इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ घर भई इनरुवा १ मा भाडाको घरमा बस्दै आउनु भएका मनोजकुमार मेहतालाई घर अगाडि पानी निकासीका लागि ढल(नाला) नहुदा समस्या हुदै आएको थियो ।
बर्षाका बेलामा पानी पदर्था बाटोमा पानी जमनुका साथै सडकको पानी बाहिर निकासी नहुदा निकै समस्या रहेको थियो । पानीका लागि ढल निकास(नाला) नहुदा घरबाट निस्कने पानी कहाँ बगाउने बिषय दैनिकी समस्याको रुपमा रहदै आएको थियो । नाला नभएका कारणले घरको पानी अर्काको जग्गामा बगाउदा दैनिक झग्डा हुने समस्याले समेत सताइरहेको थियो । तर पछिल्लो समय इनरुवा नगरपालिकाले नाला निर्माणसंगै बाटो समेत मर्मत सम्भार गरेपछि स्थानीयवासी खुसी भएका छन् ।
इनरुवा नगरपालिकाले चालु आर्थिक बर्षमा इनरुवा १ स्थित इनरुवा इङ्गलिस बोर्डिङ्ग स्कुल देखि पश्चिम जानेबाटोमा दुवै तर्फ नाला निर्माण गर्नुका साथै बाटोलाई समेत मर्मत सम्भार गरेपछि स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज भएको छ ।
इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल र वडा सदस्य प्रदिप ढकाल लगायतको सहयोगमा नाला निर्माणको कार्य गर्नुका साथै बाटोमा मर्मत सम्भार गरेपछि तत्कालका लागि राहत भएको स्थानीयवासीको भनाई रहेको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षमा टेण्डर मार्फत विबस कन्ट्रक्सन इनरुवा ५ बलाहासंग ८ लाख ९० हजार ८५८ रुपैयाँ ८९ पैशामा सम्झौता गरेर नाला निर्माण गर्नुका साथै सडक मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका इन्जीनियर उमेश्वर मेहताले जानकारी दिनुभयो ।
नाला र सडक मर्मतको कार्य भएपछि स्थानीयलाई आवतजावत गर्नका लागि सहजता हुनुका साथै घरको पानी निकासाका लागि समेत सहुलियत भएको स्थानीयवासीको भनाई रहेको छ । इनरुवा नगरक्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने क्रममा इनरुवा १ स्थित इनरुवा इङ्गलिस बोर्डिङ्ग स्कुल देखि पश्चिम जानेबाटोमा दुवै तर्फ नाला निर्माण गर्नुका साथै सडक मर्मत सम्भावरको कार्य गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
पछिल्लो समय इनरुवा नगरपालिकाले विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता मेहताले बताउनुभयो ।
नगर क्षेत्र भित्रमा नागरिकले नाला, सडक लगायतका कारणले भोग्दै आएको समस्यालाई न्युनिकरण गर्ने उदेश्यका साथ विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य भइरहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीको भनाई रहेको छ ।
Month: १५ फाल्गुन २०८०, मंगलवार १७:१९
आँचल तिवारीसहित ४ भोजपुरी फिल्म स्टारको सडक दुर्घटनामा मृत्यु
काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ ।
बिहारको कैमुरको देवकाली गाउँ नजिकैको जीटी रोडमा आइतबार साँझ यो सडक दुर्घटना भएको हो । सोमबार बिहान मृतकहरुको सनाखत भएको हो । त्यसपछि प्रहरीले विज्ञप्ति जारी गरी मृत्युको पुष्टि गरेको हो ।
तिवारीले ‘पञ्चायत २’ मा मुख्य अभिनेत्री सान्विकाको चरित्र रिंकीकी साथी रविनाको भूमिका निर्वाह गरेकी थिइन् । मृतकको सनाखत सोमबार भएको मोहनियाका डीएसपी दिलीप कुमारले जानकारी दिएका छन् । मृत्यु हुने अन्य पाँच जना पनि उक्त गाडीमै सवार थिए ।
प्रत्यक्षदर्शीका अनुसार एसयूभी कार र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल र एसयूभी अर्को लेनमा पसेका थिए । त्यसपछि अगाडिबाट आएको तीव्र गतिको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन् ।
देवानगञ्ज गाउँपालिकामा विद्यालयहरुको छडके अनुगमन सुरु
