१४ आश्विन २०७८, बिहीबार २०:११ – Nagarikabhiyan : National News

राजनितिक दलको चुनाव जित्ने दुइ प्रधानाध्यापक बिरुद्ध उजुरी दर्ता

गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत पार्टीको पालिका समिति सचिब पदमा निर्वाचित बहालवाला दुइ प्रधानाध्यापक हरु बिरुद्ध उजुरी दर्ता भएको छ । शिक्षा ऐन र नियमावलीमा बिपरित गत १० गते गौरीगञ्ज गाउँपालिका मा नेपाली काँग्रेसको अधिबेशन चुनाबमा पार्टीको सचिव पदमा निर्वाचित बहालवाला प्रधानाध्यापक हरु गोपाल प्रसाद ताजपुरिया र हरिलाल यादब बिरुद्ध जिल्ला शिक्षा समन्वय ईकाई र जिल्ला प्रसाशन कार्यालय झापामा उजुरी दर्ता भएको छ ।

गत १० गतेको पालिका स्तरीय अधिबेशन मा सचिव पदमा ताजपुरिया र यादबकै प्रतिद्वन्द्वी का रुपमा चुनाब लडेका भवानी काफ्लेले प्रधानाध्यापक द्वय ताजपुरिया र यादब बिरुद्ध उजुरी दर्ता गरेका हुन् ।

शिक्षा समन्वय ईकाई मा दर्ता भएको उजुरी

जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएको उजुरी
उजुरीमा भनिएको छ – नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा क्षेत्र नं. क गौरीगंज गा पा स्तरीया पार्टिको मिति २०७८/०६/१० गते सम्पन्न गा.पा. स्तरिय अधिवेशनमा गौरीगंज आधारभुत विद्यालय गौरीगंज ३ गौरीगंज प्रधानाध्यापक हरिलाल यादव र जनकल्याण आधारभूत विद्यालय गौरीगंज २ का प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरिया नेपाली कांग्रेस गौरीगंज गा.पा स्तरिया समितिको सचिव पदमा उठि निर्वाचित समेत हुनुभएको छ । सरकारी तलव सुविधा लिएर विद्यालयको काम गर्नु पर्नेमा सो नगरि राजनितिक दलको अधिवेशनमा भाग लिई कार्य समितिमा समेत निर्वाचित हुनु भएको हुँदा निजहरु दुवैजनालाई शिक्षा ऐन २०२८ को दफा १६ङ को उपदफा ५ को छ बमोजिम कार्वाहि गरि पदमुक्त गरिपाउन निजहरु निर्वाचित भएको प्रमाण समेत साथै राखि यो निवेदन गरेकोछु । तसर्थ निज दुवै शिक्षकहरुलाई कानून बमोजिम कार्बाहि गरि पदमुक्त गरिपाऊन अनुरोध गर्दछु ।

शिक्षा ऐन २०५८ को दफा १६ को उपदफा ५ को नियम छ मा सामुदायिक विद्यालय का शिक्षक कर्मचारी हरु कुनैपनि राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारी लाई पदबाट हटाइने व्यवस्था गरिएको छ । त्यसैगरी शिक्षा नियमाली, २०५९ संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम (१) सामुदायिक विद्यालय का शिक्षक वा कर्मचारी ले कुनै राजनैतिक दलको कार्यकारिणी पदमा रहेको पाईए नोकरी बाट हटाउने वा बर्खास्त गरि कारवाही गरिने व्यवस्था छ ।

प्रधानाध्यापक द्वय बिरुद्ध मँगलबार नै उजुरी दर्ता भएपनि जिल्ला शिक्षा समन्वय ईकाईले कार्वाही प्रकृया अगाडी बढाएको छैन । यस बारे गौरीगञ्ज दर्पण डटकम ले फोन मार्फत बुझ्न खोज्दा जिल्ला शिक्षा समन्वय ईकाई का प्रमुख राजकुमार बिकले प्रअ द्वय बिरुद्ध उजुरी परेकाले कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् । उजुरी परेका प्रधानाध्यापक हरु पदमुक्त होलान त भन्ने प्रश्नमा प्रमुख बिकले कानुनमा व्यवस्था भएबमोजिम छानबिन अघि बढाइने बताएका छन् ‌ । यद्यपि उनले शिक्षा ऐन र नियमावलीमा ब्यबस्था भए अनुसार को कारबाही हुन्छ कि हुदैन भन्ने प्रश्नमा आलटाले जवाफ दिएका छन् ।

