नेपालमा चक्रवात ‘फेनजल’को सामान्य प्रभाव, तराई क्षेत्रमा हुस्सु – Nagarikabhiyan : National News

नेपालमा चक्रवात ‘फेनजल’को सामान्य प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं । बंगालको खाडीमा विकास भएको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव नेपालमा परेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव पनि छ ।

आज (आइतबार) देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।