१८ जेष्ठ २०७७, आईतवार २१:२० – Nagarikabhiyan : National News

कोरोना महामारी नियन्त्रणका लागि सबै जिम्मेवार बनौं : नेता प्रभु साह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेको संकटपूर्ण अवस्थामा सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सबैको संयमित, अनुशासित एवं एकताबद्ध जिम्मेवारीले अहिलेको महासंकटमाथि विजयी प्राप्त गर्न सकिने जनाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अहिलेको संकटपूर्ण अवस्थामा पक्ष वा विपक्षीको मानसिकताबाट माथि उठेर सहकार्य गर्दै अगाडि बढनुपर्ने समय रहेको नेता साहले जनाएका छन् ।

‘यो संकटको समयमा पक्ष–विपक्षको मानसिकताबाट माथि उठेर आफुले गरिरहेको कार्यको के कस्तो प्रभाव पर्न सक्छ ? भने समेतको आकलन गरेर मात्र बिरोध वा समर्थन गर्न जरुरी छ’ साहले भने, ‘आकस्मिक रूपमा पैदा भएको अहिलेको यो महासंकटमा सबै संयमित, अनुशासित एवं एकताबद्ध भई जिम्मेवारपूर्ण ढंगले अघि बढ्न तथा यस महाविपत्तिमाथि विजय प्राप्त गर्न हार्दिक अनुरोध गर्दछु ।’

पूर्व मन्त्री तथा सांसद रहेका नेकपा नेता साहले कोरोना संक्रमण रोकथाम र नियंत्रणको लागि लकडाउन मार्फÞत सामाजिक दूरी कायम गर्ने र क्वारेन्टाइनमार्फÞत बिरामी पहिचान गर्ने जस्ता उपाय अहिलेसम्मको सबैभन्दा उपयुक्त उपाय देखीएकोले क्वारेन्टाइन निर्माण विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड बमोजिमको भरपर्दो एवं व्यवस्थित हुनुपर्ने बताएका छन् ।

नेपालसहित विश्वमै अकास्मिक रुपमा आएको कोरोनाको नियन्त्रण एवं सामना गर्न विकासोन्मुख देश र ग्रामिण क्षेत्रका लागि चुनौती बनेको उनको ठहर छ ।

‘बलियो पूर्वाधारहरुको कमी हामी जस्तो विकासोन्मुख देश र त्यसमा पनि मुख्यतः ग्रामीण क्षेत्रहरुका लागि तुलनात्मक रुपमा थप कष्टकार एवं चुनौतीपूर्ण हुनु स्वभाविक छ’ साहले भने, ‘त्यसका बाबजूद पनि अहिलेको संवेदनशील समयमा विभिन्न अभाव, दवाव र जटिलताहरुका बीच स्थानीय तहहरुले स्थानीय स्तरमा उपलब्ध साधनस्रोत, जनशक्ति र भौतिक पूर्वाधारहरूको उच्चतम सदुपयोग गरिएको छ ।’

अध्ययन–अध्यापनको लागी निर्माण गरिएका मुख्यतः सरकारी र सार्वजनिक विद्यालयहरुको भवनलाई तत्काल आवासीय भवनमा रुपान्तरण गरी युद्ध स्तरमा क्वारेन्टाइनहरु निर्माण गर्दै सञ्चालनमा ल्याइएको उनले जनाएका छन् ।

यी कार्य आफैंमा पनि प्रशंसनीय भए पनि केहि मौकापरस्त, पूर्वाग्रही तथा गैरजिम्मेवार व्यक्तिहरु विषयको गम्भीरतालाई नबुझेर भ्रमपूर्ण प्रचारमा उदृत रहेको उनले जनाएका छन् ।

अहिलेको यस महासंकटको घडीमा समेत कोरेनटाईनलाई सुविधासम्पन्न होटल तथा आधुनिक अस्पतालसँग तुलना गर्दै क्वारेन्टाइन भित्र तथा बाहिर रहेका आम सर्वसाधारण मानिसहरूलाई भड्काउने तथा समाजमा विद्वेष र आरजकता फैलाउने कार्यमा समेत केही व्यक्ति लागेको प्रति उनले गम्भीर आपत्ति जनाएका छन् ।

