१२ भाद्र २०८१, बुधबार १८:२७ – Nagarikabhiyan : National News

काेशि गाउँपालिकामा अध्यक्षकै सेटिङ्गमा ब्रहमलुट, शिक्षा शाखामा लाखौं रकम हिनामिना !

देवानगञ्ज । सुनसरीकाे काेशि गाउँपालिकामा पालिका अध्यक्ष ऐयूव अंसारीकै समरक्षणमा ब्रहमलुट भई रहेकाे पाएकाे छ ।
गाउँपालिकाकाे ठेक्का देखि लिएर विभिन्न याेजना कार्यक्रमहरू गाउँपालिका अध्यक्ष ऐयूव अंसारीकै सेटिङ्गमा दिने गरेकाे समाचर स्राेतकाे दावि रहेकाे छ ।

केही दिन अगाडि कोशि गाउँपालिकाका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीले कोशि गाउँपालिका ६ मा रहेको राष्ट्रिय मा.बी श्रीपुरजब्दीको खातामा कक्षा ८ को परिक्षा व्यवस्थापन गरे बापतको ६ लाख ५४ हजार रकम पठाएको र कामै नगरि, कसैलाई पनि कक्षा ८ को परिक्षा व्यवस्थापन खर्च नदिइ एक्लौटी आफ्नो निजी खातामा रकम लिएको खुलासा भएकाे छ ।

यसरी शिक्षा शाखा प्रमुखले खुलेआम रकम असुलि गरि रहेकाे कुरा बाहिर आउदाँ समेत गाउँपालिका अध्यक्षले कुनै चासाे नलिदा गाउँपालिकामा अध्यक्षकै सेटिङ्गमा यस्ताे कामहरू हुने गरेकाे एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा नागरिक अभिया लाई जानकारी दिएका छन ।
यसरी लाखाैं रकम हिनामिना हुदाँ समेत गाउँपालिका अध्यक्षले चासाे नलिदाँ पालिका अध्यक्षले ब्रहमलुट मचाएकाे प्रष्ट देखिन्छ ।

यसै बिषयमा बुझनका लागि शिक्षा शाखा प्रमुख अधिकारी र गाउँपालिका अध्यक्ष ऐयूव अंसारी संग फाेन सम्पर्क गर्दा फाेन सम्पर्क हुन सकेन्न ।

