९ असार २०७९, बिहीबार १६:३० – Nagarikabhiyan : National News

धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम

जनकपुरधाम । धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।

रेल आएपछि भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितकाले स्वागत गरेका छन् । भारतबाट आएको रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको छ ।

रेलमा ६ सय जना धार्मिक पर्यटक छन् । उनीहरु सबैलाई बिहीबार जनकपुरधाममा बास बस्ने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम दर्शन गराउनुका साथै साँझको गंगा आरतीमा समेत सहभागी गराइनेछ । धर्मिक पर्यटकको स्वागत गर्न आएका मुख्यमन्त्री लालबाबु राउतले आजको दिन महत्वपूर्ण भएको बताए । उनले रामायण सर्किटलाई जोड्न यो यात्राले सघाउ पुग्ने भन्दै प्रदेशको पर्यटकीय क्षेत्रको पनि विकास हुने बताए ।

बर्जु गाउँपालिकाको कर्मचारीद्वारा अनिश्चितकालका लागि कामकाज ठप्प

देवानगंज । कार्यालयभित्र दुव्र्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

सुरक्षाको प्रत्याभूति नभएको भन्दै कामकाज ठप्प पार्न बाध्य भएकोे बताएका कर्मचारीहरूले अत्यावश्यकबाहेकका अन्य कुनै पनि सेवा प्रवाह नगरिने बताए । गाउँपालिकाको कार्यालयले विज्ञप्ति जारी गर्दै सेवा अनिश्चित अवधिसम्म ठप्प रहने जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा काम गर्ने सहज वातावरण नबनेसम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द रहने उल्लेख छ ।

विज्ञप्तिमा कर्मचारीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयभित्र आक्रोसित भीड प्रवेश गरी कर्मचारीलाई नियन्त्रमा लिई अभद्र व्यवहार गरिनु खेदजनक छ । जसले गर्दा शान्तिपूर्ण तवरले काम गर्ने वातावरणमा खलल पुग्नुका साथै शान्ति सुरक्षामा चुनौती बढाएको छ ।’

विज्ञप्तिमा स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई कर्मचारीले चोरी गरेको भनी आरोप लगाइनु दुःखद् भएको उल्लेख छ ।

सो विज्ञप्तिमा आरोप नै पुष्टि नभई आक्रोसित भीड कर्मचारीउपर जाइलागेको र प्रहरी आएर पक्राउ गरी लग्दासमेत जनप्रतिनिधिहरूले वास्ता नगरेको विषयलाई अभिभावकविहीनको अवस्था सिर्जना हुन पुगेको बताइएको छ ।

यसैबीच मङ्गलबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा बसेको कर्मचारीहरूको बैठकले कर्मचारीउपर भएको दुव्र्यवहारको भत्र्सना गर्दै आन्दोलनका कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ ।

जसअनुसार पालिकास्तरीय साझा प्रतिबद्धतासहित कर्मचारी हकहित र सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक बाहेकका सबै कामकाज ठप्प पार्ने निर्णय गरिएको छ ।

गाउँपालिकाभित्रका कर्मचारीको आन्दोलनमा पालिकाभित्रका सबै शिक्षक, कर्मचारीलगायतले ऐक्यबद्धता जनाएका छन् । सो अनुसार आज९बुधबार० बाट विद्यालयका शिक्षक तथा कर्मचारीले कालोपट्टी बाँधी पेनडाउनजस्ता कार्यक्रम गर्ने निधो गरेका छन् ।

कर्मचारीहरूको बैठकले आरोप लगाइएका कर्मचारीउपर आन्तरिक छानबिन हुने र दोषी पाइए कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए ।

यता गाउँपालिका अध्यक्ष जीवछकुमार रायसमेतले विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र सत्य–तथ्य बाहिर ल्याउने बताएका छन् ।

गाउँपालिकाभित्र कर्मचारीउपर भएको दुव्र्यवहारको घटनाप्रति एकीकृत सरकारी कर्मचारी सङ्गठनले समेत ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष गणेश भट्टराईसहित गाउँपालिका पुगेको कर्मचारीको टोलीले घटनाको वस्तुस्थिति बुझेको थियो । उसले दुव्र्यवहारको घटनाको वास्तविकता छानबिन गरी दोषीउपर कारबाही हुनुपर्ने माग गरेको छ ।

