१४ भाद्र २०७७, आईतवार २०:२२ – Nagarikabhiyan : National News

भोक्राहामा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

इनरुवा ।  सुनसरीको भोक्राहा नर्शिङ्ग गाउँ पालिका वार्ड न ४ चिरोली चोक नजिकै मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

आज आइतबार दिउँसो अन्दाजी ३ बजेको समयमा पश्चिम दिसा बाट को ३८ प ३४६६ नम्बरको मोटरसाइकल लाई विपरीत दिसा बाट बा २१ च ५६९४ नम्बरको पिकप भ्यानले ठोक्कर दिदा मोटरसाइकल चालक स्थानीय नर्शिङ्गका अन्दाजी २५ बर्सिय जगदेब मेहताको उपचारको लागि जिल्ला तर्फ लैजाँदै गर्दा बाटो मा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

ठोक्कर दिने पिकप भ्यान र चालक ईलाका प्रहरी कार्यलय लोकहीको जिम्मा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

सरकारी गाडीको दुरुपयोग बुवाले चढने गाडी छोराको ‘टिकटक’ बनाउन प्रयोग

जनकपुरधाम । सरकारी नम्बर प्लेटको गाडि दुरुपयोग हुने गरेको कुनै नौलो कुरा होइन , कहिले बनभोजमा त कहिले व्यक्तिगत काममा सरकारी कर्मचारी वा जनप्रतिनिधिहरुले सरकारी गाडीको दुरुपयोग गरेको पक्कै पनि हेर्नुभएको वा सुन्नुभाको होला । तर, सरकारी गाडीको प्रयोग गरेर कहिले कसैले ‘टिकटक’ भिडियो बनाएको हेर्नुभाछ ?

छोराको क्रेज पनि यतिसम्म कि अब बुवाले प्रयोग गरिरहेको सरकारी नम्बर प्लेटको गाडीमा छोराले ‘टिकटक’ भिडियो नै बनाउन थालेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका छोरा जितेन्द्र कुशवाहा हुन् । र भिडियोमा प्रयोग गरिएको बा २ झ ४०२२ नम्बरको झण्डाबाला सरकारी गाडी मेयर महतोले प्रयोग गरिरहेको गाडी हो ।

अब सरकारी गाडीको दुरुपयोग यतिसम्म कि त्यसमा ‘टिकटक’ भिडियो नै बनाउने है ? भन्ने र सुन्नेबाला कोहि भए पो !

पछिल्लो समय विभिन्न बाहानामा सरकारी गाडी दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ। जनप्रतिनिधी र कर्मचारीले व्यक्तिगत काम प्रयोजन, सार्वजनिक विदा, आफन्तको विवाह लगायतमा सरकारी गाडीको प्रयोग गर्ने गरेका छन् । अब भने ‘टिकटक’ भिडियो बनाउनका लागि समेत सरकारी गाडीकै प्रयोग ।

 

धनकुटामै पिसिआर परीक्षण गर्ने तयारी, आइसोलेसन सञ्चालनमा

धनकुटा । कोरोना भाइरसको संक्रमण बढ्दै गएको धनकुटामा भाइरस परीक्षणका लागि पिसिआर मेसिन जडान हुने भएको छ ।

संघीय सरकारले पिसिआर मेसिन खरिद गर्न १ करोड रुपैयाँ बजेट निकासा गरेपछि स्वास्थ्य कार्यालय धनकुटाले पिसिआार मेसिन खरिदको प्रकृया अघि बढाएको हो । धनकुटामा पिसिआर परीक्षण हुँदा तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लालाई समेत सहज हुने छ ।

यसैगरी धनकुटा नगरपालिकाले वडा नम्बर ६ को औद्योगिक ग्राममा आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । यस अघि क्वारेन्टाइनको रुपमा प्रयोग गरेको ग्राममा तत्काल २० सैय्याको आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । आइसोलेसन सञ्चालनसँगै शनिबार धनकुटामा पहिचान भएका १९ जना संक्रमितलाई जिल्लामै राखेर उपचार थालिएको बताइएको छ । हाम्रोमतबाट

पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् ।

 

प्रदेश १ मा ७४ संक्रमित थपिए

इनरुवा ।  प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा ५ महिला र ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।

उता सुनसरीको कमल गाउँपालिकामा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ । प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको दमकका १ पुरुष, मोरङको बेलबारीकी १ महिला र सिरहाको लहानकी १ महिलाको शुक्रबार मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

 

बीपी प्रतिष्ठानमा २ कोरोना संक्रमितको मृत्यु

सुनसरी । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाका ८३ वर्षीय पुरुष र मोरङ बेलबारीका ५६ वर्षीया महिला रहेका छन् । झापाका वृद्ध बीएण्डसी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ३ गते रिफर गरिएको थियो । मृतकको मृगौलाको दिर्घकालीन र उच्च रक्तचाप मधुमेह समस्या भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

