१६ असार २०७७, मंगलवार १७:०० – Nagarikabhiyan : National News

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक चौथो पटक पनि स्थगित भएको छ ।

आज (मंगलबार) दिउँसो ३ बजे आह्वान गरेको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

कार्य व्यवस्था परामर्श समितिमा सहमति नभएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

यस अघि ३ पटकसम्म प्रदेश सभाको बैठक स्थगित भैसकेको छ । कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च सार्वजनिक नगरेको, कोरोना संक्रमितहरूलाई परीक्षण नगराई घर पठाएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस जनता समाजवादी पार्टीले प्रदेश सभा बैठकमा अवरोध गरिरहेको छ ।
प्रदेश सभाको अर्को बैठक आगामी बिहीबार दिउँसो ३ बजे बस्ने छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शीर्ष नेताको आपत्ति, मागे जवाफ

काठमाडौं । भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहिथ उपाध्यक्ष बामदेव गौतमले भारतले हटाउन थालेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफ मागेका हुन् । साथै भारतले हटाउन थालेको भए त्यसको प्रमाण पेश गर्न प्रधानमन्त्रीलाई वरिष्ठ नेताहरुले आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।

ओलीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन् ।

मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा  कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

नागरिकता विधेयकविरुद्ध माइतीघर मण्डलामा जसपाका नेताहरुद्धारा विरोध प्रदर्शन

काठमाडौं । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ ।

संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा माइतीघर मण्डलामा जसपाका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको हुन् ।

प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ ।

आज २०७७ असार १६ गते मंगलबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जीवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यह? बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतह? फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वह?को सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य ह? सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनह? सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेह?को बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते)

गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बौधिक ब्यत्तित्वह?को साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतह? फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मित्र तथा दाजुभाईह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अ?द्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं । देशमा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै देशमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार मात्र ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ ।

इनरुवाका विपन्न परिवारलाई बगुंर उपहार

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर २ ले वडाका विपन्न परिवारलाई बंगुर प्रदान गरेको छ । विपन्न परिवारको जिवनस्तर उकास्न भन्दै नमुनाको रुपमा इनरुवा नपा वार्ड नम्बर २ को आर्थिक विकास शिर्षक अन्तरगत बंगुरको पाठी प्रदान गरेको हो । वडाका विपन्न ३० परिवारलाई प्रति परिवार एक ।

एक थान बंगुरको पाठी वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव(श्रवण)ले जानकारी दिनुभयो । रोजगार सृजना र आय आर्जनमा टेपा पुगोस भनेर बंगुरको पाठी प्रदान गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो ।

वडा सचिव महेश खनालका अनुसार वडामा आय आर्जन गर्न सहजका लागि विपन्न परिवारलाई बंगुरको पाठी प्रदान गरिएको हो । उता सोही वडाले फोहोरमैला ब्यवस्थापनको लागि कन्टेनर खरिद गरिएको छ । वार्ड कार्यालयले खरिद गरेको खन्टेनर वडाको आवश्यक स्थानमा व्यवस्थापन गरिने जनाएको छ ।

नेकपा त्यागी काग्रेंसमा प्रवेश

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा ९ बबियाका केही नेकपा कार्यकर्ताहरु पार्टी त्यागेर नेपाली काग्रेंसमा प्रवेश गरेको छ । नेकपाले जाली फटाहाहरुको संरक्षण गर्ने र इमान्तार कार्यकर्ताको मूल्यकन नगरी उपेक्षा गरेको भन्दै इनरुवा ९ बबियाका नेकपा कार्यकर्ताहरु पार्टी त्यागेर नेपाली काग्रेंसमा प्रवेश गरेको हो ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाका संगठिन सदस्य देवनारायण यादव, सुकदेव यादव, विनोद यादव, संजित यादव, जोग नारायण यादव र सतनी यादव सहितका १० जना रहेका छन् ।

