४ चैत्र २०८०, आईतवार २०:३८ – Nagarikabhiyan : National News

बर्जुमा भीषण आगलागी २७ घर संगै चाैपाया पनि जले

बर्जु । सुनसरीकाे बर्जु गाउपालिका अन्रगत वडा नं ४ काे जयनगर टाेलमा आइतबार भीषण आगलागी भएकाे छ । आगलागीबाट हाल सम्म २७ वटा घरहरू जलेर नस्ट भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएकाे छ ।
जयनगरस्थित मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेपछि स्थानीय बिष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट बस्तीका अधिकांश घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । धरान , इटहरी , इनरूवा , बिराटनगर लगायतका पालिकाहरूबाट आएकाे बारूणयन्त्रले ३ घण्टा पछि आगाे नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

एकैठाउँमा घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको बर्जु ४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए । आगलागी भएका अधिकांश घर फुसका थिए ।आगलागीबाट कतिपय पशुचौपाया पनि मरेको जनाइएको छ । यस्तै आगलागीमा परेका घरमा रहेका सबै धनमाल जलेको प्रहरीले जनाएको छ ।

आशा लघुवित्तको आयोजनामा बैंकिङ्ग साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

देवानगञ्ज । आशा लघुवित्त संस्था लिमिटेड लोकही सुनसरीको आयोजनामा बैंकिङ्ग साक्षरतासम्बन्धी कार्यक्रम शुक्रबार कोशी गाउँपालिकाको लोकही मा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोभित लाल यादवले कार्यक्रम उद्घाटन मा बोल्नुहुदै ऋणी हरुले ऋण लियेर सहि रुपमा सदुपयोग गरि सफल उद्यमी बन्ने लक्ष्य लिनुपर्ने तथा यस प्रकारको साक्षरता शिक्षाबाट भविष्यमा बैंकसँग कारोबार गर्दा सहज हुने बताए । उनले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा आशा लघुबित सन्था लिमिटेड लोकही सुनसरी को शाखा प्रबन्धक लाई धन्यवाद दिए ।
आशा लघुबित सन्था लिमिटेड लोकही शाखा का साहयक प्रबन्धक श्री लाल मेहता ले प्रमुख अतिथि विशिष्ट अतिथि केन्द्र प्रमुख हरु लगायत का लाई स्वागत सम्मान गरेका थिए ,भने जिल्ला अनुगमन अधिकृत नन्दु महतो ले उक्त कार्यक्रम सहजीकरण गरेका थिए १
पछिल्लो समय संस्थाले सदस्य तथा अभिभावकसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । संस्था का लोकही शाखा कार्यालय अन्तर्गतका उद्यमी सदस्यहरुलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रममा सहभागिहरुको तर्फबाट वित्त बजार, पुँजी बजार, बैंक तथा वित्तीय संस्था, विमा र वित्तीय साक्षरता सम्वन्धमा जिज्ञाँसा राखेका थिए । त्यसे गरि स्थानीय कलाकार र सन्चार कर्मी को समेत प्रतिनिधित्व गरेका अतिथि वक्ता का रुपमा बोल्नु हुँदै पवन रोनियार ले आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकासलगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ, रोनियारले भन्नुभयो, आयआर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले गरिब बिपन्न लाई ठूलो गुण लगाएको बताए ।

उक्त कार्यक्रम मा लोकही शाखा प्रबन्धक रामप्रकाश यादव ले भन्नू भयो यो बीचमा लघुवित्तमा केही समस्या देखिएता पनि हाल यस शाखा मा कुल ८६२ सदस्य संख्या रहेको छ ,भने ८२ ओटा केन्द्र मा ४२० जना ऋणी हरु लाई जम्मा ४,७८,१२,३७२ रुपैया लगानी रहेको र २६ जना लाई सुत्केरी सुबिधा वितरण गर्नु को साथै २ जना लाई बिमा सुबिधा र ६ जना लाइ कृया खर्च रकम सुबिधा समेत उपलब्ध गरेको यादब ले जानकारी दिनु भयो । साथै उक्त कार्यक्रम मा विभिन्न केन्द्र प्रमुख हरु गरि एक सय भन्दा बैसी सदस्य हरु को सहभागीता रहेको कर्मचारी श्री कुमार पण्डितले बताए ।

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री सुनसरी आउदै

देवानगञ्ज । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार)   चैत्र २७ गते देखि एक महिना सम्म नेपालको प्रख्यात धार्मिकस्थल सुनसरीको ब्रहाक्षेत्रको चतरा धाममा लागने महाकुम्भ मेलामा ५ दिने महनुमत कथा बचन गर्न सुनसरी आउने भएका छन ।

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री सुनसरीको चतराधामको निमंत्रण आउन लागेको जानकारी सहितको भिडियो सन्देश बागेश्वर धाम सरकारले सार्वजनिक गरेको छ ।

बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र आध्यात्मिक गुरुका रूपमा परितिच छन्।

देवानगञ्जका दुई जना यूवा तेह्रथुममा ठगी आरोपमा पक्राउ

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले ठगी आरोपमा दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवान गञ्ज गाँउपालिका वडा नंवर १ का २२ वर्षिया अजय कुमार झा र सोहि गाँउपालिका वडा नंवर २ का २० वर्षिया श्याम कुमार मेहता रहेका छन् ।

