१७ माघ २०८०, बुधबार १९:२० – Nagarikabhiyan : National News

देवानगञ्जकाे श्री आधारभुत विधालयमा सामाजिक परिक्षणकाे नाममा भाेज

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ मा रहेकाे श्री आधारभुत विधालयमा आज ( बुधारबार ) समाजिक लेखा परिक्षण कार्यक्रम रहेकाे थियाे । साेहि कार्यक्रमकाे माैकामा विधालयका अभिभाकहरू बाेलाउन विधालयका प्रअ दिनेश मण्डले दिवा भाेजकाे आयाेजना गरेकाे मण्डलले समाजिक संजालमा हालेकाे फाेटाेले प्रष्ट भएकाे छ ।
उक्क्त विधालयमा नेपालकाे विधर्थी संख्या शून्य रहेकाे छ । कागजमा केही विधर्थीहरूकाे संख्या देखाए पनि नेपालका विधर्थी पठनपाठनकाे लागि शून्य मात्रा आउनेकाे गरेका छन् । विधालय संगनै टासिएकाे भारत विहारकाे जिमडाहिकाे केही विधर्थीहरू मात्र विधालय आउने गरेकाे केही महिना अगाडि नागरिक अभियानकाे टाेलि विधालय जाँदा पाइएकाे थियाे ।
नेपालकाे विधर्थी शून्य रहेकाे विधालयले समाजिक परिक्षण गर्दा अभिभाक र विधर्थी बाेलाउन दिवा भाेजकाे आयाेजा गरेकाे स्थानियहरूकाे भनाइ रहेकाे छ ।
यता यहि विषयमा बुझन विधालयका प्रअ दिनेश मण्डल संग फाेन सम्पर्क गर्न खाेज्दा फाेन सम्पर्क हुन सकेन ।
यस्ता विधर्थीनै नभएकाे विधालयलाई अरूनै विधालयमा मर्ज गर्न आवश्यक रहेकाे छ । यश प्रति सम्बन्धित निकायकाे ध्यानाकर्षण हाेस ।

सिटि अस्पतालको मनमर्जी पैसा असुली धन्धा दलाल मार्फत ल्याएको विरामीलाई सास्ती

विराटनगर । राम्रो उपचारको लागि आउने विरामी एक दिनमा नै अस्पताल वाट डिस्चार्ज माग्दा आश्चर्य लाग्दा ! त्यसमा पनि राती विशेषज्ञ सेवा नै नभएको अस्पतालमा भर्ना भएको केहि घण्टामा नै विरामीले डिस्चार्ज गरिदिन हारगुहार गर्दा पक्कै पनि आश्चर्य लाग्न सक्छ । जुनसकैले पनि पैसा अभावले विरामीले उपचार नगरेर डिस्चार्ज मागेको बुझन्छन । तर विराटनगर स्थित सिटि अस्पतालमा भने पैसा अभाव भएर नभई चिकित्सकको उपचार गर्नु भन्दा बढी अनेक बहानामा पैसा असुली गर्न थालेपछि एक भारतीय विरामीले भर्ना भएको ४ घण्टामा नै डिस्चार्ज गराएर गएका छन् ।

भारतको विहार राज्य अन्तर्गत छतापुरको अन्जना देवीका आफन्त भर्ना गरेको केहि घण्टामा नै विरामीलाई डिस्चार्ज गराएर लगेका हुन । गएको शुक्रजार शितलहर वाट जोगिन घरमा भएको घुर ताप्दा पुर्णरुपमा शरिर जलेको अवस्थामा विराटनगरमा उपचारका लागि अन्जनालाई ल्याएको थियो । विहारको पुर्णिया स्थित अस्पतालमा उपचार सम्भव हुन नसक्दा उनलाई विराटनगर स्थित विराट नसिङ्ग होममा उपचारको लागि चिकित्सकले पठाएको थियो । शनिवार राती १० बजे विराट नसिङ्ग होम पुगेको अन्जनालाई त्यहाँ चिकित्सकहरुले विराटनगरमा उपचार सम्भव नरहेको भन्दै काठमाण्डौं लगिन सुझाव दिएर फर्काएका थिए । विरामी संगै रहेका छोरा उत्सव ठाकुरले भने –‘ राती ११ बजेकाले हामी अलमलमा परेका थियो । तर एक जना गेटमा आएका व्यत्तिले सिटि अस्पतालमा उपचार हुने भन्दै सिटि अस्पताल पु¥याए । राती १२ बजेको हराहरीमा भर्ना गरेको छोरा उत्सवले बताए ।