आजको राशिफल : २०७९ असार ६ गते (सोमवार)

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

विपदमा सबै सरकारी निकायबीच समन्वय हुनेछ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौं जोड्ने लाइफलाइनको रूपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।

उनले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौं जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताउँदै भने– “यो सडकखण्डमा वर्षेनी पहिरो जाने र नागरिकको जीउधनको क्षति हुने गरेको छ । यसले सडक सञ्जालमा गम्भीर अवरोध पु(याउने गरेको छ, तपाईंहरू जिल्ला प्रमुख, सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस् ।” उहाँले आवश्यक उपकरण, जनशक्ति र बजेको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशनसमेत दिए ।

मन्त्री खाणले सडक निर्माण गर्दा दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताउँदै हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले विपतको समयमा यात्र गरिएन भने मात्रै पनि ठूलो धनजनको क्षतिबाट जोगिन सकिने बताए ।

आजको राशिफल : २०७९ जेष्ठ २९ गते आईतवार

मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।

मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा०

स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कर्कट ९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०

काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ।

सिहं ९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि पनि सकारात्मक संकेत प्राप्त हुनेछ।

कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो०

स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। नियमित काम र व्यवसायमा लाभ हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा पनि सुधार आउनेछ।

तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते०

खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०

उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत(साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

मकर ९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।

कुम्भ ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०

अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

मीन ९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

उद्योगीसँगको भेटमा अर्थमन्त्रीले भने : व्यवसायीलाई अप्ठ्यारो पार्ने नियत छैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई अफ्ठ्यारो पार्ने नियत नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन,’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन, सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

आम महिला वर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।

बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारे । ‘बजेट तपाईंहरु ९व्यवसायी०का लागि पनि हो, देशका लागि पनि हो,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेका छौं ।’

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९र८० को बजेटले वायर, घ्यूतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो । प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् ।

प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाइँका क्रममा उनले नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पुर्‍याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ : नेता जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताए । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डपिल्ड साइटका बासिन्दाहरुलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गर्र्नुपर्ने बताए ।

उनले काठमाडौंको फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेकोले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ । काठमाडौंको जनस्वास्थ्यको कुरा गरिरहँदा ल्याण्डफिल्ड साइटको वरपर बस्ने स्थानीय जनसमुदायहरु हुनुहुन्छ तपाईहरुले भोग्नुभएको समस्या पनि कम छैन । यसको स्थायी समाधान नखोजिकन हुँदैन । सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनाैं ।’

नेता श्रेष्ठले कानूनी रुपमा जिम्मेवारी लिएका निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गर्नुपर्ने बताए । उनले सरकारसँग भएका विभिन्न सम्झौताहरुलाई समयमै कार्यान्वयन गर्नेकुरामा गम्भीर हुनुपर्ने बताए ।

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, ७ जना निको भए

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र १ हजार १५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५६४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १८१ पुगेको छ । हाल नेपालमा १ सय ९ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताएका छन् । उनले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिबद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे ।

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए । उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे ।

उनले भने, ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ । नेपाल सरकारसँग भएकै पैसाबाट मज्जाले काम गर्न सकिन्छ । बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ ।’

उनले थपे, ‘१७० पटक सम्झौता भएको छ, तपाईहरुलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला । यो हामीबाट नै भएको गल्ती हो । तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरीकन काम गरौँ । अनुगमन समिति बनाएर काम गर्छौं । हामीलाई विश्वास गर्नुहोस् । तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसावले पनि अत्यन्त बिजोक भएको अवस्था छ । अब हामी त्यो गल्ती दोहो¥याउँदैनौँ ।’

त्यस्तै महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भएपनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोयाए ।

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो ।

यात्रुवाहक सवारीतर्फ २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीतर्फ ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशतले वृद्धि गरिएको छ । विभागले यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।