त्यस्तै बेलबारीका महिला कोशी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ९ गते रिफर गरिएको हो । दुवैको शव व्यवस्थापनको कार्य भइरहेको प्रतिष्ठानका सापकोटाले बताए ।

थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

लागुऔषध सहित धरानबाट १ जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगर पालिका वडा नंं. १३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेको छ ।

धरान वडा नं. १३ को बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहिवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

शेर्पाको साथवाट ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोईन फेला परेकोले शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

पुजारी हत्याको विरोधमा राप्रवि संगठनको प्रदर्शन, छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ ।

हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रदर्शन गरेको हो । घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको जनाइएको हो ।

प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ ।

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो ।

आज २०७७ भदौ १२ गते शुक्रबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खुशिको खवरको श्रवणले मन प्रशन्न रहला ।स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनह? टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

स्वास्थ्य चौकी संचालनको लागि टेन्ट हस्तान्तरण

राजविराज । बिश्व भरी फैलिएको कोरोना भाइरस महामारीलाई मध्य नजर गरि स्वास्थ्य चौकी संचालनको लागि आज यहाँ टेन्ट हस्तान्तरण गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको समन्वयमा छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित सखडामा रहेको स्वास्थ्य चौकीलाई नियमित संचालनका लागि रु १ लाख १६ हजार १०८ रुपैयाको १ थान टेन्ट र रु १७ हजार ७९६ रुपैयाको पिपिई प्रदान गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिनुभयो ।

सो कार्यक्रममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल ,स्वास्थ्य चौकी सखडाको इन्चार्ज अजय कुमार झा, स्वास्थ्य संयोजक मध्नेश्वर चौधरी, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव , कार्यक्रम संयोजक गौपाल प्रसाद चौधरी, समुदायिक परिचालक रुभा मण्डल , सेभ द चिल्ड्रेनका संयोजक देवकृष्ण भगत लगायतका उपस्थित रहेको थियो ।

लघुउद्यमी ब्यवसायिलाई राहत सहयोग

राजविराज । बिगत ६ महिनादेखि कोरोना भाइरसका कारण समस्यामा परेका ५१ जना लघुउद्यमीहरुलाई आज जिविको उपार्जनका लागि सहयोग सामाग्री उपल्बध गराएका छन ।

सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले गत बर्ष रु १५ हजार दिएर स्थापित गरेका आफनो ब्यवसाई गरि रहेका र उनीहरु अहिले कोरोना भाईरसका कारण मर्ममा परेकालाई थप सहयोग स्वरुप रु १० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको कृषि प्राबिधिक रामकुमार साहले जनाकारी दिनुभयो ।

कोरोना भाइरसका मार्ममा परेका ५१ जना बिभिन्न ब्यवसाई लघुउद्यमीहरुलाई सो सामग्री सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले उनीहरुलाई प्रदान गर्नुभयो ।

कृषि प्राबिधिक साहका अनुसार ३६ जना किराना ब्यवसायी, ६ जना कोसमेटिक ब्यवसायी ४ जना होटल ब्यवासायी,२ जना र्फेस हाउस कुखुरा ब्यवसायी र ३ जना तरकारी ब्यवसायीलाई रु १० हजारका दरले सामग्री दिइएको बताउनुभयो ।

किराना ब्यवसायीलाई खाने तेल,बिस्कुट,चाउचाउ, सरफ,सबुन, सेम्पु आदि ,होटल ब्यवसायीलाई मुरही चाना,मटर,चियापती,जिरा,धनीया,बेसार लगायत र कुखुरा ब्यवसायीलाई पनि जिउदो कुखुरा दिइएको छ भने तरकारी र कोसमेटीक ब्यवसाईलाई समेत सामग्री हस्तान्तरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।

आज थपिए १ हजार १११ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।

सुनसरीमा ३८ सहित प्रदेश १ मा ९० संक्रमित थपिए

इनरुवा । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३८, मोरङमा ४६, , संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैंचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन, विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

 

सर्लाहीमा डुबेर दुई जनाको मृत्यु, दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगियो

सर्लाही । बरहथवा नगरपालिकामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आज बिहान बरहथवा नगरपालिका ३ हरजरियाका नविनकुमार महतोकी ३ वर्षीया छोरी पुनमकुमारी र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोकी १७ वर्षीया छोरी पुनमकुमारीको ज्यान गएको हो ।

प्रहरीका अनुसार हजरियाकी तीन वर्षकी बालिका घर नजिकै गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने, मुर्तियाकी किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर ज्यान गएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश अस्पताल बन्द

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

उपचारमा खटिँदै आएका चिकित्सकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।

अस्पतालका अनुसार दुईजना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. खड्काले बताए ।