जनप्रिय आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन – Nagarikabhiyan : National News

जनप्रिय आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ मा रहेको जनप्रिय आधारभुत विद्यालयको नवनिर्मित दुई कोठे पक्की भवनको उदघाटन भएको छ ।
आज शनिवार देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उद्घान गर्नु भएको छ ।

कार्यक्रममा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्यनारायण यादव वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता जसपा प्रदेश उपाध्यक्ष राकेश मेहता, शिक्षा शाखा प्रमुख राजकुमार मेहता लगायत स्थानिय अभिभावक विधार्थीहरुको सहभागिता रहेको थियो ।

उद्घाटनका अवसरमा बोल्दैं प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष मेहताले अब सामुदायिक विद्यालयले शैक्षिक स्तरवृद्धि गरी अभिभावक र विद्यार्थीलाई आर्कषण गर्न लाग्नुपर्ने बताए । दोवनगञ्ज गाउँपालिकामा विस्तारै शिक्षा क्षेत्रमा सुधार हुदै गएकोर अझै धैरै सुधार गर्न बाकिँ रहेको बताउनु भयो ।