इनरुवा ९ बबियाका नवप्रवेशीहरुलाई नेपाली काग्रेंसका जिल्ला सभापती तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजिव कोईराला, संघीय सासद सिताराम मेहता , इनरुवा नगर प्रमुख राजन मेहता, जिल्ला उपसभापती सञ्जय श्रेष्ठ र वडाका पार्टी सभापती कृष्णदेव मेहता सहितकाले फुलमाला र अविर लगाएर प्रवेश गराउर्दै स्वागत गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममा सत्य नारायण यादव, बुलबुल यादव, हरीलाल यादव, रघुनन्दन यादव, अरुण यादव, अनिल यादव , राजाराम यादव , उमेश यादव, गंगाराम यादव सहितका दजर्नौ नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

नवप्रवेशीलाई स्वागत गर्दै नेपाली काग्रेंसका जिल्ला सभापती तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजिव कोईरालाले पार्टीले सबैलाई न्याय गर्ने र पार्टी कार्यकर्ताको सुरक्षा गर्ने बताउनुभयो । वहाँले पार्टीले नवप्रवेसी सहित सबैलाई स्थान दिने र नेकपाको दमन,शोषण विरुद्धमा शसक्त भएर लाग्ने बताउनुभयो ।
त्यसैगरी संघीय सासद सिताराम मेहताले नेपाली काग्रेंस पुरानो पार्टी भएको र सबैको आस्थाको पार्टी भएकाले नव प्रवेशीहरुको लहर चलेको बताउनुभयो । जिल्लामा मण्डले र नेकपा एकै ठाउमा भएकाले काग्रेंसको विकल्प नरहेको समेत दावी गर्नुभयो ।

त्यसैगरी इनरुवा नगर प्रमुख राजन मेहताले इनरुवामा काग्रेंस बाहेकको स्थान नरहेकाले समयमा नवप्रवेशीले पार्टी प्रवेश गरेर राम्रो गर्नुभएको बताउनुभयो । मेहताले इनरुवाको विकास नेपाली काग्रेंसले मात्रै गर्न सक्ने भएकाले सबैलाई सबै वडा सहित नगरमा फेरी काग्रेंसलाई जिताउन पार्टीको संगठन विस्तार गर्न जरुरी रहेको बताउनुभयो ।

आजबाट हावा पश्चिम बहने, सलह त्यतै जाने अनुमान

काठमाडौँ । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो कीरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई– तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी–पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । मौसमविद्का अनुसार सोमबार र मङ्गलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ । उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।

मङ्गलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैले हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।

सलह, फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ । वरिष्ठ कृषि विज्ञ डा। केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्ने छ । आजको गोरखापत्र दैनिकबाट

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।

पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए ।

निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए । प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज (सोमबार)देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको बताए । उनले भने, ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ ।’

पछिल्लो एक सातामा ४० हजार ६ सय ६६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । गत सोमबार ६ हजार एक सय ९८, मंगलबार चार हजार नौ सय ९५ र बुधबार ६ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, गत बिहीबार ६ हजार पाँच सय ४३, शुक्रबार ६ हजार पाँच सय ३४, शनिवार चार हजार ६ सय ६ र आइतबार चार हजार ९ सय ६२ जनाको कोरोना परीक्षण भएको थियो ।

हालसम्म १२ हजार ७ सय ७२ जनालाई कोरोना संक्रमण देखिएको छ । आइतबार थप चार सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो ।

हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

किन खुम्चियो पिसिआर परीक्षणको दायरा ?