अब यी अत्यावश्यक २५ सेवामा हड्ताल गर्न नपाइने (सूचीसहित)

काठमाडौँ । सरकारले अत्यावश्यक मानिने २५ वटा सेवामा बन्द तथा हड्ताल गर्न नपाउने नियम अघि सारेको छ ।

यसबारे गृहमन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशन गरेर लागू गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले विभिन्न २५ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।

तर ऐन पुरानो भएकाले उल्लिखित सेवा हड्तालमा सजाय भने नगण्य मात्रामा तोकिएको छ । हड्ताल गर्न निषेध गरिएका ती सेवामा यदि कुनै व्यक्ति वा समूह–संगठनले हड्ताल गरेमा वा त्यस कार्यमा भाग लिएमा ६ महिनासम्म कैद सजाय वा २०० सय रूपैयाँसम्म हुने आवश्यक सेवा सञ्चालन ऐनमा व्यवस्था छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार डाँक वा हुलाक सेवा, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवालगायतमा हड्ताल गर्न पाइने छैन ।

हेर्नुहोस् पूरा विवरण-

ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउँछ : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार प्रतितिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताए ।

नेता रिजालले भूकम्प भन्दा अगाडि १३ प्रतिशत वैदेशिक ऋण रहेकोमा अहिले बढेर जीडीपीको एक चौथाई पुगेको बताए । उनले अघिल्लो जनताले म्यान्डेट दिएर बनाएको शक्तिशाली सरकारले ठूलो विकास गर्ने आत्मविश्वास गरेर ऋण लिने काम गरेपनि उपलब्धिमुलुक काम गर्न नसेको बताए ।

उनले भने, ‘भूकम्पको अगाडि आइपुग्दा १२ देखि १३ प्रतिशतको हाराहारीमा ऋणमा पुग्यौं । त्यसपछि भूकम्पमा ठूलो वैदेशिक ऋण लिनुप¥यो । त्यसपछि जिडिपीको एक चौथाई वैदेशिक ऋण पुग्यौं । त्यसपछि २०७४को निर्वाचनपछि खलेर ठूलो ऋण लिन थाल्यौं । ठूलै विकाशका कामहरु गर्नसक्छौं भन्ने खालको आत्मविश्वास वलियो सरकार जनताको म्याण्डेट लिएर बनाए । तर सरकारले लिएको ऋण जस्टिफाइन हुन सकेन ।’

उनले थपे, ‘त्यसले गर्दा लिएको ऋणको भुक्तानी गर्दा ब्याज बढेकाले सरकार र तरलतामा समस्या पर्छ भनेको थिएँ । यो वर्ष त्यही भयो । यो वर्ष सरकारलाई सुविधा छ जिडिपीको सिरिज रिभाइभ भयो । झण्डै ४८ अर्बको जिडिपी छ । कोभिडपछि अर्थतन्त्र चलायमान हुँदै जाँदा बैंकहरुले कर्जा दिनसक्ने अवस्था छैन । अहिले बैंकको निक्षेपमा पैसा राख्दा १३ प्रतिशत सम्म ब्याज दिने र बैंकको लगानीमा २० प्रतिशत पुग्न लागेको छ ।’

उनले फेरि भने, ‘यो बेला हामीले आन्तरिक ऋणमा लिमिट राखेनौं । सरकारलाई अनुशासनमा राख्ने काम गरेन भने विभिन्न समस्या आउँछन् । अहिले बैंकको ब्याजदर उच्च छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयले जीडीपीसँग मिल्ने गरी दुवैमा अंक राख्नुपर्छ ।’

त्यस्तै सांसद रिजालले पछिल्लो समय बैंकको ब्याजदरसमेत उच्च बढ्दै गएकाले सरकारले आन्तरिक ऋणमा जीडीपीसँग मिल्ने गरी लिमिट तोक्नुपर्ने बताए ।