वर्षा भन्छिन्–‘म पानी पर्दा मुस्कुराउने युवती बन्न चाहन्छु’

नायिका वर्षा राउतका लागि गतसाता सुखद् बन्न सकेन । यसको कारण हो, उनले बोलेको एक भनाइले चर्को आलोचना मात्र भएन, वर्षालाई जथाभावी गाली पनि गरियो ।

वर्षालाई तल्लो स्तरको शब्द प्रयोग गरेर गालीगलौजमा समेत केही फेसबुक प्रयोगकर्ता उत्रिएका थिए । यसले आफूलाई ठूलो तनाव दिएको वर्षाले बताउँदै आएकी छिन्।

केहीदिन अगाडि मात्र नायक संजोग कोइराला र नायिका वर्षा राउतले जारी गरेको एक विज्ञप्तिमा पनि आफूहरू शतप्रतिशत ठिक नभएको तर यो घटनाले पूर्ण रुपमा तनाव नदिएको पनि बताएका थिए ।

उनै, वर्षाले आफू पानी पर्दा मुस्कुराउने युवती बन्न चाहेको लेखेकी छिन् । सामाजिक सञ्जालमा आफूलाई यो समयमा माया गर्ने, आशीर्वाद दिने सबैलाई धन्यवाद लेख्दै वर्षाले आफूले पाएको मायाले आफूलाई स्वस्थ राख्न र सुरक्षित राख्न सहयोग गर्ने बताएकी छिन् ।

७ खराब आनीबानी, जुन रोगको कारण बन्छ

खराब दिनचर्या, खराब खानपान, खराब सोच चिन्तनले हामीलाई बुढ्यौलीमा पु¥याउँछ । मानिसको स्वास्थ्य विग्रनुमा सबैभन्दा महत्वपूर्ण हात स्वयंको हुन्छ । खाने, सुत्ने र व्यायाम गर्ने समयको व्यावस्थापन गर्न नसक्दा कम उमेरमै हृदयघातजस्तो समस्याको शिकार हुनुपर्छ । मुटु रोग, स्ट्रोक जस्ता समस्याको जड हाम्रै खराव जीवनशैली हो । युवाहरुमा हृदयघातको समस्या हुने कारण यही हो । त्यसैले यस्ता नौ गल्तीबाट बच्न आवश्यक हुन्छ ।

एकै ठाउँ बसिरहने बानी

लामो समयसम्म बसेर काम गर्ने, खाने जस्ता वानीले मुटुलाई कमजोर बनाउँदै लैजान्छ । आजभोली अफिसमा लामो समय एकै ठाउँमा बसेर काम गर्नु पर्ने हुन्छ । यसरी निस्क्रिय बसिरहँदा पनि केही न केही खाइरहेका हुन्छौं । यस्तो वानीले पेट त भरिन्छ तर, शरिरमा भने ७०० क्यालोरी बढेर जाने गर्छ । यस्तो व्यवहार मुटुको लागि पनि त्यति राम्रो मानिदैन ।

खराब खानपान

हाम्रो खानेशैलीमा पनि अनेक परिवर्तन आएका छन् । पहिले हामीले अर्गानिक र सादा खानाको अत्याधिक प्रयोग गथ्र्यौ । आजभोली बढी मात्रामा तारेको र भुटेको खानको प्रयोग गर्न थालेका छौँ । यसले हाम्रो स्वास्थ्यमा मात्र नभएर मुटुमा पनि असर पर्न जान्छ । भुटेको र तारेको बढी खादा खराव कोलेस्ट्रोल, मधुमेह र हाइपरटेन्शनजस्तो समस्याले पनि गाँज्दै लैजाने गर्छ ।

