१६ श्रावण २०७७, शुक्रबार १६:५१ – Nagarikabhiyan : National News

यौनधन्दा गराउँदै आएको आरोपमा एक महिला पक्राउ

इनरुवा । सुनसरीको इटहरीमा यौनधन्दा गराउँदै आएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बिराटनगर लाइनमा रहेको ब्लु स्काई होटलमा युवती राखेर यौनधन्दा गरेको भन्दै प्रहरीले होटल सञ्चालिका सुनिता साउदलाई बिहीबार राती पक्राउ गरेको हो ।

होटल संचालिकाले महिला राखि पर–पुरुषहरुसंग सम्पर्क गराई बेश्यावृती गराउने गरेको आरोपमा ती महिलालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक(इन्स्पेक्टर) मानबहादुर श्रेष्ठले बताउनुभयो ।

होटलमा छापामारी खानतलासी गर्दा होटलको कोठामा २२ बर्षकी एक युवतीलाई राखेर होटलमा आउने ग्राहकसँग मोटो पैसा लिएर यौन सम्पर्क गराउने गरेको खुलेको इन्स्पेक्टर श्रेष्ठले बताउनुभयो । ती पीडित युवतीलाई प्रहरीले उद्धारसमेत गरेको छ । सुनिता साउदलाई मानव वेचबिखन तथा ओसार पसार सम्बन्धि कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सुनसरीका सरकारी कार्यालयले तिर्दैनन विधुत महसुल

इनरुवा । सुनसरीका अधिकाँश जिल्ला स्तरीय सरकारी कार्यालयहरु विधुत महसुल नतिरेको पाइएको छ । नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रका अनुसार जिल्ला सदरमुकाम इनरुवाका सरकारी कार्यालयहरुले समयमा विधुत महसुल नतिरेको हो ।

विधुत महसुल नतिर्ने कार्यालयमा इनरुवा अस्पताल , जिल्ला समन्वय समिति लगायतका दर्जन बढी कार्यालय रहेको छ । विधुत महसुल नतिर्ने इनरुवा जिल्ला अस्पताल माथि ५ लाख ६२ हजार र जिल्ला समन्वय समिति अवास विधुत महसुलको २ लाख १५ हजार ४९ रुपैयाँ वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ को अवधिमा सरकारी कार्यालयहरुबाट १५ लाख ३९ हजार ८ सय २१ रुपैयाँ वक्यौता असुली गर्न बाँकी रहेको प्राधिकरणका सहायक प्रवन्धब इं रामउदगार साहले जानकारी दिनुभयो । प्राधिकरणले विधुत महसुल नतिरेको बिषयमा सचेत गराएको र अटेर गर्नेहरुलाई कार्वाही समेत गर्दै आएको साहले बताउनुभयो । साहले अति आवश्यक क्षेत्र अस्पताल रहेकाले विधुत नकाटिएको तर भुक्तानीका लागि पत्र काटेको बताउनुभयो ।

यसैगरी जिल्ला समन्वय समितिलाई पनि दुई चोटी पत्र काटेको बताउनुभयो ।
इनरुवाका रहेको सरकारी कार्यालयहरु मध्ये केहीले मात्र समयमा विधुत महसुल तिरेको बताइएको छ । नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रले कोरोनाको महामारी र लामो समय भएको लक डाउनलाई मध्यनजर गर्दै कार्वाही प्रक्रिया अगाडी बढाउन नसकेको प्रमुख साहले बताउनुभयो ।

इनरुवा अस्पताल र जिल्ला समन्वय समिति सुनसरी बाहेकका सरकारी कार्यालयहरुले विधुत महसुल ४ हजार देखी माथि नै तिर्न बाँकी रहेको भएतापनि तिर्नको लागि चासो नदेखाएको विधुत प्राधिकरणका प्रमुख साहले बताउनुभयो ।
सर्वसाधारणहरुले नतिरेको अवस्थामा कार्वाही गर्दै आएको र लकडाउनले गर्दा कार्वाही प्रक्रिया अगाडी बढाउन नसकेको प्रमुखको भनाई रहेको छ ।