देशभर रहेका प्रयोगशालामा निकै न्यून मात्रामा नमुनाहरू आएका कारण परीक्षणको दायरा कम हुँदै गएको पाइएको छ । सरकारले ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड १९’ मापदण्ड बनाएर परीक्षणको दायरालाई खुम्चाउँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड–१९ अस्पताललाई गत २४ जेठमा निर्देशन दिएको थियो । लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन तीन दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो । यो गाइडलाइनले पनि परीक्षणको दायरा खुम्चिएको विज्ञहरू बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले प्रयोगशालामा नमुना होल्ड नभएको बताए । उनले भने, ‘आएका सबै नमुनाको परीक्षण गरिरहेका छौं । हामीसँग नमुना मौज्दात छैन । प्रयोगशालमा न्यून मात्रामा नमुना आएका छन् ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई गत २२ जेठमा प्रस्ताव आह्वान गरेको थियो । जसमध्ये उपत्यकाका नौ र बाहिरका १० वटा प्रयोगशालाले आवेदन भरेका थिए । तर, अहिलेसम्म पनि निजी प्रयोगशालाबाट कोरोना परीक्षण कार्य अघि बढ्न सकेको छैन । हाल २३ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले १० वटा प्रयोगशाला थप गर्ने निर्णयसमेत गरेको थियो । मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको थियो । तर, अधिकांशमा परीक्षणका लागि तयारी भइरहेको भन्दै परीक्षण कार्य अझै सुरु हुन सकेको छैन ।

यस्तै, परीक्षण दायरा बढाउन स्वास्थ्य सेवा विभागले सात वटा अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिन खरिद गर्ने तयारीमा छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्वारेन्टिनमा बस्नेहरूको संख्या बिस्तारै घट्दै गएको भन्दै परीक्षणको दायरा बढाउने सवालमा ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । उनले भने, ‘अहिले ६१ हजार सात सय ३१ जना क्वारेन्टिनमा छन् । अब कति नागरिक भित्रिन्छन् भन्ने कुराले पनि परीक्षण बढाउने या स्थिर राख्ने निर्धारण गर्छ ।’ आजको राजधानी दैनिकबाट 

आज २०७७ असार १५ गते सोमबारको राशिफल

मेष :- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

बृष :- नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन :-हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

कर्कट :- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

सिंह :- आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

कन्या :- कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला :- सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

बृश्चिक :- सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु :- पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर :- पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ :- नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

मीन :- कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

औषधि अभावले सेवाग्राही मारमा

इनरुवा । रुघा–खोकीले ग्रस्त पारेपछि इनरुवा–१० जल्पापुरका दिपेश गुप्ता फागुन २६ गते स्थानीय स्वास्थ्य चौकी जानुभयो । तर त्यहाँ उहाँले न रुघा–खोकीको कुनै औषधि पाउनुभयो न स्वास्थ्यकर्मी नै भेट्नुभयो ।
स्वास्थ्य चौकी हेरालु एक जना कार्यालय सहयोगी थिए । ती कार्यालय सहयोगीले ‘माथिबाट’ कुनै औषधि नआएको भन्दै गुप्तालाई फर्काइदिए । ‘स्वास्थ्य चौकीमा न जाँच, न औषधि केही पनि छैन,’ गुप्ताले गुनासोमिश्रित स्वरमा भन्नुभयो, ‘औषधि र डाक्टर नै नभएपछि स्वास्थ्य चौकीको के काम ?’
जल्पापुरकै मेहरमान मियाँ हातको छाला चिलाएको उपचार खोज्दै स्वास्थ्य चौकी जानुभएको थियो । उहाँले पनि छाला चिलाउन रोक्ने कुनै चक्की वा मलम पाउनुभएन । धन्न, स्वास्थ्य चौकी परिसरमा एक जना स्वास्थ्यकर्मी भेटिए । मियाँ उनीसँगै छाला चिलाएको औषधि के किन्ने भन्ने परामर्श लिएर खाली हात फर्किनुभयो ।
स्थानीयका अनुसार जल्पापुर स्वतन्त्र गाउँपालिका हुँदा यहाँको स्वास्थ्य चौकीमा धेरथोर जेजति भए पनि बिरामीले निःशुल्क औषधि पाउँथे । इनरुवा नगरपालिकामा मिसिएपछि भने सरकारले निःशुल्क दिने भनिएको औषधि पाइन छोडेको छ ।