गौरीगञ्ज गाउँपालिका ले जारी गरेको स्थानीय शिक्षा सँबन्धी ऐनको परिच्छेद ४ को धारा २३ को च मा समेत शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यभई कार्यालय समयमा राजनीतिक गतिविधि गरेको पाइएमा, कार्वाहीको लागि सिफारिस गरिने कुरा उल्लेख गरिएको छ । यद्यपि प्रधानाध्यापक द्वय ले चुनाब जिते लगतै शिक्षा शाखा गौरीगञ्ज का अधिकृत केशव भट्टराई ले स्थानिय ऐन र केन्द्रीय ऐन बमोजिम प्रअ द्वयलाई कारवाहिको सिफारिस गर्नुको साटो सामाजिक सञ्जालमा प्रधानाध्यापक द्वय लाई बधाई दिएका थिए । पछि उनले सो बधाई दिएको स्टाटस हटाएका छन् ।

लोसपाका कार्यकारिणी सदस्य राजकुमार लेखीद्वारा राजीनामा

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।

राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए ।

उनले नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पारे । अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने र आजैबाट यसबारे छलफल थाल्ने उनको भनाइ छ ।

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन कांग्रेसको माग

दार्चुला । महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ। व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन माग गरिएको हो । व्यास गाउँ कार्यसमिति कांग्रेसले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन बुझाउँदै पुल निर्माणको काम तत्काल अघि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ ।

पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ । विक्रम संवत् २०७८ साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछेररुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पुस मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो तर अहिलेसम्म काम नै अघि नबढेको भन्दै कांग्रेसका व्यास सभापति नरेन्द्र भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो । महाकाली नदी वारपार गर्न व्यासका वडा नम्बर २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन ।

भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ । नेपालतिर निर्माणाधीन खलङ्गा–तिंकर सडकखण्ड ठाउँठाउँमा अवरुद्ध छ । सो क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो । सोहीअनुसार महाकाली नदीका ४ ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो । विक्रम संवत् २०७६ सालमा व्यासको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुङ्ग पुल निर्माण गर्न बोलपत्र आह्वान गरिएको थियो। सोअनुसार बडुगाउ र बाकुमा पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट तथा मलघट्टेमा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन। नेपालतिर सडकले गति लिएको छैन । ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ।

झापाका तीन विद्यालय पुनः बन्द

झापा । जिल्लाका बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए। उनले बुद्ध आदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए ।

यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो । विद्यालय खोलिएको एक हप्ता भित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए।

जिल्ला प्रशासन कार्यालयबाट गत भदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको थियो ।

काठमाडौंमा आजदेखि जात्रा, महोत्सव, सभा, जुलुस, गर्न रोक

काठमाडौँ । कोरोनाका जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड हुने गतिविधिमा पुनः निषेध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आग्रह गरेका छन् । प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न भनेको छ। सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिन्छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको १२औं साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले गठबन्धनको सरकार छ। हामीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौं,’ उनले कार्यक्रममा भने, ‘बाँकी मन्त्रालयको टुंगो पनि आजभोलि मै लाग्छ।’

उनले जनआन्दोलन र जनयुद्धुका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया गठबन्धनको सरकारले अघि बढाइसकेको बताए। ‘हिजो म हुँदा गरेको निर्णय राजपत्रमा प्रकाशित गर्ने काम नगरेर समस्या गरियो,’ उनले भने, ‘त्यो बेला बदनियत राखेर कसले गल्ति काम गरेर समस्या भयो। तर, अहिले गठबन्धनको सरकार छ। त्यसबाट हामीले निर्णय गराउँछौं ।’ उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि सहिद परिवारका विषयमा उल्लेख गरेको भन्दै आवश्यक राहत लगायतका कार्यक्रम ल्याइने दाबी बताएका छन् ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का स्वदेश फिर्ता

काठमाडौँ ।  परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् ।

परराष्ट्रमन्त्री डा. खड्कासहितको टोली संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर बिहीवार बिहान स्वदेश आइपुगेको हो । महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफुले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरुलाई खोप, औषधीउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए । त्यस्तै जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नकालागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफुले सम्बोधनका क्रममा उठाएको उनले बताए। त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडवाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि उनले जानकारी दिए ।