सरकारी कार्यालयहरुले सानो रकम बुझाउन बाँकी रहेकोले भुक्तानी समयमै गर्नका लागि प्रमुख साहले अनुरोध गरेका छन् । सरकारी कार्यालयहरुले बिधुत महसुल तिर्नका लागि ध्यान नदिएकोले जनमानसमा गलत किसिमको खबर प्रवाह हुने गरेको प्राधिकरणको बुझाई रहेको छ ।

सरकारी कार्यालयहरुले विधुतको प्रयोग गर्ने र समयमा नतिर्नेलाई कार्वाहीको प्रक्रियालाई कडा पार्दै अगाडी बढ्ने योजना रहेकोले समयमा विधुत महसुल तिरी बाँकी वक्यौत्ता क्लियर गर्न सबै चनाखो हुनुपर्ने साहको भनाई छ ।

आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

विराटनगरमा शनिबारदेखि दुई साताका लागि फेरि लकडाउन

विराटनगर ।  विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए ।

लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।

‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्दो छ,’ मेयर पराजुलीले भने, ‘त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका छौं ।’

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

आज २०७७ साउन १६ गते शुक्रबारको राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । पारीवारिक कलहमा बृद्यि हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यान पश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिपक्क्षीहरु हरसमय तत्पर रहनेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) को योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधुराकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्राप्त्त हुनेछ ।

वरिष्ठ नेता पौडेल भन्छन्ः अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका हुन् ।

उनले कांग्रेसको नेतृत्वले विधानको अक्षरश: पालना गर्नुपर्ने बताएका छन् । उनले भने, “विधानको अक्षरश: पालना हुनुपर्छ । पालना गरेर अगाडि बढ्नुपर्छ । अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवशनमा प्रतिनिधि ल्याउन पाइँदैन ।”

चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाऊन राजनीतिक दलहरुको माग

वीरगञ्ज । पर्साका क्रियाशिल राजनीतिक दलले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै दलले संक्रमण नियन्त्रण गर्न चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका हुन् ।

उनीहरुले विज्ञ टोलीमार्फत संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन गरी दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह समेत गरेका छन् । बिहीबार जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।

निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

प्रदेश १ का सभामुख होम क्वारेन्टाइनमा

विराटगनर । परिवारका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी होम क्वारेन्टाइनमा बसेका छन् ।

चारदिन अघि ज्वरो आएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणगर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।

परिवारका सदस्यलाई ज्वरो आउने वितिक्कै सभामुख भण्डारी घरैमा अलग्गै क्वारेन्टाइनमा बस्न थाल्नु भएको स्रोतले जनाएको छ । संक्रमित परिवारका सदस्यको ट्राभल हिस्ट्री देखिएको छैन ।

सभामुख भण्डारीसहित परिवारका बाँकी सदस्यहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको  सभामुख भण्डारीको सचिवालयले जनाएको छ । उद्घोस दैनिकबाट

काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।

काठमाडौंमै संकट देखियो, के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

काठमाडौं । सत्तारुढ दलका नेता र सरकार सञ्चालक आन्तरिक झगडामा रुमलिइरहेका बेला देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन ।

मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन ।

काठमाडौंभित्रैका दुईवटा दृष्टान्त हेरौं :

महाबौद्ध क्षेत्रमा व्यापार गर्ने एकै परिवारका पाँच सदस्यमा सोमबार कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भयो । काठमाडौंको महावौद्ध त्यस्तो ठाउँ हो, जहाँ होलसेल पसल प्रशस्त छन् र उपत्यकाका विभिन्न स्थानका व्यापारी ती होलसेलमा सामान किन्न जान्छन् ।