सरकारले आन्तरिक ऋणको सीमा राख्नुपर्छ स् वर्षमान पुन

काठमाडौं‌ । नेकपा ९माओवादी केन्द्र० का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै पछिल्लो समय आन्तरिक ऋण अत्यधिक बढेकोले सीमा राख्नुपर्ने बताएका हुन् । उनले विगतमा मुलुकको कुल गार्हस्थ उत्पादनको २।५ रहेकोमा अहिले ५ प्रतिशतभन्दा बढी पुगेको बताए ।

आन्तरिक ऋण वृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताउँदै उनले वैदेशिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीतिको समर्थन गरे ।

१७ वर्ष अगाडि फोहोर लिएर आउनेलाई माला लगाएर स्वागत गर्ने हामी नै हौँ

काठमाडौं । जब–जब सिसडोलमा फोहोरको उच्च समस्या हुन्छ र त्यसको नकारात्मक प्रभावले गाउँलाई पिरोल्छ, तब अर्जुन घिमिरे ९पाँडे० १७ वर्ष अगाडिको त्यो दिन सम्झिन्छन्– स्कुलको पोसाकमा हातमा किताब च्यापेर काठमाडौंको फोहोर गाडीमा लिएर आफ्नो गाउँ आइपुगेका व्यक्तिलाई फूलमाला लगाएर स्वागत गरेको ।

उनको मानसपटलबाट अझै मेटिएको छैन त्यो बेला दिएका आश्वासनहरू– गाउँमा सडक थिएन, सडक आउँछ भनेको । दुई घण्टा हिँडेर स्कुल पढ्न काठमाडौं जानु पर्दैन गाउँमै स्कुल बन्छ भनेको । हामीले दुःख गरेर पढे पनि आउँदो पुस्ताले पढ्न दुःख गर्नु पर्दैन भनेको । अब गाउँले मुहार फेर्छ भनेको ।

तर, गाउँमा जसरी फोहोरको डंगुर चुलिँदै गयो, त्यसैगरी सम्झौताका फाइलहरू अग्लिँदै गए । गाउँलेलाई दिएका आश्वासनहरू कार्यान्वयन भएनन् । मात्र समस्याका चाङहरू थुप्रिँदै गए । तर पनि आश्वासन दिन छोडिएन । स्थानीयले सम्झौता गर्न छोडेनन् । काठमाडौं महानगरपालिकाले सम्झौताको मसी नसुक्दै आफैँले जनाएको प्रतिबद्धता उल्लंघन गर्नेक्रम कहिल्यै दोहोर्‍याउन छोडेन ।

फेरि एकपटक गए राति सरोकारवाला पक्षबीच सहमति भयो । यो सहमतिले समाधानको दिगो उपाय दिन्छ भन्ने अर्जुनको विश्वास छ ।

अब फोहोरमा राजनीति सम्भव नरहेको उनी बताउँछन् । यसमा उनको तर्क छ– कुनै राजनीतिक दल होइन, अहिले स्वतन्त्र युवाले दिगो समाधानको बाटो खोजेका छन् । जबसम्म समस्याको दिगो समाधान हुँदैन, तबसम्म स्वतन्त्र युवा पछि हट्दैनन् भन्नेमा उनी ढुक्क छन् ।

न्यिदब िदबलप
“बाहिर जसरी फोहोरमा राजनीति भयो भनिन्छ, वास्तवमा त्यस्तो हो भन्ने मलाई लाग्दैन । स्वतन्त्र युवाले गाउँले फोहोरका कारण भोगिरहेको समस्याको समाधान खोजेका हुन्,” अर्जुन भन्छन्, “तर, लाग्छ– हिजो राति जुन सहमति भयो, यसको कार्यान्वयन भयो भने अब आन्दोलन र अवरोध हुँदैन । राजनीतिक घुसपैठ भयो भने स्वतन्त्र युवाले स्थानीयस्तरमै समस्याको निराकरण गर्छन् ।”

महानगरपालिका र नगरपालिकालाई कामानुसार १५ दिन, तीन महिना, ६ महिनाको समयसीमा दिइएको छ । त्यसैले यो समय महानगर र नगरपालिकाका लागि काम गरेर देखाउने परीक्षाको घडी भएको उनी बताउँछन् ।

