुको बारेमा स्विजरल्याण्डको ग्रिन पार्टीका अध्यक्ष तथा हेल्भेटासका अध्यक्ष रेगुला रिजले अनुगमन गर्नुभएको छ । सामीको कार्यक्रमहरु र स्थानीय तहमा परिचालनको अवस्थाका बारेमा अनुगमन रिजले अनुगमन गर्नुभएको हो ।

स्विजरल्याण्डको सासद समेत रहनुभएका रिजले नेपालमा स्विजरल्याण्ड सरकार र नागरिकले सहयोग गर्दै आएको बताउनुहुदै यसको निरन्तरता समेत रहने बताउनुभयो । नेपालमा पाएको सदभाव र इनरुवा नगरपालिकाको स्वागत सम्मानले कार्यक्रम प्रभावकारी भएको महसुस भएको बताउनुभयो । रिजले अनुगमनका क्रममा सेवाग्राही, परामर्शदाता, सरोकारबाला निकाय र स्थानीय तहका प्रमुखसंगको भेटघाट, छलफल र अन्तरकृयाले सामी कार्यक्रम निकै प्रभावकारी भएकाले यसलाई थप केही वर्षका लागि विस्तार गर्दै लाने बताउनुभयो ।

सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आफ्नै कार्यकगमा हेल्भेटासका अध्यक्ष रेगुला रिज सहितको टोलीलाई कार्यक्रमको अवधी बढाउन र थप सहयोग गर्न आग्रह गर्नुभयो । भण्डारीले पुल, भौतिक संरचना सहित सामीकै अरु थप कार्यक्रमका लागि पनि सहयोग गर्न हेल्भेटासका अध्यक्ष रिजलाई आग्रह गर्नुभयो ।

सामीका जिल्ला संयोजक धिरज भट्टराईले जिल्लामा संचालीत कार्यक्रमहरुको चरण र त्यसको उपलब्धी, सिकाई र अवसर तथा चुनौतीका बारेमा हेल्भेटासका अध्यक्ष रेगुला रिजलाई जानकारी गराउनुभएको थियो ।

हेल्भेटासका अध्यक्ष रेगुला रिजको टोलीमा रहनुभएका क्षेत्रीय प्रमुख लियोनल गईरन, नेपाल प्रमुख डा।प्रविन मानन्धर, आईटी संयोजक ओम खड्का, सामीका प्रदेश व्यवस्थापक कोपिला दाहाल र कार्यक्रम अधिकृत डीएन चौधरी सहितलाई इनरुवाका प्रमुख भण्डारीले स्वागत सम्मान गर्नुभएको थियो । त्यसैगरी हेल्भेटासका अध्यक्ष रेगुला रिजले जिल्ला प्रशासन कार्यालयमा रहेको परामर्श केन्द्रको समेत अनुगमन गर्नुभयो । उहाँलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले समेत स्वागत गर्दै कार्यक्रमको प्रभावको बारेमा जानकारी गराउनुभएको थियो । टोलीले दुहवी, बराहक्षेत्र र इनरुवा नगरपालिकामा अनुगमन गरेको जनाएको छ ।

इनरुवामा प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद सापकोटा, सूचना अधिकृत निरज पोखरेल, पत्रकार जयकृष्ण यादव समेतको उपस्थिती रहेको थियो ।

 

यस्तो छ आजको मौसम

आज कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ ।
दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

विश्वकप छनोट नेपाल र यमन भिड्दै

फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ। सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।

नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर गर्दै आफूलेनै सात बजे खेल राख्न आग्रह गरेको बताए।​ कार्यलय जाने समर्थक काम सकेर टिमलाई साथ दिन रंगशाला आउने उनको विश्वास छ।

गल्फ राष्ट्र यमनलाई काठमाडौंको चिसोमा खेल्न गाह्रो हुने र त्यसको फाइदा नेपालले उठाउने एन्फाको भनाइ छ। एन्फाले खेल हेर्न पुगेका दर्शकलाई निशुल्क घरसम्म पुर्‍याइदिने भएको छ।