उनले भने – ‘मैले सम्बोधन गर्ने क्रममा मुख्यत्ः विश्वलाई कोभिड १९को अत्यन्त ठुलो प्रभाव छ । त्यसबाट मुक्त गर्नका लागि सबै राष्ट्रहरुलाई खोप तथा अन्य उपकरण तथा औषधी उपचारमा समान पहुँच, त्यस्तै गरेर बद्लिदोँ जलवायु परिवर्तनले हाम्रो हिमालय श्रृङ्खलालाई ल्याएको परिवर्तनहरुको बारेमा पनि विश्व अझ सचेत र जागरुक हुनुपर्छ भन्नेकुरा, त्यस्तै गरेर कम विकसित र भुपरिवेष्ठित राष्ट्रहरुको अधिकारका कुराहरु उनीहरुलाई आवश्यक साधन र स्रोत व्यवस्था गर्ने कुरा, त्यस्तै दिगो विकास लक्ष्यहरु प्राप्त गर्नको लागि नेपालजस्तो राष्ट्रहरुलाई सहयोग प्रदान गर्ने कुराहरु लगायत संयुक्त राष्ट्रसंघ र नेपालको ६३ वर्षभन्दा पुरानो साझेदारी त्यसलाई अझ प्रभावकारी ढंगले लाने, विश्वमा आतंकवादको खतरामुक्त गर्नका लागि साझा कार्यक्रम, साझा पाइला अगाडी बढाउने, विश्वमा बढ्दो हतियारको प्रतिस्पर्धा र घातक हतियारको होडबाजीबाट शक्ति राष्ट्र मुक्त भएर त्यहाँ लगानी गर्ने साधन र स्रोत कम विकसित, विकासोन्मुख राष्ट्रहरुको हितमा प्रयोग गर्नुपर्छ भन्नेकुरा हामीले सशक्त रुपमा उठायौँ ।’

परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठुलो राष्ट्र भएको हुनाले नेपालका सिपाईलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्नेकुरा उठाएको पनि बताए । उनले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको पनि बताए । मन्त्री खड्काले नेपालले सशक्त र जोडदार रुपमा मुद्धाहरु उठाएको भन्दै ति मुद्धाहरु संयुक्त राष्ट्रसंघमा अभिलेखित हुनेमा विश्वास व्यक्त गरे ।

आज २०७८ असाेज १४ गते बिहीबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनियन्त्रित खर्च हुनाले मन पिरोलिन सक्छ । प्रयत्न गर्दा यात्राको साइत भने जुर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।

हिउँदेबाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान

डोल्पा । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् ।

उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली ९उवा ० अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिनुभयो । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहँेलपुर अवस्थामा रहेको छ ।

बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउनका लागि गाउँभरीमा एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउ“मा गहु“ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ ।

हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ । रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहु“दा उवालाई नै बा“डीचुड गरेर खाने गरिन्छ । व्यापारीले पु¥याएको चामल धेरै महँगो हुन्छ । कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ ।

मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वसासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् । हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयवासी इ गुरुङले बताउनुभयो ।

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन । स्थानीय बजारमा प्रति क्वीन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताउनुभयो । पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ ।

इक्वेडरको कारागारमा कै’दीब’न्दीबीच झ’डप हुँदा कम्तीमा २४ जनाको मृ’त्यु

एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झ’डपमा कम्तीमा पनि २४ जना कै’दीको ज्या’न गएको छ ।

कारागारमा राखिएका कैदीहरुबीच भएको झ’डपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झ’डप भएको थियो ।

कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अ’नुस’न्धान जारी रहेको प्र’हरीले जनाएको छ ।

पोखराले ललितपुरलाई ९ विकेटले हरायो

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । जीतसँगै पोखरा कुल तीन अङ्कका साथ अङ्क तालिकामा पहिलो स्थानमा रहेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको पोखराले ललितपुरलाई निर्धारित ७ ओभरको खेलमा ५१ रनमा रोकेको थियो । रन बनाउने क्रममा ललितपुरले ६ विकेट गुमाएको थियो । गए राती परेको पानीले मैदान खेल्ने अवस्थामा नरहेकोले खेल सात ओभरमा घटाइएको थियो ।
ललितपुरका लागि सन्दुन विराकोदीले १९ र नारायण जोशीले ११ रन बनाएका थिए । पोखराका नन्दन यादवले ३ र विक्रम सोबले २ विकेट लिएका थिए । त्यसैगरी केस्रिक विलियम्सले १ विकेट हात पारे ।