उनका अनुसार भर्ना गरे पछि राती भरी नै एक चिकित्सकले उपचार सुरु गर्नु भन्दा पहिले छेरै पैसा लाग्ने भन्दै मानसिक तनाव दिदै गरेको थियो । उपचार सुरु भएपनि विरामीलाई झनै समस्या बढ्नुको साथै जिउ सुनिन थाल्दा चिकित्सक आफुखुशी टेष्ट गर्न लगाएको उनले बताए । ६० हजार खर्च गराएपनि केहि सुधार नभए पछि उपचार सम्भव छ की भने सोध्न जादा चिकित्सक कोशर अलीले औषधी मात्रै किनाउन लगाउदा आफुहरु अरु संग सल्लाहमा फेरी भारत नै जानलागेको बताए । उनले चिकित्सकले जलन भएका विरामीको उपचारको केहि व्यवस्था नभएको र विशेषज्ञ समेत नभएको नयाँ चिकित्सकले नै दलाल मार्फत आफुलाई झुक्याएर भर्ना गएको थाहा पाएपछि सवैलाई जानकारी दिए विरामी लगेको छोरा ठाकुरले बताए ।
चार घण्टामा नै ७० हजारको खर्च भएको बताए । किनेको औषधी पनि सवै प्रयोग भएन उनले भने –‘ ३० हजारको औषधी किनेर ल्याउदा थौरे प्रयोग भयो । अरु के भयो थाहा छैन् । छोरा ठाकुरको अनुसार अस्पालमा ४५ हजारको चेक मात्रै गराएको छ ।

डिस्चार्ज माग्दा पनि अस्पतालले सहजै दिएको उनले बताए । आफन्तलाई बोलाएर दलाल मार्फत भर्ना गराएको र विशेषज्ञ चिकित्सक नै भएको अवस्था पैसा ठगी गर्ने लागेको भन्दै दवाद दिएपछि बिलमा आफुखुुशी थपेर पैसा लिएको उनले बताए । चिकित्सक अली केहि दिन अघि मात्रै सो अस्पतालमा पाटटाईम काम गर्न आएको अस्पतालले जनाएको छ । विरामी विरोधमा उत्रिएपछि आफुहरुले गतल भएको भन्दै चिकित्सक अलीलाई डिस्चार्ज गरिदिन सुझाव दिएको अर्का एक चिकित्सकले बताए । उनलका अनुसार चिकित्सक अली यस अघि विराटनगरको पारस अस्पतालमा कार्यरक्त थिए । त्यहा पनि विरामीको गुनासो आउन थालेपछि उनले पारस अस्पतालले निकाएको बताइएको छ । अस्पतालमा प्रवन्धक डा सुनिल यादवलाई पटक पटक सम्र्पक गर्न खोज्दा सम्र्पकमा आउन चाहेन ।केहि दिन अघि पनि
किड्नीमा रहेको पथरीको शल्यक्रिया गराउन भर्ना भएकी मोरङ जहादा गाउँपालिका ४ की ३८ वर्षीय सन्जुला कुमारी सिङको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको हो । मृत्कका श्रीमान अनील कुमार सिङ र बहिनी ज्वाँई मनोज कुमार मेहताले सो अस्पतालमा दुरमीलले किड्नीमा भएको पथरीको शल्यक्रिया गर्ने भनेर बुझन जादा

अस्पतालका सर्जन तथा निर्देशक डा सुनिल यादवले तत्काल शल्यक्रिया गर्न सुझाव दिएको थियो । पैसा नभएकाले पछि शल्यक्रिया गर्ने भन्दै आफुहरु विरामीलाई लिएर घर जान लाग्दा डिस्चार्ज सम्म पैसा दिनु भन्दै भर्ना गराएको थियो ।
विरामीको मृत्युहुदा क्षतीपुर्ति दिएर घटनालाई समान्य बनाएको थियो ।

 

जबर्जस्ती करणी गर्ने २ जना पक्राउ

देवानगञ्ज । खोटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका(२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

आलेमगरले ती बालिकालाई पुस २९ गते जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका(८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई सोही गाउँपालिका(८ टप्पुडाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सरकारी अनुदानको १३० बोरा मल बाटोबाटै कसले गरियो गायब ?