‘गाउँपालिकाभन्दा नगरपालिकामा बढी विकास हुनुपर्ने हो, स्वास्थ्य सेवा पनि सहज हुनुपर्ने हो,’ सेवाग्राही बच्चालाल गुप्ताले भन्नुभयो, ‘तर यहाँ उल्टो भएको छ । पाइरहेको औषधि पनि पाउन छोडेको छ ।’ स्वास्थ्य चौकीमा निःशुल्क वितरण हुने औषधिका नाममा सिटामोलसमेत नभएकाले बजारबाट किनेर खानुपरेको गुनासो जोड्दै गुप्ताले भन्नुभयो, ‘नगरभित्रका स्वास्थ्य संस्थामा महिनौंदेखि औषधिको अभाव छ । कसलाई के भन्नु, यहाँ यस्तै चलेको छ ।’

चौतर्फी गुनासो
झन्झन् ज्वरो बढ्दै गएपछि इनरुवा–८ का पवन मेहता डुम्राहास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र जानुभयो । त्यहाँका स्वास्थ्यकर्मीले उहाँलाई ज्वरोको औषधि पारासिटामोलसमेत नभएको भन्दै फर्काइदिए । निःशुल्क औषधि पाउने आशासहित स्वास्थ्य केन्द्र जानुभएका मेहतालाई स्वास्थ्य केन्द्रको अवस्था र सरकारले घोषणा गरेको निःशुल्क औषधि कार्यक्रम सम्झेर दिक्क लागेको छ । हनहनी ज्वरो जस्ताको त्यस्तै लिएर रित्तो हात घर फर्कनुपरेको गुनासोसहित मेहताले भन्नुभयो, ‘गाउँमा स्वास्थ्य केन्द्र त छ तर कागलाई बेल पाकेजस्तो छ ।’
इनरुवा–६ मधेसाकी गर्भवती शान्ति यादव आइरन चक्की माग्न स्थानीय स्वास्थ्य चौकी पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले हालसालै सकिएको भन्दै फर्काइदिए ।

इनरुवा–२ का मनिष कर्णले छोराछोरीको उपचारका लागि वडाको स्वास्थ्य सेवाकेन्द्र जाँदा कुनै औषधि नपाएको गुनासो गर्नुभयो । फागुनमा छालासम्बन्धी समस्या भएर छोराछोरीलाई सेवाकेन्द्र लगेकोमा स्वास्थ्यकर्मीले औषधि नभएको भन्दै फर्काइदिएका थिए । ‘तातो घाममा आस गरेर गइयो, बेकार गइएछ,’ कर्णले भन्नुभयो, ‘बरु सोझै मेडिकलतिर गएको भए हुने रहेछ ।’

इनरुवा–२ का सीमान्तकृत घिनाइ मरिकलाई समेत सरकारले घोषणा गरेको निःशुल्क औषधि कार्यक्रमले छोएन । खुट्टामा घाउ भएर उपचारका लागि स्वास्थ्य केन्द्र पुग्दा औषधि नभएको भन्दै फर्काइयो । निजी स्वास्थ्य संस्थामा औषधि गर्ने पैसा नहुँदा उहाँको खुट्टाको घाउ निकै दिन त्यसै पिल्सियो । पछि छिमेकीसँग पैसा पैंचो खोजेर निजी मेडिकल गएर उपचार गर्नुपयो ।

सरकारले देशभरका स्वास्थ्य संस्थामध्ये स्वास्थ्य चौकी तथा सेवाकेन्द्रमार्फत मुटु, मधुमेह, रक्तचापका गरी ४१ र अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइने घोषणा गरेको छ । तर घोषणा जे भए पनि इनरुवाका लक्षित समुदायका बिरामीले आधारभूत तहको औषधिको मुख देख्न नपाएको निकै भइसकेको छ । यहाँका वडास्थित स्वास्थ्य केन्द्रको एक चक्कर लगाउने हो भने दर्जनौं त्यस्ता बिरामी भेटिन्छन्, जो पहिले–पहिले पाउँदै आएको स्वास्थ्य सुविधा पनि पाउन छोडेकोमा क्षुब्ध छन् ।

