देवानगञ्जमा जनता समाजवादी पार्टीको शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला सम्पन्न – Nagarikabhiyan : National News

देवानगञ्जमा जनता समाजवादी पार्टीको शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

देवानगञ्ज । नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्को अवसर पारेर सुनसरीको देवानगञ्जमा जनता समाजवादी पार्टी (जसपा) नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ।
​कार्यक्रममा पार्टीका केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहका नेता एवम् कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पार्टीका नेताहरूले शुभकामना व्यक्त गर्दै आपसी भाइचारा, सामाजिक सद्भाव र एकता कायम राख्न सबैमा आग्रह गरे।
​
​भेलामा स्थानीय तहका सयौँ अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो भने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका नवप्रवेशीहरूलाई स्वागत समेत गरिएको थियो।