धुम्रपान

धुम्रपानले कोरिनरी आर्टरी, मस्तिष्कसम्म पुग्ने धमनिलाई पनि प्रभावित पार्ने काम गर्छ । धुम्रपान गर्ने व्यक्तिमा स्ट्रोकको मात्रा पनि बढेर जाने गर्छ । यसका साथै धम्रपानले रगतको प्लेटलेट्स पनि नष्ट गर्ने काम गर्छ । धुम्रपानले शरीरमा खराव कोलेस्ट्रोलको मात्रा बढाउनेदेखि धमनिलाई सुकाउने काम समेत गर्छ । धुम्रपान रगतमा पुगेर कार्वन मोनोअक्साइड गैस उत्पादन भई यस्तो अवस्था सृजना हुन्छ । धुम्रपान गर्ने व्यक्तिमा भिटामिन सीको मात्रा पनि कमी भएर जान्छ । जसको कारण धमनिमा कोलेस्ट्रोल जम्मा हुन थाल्छ ।

मदिरा सेवन

मदिरा सेवनपछि रगतमा ट्राइग्लाइसिराइड्स फ्याटको मात्रा बढेर जाने गर्छ । जसको कारण रक्तचाप बढेर जान्छ र मुटुलाई प्रभावित पार्ने काम गर्छ । मदिराले शरिरमा भएको भिटामिन बी र सीलाई नष्ट गर्ने काम गर्छ । जसले गर्दा शरिर यी दुई भिटामिनबाट हुने फाइदाबाट बञ्चित हुने गर्छ । मदिराले मुटुको मांशपेसीलाई कमजोर पार्दै लैजाने एक अनुसन्धानले देखाएको छ । जसले मुटुसम्म पुग्ने रगत गति अवरोध सृजना गर्छ । यसको साथै मदिराकै कारण हार्ट एट्याक, स्ट्रोक र उच्च रक्तचाप पनि हुन सक्छ ।

अत्यधिक व्यायाम

व्यायामले शरीरलाई फिट राख्ने मात्र नभएर मुटको लागि पनि निकै राम्रो हुने गर्छ । तर, अचानक गर्ने वा अत्याधिक व्यायाम भने घातक सावित हुन्छ । आफ्नो तयारी विना ट्रेडमिलमा जंगिङ गर्दा पनि समस्या सृजना हुन्छ । यसको कारण हुने तनावले छोटो आर्टरी टुट्न सकछ । र, हृदयघातसमेत हुन सक्छ ।

तनाव

तनाव मुटुको स्वास्थ्यको लागि पनि निकै घातक सावित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउने काम गर्छ । यस्ता व्यक्तिमा हार्टअट्याकको खतरा २७ प्रतिशतसम्म बढेर जाने गर्छ । अनुसन्धानकर्ताका अनुसार एलडीएन कोलेस्ट्रोलले मुटुमा रगतको प्रवाह गर्ने धमनिमा असर पु¥याउँछ । जसले गर्दा धमनी साँघुरो हुँदै जाने गर्छ । जसले गर्दा मुटुलाई प्रयाप्त मात्रामा रगत पुग्दैन । जसले हृदयघातको सम्भावनालाई बढाएर लैजाने काम गर्छ ।

दाँतको रोग

मुख सम्बन्धी रोग होस वा दाँतमा फोहोर जम्ने समस्या । यो समस्या मुटुको रोगको लागि खतरा हुने गर्छ । मुखको व्याक्टेरिया प्रायः सिधै पेटमा पुग्ने गर्छ । र, यस्तो व्याक्टेरिया रगतमा मिल्न पुग्छ । जसबाट रक्त कोशिका जम्न थाल्छ । जसले रक्तचापलाई बढाउनुका साथै रक्तप्रवाहमा अवरोध सृजना हुने गर्छ ।

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्‍ने जनाएका छन् ।

उनले स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको जानकारी गराएका छन् ।

निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न–गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आह्वान गर्दछु,’ मन्त्री पोखरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण विद्यालयले भर्ना खुल्ला गर्न सकिरहेका छैनन् ।

अर्जेन्टिनामा लकडाउनविरुद्ध प्रदर्शन

अर्जेन्टिना । अर्जेन्टिनामा लकडाउनविरुद्ध प्रदर्शन गरिएको छ । मुलुकमा करिब साढे दुई महिनादेखि जारी गरिएको लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन गरिएको हो ।

राजधानी ब्युनस आयर्सलगायतका सहरहरुमा हजारौं मानिसहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । अर्जेन्टिनामा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार पुगेको छ भने ५०० जनाको मृत्यु भएको छ ।

आइतबार एकैदिन १ सय ६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं । आइतबार नेपालमा थप १६६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १६२ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।

पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

पछिल्लो २४ घण्टाभित्र संक्रमित पुष्टि भएकामा पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक, पर्सा सुगौलीका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

त्यस्तै जुम्लामा गरिएको परीक्षणमा ३७ जना पोजिटिभ देखिएको छ। जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ र सुर्खेत १, धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

भेरी अस्पतालमा गरीएको परीक्षणमा बाँकेका ८ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ जना तथा बाजुराका २ जना, कोशी अस्पतालमा झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ ।

मेलम्चीबारे पटक–पटक झुटो आश्वासन दिँदै आएका सरकारले फेरि गरे झुटो बाचा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण थाल्ने असम्भव वाचा गरेका छन् ।

सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा वर्षौंदेखि पटक–पटक झुटो आश्वासन दिँदै आएको छ । यसपटक फेरी यो झुटको सिलसिलालाई निरन्तरता दिएका छन् डा. खतिवडाले आफ्नो बजेट भाषणमा ।

बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्‍न गरी आगामी आर्थिक वर्षको शुरु देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने’ भनिएको छ । यसअनुसार साउनबाट काठमाडौंका घरमाहरुमा मेलम्चीको पानी वितरण हुनुपर्छ ।

अहिलेको प्रगति हेर्दा यो भाका पूरा हुन सम्भव छैन । खानेपानीमन्त्री वीना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्दै मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने दावी गरेकी थिइन् । त्यसलाई नै बजेटमा निरन्तरता दिइएको हो ।

तर, आयोजनाका अधिकारीहरु साउनबाटै काठमाडौंमा खानेपानीको वितरण गर्न कुनै पनि हालतमा सम्भव नरहेको बताउँछन् । आयोजनाका एक अधिकारीका अनुसार अनुसार असारसम्म सुरुङभित्रको काम सक्ने लक्ष्य छ । त्यसपछि पनि विभिन्न चरणका परीक्षणहरु बाँकी रहने भएकाले काठमाडौंमा पानी कहिलेबाट वितरण थाल्न सकिन्छ भन्ने एकिन नभएको उनले बताए ।

सरकार विरुद्ध तरुण दलको प्रदर्शन

जनकपुरधाम । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धनुषाले तीन वटै तहको सरकार विरुद्ध प्रदर्शन गरेको छ। जनकपुरस्थित राजदेवी मन्दिरको प्राङ्गणबाट दर्जनौँको संख्यामा निस्केका तरुण दलका युवाहरुले सरकारको भण्डाफोर नामक प्रदर्शन गरेका छन् ।

मशाल जुलुस सहित प्रदर्शनमा निस्किएका उनीहरु जनक चोक पुगी प्रधानमन्त्री केपी ओली मुर्दावाद, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, नगरप्रमुख लाल किशोर साह मुर्दावाद, पीसीआर मेसिन चालु गर, क्वारेनटाइन र आइसोलेसन व्यवस्थित गर, सिमानाकामा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गराऊ लगायतका नाराहरू लगाएका थिए ।

नेपाल तरुण दल धनुषाका उपाध्याय राकेश विक्रम साहले लोकतान्त्रिक मुलुकमा सरकारको रवैया ठिक नरहेको बताउँदै तीन वटै तहको सरकारले निरङ्कुश चरित्र प्रदर्शन गरिरहेको जिकिर गरे ।