उनीहरुलाइ शुक्रबार मोरङ जिल्ला बाट तेह्रथुम बाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजन चापागाईले बताउनुभयो । मेन्छ्यायेम गाँउपालिका मोराहाङका एक महिलालाइ थाइल्याण्डको फ्रेन्क मार्क आइ डि नामको वाट्स एप बाट फोन आएको र  सामान पठाई दिने सामानको लागि भन्सारमा रकम तिर्नुपर्ने भन्दै रकम पठाइदिन माग गरेको थियो ।

जसमा महिलाले सामान आउने आसमा अजय कुमार झा नामको एनआइसि एसिया बैङ्कमा रहेको खातामा ४२ हजार ५ सय रकम जम्मा गर्न लगाएपछि  जम्मा गरेका थिए । ति महिलाले रकम जम्मा गरिसकेपछि सामान आइनसकेको र फेरी सामानको लागि १ लाख २५ हजार रकम उक्त नंवरबाट फोन गरेर पुन माग गरेपछि भने आफू ठगीमा परेको महसुस गरी प्रहरी चौकी मोराहाङमा उजुरी उजुरी दिनुभएको थियो । सोहि उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा महिलाले जम्मा गरेको खाता नंवरबाट अर्को श्याम कुमार मेहताको नाममा रहेको एनआइसि एसिया बैङ्कमा रहेको खातामा पैसा ट्रान्सफर भएको थियो ।

सामान्य पलम्बरको काम गर्ने श्याम कुमार मेहताको नामबाट विभिन्न ४ वटा वैङ्कहरुबाट १ महिनामा  ६५ लाखको कारोबार भएको देखेपछि उनिहरु दुईजनालाई प्रहरीले ठगी मुद्धामा पक्राउ गरेको हो ।

जिल्लाका अन्य व्यक्तिहरुलाई चिठ्ठा परेको वा सामान पठाइदिन्छु भनि उक्त श्याम कुमार मेहता र अजय कुमार झाको वैङ्क खातामा कसैले पैसा पठाइएको भए उजुरी गरिदिन सम्पुर्ण जिल्लाबासीलाई जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ । पक्राउ परेका उनिहरुलाइ  जिल्ला अदालत तेह्रथुमबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजन चाँपागाईले बताउनुभयो ।

देवानगञ्ज बजारमा चोरी गरि रहेको अवस्थामा तिन जना चोर पक्राउ

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजारमा रहेको गुलावचन रौनियारको घरमा आइतवार राति करिव १२ बजेको समयमा चोरी गरिहेको अवस्था तिनजा चोर पक्राउ परेको छ ।

राति घरमा चोरी गरि रहको अवस्थामा चोरहरु लाई स्थानियहरुले पक्राउ गरि प्रहरीको जिमा लगाएको थियो । चोरी गरि रहेको अवस्थामा देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २१ को फिरोद अंसारी, वर्ष १९ को मुस्तकीम साफी र वर्ष १८ को नजाम अंसारी रहेको इलाका प्रहरी कार्उलाय देवानगञ्जका प्रमुख महेश भट्टराईले जानकारी दिनुभयो । प्रकाउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अपाङ्गता भएका ब्याक्ती पहिचानको लागी ३ दिने कम्प्युटर तालिम सम्पन्न

देवानगन्ज । अपाङ्गता भएका ब्याक्ती पहिचानको लागी ३ दिने कम्प्युटर तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी फागुन १९ गते सुरु भएको तालिम २१ गते सम्पन्न भएको हो ।

शिक्षा शाखा देवङन्ज ले अपाङ्गता भएका व्यक्तिहरु लाई पहिचान गरि नेपाल सरकार ले उपलब्ध गराएका सेवा सुबिधा बाट बन्चित हुनु नपरोस भन्ने उधेश्य लागि कम्प्युटर तालिम आयोजना गरेको थियो ।
सो कम्प्युटर तालिममा पालिका भरिका १२ पुरुष र ४ जना महिला गरी १६ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान, जीविकोपार्जन र स्वरोजगारका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताए । अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र हितमा परिचालन गर्न सक्ने बनाउन पालिकले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गरी उनीहरुलाई समेत आय आर्जनका क्रियाकलापमा संलग्न गर्ने कार्यमा सहजीकरण गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । साथै मेहताले अपाङ्गमैत्री प्रविधि र शैक्षिक सामाग्रीहरु प्रयोग गरी सीप विकासका कार्यक्रमहरु अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पुर्याउन आफू सरोकारवालाहरुसँग मिलेर अघि बढ्न चाहेको बताए ।

देवानगन्ज गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल ले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न परामर्श र प्राविधिक सहयोग समेत आवश्यक भएकाले पालिकाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइए ।

तालिम समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख राजकुमार मेहता र तालिमका सहभागिहरु लगायतले आफ्ना भनाई राखेका थिए ।

तालिममा शिक्षा शाखा को तर्फबाट सहभागीहरुका लागि ब्याग लापटोप लगायत का समान हरु सहयोग उपलब्ध गराईएको थियो ।