तर प्रि(म्याच कन्फरेन्समा यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले यसअघिको खेल काठमाडौंभन्दा बढी उचाइमा खेलेको भन्दै सात बजे हुने खेलले केही फरक नपार्ने प्रतिक्रिया दिए। नेपाल र यमन दुवै पहिलो जितको खोजीमा छन्।

यसअघि भएको अवे खेलमा नेपालले यूएईसँग ४(० गोलको फराकिलो हार बेहोरेको थियो।बहराइनले यमनमाथि २(० गोलको जित हात पारेको थियो।

नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। चारै खेलमानेपाल जितविहीन छ। सन् २०१७ मा भएको एएफसी छनोटमा गोलरहित बराबरी खेल्नु यमनविरुद्ध नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।

नेपालका मिडफिल्डर लाकेन लिम्बुले यो खेल गुमाउने छन्। उनी अघिल्लो खेलमा चोटग्रस्त बनेका थिए। चोटकै कारण यूएईसंगको खेल गुमाएका अनुभवी डिफेन्डर अनन्त तामाङ भने मैदान फर्कने सम्भावना छ।

समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन्। अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन्।

करेन्ट लागेर पोखरामा श्रीमान-श्रीमतीको मृत्यु

कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।

दिउँसो करिब ४ बजे माछा मार्नका लागि तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो। पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरु माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे।

अहिले मृतकका शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको प्रहरीले जनाएको छ।

 

गोदावरीमा मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु १३ घाइते

कैलालीको गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा सोमवार साँझ भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनको परिचय खुलेको छैन।

पहाडबाट धनगढी आउँदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जिवन विक, ६० वर्षीय रङ्ग कामी, २५ वर्षीय भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन्। उनीहरूको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यस्तै, १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मिनी ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

 

गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु

मध्य गाजाको अल(बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ।

सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ।

इजरायली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ।
विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन्।

हालको हमास(इजरायल द्वन्द्व सुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरायली आक्रमणमा परेका छन्।

एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो। द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन्।

घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किनुभएको थियो । उहाँ घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उहाँका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उहाँको मानसिक सन्तुलन ठीक थिएन् । घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

पत्रकार तथा कलाकार प्रकाश ढकालको शंकास्पद मृत्यु, धादिङको कृष्णभीरमा भेटियो शव

पत्रकार तथा कलाकार प्रकाश ढकालको शंकास्पद मृत्यु भएको छ। विगत चार दिनदेखि हराइरहेका ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको हो।
विगत ७ वर्षदेखि लालिगुराँस डटकममा आबद्ध रहेका संवाददाता ढकालको शव कृष्णभीरमा भेटिएको लालिगुराँस डटकमका अध्यक्ष कमल सरगमले बताएका छन्। लालिगुराँसका लागि मनोरन्जन संवाददाताको रुपमा काम गरेका उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए।

घरबाट काठमाडौं जान फर्किएका उनी सम्पर्कविहीन थिए। त्रिशुली नदीमा र्‍याफ्टिङ गर्ने व्यक्तिले बेनिघाट रोराङ–७ कृष्णभीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सरगमका अनुसार ढकालको शरीरमा चोटसमेत लागेको र मृत्यु शंकास्पद रहेको छ। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो ।

बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।

देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवै जनाको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

चितवनको सामुदायिक वनमा मृत बघिनी फेला

चितवनमा एउटी मृत बघिनी फेला परेकी छ। भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बघिनी मृत फेला परेकी हो।

अन्दाजी ६र७ वर्षकी बघिनी मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। आपसीमा लडाइँमा उक्त बघिनीको मृत्यु भएको अनुमान गरिएको उनले बताए।

निकुञ्जको प्राविधिक टोलीले बघिनीको मृत शरीर कसरा ल्याएर पोष्टमार्टमको तयारी गरेको छ। सन् २०२२ मा भएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन्।