उनले भने, ‘बहुमतको आडमा जनविरोधी रवैया जारी राखे तरुण दलले आन्दोलनको ज्वालामुखी सिर्जना गरेर सरकारलाई खरानी बनाउँछ ।’ कोरोना जस्तो महामारीको समाधान गर्नुको सट्टा तिनटै तहको सरकार कमिसन र भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप थियो ।

मशाल जुलुस सहित प्रदर्शन गरिरहेका तरुण दलका युवाहरूलाई भानु चोकमा प्रहरीले लाठीचार्ज समेत गरेको छ। प्रहरीले लाठीचार्ज गर्दा तरुण दलका उपाध्यक्ष राकेश विक्रम साह, रमेश यादव लगायत चार/पाँच जनालाई चोटपटक समेत लागेको छ ।

नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न विदेशी शक्तिहरुको यस्तो चलखेल, सचेत हुन जरुरी !

काठमाडौं । केही विदेशी शक्तिहरुले नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न देशमा चलखेल शुरु गरेका छन् ।

पाकिस्तानी गुप्तचर संगठन (आइएसआइ), युरोपेली युनियन (ईयू) लगायतका संगठनले नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न देशमा खेल शुरु गरेको उच्च स्रोतले जनाएको छ ।

सीमा विवाद लगायतको विषयलाई लिएर एक अर्का देशका जनतालाई घृणा फैलाउँदै सम्प्रदायिक्ता भड्काएर दुई देशका जनताबीच सम्बन्ध विगार्न यस्ता संगठनहरु देशमा केहीसमय अगाडी देखि नै सकृय बनेको स्रोतले दावी गरेको छ ।

देशमा कोरोनाको प्रकोप बढ्नुमा भारत नै दोषी भएको धेरैले आरोप लगाएका छन् । तर, भारतबाट देशमा पहिला मुस्लिमहरु नै आएको र कोरोनाको प्रकोप बढाएको जानकारहरु बताउँछन् । उदाहरणका लागि उदयपुरको भुलके, विरगंज । ती कोरोना संक्रमीतहरु नेपाल भारतका जनताबिचको सम्बन्ध बिगार्न परिचालित भएको स्रोतले जनाएको छ ।

कोरोना संक्रमणबारे यो एउटा अदाहरण मात्र हुन् । नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न यस्ता अरु पनि धेरै गतिविधी भइरहेको जनाइएको छ । भखरै, जनकपुरसँग प्रत्यक्ष सम्बन्ध भएको अयोध्याका राम मन्दिर पुनः निर्माणको विषयमा इमरान खान नेतृत्वको पाकिस्तान सरकारले जनतालाई भड्काई दंगा फसाद् गराउन खोजेका थिए ।

अयोध्यामा राम मन्दिर निर्माण पुनः सुरु गरेकोमा बिहीबार इमरान खान नेतृत्वको पाकिस्तान सरकारले (पाकिस्तानको विदेश कार्यालय)ले राममन्दिरमा काम सुरु भएकोमा निन्दा गरेको थियो । यस्तो अवस्थामा नेपाल भारतका जनताहरु सचेत हुनु अति आवश्यक रहेको छ ।

आइतबार : सूर्य देवलाई जल अर्पित गर्ने विधि र लाभ

एजेन्सी । हिन्दू धर्ममा सूर्यलाइ देवताको रूपमा पूजिन्छ। अन्धकारलाइ दूर गरेर प्रकाशको किरण फैलाउने सूर्य देव लाइ पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ सूर्य यो ब्रम्हांडमा उर्जाको एकमात्र स्रोत हो र बिना उर्जाको संसारको हर सजीव वस्तु पनि निष्क्रिय हुन्छ।

सूर्यको मानव जीवनमा महत्वलाइ समझेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाइ धार्मिक द्रष्टिले हेरिन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्य देव लाइ जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पाप बाट पनि मुक्ति मिल्छ ।