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीले सामुदायिक विद्यालयको अनुगमन गरेको छ । देवानगञ्ज गाउँपालिका ५ साहेवगञ्जको अमरसिंह मावि र देवानगञ्ज ६ को फोचोदास आधारभुत विद्यालयको अनुगमन गरेको हो । सोमबार गरेको विद्यालय अनुगमनका क्रममा शिक्षकहरुले पाठनोट, पाठयोजना विना कक्षाकोठामा प्रवेश गरेको, खाजा समेत नियमित नगरेको, विधार्थी थोरै आएपनि सबै विधार्थीको हाजिरि देखाएर खाजा खुवाएको कागजी घोडा तयार पारेको , शिक्षकहरु उपस्थित भएपनि हाजिरि नगरेको पाईएको प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाको तर्फबाट गाँउपालिकाको एक आधारभूत विद्यालय र एक माध्यमिक विद्यालयको शिक्षाको सेवा प्रवाहको अवस्थाको बारेमा निगरानी सहित अनुगमन गरिएको छ ।

भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्था, विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र त्यसको प्रयोगबारे अनुगमन गरिएको थियो । विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गर्ने स्थान उपलब्धता र प्रयोगको अवस्था, खानेपानी, सौचालय र छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था सहितको अनुगमन गरेको थियो । वर्षमा कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे÷नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्था लगायतका बारेमा स्थलगत अनसगमन गरेको र अभिभावक तथा शिक्षकसँग छलफल गरिएको थियो । अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालयका शिक्षक तथा अभिभावकलाई सुझाव दिइएको थियो । विद्यालय अनुगमन कार्यक्रममा गाँउपालिकाका अधिकृत सहित शाखा प्रमुखहरु, लेखा शाखा प्रमुख र नागरिक समाजको तर्फबाट दर्शन एमएम रेडियोका स्टेशन म्यानेजर विवेक मेहताको सहभागिता रहेको थियो ।
विद्यालयको अनुगमनका क्रममा देखिएको खाजामा अनियमितता, शिक्षकले विद्यालय पोशाकमा ध्यान नदिएको, नियमितताको अभाव देखिएको र शिक्षकको कक्षामा प्रतुती कम्जोर देखिएकाले सुधार गर्न निर्देशन दिनुभएको थियो । शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन प्रभावकारी हुने देखिएको सहभागी दर्शन एमएमका स्टेशन म्यानेजर विवेक मेहताले जानकारी दिनुभयो ।
कोशी गाउँपालिकामा सात दिने योग बिज्ञान शिविर सम्पन्न
देवानगञ्ज । सात दिने योग शिविरको आज एक कार्यक्रमका विच समापन गरिएको छ । योग प्रशिक्षक सिताराम शाह को अध्यक्षता तथा कोशि गाउपालिका ६नम्बर वडा का वडा अध्यक्ष जुडिलाल कोडगिया को प्रमुख आतिथ्य एंव कोशी प्रदेश योग गुरु देव नारायण शाह को विशिष्ट आथित्यमा सम्पन्न ७दिने योग शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोडगिया ले योगले मानिसलाई निरोगी,स्वस्थ्य र फुर्तिलो बनाउने हुदा हरेक ब्यक्तिले आज योग सिक्न जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शाहले योगले मानिसको जिवनमा सकारात्मक सोचको बिकासका साथै स्वस्थ्य समाजको पनि निर्माण गर्न सकिने हुदा समाज समृद्धिको दिशातिर बढ्ने बताउनुभयो।
यसैगरी कार्यक्रममा बोल्दै अतिथि पुर्व सभासद एवम योग महामन्त्री सबिता यादब ले योग हरेक रोगको निवारणको औषधि भएकालेपनि योग साधना अपरिहार्य रहेको बताउनुभयो । यहि फल्गुन ६ गतेबाट सुरुभएको ७दिने योगशिविरमा १५० जना योग साधक साधिकाहरुको सहभागिता रहेको थियो ।
आज योग शिविर समापन कार्यक्रममा अनिरुद्ध प्रसाद यादब, अनिल महत्मान, अनिक कुसियेत लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण योग प्रशिक्षक सिताराम शाहले गर्नुभएको थियो । समापन कार्यक्रममायोग प्रशिक्षक सिताराम शाह , सागर पन्डित योग शिक्षक अनिरुद्ध प्रसाद यादब ,सकलदेब यादब र सञ्चारकर्मी धर्मेन्द्र मेहता लगायतका लाई अतिथिको रुपमा वडा अध्यक्ष कोडगिया ले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गरो योग रहो निरोग मुल नारा को साथ कोशी गाउँपलिका रोग मुक्त गाउँ पालिका योग युक्त गाउपालिका को अभियान जारी रहने अध्यक्ष सिताराम शाह ले बताए ।
बिहे गरेको लामो समयसम्म सन्तान नभएपछि शिशु चोरी !
काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी गर्ने महिलासहित तीनजना पक्राउ परेका छन्।
बच्चा चोरीको आरोपमा दैलेख घर भएकी काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंह पक्राउ परेकी हुन्। उनका श्रीमान् र आफन्त एकजना पनि पक्राउ परेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीका अनुसार विवाह गरेको लामो समयसम्म सन्तान नभएपछि मनकुमारीले शिशु चोरी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उद्धार गरिएको शिशुलाई अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा पछ्याउँदै काँडाघारीमा मनकुमारीलाई शिशुसहित फेला पारेको हो।
मुलुकको भविष्य कांग्रेससँग छ : डा. शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग भएको बताएका छन् ।
कांग्रेस पूर्वमहामन्त्री डा कोइरालाले महासमिति सदस्यको सम्मानमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।
“महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ”, डा कोइरालाले भने। कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो। सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।
“बिपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन”, उनले भने। जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता डा कोइरालाको भनाइ थियो।
कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो।
इनरुवाको गुद्र्री बजारमा ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यपारीलाई राहत
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ स्थित गुद्र्री बजारमा खुल्ला अकाश मुनि व्यपारीले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य थियो । गुद्री बजारमा तरकारी खरिद बिक्रि गर्ने ठाउँ खुल्ला भएका कारणले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य भएका थिए ।
बर्षाको समयमा पानीले भिज्ने समस्या र गर्मीको बिषयमा घामको समस्याले स्थानीय उपभोक्ता तथा व्यपारीलाई समस्या हुदै आएको थियो । पछिल्लो समय इनरुवा नगरपालिकाले ट्रष्ट निर्माणको कार्य गरेपछि सबैलाई राहत भएको छ । गुद्रीमा तरकारी बिक्रि र खरिद गर्नका लागि आउने व्यपारी तथा उपभोक्तालाई राहत भएको उपभोक्ता तथा उद्योग वाणिज्य संघ इनरुवाका पुर्व सदस्य रियाज अंसारीले बताउनुभयो ।
बर्षाको समयमा पानी र गर्मिको समयमा घामको समस्याका कारणले निकै कठिनाई पूर्व व्यपार गर्दै आउनुभएका र त्यही समस्याका बावजुदत सामग्री खरिदका लागि आउने गरेका उपभोक्तालाई ट्रष्ट निर्माणले राहत भएको अंसारीको भनाई रहेको छ ।
इनरुवा नगरपालिकाले चालु आर्थिक बर्षमा भ्याट समेत २५ लाख ५ हजार ८३३ रुपैयाँ ३० पैसाको लागतमा ट्रष्ट निर्माणको कार्य गरेको इनरुवा नगरपालिकाका इन्जीनियर उमेश्वर मेहताले जानकारी दिनुभयो । नगरपालिकाले आर एस कन्ट्रक्सन जनकपुर धामसंगको सम्झौतामा ट्रष्ट निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।
खुल्ला अकाशमा पाइप, टिनको छानो, भुइमा व्यपारीलाई सामग्री विक्रिका लागि आवश्यक पर्ने भौतिक संचरना निर्माण कार्य गरेको इन्जीनियर मेहताले जानकारी दिनुभयो । इनरुवा १ मा रहेको गुद्री बजारमा तरकारी बिक्रिका लागि आउने व्यपारी र उपभोक्तालाई राहत होस भने उदेश्यले ट्रष्ट निर्माणको कार्य गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
विकास निर्माणका कार्य गर्दै जाने क्रममा गुद्री बजारमा उपभोक्ता र व्यपारीलाई समस्या हुदै आएको बेलामा समस्याको निराकरण गर्नका लागि ट्रष्ट निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य नगर प्रमुख भण्डारीको भनाई रहेको छ ।
ट्रष्ट निर्माणका लागि ४४ लाख ५३ हजार ८९३ रुपैयाँ ३१ पैसाको ठेण्डर प्रकाशन गरेकोमा २५ लाख ५ हजार ८३३ रुपैयाँ ३० पैसाको लागतमा ट्रष्ट निर्माण कार्य सम्पन्न गर्ने गरि आर एस कन्ट्रक्सन जनकपुर धामसंग सम्झौता भएको थियो ।
सम्झौता भए अनुसारको कार्य भएपछि र ट्रष्ट निर्माण भएसंगै त्यस ठाउँमा तरकारी बिक्रि र खरिद गर्नका लागि आउने उपभोक्ता र व्यवारीलाई राहत भएको स्थानीय व्यपारीको भनाई रहेका छन् ।
सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार
सिरहा । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ।
प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।
बालिका बलात्कार आरोपमा बिहीबार सुखीपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।
निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई बलात्कार गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए । बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एक जनाले आफन्तलाई खबर गरेका थिए ।
किशोरीको उपचार विराटनगरमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
आज सरस्वती पुजा , बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै
देवानगञ्ज । आज श्री पंचमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्री पंचमी मनाइदै छ ।
आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा मनाइँदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन ।
आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ ।विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्यययन्त्र, कुची लगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।
देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड लाग्ने गर्दछ ।
तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।
आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ । विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानै देखि पूजाआजा गर्न खास गरी छात्रछात्राको घुइँचो लाग्ने गर्दछ ।
सरस्वती पूजाको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गरे
काठमाण्डौ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको शुरुवात मान्दै हलो र गोरुको पूजा गर्छन् । किसानले घरका आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलो एवम् गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन् ।
जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको बताउनुभयो । किसानले आजकै दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।
जनप्रिय आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ मा रहेको जनप्रिय आधारभुत विद्यालयको नवनिर्मित दुई कोठे पक्की भवनको उदघाटन भएको छ ।
आज शनिवार देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उद्घान गर्नु भएको छ ।
कार्यक्रममा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्यनारायण यादव वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता जसपा प्रदेश उपाध्यक्ष राकेश मेहता, शिक्षा शाखा प्रमुख राजकुमार मेहता लगायत स्थानिय अभिभावक विधार्थीहरुको सहभागिता रहेको थियो ।
उद्घाटनका अवसरमा बोल्दैं प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष मेहताले अब सामुदायिक विद्यालयले शैक्षिक स्तरवृद्धि गरी अभिभावक र विद्यार्थीलाई आर्कषण गर्न लाग्नुपर्ने बताए । दोवनगञ्ज गाउँपालिकामा विस्तारै शिक्षा क्षेत्रमा सुधार हुदै गएकोर अझै धैरै सुधार गर्न बाकिँ रहेको बताउनु भयो ।
कोशि प्रदेशमा चार महिनापछि मन्त्रिपरिषद् विस्तार हुँदै
विराटनगर । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारलाई विस्तार गर्ने भएका छन् । आज ४ बजे मन्त्रिपरिषद् विस्तार गरि मन्त्रीहरुको सपथ राखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री केदार कार्कीका अनुसार आजबाट सरकारले पूर्णता पाउनेछ । मुख्यमन्त्री कार्कीले आफूसँगै रहेका पाँच मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्री र अन्य चार मन्त्रालयमा मन्त्रि नियुक्त गर्न लागेका हुन् ।
माओवादी केन्द्रको भागमा परेको खानेपानी सिचाई तथा उर्जा मन्त्रालयमा नारायणबहादुर बुर्जा मगर मन्त्री बन्दैछन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन सांसद मगर यसअघि पनि मन्त्री बन्ने चर्चा भएर पनि मन्त्री हुन पाएका थिएनन् ।