महावौद्धको संक्रमित परिवारकी एक महिला सदस्य १७र१८ दिन पहिले भारतको सीतामढीबाट आएको पाइएको छ । उपत्यका बाहिरबाट आउन सम्बन्धित वडा वा स्थानीय तहको सिफारिस चाहिन्छ । तर, भारतबाट उनी कसरी आइन् रु कसैलाई थाहा छैन । नाकाहरुमा कतै रेकर्ड पनि छैन । काठमाडौं आएपछि उनी परिवारसँगै बसिन् । र, पाँचैजना संक्रमित भए ।

महाबौद्धको व्यस्त बजारमा पसल चलाउने यो परिवारको सम्पर्कमा कोको आए, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले खोजी गर्न भ्याएको छैन । ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डे भन्छन्, ‘संक्रमितको सम्पर्कमा कतिजना आए रु संक्रमणको स्रोत के हो रु हामी बुझ्दैछौं ।’

काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखाका फोकल पर्सन ज्ञानु ओलीका अनुसार वडा नम्बर २७ मै पर्ने ज्याठामा अर्का एक जनामा पनि संक्रमण देखिएको छ । त्यसैले दुबै ठाउँको गरी मंगलबार ३०० नमूना संकलन गरिएको छ ।

मंगलबार नेपाल प्रहरीको हेडक्वार्टर, नक्सालमा कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि भयो । आइतबार मात्र प्रहरी हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुकै सम्पर्कमा आएकाहरुको खोजी गर्दा थप २३ जनामा संक्रमण देखिएको हो । तर, यति ठूलो संख्यामा प्रहरी कसरी संक्रमित भए भन्ने पत्ता लागिसकेको छैन ।

व्यापारीहरुको भीडभाड हुने महावौद्ध र सुरक्षाकर्मीहरुको संगठित गतिविधि हुने प्रहरी हेडक्वार्टरका यी दुईवटै घटनाले काठमाडौं उपत्यका थप जोखिममा परेको संकेत मिलेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । विज्ञहरुले मात्र होइन, समान्य मानिसले हेर्दा पनि काठमाडौंमा कोरोना फैलन थालेको यी घटनाबाट प्रष्टै देखिन्छ ।

उपत्यकामा यसअघि नै स्थानीयमा भाइरस संक्रमण देखिइसकेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न अस्पतालमा अन्य रोगको उपचार गराउन जाँदा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये धेरैको संक्रमण स्रोत भेटिएन ।

नेपालमा कोभिड–१९ संक्रमण सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आकलन मेल खाएको छैन ।

एक समय नेपालमा संक्रमण नै छिर्दैन भनेर दाबी गरिरहेका मन्त्रालयका अधिकारीहरुले केही समयपछि कोरोना लागेर कसैको मृत्यु हुँदैन भन्न थाले । यो आकलन पनि फेल खाएपछि उनीहरुले समुदायमा संक्रमण फैलिँदैन भन्न थालेका थिए ।

तर, पछिल्लो दुई सातामा वीरगञ्ज, राजविराज र काठमाडौंलगायतका स्थानमा एकै ठाउँमा धेरै संक्रमित भेटिन थालेपछि उनीहरु नाजावाफ छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसअघि बोलेका धेरै कुरा व्यर्थ भए, अब के हुन्छ भन्नेमा धैर्यतापूर्वक कुर्नुको विकल्प छैन ।’

मन्त्रालयका अर्का अधिकारी सरकारको प्राथमिकतामा कोरोना नियन्त्रण नभएकाले गर्नैपर्ने काम पनि गर्न नसकेको बताउँछन् । ‘समय हुञ्जेल परीक्षणका लागि ढिला गरियो, अब नियन्त्रण बाहिर जाला जस्तो छ’ उनी भन्छन् ।