सूर्य देव को आराधनाले हुने लाभ :

सूर्य देवको आराधना गर्दा मनुष्य बल , बुद्धि , तेज , मान-सम्मान , धन-सम्पति और स्वास्थ्यले परिपूर्ण भैइन्छ । यसको साथ-साथ सूर्य देव को नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ।

सूर्य देव को पूजाले मानव जीवनमा हुने प्रभाव

सूर्य देव को आराधनाले शरीर रोगमुक्त हुन्छ। रोग जस्तो पनि होस् सूर्य देव को विधिवत आराधनाले रोग बाट मुक्ति मिल्छ।

मानसिक व्याधियों (चिंता , तनाव , अवसाद , नकारात्मक सोच) बाट मुक्ति मिल्छ। सूर्य देव को पूजाले जीवनमा सकारात्मक उर्जाको संचार हुन्छ।

सूर्य देव को पूजाले मन बाट अहंकार, हीन भावना , ईर्ष्याको भाव दूर हुन्छ ।

जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्य देव को आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा सूर्य देव को आराधना गर्नु पर्दछ।

सूर्य देव को आराधनाले नौकरीमा आएको अड़चन दूर हुन्छ र साथै नौकरीमा पदौन्नतिको अवसर प्राप्त हुन्छ।

जो व्यक्ति सम्पूर्ण जीवन सूर्य देव को आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो मनुस्यको मुखमामा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाइ आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ ।

सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीर बाट बलवान हुन्छ।

सूर्यदेवको आराधना कसरि गर्ने :

आईतवारको दिन नवग्रह मंदिर गएर सूर्यदेव लाइ चंदनको लेप लगाउ । धुप (दीप जलाउ । सूर्य देव लाइ जलले स्नान गरँ । कुमकुमको टीका लगाउ। त्यस पश्चात् चावल , मीठाई र पुष्प अर्पित गरौ।

अब सूर्य देव को समक्ष बसेर सूर्य देव को यो मंत्रको जप गरौ : ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।।

सूर्य देव लाइ जल अर्पित गर्ने विधि :

सूर्य देव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाइ हामि प्रत्यक्ष देखन सक्छौ । त्यसैले सूर्य देव को आराधना घरको पूजा स्थलमा गर्नु भन्दा घर बाहिर खुला ठाउमा सूर्य देव को समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ।

सूर्यदेवको आराधनामा सूर्यदेव लाइ जल अर्पित गर्नु सबै भन्दा महत्व रहन्छ। यसलाइ हामि सूर्य लाइ अर्ध्य दिनु भन्छौ। सूर्यदेव लाइ अर्ध्य दिन बिहानै सूर्योदय भन्दा पूर्व उठेर स्नान गरौ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेर उभियौ ।

एक तांबाको पात्रमा जल भरेर चावल , चीनी , पुष्प राखौ र कुमकुम द्वारा जल छर्कौ। अब सूर्य देव को अगाडि उभिएर ताम्बाको पात्र द्वारा दुइटै हाथले जल जमीनमा छोडौऽ ध्यान् दिऔ, ताम्बाको पात्रलाइ आफ्नो छातिको सामुने र सूर्य देव लाइ जल अर्पित गर्दै पात्रलाइ कन्धा बाट माथि लग्ने प्रयास गरौ। पात्रबाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्ब लाइ हेर्ने प्रयास गरौ।

सूर्य देव लाई अर्ध्य दिने समय निरंतर सूर्यदेव को यो मंत्रको जप गर्दै रहौ स् “ ॐ सूर्याय नमः ” सूर्य देव लाइ अर्ध्य दिए पश्चात् तल झुकेर जललाइ स्पर्श गरौ र अंतमा सीधा उभिएर हात जोड़कर सूर्यदेव लाई प्रणाम गरौ ।