सुनसरीका किसानहरुले लगाएको धान बालीमा रोग किराको प्रकोप

इनरुवा । धानबालीमा एक पछि अर्को समस्या देखिएकाले सुनसरीका किसान धानको उपचार गर्न र विषाधी छर्न व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवा सहित विभिन्न स्थानीय तहमा धानमा अत्याधीक घास पलाएको देखी रोगकिरासम्मको समस्याले गर्दा विषाधी छर्न किसानहरु व्यस्त भएका हुन् ।
असार महिनाभरी नै बर्षा भएको र साउनमा फाट्टफुट मात्रै वर्षा भएकाले विगतको भन्दा यसपाली धानमा विभिन्न किसिमको झार तथा घास पलाएकाले सुरुदेखी नै किसानले झार मार्ने औषधीदेखी पछि अन्य पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेकोले किसान विषधी छर्न बाध्य भएको कृषि प्राविधिक भुवनेशवर यादवले जानकारी दिनुभयो । यादवका अनुसार गढी, बर्जु र हरिनगर गाउँपालिका र इनरुवा नगरपालिकाका विभिन्न स्थानका धान बालीमा रोग किराको प्रकोप बढेको छ । रोगकिराको प्रकोप बढेकाले किसानले विषाधी गर्न लागेका यादवको भनाई छ । गत वर्षझै यसवर्ष पनि सिथ ब्लाईगर, ग्वारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको इनरुवा ९ का किसान दिपेन्द्र यादवले गुनासो गर्नुभयो । धान बालीको जरामा किरा बसेको , केहीमा पात सुकेको, केहीमा पात गल्ने , केहीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र केही धानको पात सुकाइदिएकाले विषाधी हाल्नुपर्ने अवस्था आएको किसानको गुनासो छ । रोपोको पहिलो महिना राम्रो रहेको भएपनि अहिले आएर धानमा समस्या देखिएको कोसी गाउँपालिका ६ का किसान वीरेन्द्र यादवले गुनासो गर्नुभयो । धानमा कीराको आक्रमण पश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने भएकाले सुक्ने गरेको यादवको भनाई छ । यसैका कारण धानको पात सुक्ने समस्या देखापरेकाले किसान चिन्तित बनेको अर्का किसान मनटुन कुमार यादवले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख नीनकमल सिंहले प्रत्येक वर्ष केही न केही नयाँ प्रकोप र केही पुरानै रोग किराले किसान समस्या परेको बेलाबखत गुनासो आएको भएपनि विगतको जस्तो समस्या नभएको बताउनुभयो ।
किसान रामदेव मेहताका अनुसार धानमा लाग्ने कीरा हरियो, सेतो खैरो पिठ्युँ भएका र फुत्त फुत्त उफ्रने किसिमका मसिना कीरा भएको र त्यसले आक्रमण गर्दा धानका बिरुवा सुकेर मर्ने गरेको छ ।। यदुवशि बहुउदेश्य कृषक समूहका अध्यक्ष जसलाल यादवका अनुसार गाउँका धेरै किसानहरुको धानबालीमा रोग किराको प्रकोप बढेकाले दैनिकजसो विषधी छर्न बाध्य भएका छन् । किसानले हजारौको लगानी गरी मल, विउँ, जनमजदुर , गोडमेल गरेको तर रोग किराले थप विषाधी छर्न बाध्य भएकाल

सिर्जनामा इनरुवाको ३४ औं रचना वाचन कार्यक्रम

इनरुवा । सुनसरीको इनरुवामा सिर्जनामा इनरुवाको ३४औं नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सनिबार साहित्यकारहरुको सहभागितामा सिर्जनामा इनरुवाको ३४ औं नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
सिर्जनामा इनरुवा संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा ससम्पन्न भएको कार्यक्रममा साहित्यकार टंकप्रसाद भेटवाल ,भवानीप्रसाद पोख्रेल, राधा सुवेदी, प्रकाश अनुराग, कान्ता भट्टराई, रमेन्द्र कोइराला, शशिप्रसाद बजगाई,फणीन्द्रप्रसाद दाहाल खखेरा , विष्णु दाहाल, प्रदिप कोइराला ,प्रदिप मेहता, फणीन्द्र अधिकारी झटारे, रंगलाल भट्टराई ,झोटन मेहता, सक्षम यादव, युवराज दाहाल, शर्मिला भट्टराई सहितले रचना बाचन गर्नुभएको थियो ।

देवानगञ्जमा बृहत स्वास्थ्य शिविर सम्पन्न

देवानगञ्ज । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ राजगञ्ज सिनुवारीमा एक दिवशीय बृहत निशुल्क स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको प्राविधिक सहयोग र देवानगञ्ज गाउँपालिका तथा देवानगञ्ज वडा नम्बर ६ को वडा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको बृहत स्वास्थ्य शिविरमा एक हजार बढी स्थानीयले सेवा लिएको जनाएको छ । सम्पन्न भएको शिविरमा स्वास्थ्य परीक्षण सहित नाक, कान, घाटी, मुटु, छाला, आखाँ, मुख तथा अनुहार, योन , प्रसुती तथा स्त्रि विषेशज्ञ सहितको सेवा र त्यस विषयमा परामर्श र ल्याव सेवा गरि सात सय बढीले स्वास्थ्य सेवाको लाभ लिएको आयोजक मध्येका एक देवानगञ्ज ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले जानकारी दिनुभयो ।
शिविरमा आर्थिक विपन्नता र सीमावर्ती नागरिकहरु भएकाले अस्पतालको सेवा तथा विषेशज्ञ चिकित्सकिय सेवा नपाएको अवस्थामा गाउँमै सबै सेवा आएकाले लाभ लिएको मेहताले बताउनुभयो ।