“हामी पीडित नै हो । १७ वर्षदेखि हामी फोहोरमै बसेर, फोहोरमै खेलेर हुर्किएका हौँ । हुन त हिजो गरेको सम्झौता पनि दिगो होइन, क्षणिक सम्झौता मात्रै हो,” अर्जुन भन्छन्, “अझै दिगो समाधान खोज्दै जानुपर्छ । स्थानीय फोहोरले दिएको समस्याबाट पीडित छन् ।”

कागज, फलाम, क्रेट, बोतल एकातिर संकलन गरे बिक्री हुन्छ । प्लास्टिक पनि उद्योगले लिन्छ । पुराना कपडा सुरक्षित र सफा राखे डसना बनाउन मिल्छ । खाना र कुहिने फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन सकिन्छ, त्यो कौसीखेतीका लागि काम लाग्छ । यसलाई महानगरले भिन्दाभिन्दै संकलन गरे फोहोरको संख्या घट्ने उनी बताउँछन् ।

“कुहिने फोहोरको घनत्व कम हुनेबित्तिकै लिच्चड कम हुन्छ । डम्पिङ साइटमा फोहोर घट्नेबित्तिकै ल्यान्डफिलको समस्या कम हुन्छ । ल्यान्डफिलको समस्या कम हुनु भनेको स्थानीयको समस्या कम हुनु हो,” उनी भन्छन् ।

१७ वर्षदेखि स्थानीय एउटै समस्या झेलिरहेका छन् । फोहोरबाट लिच्चड बग्छ । त्यो पानीका स्थानीय स्रोतमा मिसिन्छ । गाउँमा दुर्गन्ध छ ।

“कुन बेला महामारी फैलिन हो थाहा छैन । झाडापखालाले कुन बेला कसको ज्यान लिने हो ठेगान छैन,” अर्जुन भन्छन्, “तर, यी सब कुरा हामीले सहेरै बस्यौँ । अहिले काठमाडौं महानगरमा नयाँ मेयर आएर म डम्पिङ साइटका सबै समस्या समाधान गर्छु भन्नुभएको छ । व्यवस्थित तरिकाले फोहोर फाल्छु भनिरहेकाले अहिले हामीले उहाँले गर्छु भनेको कुरा हेर्नुबाहेक केही विकल्प छैन ।”

सिसडोल डम्पिङ साइटबाट १०० मिटरको दूरीमा आफ्नो घर रहेको बताउँदै उनी भन्छन्, “फोहोरको पहाडबाट त मेरो घर धेरै टाढा हो । मेरोभन्दा तल फोहोरसँगै टाँसिएका घर छन् । सल्लेटार, न्यौपाने गाउँ, उप्रेती गाउँ, सिंखडा गाउँ, पाठक गाउँ, कार्की गाउँलगायत गाउँ पीडामा छन् ।”

जतिसुकै समस्या भए पनि फोहोर फाल्न दिँदै जाने र सम्झौता कार्यान्वयन गर्न सहयोग गर्दै जानुपर्ने उनको धारणा छ । “कुन लेवलमा सम्झौता कार्यान्वयन हुन्छ, त्यो हेर्दै जानु छ,” अर्जुन भन्छन्, “महानगरपालिकाले स्थानीयका माग कसरी सम्बोधन गर्छ, त्यो वेट एन्ड सी नै रह्यो ।”

बिहान सहमति भए बेलुका आन्दोलन, बेलुका सहमति भए राति आन्दोलन सिसडोल र बन्चरेडाँडामा हुँदै आएको छ । यसको कारण स्थानीय जो पीडित छन्, उनीहरूका माग र गुनासो नसुनी माथिल्लो तहबाट सहमति भएको अर्जुन सुनाउँछन् । स्थानीयका गुनासा सम्बोधन नहुँदा यस्तो समस्या पटक–पटक हुने गरेको उनको बुझाइ छ ।

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्’, उनले भने ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति आफू भएको उनको दाबी छ । भन्छन्, ‘आज एक महिना भैसकेको छ स्थानीय निर्वाचन सकिएको, वर्तमान सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैला व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म हो भन्ने मेरो दाबा छ ।’

शहरी विकास राज्य मन्त्री रहँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिएका थिए ।