पोखराका लागि रिचार्ड लेवीले ३८ र रित गौतमले १२ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेका थिए । ललितपुरका अज्मतुल्लाह ओरजाइले १ विकेट लिए ।

दुई खेल खेलेको ललितपुर दुवै खेलमा पराजित हुँदै अङ्क तालिकाको पुछारमा रहेको छ । ललितपुर यसअघि काठमाडौं किङ्ग्स ११सँग पराजित भएको थियो ।

अनारका फाइदा मात्रै छैनन्, यस्ता हानी पनि छन्, सतर्क हुन पर्छ

अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि ।

शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दा त्यसको रस बनाएर सेवन गर्नु बढी फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने जुसमा भने मिसावट हुनसक्छ । घरमै ताजा रस बनाएर पिउन सकिन्छ । त्यसो सबै मौसमी फलको आ-आफ्नै गुण, विशेषता र महत्व हुन्छ । सबै फल स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ । यद्यपी त्यसमध्ये पनि अनार निकै महत्वपूर्ण मानिन्छ । भनिन्छ, अनार सेवन गर्दा दुई किसिमको रोगसँग लड्ने क्षमता बढ्छ । यदि लगातार एक सातासम्म अनार सेवन गर्ने हो भने, त्यसले स्वास्थ्यमा लाभ मिल्छ ।

तौल घटाउन : यदि तौल सामान्यभन्दा बढी छ भने अनारको सेवन लाभदायक हुन्छ । अनारले कम्मरमा जमेको बोसो घटाउने काम गर्छ । किनभने मोटो व्यक्तिको सबैभन्दा बढी बोसो कम्मरमा हुन्छ । अनार वा अनारको जुस सेवन गर्दा उक्त वोसो घट्छ ।

मधुमेहमा फाइदाजनक : मधुमेह रोगीका लागि अनारको सेवन फाइदाजनक हुन्छ । सामान्यत के सोचिन्छ भने अनारमा शुगर हुन्छ । यो सहि हो । तर, त्यसमा रहेको शुगरले शरीरमा शुगरको लेभल बढाउँदैन ।

हृदय रोगमा : अनारको सेवनले रक्त धमनीलाई पोषित गरेर रक्त प्रवाहमा सुधार ल्याउँछ । इटलीको एक विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार अनारको रसले धमनीमा हुने समस्याको उपचार गर्छ । यसका साथै बेलायतको पोषण जर्नलमा प्रकासित अध्ययन अनुसार ८ सय मिलीग्राम अनराको बीजको तेल ट्राइग्लिसराइड्स कम गर्छ र उच्च घनत्व भएको लिपोप्रोटिन अनुपातमा सुधार ल्याउँछ । अनारको जुसमा पाइने तत्वले कोलोस्टोरको मात्रा कम गर्छ । साथै रगतलाई शुद्ध गर्छ । यसले रगत पातलो बनाउँछ ।

स्मरण शक्ति बढाउन : अनारको सेवनले स्मरण शक्ति बढाउने बताइन्छ । यसले अल्जाइमर जस्तो मस्तिष्क सम्बन्धित बिकार हटाउने पनि क्षमता राख्छ । २०१३ मा भएको एक सोध अनुसार दिमागी क्रियामा सुधार ल्याउनका लागि अनारको रस उपयोगी हुन्छ ।

पाचन क्रिया : नियमिन रुपले अनार सेवन गर्दा पाचन सम्बन्धी समस्या पनि हट्छ । पाचन क्रिया सहि भयो भने धेरै किसिमको रोगको भय पनि हुँदैन ।

क्यान्सरको खतरा कम : अनारको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ । साथै अनारमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको कोशिकालाई नष्ट गरेर ट्युमरको विकासमा पूर्ण बिराम लगाउँछ । अनारको फलको सेवन प्रोस्टेट, फोक्सो, स्तन र छालाको क्यान्सरमा अत्यान्त लाभदायक हुन्छ ।

