इनरुवाका विपन्न परिवारलाई बगुंर उपहार – Nagarikabhiyan : National News

इनरुवाका विपन्न परिवारलाई बगुंर उपहार

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर २ ले वडाका विपन्न परिवारलाई बंगुर प्रदान गरेको छ । विपन्न परिवारको जिवनस्तर उकास्न भन्दै नमुनाको रुपमा इनरुवा नपा वार्ड नम्बर २ को आर्थिक विकास शिर्षक अन्तरगत बंगुरको पाठी प्रदान गरेको हो । वडाका विपन्न ३० परिवारलाई प्रति परिवार एक ।

एक थान बंगुरको पाठी वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव(श्रवण)ले जानकारी दिनुभयो । रोजगार सृजना र आय आर्जनमा टेपा पुगोस भनेर बंगुरको पाठी प्रदान गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो ।

वडा सचिव महेश खनालका अनुसार वडामा आय आर्जन गर्न सहजका लागि विपन्न परिवारलाई बंगुरको पाठी प्रदान गरिएको हो । उता सोही वडाले फोहोरमैला ब्यवस्थापनको लागि कन्टेनर खरिद गरिएको छ । वार्ड कार्यालयले खरिद गरेको खन्टेनर वडाको आवश्यक स्थानमा व्यवस्थापन गरिने जनाएको छ ।