इनरुवा नगरपालिका र मातहतको स्वास्थ्य शाखाले निःशुल्क वितरण गर्ने भनिएको औषधि समयमा खरिद नगरेका कारण नगरक्षेत्रका स्वास्थ्य संस्थामा यसरी औषधिको चरम अभाव भएको हो । नगरका १० वटै वडाका बिरामीहरू औषधि नहुनुको समस्याबाट पीडित छन् ।

बत्तीमुनि अँध्यारो
जिल्ला सदरमुकाम भए पनि इनरुवा नगरपालिकामा सीमान्तकृत जनताको स्वास्थ्यसेवामा पहुँचको स्थिति बत्तीमुनि अँध्यारो भनेजस्तो छ । इनरुवा–३ स्थित जिल्ला प्रशासन कार्यालय पछाडिकी शान्ति साह पखाला लाग्दा जीवन–जल पाइने आसले वडा कार्यालयसँगैको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुग्नुभयो । तर त्यहाँ जीवन–जल पाइएन । ज्वरोको औषधि माग्नुभयो, त्यो पनि छैन भनियो ।

सरकारी स्वास्थ्य संस्थामा केही नभएपछि साहले महेन्द्रचोकको फार्मेसीबाट ५० रुपियाँको औषधि किनेर खाएको सुनाउनुभयो । उहाँले नगरको केन्द्रमै रहेको स्वास्थ्य संस्थामा औषधि नहुनु दुखद्मात्र होइन लाजमर्दो भएको बताउनुभयो ।

इनरुवामा जिल्ला स्वास्थ्य कार्यालय, इनरुवा अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्य चौकी, दुई वटा सहरी स्वास्थ्य केन्द्र र चार वटा आधारभूत स्वास्थ्य सेवाकेन्द्रसहित १४ वटा सरकारी स्वास्थ्य संंस्था छन् ।
नगरपालिकाले हेर्ने स्वास्थ्य संंस्थामा मात्रै नभई प्रदेश सरकारले हेर्ने इनरुवा अस्पतालमा समेत निःशुल्क पाउने भनिएको औषधि पाउन सकस रहेको उपभोक्ता प्रमोद यादवले बताउनुभयो । यादवका अनुसार अस्पतालमा आउने लक्षित समुदायका  बिरामी र सेवाग्राहीहरू निःशुल्क औषधि नपाएका कारण नजिकैको क्लिनिक र औषधि पसलबाट किन्न बाध्य छन् ।

स्वास्थ्यकर्मी नै असन्तुष्ट
स्वास्थ्यकर्मीहरूका अनुसार वर्षमा चार पटकसम्म मौसम परिर्वतनको समय हुने भएकाले त्यो मौसम परिर्वतनको चक्रसँगै ज्वरो, रूघा–खोकीसहित टाउको दुख्ने, छाला, आँखा, पेटसम्बन्धी समस्याले जनता प्रभावित हुने गर्छन् । त्यसैले स्थानीय स्वास्थ्य संस्थामा बाह्रै महिना आधारभूत तहका औषधिहरू भइरहनुपर्छ ।
तर नगरमा व्यवस्थापकीय ढिलासुस्तीको कथा यस्तो छ कि स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकी पुगेका सीमान्तकृत वर्गका जनता पटक–पटक रित्तै फर्किन बाध्य हुनुपर्छ । जल्पापुर, बबिया, चाँदबेला, मधेसा, इनरुवा स्वास्थ्य चौकी, डुम्राहा आधारभूत स्वास्थ्य सेवाकेन्द्रसहित १० वटै वडाका जिम्मेबार स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव एकप्रकारको रोग जस्तै भएको छ, जो बेलाबेलामा बल्झिरहन्छ ।

सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध गराइने भनिएको औषधि अभाव हुनु सरकारका मान्छे तथा जनप्रतिनिधिहरूको लापरबाही भएको अधिकारकर्मी सोनी यादवको कथन छ । ‘सरकारी स्वास्थ्य संस्थामा आधारभूत औषधिसमेत नहुनु भनेको गम्भीर कुरा हो र यस्तो घटना पटक–पटक दोहोरिनु थप चिन्ताको विषय हो,’ साझेदारी नेपाल, सुनसरीका अध्यक्ष यादवले भन्नुभयो, ‘यसविरुद्ध सरोकारवालाहरूबाट हुनुपर्ने खबरदारी तथा जनप्रतिनिधिमा हुनुपर्ने जिम्मेबारीबोधको कमीले यो समस्या पटक–पटक बल्झिने गरेको देखिन्छ ।

तर कुनै पनि बहानामा जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन ।’
केन्द्रले समयमा नपठाउँदा सेवाग्राहीलाई चाहेर पनि निःशुल्क औषधि दिन नसकेको स्वास्थ्यकर्मी ध्रुव मेहता बताउनुहुन्छ । हेल्थ असिस्टेन्ट मेहता भन्नुहुन्छ, ‘स्वास्थ्यकर्मी भएका नाताले बिरामी आउँदा, उनीहरूको दुःख देख्दा स्वाभाविक रूपले नमिठो लाग्छ । बिरामीलाई निको, खुसी बनाएर पठाउँ, उनीहरूबाट धन्यवाद पाउँ भन्ने हुन्छ । तर औषधि, उपकरण नै नभएपछि हामीले गर्नसक्ने ठाउँ केही हुँदैन ।’

बबिया स्वास्थ्य चौकीका अहेब सन्तोष अधिकारीका अनुसार सेवाग्राहीहरूको सेवा गर्न आफूहरू खटिएको भए पनि औषधि नै नआउँदा काम गर्न समस्या हुने गरेको छ । घोषणा गरेको भए पनि नियमित औषधि नआउँदा कुनै–कुनै महिनामा अभाव हुने गरेको बबिया स्वास्थ्य चौकीकै हेल्थ असिस्टेन्ट सन्तोष मेहता बताउनुहुन्छ ।
मेहताका अनुसार तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय हुँदा सरकारले आवश्यक मात्रामा औषधि नियमित पठाउने गरेको शृंखला तोडेर पालिकाले हेर्ने सिस्टम बनाइएपछि औषधि अभावको समस्या बढेको हो ।

निःशुल्क औषधिको चक्र
संंविधानमा स्वास्थ्य सेवालाई संघ, प्रदेश र स्थानीय सरकारले हेर्ने भनिएको छ । कानुनतः स्वास्थ्य सेवा तीनै तहको क्षेत्राधिकारभित्र पर्ने भएपछि व्यवहारमा एकले अर्काको मुख ताक्ने प्रवृत्ति बढ्दो छ । सम्भवतः इनरुवामा पटक–पटक निःशुल्क औषधि अभाव हुनेको यो पनि एउटा कारण हो ।

इनरुवा नगरपालिकामातहतको स्वास्थ्य शाखाका अहेब मिश्रीलाल मेहता तीन तहका सरकारले नै स्वास्थ्य संस्थालाई हेर्ने र औषधिसमेत तीनै तहका सरकारबाट प्राप्त हुने भएकाले केही समय अभावको सामना गर्नुपरेको बताउनुहुन्छ । मेहताका अनुसार इनरुवा नगरपालिकाले बजेटअनुसार औषधि खरिद तथा भण्डारण गर्न, सबै स्वास्थ्य संस्थामा पठाउन समय लाग्ने भएकाले अपुग हुने गरेको छ । खरिद र वितरणको बीच केही स्वास्थ्य संस्थामा एकाध दिन अभाव भए पनि लामो समय भने अभाव नभएको मेहताको भनाइ छ ।