अनुहारमा निखार : अनार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै सुन्दरताको लागि पनि । आर्युवेदमा यसलाई सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । अनारको बोक्राको स्क्रब बनाएर प्रयोग गर्दा अनुहारको ब्ल्याक हेड्स हट्छ । साथै अनारको सेवनले अनुहारमा चमक ल्याउँछ ।

गर्भावस्थामा फाइदाजनक : अनारमा भिटामिन र मिनरल हुन्छ । यसका साथै फ्लोरिक एसिड पनि पाइन्छ । यो गर्भमा रहेको शिशुका लागि राम्रो भोजन हो । अनारमा पाइने पोटेशियमले गर्भावस्थामा हुने खुट्टाको दुखाई पनि कम गर्छ । – अनारले छालालाई रुखो हुन दिदैन । – अनुहारमा चाउरीपन आउन दिदैन । – अनुहारको दाग धब्बा र डार्क सर्कलबाट बचाउँछ । – अनारको सेवन डन्डिफोरको समस्या हटाउन पनि लाभदायक हुन्छ । – अनारको रस सेवन गर्दा त्यसले केसको सौन्दर्य पनि बढाउँछ । – अनारले केसलाई बलियो र चम्किलो बनाउँछ ।

अनारको हानी : कुनैपनि फलको गुण र अवगुण दुबै हुन्छ । त्यस्तै अनारमा पनि अवगुण हुन्छ । अवगुण भन्नु भन्दा पनि कतिपय अवस्थामा यसको सेवन ठीक हुन्न । – कुनैपनि किसिमको एलर्जी छ भने अनारको सेवनले त्यो एलर्जी थप बढाउँछ । – अनारको रस इन्फ्लुएन्जा, कब्जियत आदिमा राम्रो हुँदैन । – अनारले रक्तचाप नियन्त्रण गर्छ । यद्यपी यसका साथै औषधी पनि सेवन गरिरहेको छ भने त्यसको नकारात्मक असर पर्न सक्छ । – कतिपय रोगमा औषधी सेवन गरिरहेकाहरुले अनार सेवन गर्नु हुँदैन ।

ध्यान दिनुपर्ने कुरा : – अनारलाई एक हप्तासम्म सामान्य तापमानमा भण्डारण गर्न सकिन्छ । – यदि फ्रिजमा राख्ने हो भने त्यसलाई प्लाष्टिकमा लपेटेर राख्नुपर्छ । – अनारको ताजा बीजलाई चार दिनसम्म पि|mजमा राख्न सकिन्छ । – यदि अनारको बिज खाएपछि खाद्य एलर्जी भयो भने त्यसलाई तुरुन्तै रोक्नुपर्छ । – रक्त सम्बन्धी औषधी सेवन गरिरहेकाहरुले अनार खानुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ।

आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेको हुन्।

प्रदेशसभाको नवौं अधिवेशन सुरु भएयता कुनै बैठक पूर्ण रूपमा बस्न सकेका छैनन्। एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौँ । प्रदेश २ को मूख्य मन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो ।

प्रदेशबाट चलाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छात्राहरूलाई वितरण गरिएको साइकल खरिदमा अनिमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ ।

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

दशैंमा कोकका बोतलमा ‘धन्यवाद’ शब्दको लेबल

काठमाडौं । कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ ।

कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो । यसको मुख्य आशय कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ । कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए । उनले यसपालिको दसैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गरेका परिवारका सदस्य र साथीहरु प्रति अभार व्यक्त गर्दै मनाउन कोकाकोलाले प्रेरित गरेको पनि उल्लेख गरे ।

कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ ।

सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आजपनि भएन

काठमाडौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा राखेको जनाएको छ। इजलासमा सो मुद्दाको पेशी पटकपटक चढाइएपनि सुनुवाइ हुन  सकेको छैन।

यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो। त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो। माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो। द्वन्द्वकालमा लामाको अपहरण पछि हत्या भएको थियो ।

तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन्। २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको भन्दै सापकोटाविरुद्ध उजुरी दिएकी थिइन्। उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको थियो।

त्यसपछि लामाको हत्यामा संलग्न रहेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अदालतमा रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सभामुखका लागि योग्य नभएको जिकिर छानबिनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

डा।बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए। सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए। रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेका छन्।