संक्रमित बढे के गर्ने रु सरकार भन्छ– ट्रयाकमै छौं

कोरोना सुरुवाती चरणमा प्रवेश गर्दा २ हजार संक्रमित पुग्ने आकलन गरेर मन्त्रालयले त्यहीअनुरुप तयारी गरेको थियो । २ हजारभन्दा बढी संक्रमित भेटिए होम आइसोलेसन गर्ने अवधारणा ल्याइएको थियो । अहिले कुल संक्रमितको संख्या १९ हजार नाघेको छ, जसमध्ये १३ हजार ८७५ जना निको भएका छन् । आइसोलेसनमा १५ हजार भन्दा बढी छन् ।

दुई हजार बिरामीको आकलन गरेर तयार गरेको पूर्वतयारीले कसरी धान्ला रु भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतम भन्छन्, धान्छ, अवश्य धान्छ । सबै तथ्यांक विश्लेषण गरेर तयारी भइरहेको छ ।’

प्रवक्ता डा। गौतमले भनेजस्तै पर्याप्त पूर्वाधार छ त रु स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालमा गरी कुल बेड संख्या २६ हजार ९३० छ, त्यसमा तीन हजार ७६ आइसोलेसन बेड छन् । १५९५ आईसीयू र ८४० भेन्टिलेटर छन् ।

‘भेण्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी अत्यन्तै कम छन्, त्यसैले अहिलेको आवश्यकता भेण्टिलेटर होइन’ गौतम भन्छन्, ‘लक्षणविहीन सामान्य संक्रमितलाई जसरी पनि व्यवस्थापन गर्छौं ।’

जनस्वास्थ्य विज्ञहरुले भने समुदायस्तरमा संक्रमणको संकेत देखिन थालेको तर, सरकारले परीक्षणको दायरा नबढाएको बताउँछन् । स्वास्थ्य मन्त्रालयले पनि गत असार १५ गतेदेखि दैनिक १० हजार परीक्षण गर्ने लक्ष्य लिएको थियो । गत साता मात्र ७ वटा अटोमेटेड पीसीआर मेसिन पनि ल्याएको छ । तर देशभरका प्रयोगशालामा दैनिक पीसीआर टेष्ट ४ देखि ५ हजार हाराहारी मात्र छ ।

मन्त्रालयका एक अधिकारीले भने कोरोना परीक्षण कार्यविधि ९टेस्टिङ प्रोटोकल० का कारण परीक्षणको सङ्ख्या नबढेको बताए । असार १३ गते इनफ इज इनफ अभियानका अनसनकारीसँग प्रोटोकल परिर्वतन गर्ने सहमति गरे पनि सहमति पालना भएको छैन ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालसमेत परीक्षण बढाउने गरी प्रोटोकल परिवर्तन गर्ने पक्षमा नदेखिएको स्रोतको दाबी छ । मन्त्रालयको आन्तरिक बैठकमा प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल टेस्टिङ गाइडलाइन परिवर्तन नगर्ने भए किन सत्याग्रहीहरुसँग सम्झौता गरेको भनेर प्रश्न उठाएका थिए । जवाफमा सचिव अर्यालले सरकारको अर्थतन्त्रले नभ्याउने बताएका थए ।

प्रमुख विशेषज्ञ डा। पोखरेलले भने ‘कि मैले उठाएको कुरा यो कारणले गलत हो भन्नुपर्‍यो, होइन भने स्वास्थ्यको सचिव भएर अर्थको मात्रै कुरा गर्ने रु भनेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतम भने छलफललाई विवाद भन्न नहुने बताउँछन् । ‘स्वाब नभएका कारण परीक्षण कम भएको हो’ प्रवक्ता गौतम भन्छन्, ‘स्वाब भएको बेला त दैनिक ८ हजार पनि टेस्ट गरेकै हो नि ।’

साथै भयावह अवस्था आउन नदिन काम मन्त्रालयले काम गरिरहेको समेत उनको दाबी छ । उनका अनुसार धेरै संक्रमित भेटिएका स्थानहरुमा समुदाय स्तरमा परीक्षण थालिएको छ भने काठमाडौं उपत्यका आउनेहरुको पनि स्वाब संकलन भइरहेको छ । ‘यसले हाम्रो वास्तविक अवस्थाको पूर्वअनुमान हुन्छ’ गौतम भन्छन्, ‘हामी सही ट्रयाकमा छौं, कोरोना हाम्रो नियन्त्रण बाहिर गइसकेको छैन ।’ अनलाइनखबरबाट

ट्वीटरले किन निलम्बन गर्‍यो डोनाल्ड ट्रम्पका छोरालाई ?

माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई १२ घण्टाका लागि प्रतिबन्धित गरेको छ ।

कोरोना भाइरसको कथित औषधिका बारेमा गलत तथ्ययुक्त भिडियो पोष्ट गरेसँगै ट्वीटरले डोनाल्ड ट्रम्प जुनियरको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि निलम्बन गरिदिएको हो ।

मलेरिया रोगको विरुद्धमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिले कोरोना भाइरसको रोकथाम गर्ने भन्ने गलत तथ्य भएको भिडियो उनले ट्वीटरमा पोष्ट गरेका थिए । स्मरण रहोस् अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त औषधि कोरोना भाइरस रोकथामका लागि उपयोगी भएको दाबी गर्दै आएका छन्, तर चिकित्सा अध्ययनहरुले भने ट्रम्पको दाबी असत्य भएको पुष्टि गरिसकेको छ ।

ट्रम्प जुनियरले पोष्ट गरेको भिडियोले ट्वीटरको कोभिड–१९ सम्बन्धी गलत सूचना विषयक नियम उल्लंघन गरेको ट्वीटरले ठहर गर्दै निलम्बनको कारवाही गरेको हो ।

उनको ट्वीटर अकाउन्टबाट १२ घण्टासम्म कुनैपनि ट्वीट गर्न नपाउने गरी निलम्बन गरिएको हो । तर उनले ट्वीटरबाट डाइरेक्स मेसेज पठाउन तथा अरुका ट्वीटहरु हेर्न भने पाउँदछन् ।

बीबीसीसँगको कुराकानीमा ट्वीटरले आफ्नो नीति मुताविक नै ट्रम्पका छोारमाथि उक्त कदम उठाएको जनाएको छ ।

यसअघि ट्वीटरले जातीय विद्वेष फैलाउने खालका सामाग्री रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्वीटमाथि पनि तथ्यजाँचको संकेत राखिदिएको थियो । जसका कारण ट्वीटर र ट्रम्पबीच सम्बन्ध बिग्रिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसका बारेमा सोसल मिडियाबाट अफवाह तथा गलत तथ्यहरु नफैलिउन् भन्नका लागि ट्वीटरले कडा कदम चाल्ने गरेको छ ।

ट्वीटरको कदमप्रति जुनियर ट्रम्पका प्रवक्ताले कडा टिप्पणी गर्दै ट्वीटरको यस्तो निर्णय स्वीकार गर्न नसकिने खालको व्यवहार रहेको बताएका छन् ।

जुनियर ट्रम्पका प्रवक्ता एन्डी सुराबियनले भनेका छन्, ‘डाक्टर तथा स्वास्थ्य विज्ञहरुले हाइड्रोक्सीक्लोरोक्विनका विषयमा छलफल गरिरहेको भाइरल भिडियो शेयर गरेबापत डोनाल्ड जुनियरलाई निलम्बन गर्नुले अनलाइनमा वाक स्वतन्त्रताको हत्या गर्न ट्वीटर उद्यत रहेको प्रमाणित भएको छ, यो कदम रिपब्लिकनका आवाजलाई दबाएर आगामी निर्वाचनमाथि हस्तक्षेप गर्ने ट्वीटरको कार्यको एउटा अर्को उदाहरण हो ।’ बीबीसी