निःशुल्क वितरण गर्ने औषधि संंघ र प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउँछ भने स्थानीय तहले समेत आफ्नो स्रोतले भ्याएसम्म औषधि खरिद गरेर उपलब्ध गराउने गर्छ । इनरुवा नगरपालिकाले २०७६ सालको बजेटमा निःशुल्क वितरण गर्ने औषधि खरिदका लागि २० लाख रुपियाँको विनियोजन गरेको थियो । यस वर्ष विनियोजन गर्न बाँकी छ ।

इनरुवा–३ का वडाध्यक्ष कालुराम गुरुङका अनुसार सीमित स्रोत–साधनले काम गर्नुपर्दा बेलाबखत औषधि अभाव हुने समस्या देखिन्छ । नागरिकहरू सामान्य अवस्थामा पनि निःशुल्क औषधि लिन आउने गरेकाले समेत औषधि अभाव हुने गरेको अनुभव सुनाउँदै गुरुङले भन्नुभयो, ‘निःशुल्क वितरण हुने औषधिको माग र आपूर्तिबीच तालमेल मिलाउने प्रयास गरिरहेका छौं ।’

जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामातहतका ११ वटा स्वास्थ्य संस्थामा मागअनुसार पु¥याउनका लागि २० लाख रुपियाँँको औषधि अपुग हुनु स्वाभाविक भएको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार इनरुवा १, २, ३, ४ र पाँच नम्बर वडास्थित सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य सेवाकेन्द्रमा निःशुल्क औषधिको कम माग रहे पनि ६, ७, ८, ९ र १० नम्बर वडामा माग बढी रहेको छ ।

पहिला–पहिला केही अपुग भए पनि अब यस्तो समस्या नरहेको नगर स्वास्थ्य शाखा प्रमुख कपिलेश्वर साहले बताउनुभयो । उहाँले स्वास्थ्य नागरिकअधिकार र मौलिक हकमा पर्ने भएकाले निःशुल्क औषधि पाउनेमा शंका नगर्न आग्रह पनि गर्नुभयो ।

अवस्था सुधारको अपेक्षा
नेपालको संविधानको भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ ।
संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरे पनि इनरुवाका सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधि नपाएको गुनासो गर्ने सेवाग्राहीहरूको संख्या उल्लेख्य छ । नगरभित्रका स्वास्थ्य संस्थामा प्रत्येक वर्ष औषधि अभाव भइरन्छ ।

बबियाकी सेवाग्राही शान्ति शर्मा गाउँको स्वास्थ्य चौकीको अवस्था चाँडै सुधार हुने अपेक्षा रहेको बताउनुहुन्छ । ‘कस्ता–कस्ता समस्या त समाधान हुन्छन्, यो कुन ठुलो समस्या हो र,’ शर्माले भन्नुभयो, ‘जिम्मेबारी लिएकाहरूबीच समन्वयको अभाव छ भने समन्वय गर्नुपर्छ तर स्वास्थ्य संस्थामा औषधि हुनुपर्छ ।’

तीनै तहका सरकारले नभई एकद्वार प्रणालीबाट औषधि खरिद र वितरण गर्ने प्रक्रिया भए अहिलेको खस्किँदो जनस्वास्थ्यको अवस्थामा अपेक्षित सुधार हुने अधिकारकर्मी पुष्प भट्टराई बताउनुहुन्छ । औषधि खरिद प्रक्रियामै समस्या देखिएकाले प्रक्रियालाई सरल बनाई मासिक, त्रैमासिक, अर्धवार्षिक वा चौमासिक रूपमा आवश्यकताअनुसार औषधि किन्नु र सोको नियमित अनुगमन गर्नुपर्ने उहाँको सुझाव छ । ‘खरिद प्रक्रियामै जटिलता भएकाले यसलाई सरल बनाउँदै औषधि अभाव हुने समस्याको दीर्घकालीन समाधान खोजिनुपर्छ,’ सेभ द अर्थका अध्यक्ष भट्टराईले भन्नुभयो, ‘प्रभावकारी अनुगमन संयन्त्र नहुँदा पनि जनता आधारभूत स्वास्थ्य पहुँचको अधिकारबाट वञ्चित हुनुपरिरहेको छ ।’