शिविरमा जनरल फिजिसन सहित हाडजोर्नी विषेशज्ञ, नाक, कान, घाटी विषेशज्ञ, मुटु, छाला, आखाँ, मुख तथा अनुहार, स्त्रि रोग विषेशज्ञ सहितको सेवा र चेक जाच गरेको थियो भने परामर्श र ल्याव सेवा सहित निशुल्क औषधी समेत वितरण गरेको मेहताले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यलाय सुनसरीका प्रहरी नायव उपरिकक्ष नविनकृष्ण भण्डारी, देवानगञ्ज ६ का वडा अध्यक्ष हरिनन्दन मेहता लगायतको उपस्थिती रहेको थियो ।

शिविरको उद्घाटन गर्नुहुदै प्रमुख अथिति मेहताले गाउँपालिका भित्र स्वास्थय सेवा नागरिकले सहज पाउन भनेर शिविर सार्थक भएको बताउनुहुदै थप गुस्तरिय सेवा बनाउन स्थानीय तहकै अधारभुत अस्पतालको केही दिनमै संचालनमा ल्याउने तयारीमा जुटेको बताउनुभयो । उहाँले सामान्य विरामीहरु बाहिर जाने समस्या अन्त्य गर्ने गरी अस्पातलको सञ्चालन तयारी भएको बताउनुभयो । वहाँले भन्नुभयो “यसरी नै स्वास्थ्य शिविरबाट बिषेशज्ञ डाक्टरको सेवा स्थानीय जनताले सहज रुपमा पाओस भनेर सवै वडामा शिविर संचालन हुनेछ,।”

सोलुखुम्बुको सोलुको बाढी : एकजना बेपत्ता, २० वटा घरमा पूर्ण क्षति

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रूपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रूपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन निर्देशन दिएका छन् । हिजो राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरू केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्याङ्ग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाडौँबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताए ।

भारतको कोलकातामा भएको घटनाबाट आक्रोशित डाक्टरहरू

काठमाडौँ । भारतको कोलकाताको आरजी कार अस्पतालमा एक महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याले चारतमा आक्रोश मच्चाएको छ । देशका विभिन्न राज्यमा चिकित्सक र जनता आन्दोलनरत छन् । यसैबिच राजधानी दिल्लीमा पनि चिकित्सकहरूले हडताल गरेका छन् । एम्सका फ्याकल्टी एसोसिएसनले निर्देशकलाई लेखेको पत्रमा आज एम्समा ओपीडी र ओटी बन्द रहने जनाएको छ । यद्यपि, आपतकालीन सेवाहरू जारी रहनेछन्।

एम्स फ्याकल्टी एसोसिएसनले यो घोषणा गरेको हो । पत्रमा आज आकस्मिक बाहेकका सबै नियमित सेवा बन्द रहने उल्लेख गरिएको छ । कोलकाता घटनापछि यो निर्णय लिइएको हो । मध्य प्रदेश, उत्तर प्रदेश, महाराष्ट्र र अन्य धेरै देशहरूमा प्रशिक्षार्थी डाक्टर र डाक्टरहरूले प्रदर्शन र मैनबत्ती मार्च निकाले।

अर्कोतर्फ, दिल्ली एम्स फ्याकल्टी एसोसिएशनको यो निर्णयपछि अस्पतालमा भर्ना भएका बिरामीहरूले धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ। बिरामीले केही महिनाअघि नै अपोइन्टमेन्ट मिति पाएका थिए तर ओपिडी र ओटी बन्द भएकाले लामो समय कुर्नुपर्ने हुनसक्छ । आवासीय चिकित्सकसँगै एम्स दिल्लीका प्राध्यापकले पनि हडतालमा जाने घोषणा गरेका छन् । आज एम्समा आकस्मिक बाहेक बिरामीका लागि सबै सेवा बन्द रहनेछ ।