माओवादीको भागमा परेको सामाजिक विकास मन्त्रालयमा संखुवासभाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्रकुमार कार्की मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धब थापा पहिलो पटक मुख्यमन्त्री बन्दा विनाविभागीय मन्त्री भएपनि अदालतको आदेशबाट सरकार ढलेपछि स्वतः पदमुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थय मन्त्रालयमा ओखलढुंगा क्षेत्र नं. १ का काँग्रेस सांसद प्रदिपकुमार सुनुवारलाई नियुक्त गर्ने भएका छन् । सुनुवार एक वर्षको अबधिमा तेस्रो पटक मन्त्री बन्न लागेका हुन् । उनी यसअघि उद्धब थापा मुख्यमन्त्री हुँदा दुबै पटक मन्त्री भएपनि अदालतको आदेशबाट मुख्यमन्त्रीसँगै पदमुक्त भएका थिए ।
प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयमा उदयपुरको २(२) का काँग्रेस सांसद नियुक्त हुनेछन् । उनी पनि यसअघि थापा नेतृत्वको सरकारमा केहि समय विनाविभागीय मन्त्री भएका थिए ।
मुख्यमन्त्री कार्कीले धनकुटाकी प्रदेश सांसद इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रालय आफैंसँग राखेर मुख्यमन्त्रीले काँग्रेसकी समानुपातिक सांसद थापालाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् । आज प्रदेश सरकार विस्तार भएसँगै मन्त्रिपरिषद ९ सदस्यीय हुनेछ ।
नेकपा एमालेको सहयोगमा काँग्रेसका ८ सांसदको हस्ताक्षरबाट असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २८ गते सपथ लिएका थिए । सो दिन एमालेका रामबहादुर मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री बनाएका थिए ।
कार्कीले मंसिर १७ गते सरकारमा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगूलाई मन्त्री नियुक्त गरेपछि एमालेका मगरले राजिनामा दिएर बाहिरिएका थिए । त्यसयता मुख्यमन्त्रीले पटक–पटक सरकार विस्तारको मिति तोक्दै सार्दै आएका थिए ।
सरकारमा काँग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, एकीकृत समाजवादीले एक र जसपाले एक मन्त्रालय लिने गठबन्धनबीच सहमति छ । त्यसअनुसार सरकारलाई पूर्णता दिन लागेका मुख्यमन्त्री कार्कीले जसपाले तत्काल सरकारमा नआउने बताएकोले सो मन्त्रालयमा पनि काँग्रेसबाटै मन्त्री नियुक्त गर्न लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन साथ दिने काँग्रेसका तीन सांसदलाई मन्त्री बनाउँदा काँग्रेसको संस्थापन खेमाबाट भने सुनुवार मात्र मन्त्री बन्नेछन् । जसले गर्दा काँग्रेसभित्र चर्को असन्तुष्टि रहेको छ ।
प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने, घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह
काठमाण्डौ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आउँदो फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
तीन दिनसम्म प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्करस्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्ने, विभिन्न ठाउँमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर सजाउने र बेलुकी सार्वजनिक ठाउँ र घरघरमा दीप प्रज्वलन गरिनेछ ।
यस्तै, सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम, शैक्षिक तथा खेलकुद सामग्री वितरण, सैनिक मञ्च, टुँडीखेलमा बिहान सूर्योदयसँगै बिगुल फुक्ने तथा तोप र बन्दुकको बढाइँ गर्ने लगायतका कार्यक्रम गर्ने तय भएको छ ।
बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै पालिकामा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशवासीलाई अनुरोध गरेको छ ।
भ्यालेन्टाइन सप्ताह: आज प्रपोज डे, कसरी राख्ने प्रेम प्रस्ताव ?
‘प्रेम आँखाबाट सुरु हुन्छ र मनमा पुगेर टुगिन्छ ।’
प्रेमको सन्दर्भमा यसै भन्ने गरिन्छ । प्रेम आँखाले गर्ने कि मनले ? निसन्देह मनले । तर, यसको सुरुवात आँखाबाट हुन्छ । जब एकअर्कालाई देखिन्छ, मन पराइन्छ, आकषिर्त भइन्छ, भेटिन्छ, वात मारिन्छ । तब मनमा प्रेम अंकुराउँछ ।
नव(यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।
प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् । त्यहाँ न जातले छेक्छ, न भूगोलले रोक्छ । न धनले अड्चन ल्याउँछ, न रुपले तगारो लगाउँछ ।
तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव(यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।
भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।
एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज हाफ डन ।’
अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रपोज अर्थात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त रु
निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।
अतः प्रेमी वा प्रेमिकालाई कसरी प्रस्ताव राख्ने त रु यहाँ सुझाइएको छ ।
खास स्थान र समयको खोजी
प्रेम प्रस्ताव राख्नका लागि उचित स्थान र समयको खोजी गरौं । यस्तो स्थान, जहाँ निर्धक्क प्रस्ताव राख्न सकियोस् । प्रेम व्यक्त गर्न सकियोस् । कुनै अड्चन व्यहोर्न नपरोस् । यसका लागि समयको पनि ख्याल गर्नुपर्छ ।
क्यान्डल लाइट डिनर
आफुले मन पराएको व्यक्तिलाई कुनै रेष्टुरेन्ट वा कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।
उपहार
प्रेम व्यक्त गर्ने माध्याम हो, उपहार । यस्तो उपहार छनौट गरौं, जसमा आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ रु के मन पराउँछ रु
प्रेमी(प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
भर्चुअल माध्यामबाट
अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।
ख्याल गर्नैपर्ने केहि कुरा
-प्रेम प्रस्ताव त्यसबेला मात्र राख्नुपर्छ, जब आफुले मन पराएको व्यक्तिको भावना सकारात्मक छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । अन्यथा त्यसको साइट इफेक्ट पर्न सक्छ ।
-प्रेम प्रस्ताव राख्नुअघि आफ्नो केटारकेटी साथीको मनोविज्ञान बुझ्नुपर्छ । यदि प्रस्ताव ठाडै अस्विकार गरिदियो भने आफुमा आघात पर्न सक्छ ।
-प्रेम प्रस्ताव राख्नुअघि, उनको मन जित्ने प्रयास गरौं । जबसम्म सम्पूर्ण रुपमा केटारकेटी साथीलाई आफ्नो प्रभावमा पार्न सकिदैन, तबसम्म प्रेम प्रस्ताव राख्नु व्यर्थ हुनसक्छ ।
– क्षणिक आकर्षणको भरमा कसैलाई पनि प्रस्ताव नराखौं, त्यसको नतिजा राम्रो हुँदैन ।
राजपुत समाजमा राजेश
विराटनगर । नेपालको तराईमधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्याग संकलन गरेर संगठित हुन थालेको हो । जातिय एवंम समुसदायिक एकता कायम गरेर राजपुत समुदायका समस्या समाधान गरी हरेक प्रकारका सहयोग गर्न संगठित हुन थालेका हुन ।
उनीहरुले राजपुत समुदायका समस्या समाधान गरी हरेक प्रकारका सहयोग गर्न संगठित हुन थालेको बताएका छन् । उनीहरुले विराटनगरका राजेश कुमार सिंहको अध्यक्षतामा राजपुत समाज नेपाल विराटनगर समेत गठन गरेका छन।
अध्यक्ष सहित ९ सदस्य समितिको सचिवमा श्याम सिंह, कोषाध्यक्षमा रजनीस कुमार सिंहरहेका छन। त्यस्तै सदस्यहरुमा क्रमश ः केदार प्रसाद सिंह, विनिता सिंह, रामवरण सिंह, डा रुपेश सिंह, सुमन सिंह रहेका छन् ।समितिको सल्लाहकारमा सञ्जय कुमार सिंह ,ज्ञानेन्द्र प्रसाद सिंह, नागेन्द्र सिंह लगायतका रहेका छन् ।
भेलामा सुनसरी , जनकपुर , राजबिराज लगायतका स्थान वाट राजुपुतको सहभागिता रहेको थियो ।
नेपाल भारतमा गहलौत ,सिसोदिया ,राठौर ,चौहान ,परमार,परिहार (प्रतिहार) जडेजा ,सिंह ,तोमर,भाटी ,चन्देल,बुन्देला,बैंस ,कटोच,कछवाहा,जदौ्ं,सोलंकी,जम्मवाल (डोग्रा)राणा,बडगूजर,पुन्धीर,सिकरवार,बाघेल,देवडा,हाडा,भदौरिया ,दहिया, मोरी लगायतका थरले परिचित छन।राजपूतहरूको एक हजारौं वर्षको अवधिमा गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमा धेरै राज्यहरू शासन गर्थे।
कविता : बाल पंथ
आउदैँन कहिलै घुमेर यो बालपन्थ उमेर
पढेलेखेर अगाडी बढौँ हेरेर भागछन कालपंथ ।।
राम्रो मानिस बनी देशको बिकाश गराऊ ।
आफ्नो देशको माटोलाई माया गरी शत्रुलाई भगाऊ ।।
कम उमेरमा बिहे नगर झर्छन् पाठेघर
दाईजो लिएर बिहे नगर हुन्छ सबैको आदर।।
हामि आफैँ उठ्छौं देश बनाउन
जुठ्छु हामी देश सजाउन् ।।
तराईको सन्तती हो नेपालको सान्
हामीलाई नै बढाउनु पर्छ यो देशको मान्।।
जनताको सेवामा उठ्छु हामी आफैँ
सबैको आखामा चरा जस्तै उठ्छु हामी आफैँ।।
ठुल ठुला सागरमाथाहरु छन् हाम्रो देशमा
लालीगुरास फुल फुल्छन हाम्रो देशमा।।
हाम्रो मुल्य सम्पति हो देशको भक्ति
जहिले पनि मान्छौँ जन्ताको ताती।।
आउदैँन कहिले घुमेर यो बालपंथको उमेर
पढेलेखेर अगाडी बढौँ हेरेर भागछन् कालपंथ