नगरप्रमुख राजन मेहता जनताको आधारभूत स्वास्थ्यप्रति इनरुवा नगरपालिका सचेत रहेको दाबी गर्नुहुन्छ । उहाँले बाहिर प्रचार भएजस्तो नगरमा औषधिको चरम अभाव नभएको बताउनुभयो । ‘कुनै बेला पठाउन केही ढिलाइ हुँदा कतै समस्या देखियो होला,’ नगरप्रमुख मेहताले भन्नुभयो, ‘खरिद प्रक्रिया कारणले केही स्वास्थ्य संस्थामा केही औषधिको सामान्य अभाव भएको जानकारी आएको छ तर नगरमा प्रचार गरिएजस्तो आधारभूत औषधिको चरम अभाव छैन ।’
पछिल्लो तीन महिना कोरोना र लकडाउनका कारण स्वास्थ्य संस्था र स्वास्थ्य कर्मचारीको नियमित काम प्रभावित भएको उल्लेख गर्दै नगरप्रमुख मेहताले भन्नुभयो, ‘अब अवस्था सहज हुँदै छ । इनरुवामा कसैले पनि निःशुल्क पाइने भनिएको औषधि पाइनँ भन्ने गुनासो गर्नुपर्ने छैन ।’

ललितपुरमा थप एक जनामा कोरोना संक्रमण

ललितपुर । ललितपुरमा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेका हुन् ।

आइतबार मात्रै थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुग्यो

काठमाडौं । देशमा थप ४६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ४ सय ६३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो ।

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन् ।

राजु सदा घटनामा छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन

जनकपुरधाम । प्रादेशिक अस्पतालमा उपचार नपाएर मृत्यु भएका १६ वर्षीय युवक राजु सदाको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन गरिएको छ ।

आइतबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा प्रादेशिक अस्पताल जनकपुरमा भएको घटनालाई छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो । समितिमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य रहेका छन् । सभामुखको निर्देशनमा रहि समितिले आवश्यकता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्ने, अनुगमन वा निरीक्षण गर्नसक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्नसक्ने र पदाधिकारीहरुसँग छलफल गर्नसक्ने गरि समितिको कार्यविधि बनाइएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । समितिलाई प्रतिवेदन बुझाउन ५ दिनको समयसिमा दिईएको छ ।

कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा जेठ २८ गते भर्ना गरिएको धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय युवक राजु सदाको असोज ९ गते उपचार नपाएर मृत्यु भएको थियो । सदाको मृत्यु भएपछि उनका परिवारजनले घटनाको अनुसन्धान गर्न माग गर्दै आइरहेका छन् ।

यस घटनाको छानविन गर्न प्रदेश सरकारले समेत स्वास्थ्य निर्देशनालयका संयोजक डाक्टर हरिश्चन्द्र साहको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिसकेको छ । समितिका सदस्यहरुमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख नवल किशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून उपसचिव दिलिप कुमार प्रधान रहेका छन् ।

रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण

रौतहट । आइतबार रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्लाको बौधीमाई नगरपािलकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र साता जना कर्मचारी गरि १४ जनामा कोरोना संक्रमण भएको जनस्थास्थ्य कार्यालयका प्रमुख महेश साहले पुष्टि गरेका हुन् ।

यसैगरी जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि बौधामाई र ईशानाथ नगरपालिका सिल गरिएको छ ।

आइतबारदेखि बौधीमाई र ईशानाथ नगरपालिकालाई सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको उनले बताए ।