दिल्लीमा डाक्टरहरूले आन्दोलन गरिरहेका छन् । यी डाक्टरहरूले इन्डिया गेटसम्म ६ किलोमिटर पदयात्रा गरेका थिए । तर, विरोध र्‍यालीलाई इन्डिया गेटसम्म जान दिइएन । विरोध प्रदर्शन आइएनए फ्लाईओभरमै रोकिएको थियो । यस मामिलामा सीबीआईले पूर्व प्रधानाध्यापक सन्दीप घोषलाई कोलकाता शाखा कार्यालयमा सोधपुछ गरेको थियो।

के छ डाक्टरहरूको माग ? 

  1. सबैभन्दा ठुलो माग राष्ट्रपति शासनको माग हो
  2. कोलकाताको आरजी कार मेडिकल कलेजले पीडितलाई तुरुन्त न्याय दिनुपर्छ ।
  3. हत्याको अनुसन्धानका लागि केन्द्रीय एजेन्सी सीबीआई नियुक्त गरिएको छ
  4. डाक्टरहरूका लागि केन्द्रीय सुरक्षा ऐन लागू गर्नुपर्छ
  5. सेक्युरिटी अडिट हुनुपर्छ र सुरक्षाकर्मी तुरुन्त उपलब्ध हुनुपर्छ।
  6. अस्पतालमा जडान गरिएको क्यामेराको पूर्ण रिपोर्ट ल्याउनुपर्छ ।

रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।

समितिले विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले बिहान रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो।

भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका  कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। त्यसैले शासनसत्तामा रहेकाका लागि १: ३१ बजेपछिको समय दिएको उनले बताए। सर्वसाधारणलाई भने असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने उनले जानकारी दिए।

श्रावण शुक्ल पूर्णिमामा गुरु पुरोहितको हातबाट रक्षाबन्धन गर्ने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। द्विजातिले यसैदिन नयाँ यज्ञोपवित अर्थात् जनै फेर्छन्।

नागरिकले महसुस गर्नेगरी काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं  ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले  अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताए ।

उनले आम नेपालीको अपेक्षालाई मूर्त रुप दिन वर्तमान सरकार बनेको जिकिर गरे। उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए।

उनले आफूहरु पदमा गएर झण्डा फर्फराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अफ्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए। उनले परिवर्तनको महशुस हुनेगरी काम गर्न सबैको सद्भाव आवश्यक रहेको बताए।

उनले भने, ‘वर्तमान सरकारले खासगरी अर्थतन्त्रमा नैराश्यता मन्दी जस्तो भइरहेको थियो, त्यसलाई चिर्न, कार्यक्रम,नीतिहरु अघि बढाउनेछौँ। त्यतिमात्रै नभइकन यो अहिलेको सरकार देशमा आफूले मेहनत गरेर काम गर्ने वातावरण बनाइदिन आम नेपालीको भनाइलाई मूर्त रुप दिन सरकारले सकेको प्रयास गरिरहेको छ। देशको अर्थतन्त्रमा सुधार ल्याउन पनि सामाजिक रुपमा हुनुपर्ने काममा बाधा अड्चन सबैलाई हटाउन, देशमा भइरहेको सुशासन हुने ठाउँमा हुन नसकेको त्यसलाई सुशासन महशुस गराउन योभन्दा अगाडिको परिस्थितिमा जुन अवस्थामा गइरहेको थियो, त्योभन्दा राम्रो गर्न यो सरकारले काम गर्छ।’

उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावाकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। वर्तमान सरकार सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसदको सबैभन्दा ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार गठन गरेको बताए।