आज १८ जेठ २०७७ आइतवार को राशिफल तपाइको भाग्य कस्तो छ हेर्नुहोस

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १८ गते आईतबार इश्वी सन २०२० मे ३१ तारीख ज्येष्ठ शुक्ल पक्ष नवमी तिथी उत्तरफाल्गुनि नक्षत्र वरीयान योग तैतिल करण चन्द्रमा सिहं राशिमा प्रातः ०८ः०४ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु धु्रमपानरहित दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछैन ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

पर्याप्त र गहिरो निद्राका लागि

किन मान्छेको निद्रा विथोलिदैछ रु यसमा खराब जीवनशैली मूख्य कारण बनेको छ । केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो, जसअनुसार खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ । चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र स्वास्थ्य कारण (३२ प्रतिशत) छ ।

निद्रा एक औषधि

शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि आवश्यक छ, पर्याप्त र गहिरो निद्रा । पोषिलो खाना, समुचित श्रम, नियमित व्यायाम, विश्राम जस्तै निद्रा पनि स्वस्थ्य जीवनकै एक अंश हो ।

निद्रा गहिरो हुनुपर्छ । पर्याप्त हुनुपर्छ । जब तपाईं गहिरो निद्रामा पर्नुहुन्छ, ब्युझँदा शरीर चंगा हुन्छ । बेग्लै किसिमको ताजापन अनुभव गर्नुहुन्छ ।

यद्यपी अहिले हामी बिहान उठ्नै सक्दैनौं । निद्रा खुलेपनि ज्यान तंग्रिदैन । उठ्दा पनि शरीर भारी हुन्छ । भद्दा हुन्छ । निद्रा नपुगे जस्तो हुन्छ । बिहान उठ्नसाथ हाइ काड्न थाल्छौं । फेरी ओछ्यानमै पल्टन मन लाग्छ । किन रु

किनभने हामीले पर्याप्त निद्रा लिन सकेकै छैनौ । सामान्यत हामीले ७ देखि ८ घण्टासम्मको निद्रा लिनुपर्छ । तर, समयले मात्र पुग्दैन । निद्रा गहिरो हुनुपर्छ । यदि गहिरो निद्रा लिइएन भने के हुन्छ रु

अनिद्रा एक रोग

तपाईंको शरीर बोझिलो हुन्छ । आलस्य बढ्छ । अनिद्राले गर्दा तपाईंको दैनिकी खलबलिन्छ । त्यती मात्र होइन, यसले तपाईंको शरीरको कार्य संचालनमा समस्या ल्याउँछ । तपाईं उच्च रक्तचाप, मधुमेह लगायतको रोगी हुनुहुन्छ ।

यदि गहिरो निद्रा लिन सक्नुभयो भने तपाईं तनावलगायत अनेकन समस्याबाट मुक्त रहनुहुनेछ । अहिले हामीमध्ये धेरै जनाको निद्रा खलबलिएको छ । हामी ओछ्यानमा त पल्टन्छौं, निद्रा लाग्दैन । शरीर थकित हुन्छ, तर निद्रा लाग्दैन ।

यताउता कोल्टे फेर्दाफेर्दै निदाउँछौं । निदाउँदा पनि हामी गहिरो निद्रामा पुग्दैनौं । बेलाबखत हाम्रो निद्रा विथोलिन्छ । अर्थात हामी राम्ररी निदाउन सक्दैनौ । किन यस्तो हुन्छ रु

किनभने हामी बेचैन छौं । हाम्रो मन स्थिर छैन । अनेक सोंच, विचार, रहर, सपना, आंकक्षाले मनमा उथलपुथल ल्याइरहन्छ । त्यस्तै ग्लानी, कुष्ठा, द्वेषले पनि हाम्रो मनमा आगो सल्काइदिन्छ । हामी शान्त रहनै सक्दैनौ । जबसम्म हामी शान्त रहन सक्दैनौं, निद्रा लाग्दैन ।

गहिरो निद्राका लागि

यसैले गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त रु मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो ।

ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।

यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं ।

खानपानले समेत निद्रामा असर गर्छ । हामीलाई के लाग्छ भने मदिरापान गरेपछि निद्रा लाग्छ । तर, यसले क्षणिक निद्रा लागेपनि यो गहिरो हुँदैन । मदिरापान गर्नु पनि निद्रा विथोल्नु हो । त्यसैगरी धेरै मसेलेदार वा शरीरले सजिलै नपचाउने खानाले पनि निद्रा विथोलिन्छ ।

सात्विक खानपान, सकारात्मक सोंच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।

१. गहिरो निद्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।

२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निद्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।

३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरु सम्झन्छन्, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।

४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।

५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निद्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।

६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।

७. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि राम्ररी निद्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।

८.  सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।

९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निद्रा विथोलिन्छ ।

१०. सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निद्रा लाग्छ ।

केहि घरेलु विधी

राम्रो निद्रा पाउनका लागि केहि घरेलु औषधीले पनि उपयोगी हुन्छ । तर, पूर्ण रुपमा यसमै निर्भर हुनुहुदैन । स्वस्थ्य दिनचर्यासँगै घरेलु विधी अपनाएपछि गहिरो निद्रा पाउन सकिन्छ ।

(काचो प्याजको सेवन गर्नुपर्छ ।

– पुदिनाको पात पानीमा उमालेर उक्त पानी सेवन गर्नुपर्छ ।

(सुत्नुअघि मनतातो दुध पिउनुपर्छ ।

क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्माहत्या

गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर(४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर(४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।

शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको एसपी खड्काले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रीले बताए ।

असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।

हत्या आरोपमा दुई पक्राउ

इनरुवा । सुनसरीमा एक जनाको हत्या आरोपमा दुई जना पक्राउ परेको छ । शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा हत्या गरि फालेको आरोपमा बराहक्षेत्र ३ का १७ वर्षिय गणेश लिम्बु र १९ वर्षिय प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको बराहक्षेत्र नपा वडा नं. ३ बाङे घर भई हाल जिल्ला झापा दमकमा बस्ने ३७ वर्षिय कमल राईको कर्तब्यबाट मृत्यू भएको शंकास्पद देखिएकाले दुई जनालाई पक्राउ गरेको हो ।

कमल राई २०७६ साल फाल्गुण महिना देखि ससुराली घर भरौलमा बस्दै आएको केहि महिना अगाडी कमल राई र गणेश लिम्बु बीच झैझगडा भएको र गणेश लिम्बुलाई सामान्य कुटपीट गरेकोले सोही बिषयको रिशईवीको कारण हत्या गरेको हो ।

कमल राई मादक पदार्थ सेवन गरी हिडडुल गरेको अवस्थामा नडाहामा गणेश राईले कमल राईलाई फकाउँदै पुनः मादक पदार्थ सेवन गराई ईक्राही टोलको जामुना कित्ता प्लटिङ मकैबारी नजिक पुर्याई पुर्व रिशईवीको कारण योजनाबद्ध साथमा बोकी ल्याएको असारे जातको काठको लाठ्ठीले कमल राईलको संवेदशिल अंग, टाउको समेतमा कुटपीट गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न माथि अनुशंधान जारी रहेको छ भने मृतक लाशलाई पोष्टमार्टमको लागि बि.पी.को.स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको छ ।

सुनसरीका २६० जना सञ्चारकर्मीको कोरोना बीमा

इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो ।

‘हामीले जिल्लामा सक्रिय रहेका २६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भन्नुभयो, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उहाँका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याईएको हो ।

उहाँका अनुसार १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको छ । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बतानुभयो ।

कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेले लगायतले आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसिबारे समन्वय गरेका थिए ।

शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गर्नुभयो । अन्य जिल्लामा थोरै पत्रकारहरुको मात्र बीमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरुको बीमा गर्नु उदाहरणीय रहेको भन्दै उहाँले प्रसंसा गर्नुभयो ।