अफगानिस्तानमा तीन दिनका लागि युद्धविराम घोषणा

एजेन्सी । तालिवानले अफगानिस्तानमा तीन दिनका लागि युद्धविराम घोषणा गरेको छ ।

तालिवानले अफगानिस्तानमा शुक्रबारदेखि लागू हुनेगरी तीन दिनका लागि युद्धविराम घोषणा गरेको हो । तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक बिज्ञप्ति जारी गर्दै इद अल(अधाका अवसरमा युद्धबिरामको घोषणा गरेको हो ।

केही समयको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो । उसले युद्धबिरामको समयमा कुनैपनि सशस्त्र कारबाही नगरिने जनाएको छ ।

आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यसैगरी संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १४ हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको छ ।

चिनियाँ चंगुलमा रामचन्द्र पौडेल: राजदूत यान्छी भेटेलगत्तै बोलाए गुट भेला, देउवालाई घेराबन्दीमा पार्न रणनीति

काठमाडौं । मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँग भेटेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नो सक्रियता बढाएका छन्।

राप्रपाबाट पूर्वमन्त्री सुनिल थापासहितको टोली प्रवेश गर्दा पनि असन्तुष्ट रहेका पौडेल सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्नेगरी अघि बढेका हुन्।

पौडेलले आफ्नो गुटको भेलामा सभापति देउवाविरुद्ध रणनीति बनाउने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ। पौडेलले आजै पार्टी कार्यालयमा कार्यकर्ता भेला बोलाएका छन्। नाम कार्यकर्ता दिए पनि यो गुट भेला हो। नेपाली कांग्रेसमा १४ ‍औ महाधिवेशनको चटारो छ।

चीनले पौडेललाई काँध थाप्ने वचन दिइसकेको छ। हिजोको बैठकमा चिनियाँ राजदूतले चीनले तपाईलाई सभापति हेर्न चाहेको र आगामी महाधिवेशनमा चीनको समर्थन तपाईलाई हुने भन्दै बेइजिङमा सन्देश सुनाएकी थिइन्। बेइजिङको सन्देशले हौसिएका पौडलले पार्टीभित्र देउवालाई तह लगाउनेगरी गतिविधि सुरु गरेका हुन्। भेलामा पौडेलले आफ्नो पक्षका नेतालाई चीनको पक्षमा उभिन पनि निर्देशन दिनेछन्।

राजदूतसँगको भेटमा पौडेलले चीनलाई समर्थन गर्ने र चीनले पौडेललाई सघाउने समझदारी भएको थियो। त्यसो नेपालको राजनीतिमा चिनियाँ हस्तक्षेप नौलो होइन। नेकपाभित्रको सानो भन्दा सानो विषयमा चिनियाँ हस्तक्षेप देखिन्छ।

ओली सरकार बचाउनेदेखि नेकपा नेतालाई प्रशिक्षण दिनेसम्म चीनले गरिरहेको छ। अब चीन प्रतिपक्षीभित्र पस्न खोजेको छ। सुरुवात रामचन्द्र पौडेलबाट गरेको छ। र वचन दिएको महाधिवेशनमा सघाउने। कसरी सघाउँछ त्यो हेर्न बाँकी नै छ। तर पौडेलको सक्रियताले भन्न सकिन्छ कि उनी चिनियाँ चंगुलमा फसिसकेका छन्। चीनको साथ पाएका पौडेलको सामना देउवाले कसरी गर्छन त्यो हेर्न बाँकी नै छ। नेपालपानाबाट

आज २०७७ साउन १४ गते बुधबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु, चार जनाको उपचार हुँदै

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक बालकको सोमवार घरमै मृत्यु भएको थियो।

विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको थियो। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार थप तीन जनाको पनि मृत्यु भएको हो।

साउन ९ गते जंगलबाट ल्याएको च्याउ खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए।

बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए। टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको गाउँँमै मृत्यु भएको थियो।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा। पौडेलले जानकारी दिए। ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको बाँच्न नसकेको उनले बताए।

टेकबहादुर, उनका ३० वर्षीय छोरा ललिते, ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको अस्पतालले जनाएको छ। सेतोपाटीबाट