बाँके नरैनापुरका किसानका लागि सरकारद्वारा अनुदानमा पठाइएको मल बाटोबाट हराएको छ । बाँकेको नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) केन्द्र सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

प्रजिअ अधिकारीका अनुसार ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेस भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गरेको थियो ।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो ।

जाडोमा शरीर न्यानो बनाउने उपायहरु

जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं :

१. तह तहमा कपडा लगाउने

एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर न्यानो हुन्छ। जाडोमा बुनेका या रेशमको कपडाहरु लगाउँदा तातो हुन्छ। एकैपटक मोटो कपडा लगाउनुको सट्टा पातलो पातलो ताप दिने कपडा लगाउनु पर्छ।

२.खुट्टालाई तातो राख्नुहोस्

खुट्टालाई तातो बनाउनाले जाडोमा धेरै राहत हुन सक्छ। त्यसकारण घरमा बस्दा भित्र लगाउन मिल्ने चप्पलहरुको प्रयोग गर्नुपर्छ। साथै मोजा लगाउनाले पनि खुट्टा तताउन महत्वपूर्ण भूमिका खेल्छ। मोजा लगाउँदा कहिलेकसो पसिना आउने हुनाले मोजा फेरीरहनु पर्छ। खुट्टा तातो हुँदा सहजै निन्द्रा पनि पर्छ।

३. ओछ्यान तातो बनाउने

पुरै घरमा हिटरले तातो बनाउनु भन्दा सम्भव भएसम्म बिजुलीबाट तात्ने ब्लान्केट प्रयोग गर्नु उचित हुन्छ। यसले बिजुली पनि कम खपत हुन्छ र पैसा समेत बचत हुन्छ।

४.घाम ताप्ने
दिउँसो एकैछिन समय मिलाएर घाम ताप्नाले शरीर न्यानो हुन्छ। दिउँसो घाम पर्ने कोठाका पर्दाहरु खोल्नाले कोठा पनि तातो हुन्छ।

५.सक्रिय रहने
शरीर सक्रिय रही रहंदा न्यानो हुन्छ। एकैछिन हिड्ने, हात खुट्टा चलाई रहने गर्नाले शरीरमा उर्जा रहीरहन्छ।
६. कोठा तातो बनाउनुहोस्
घरमा बाहिरबाट चिसो आउने, झ्याल, ढोका बन्द गर्नुहोस्। तर घर तातो बनाउने रहरमा सबै झ्याल ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ त्यसैले विचार गर्नुपर्छ।

७. स्वस्थ र तातो खानेकुरा खाने
जाडो मौसममा सकेसम्म तातो तातो नै खानेकुरा खाँदा शरीरलाई फाईदा हुन्छ। स्वस्थ खानाले शरीरमा उर्जा दिईरहन्छ।

वैजयन्ती माला र चिरञ्जीवीलाई पद्मविभूषण, मिथुन र उषा उत्थुपलाई पद्मभूषण दिइने

काठमाडौं । भारतले सन् २०२४ को पद्म पुरस्कारको घोषणा गरेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिएको पद्म अवार्ड १३२ सेलिब्रेटीलाई दिइने छ । जसमा फिल्म क्षेत्रका चर्चित व्यक्तित्वको नाम पनि समावेश छ ।

पद्मविभूषणका लागि अभिनेत्री वैजयन्ती माला कोनिडेला चिरञ्जीवी, मिथुन चक्रवर्ती र उषा उथुपको नाम पद्मभूषण अवार्डका लागि छनोट भएको छ । आउँदो मार्च–अप्रिलमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पुरस्कार वितरण गर्नेछिन् । पद्म पुरस्कारलाई भारतको सर्वोच्च नागरिक सम्मान मानिन्छ ।

 

८७ वर्षीया वैजयन्ती माला ५० देखि ६० को दशककी उत्कृष्ट अभिनेत्री थिइन् । १३ वर्षको उमेरमा उनले तमिल फिल्मबाट करिअर सुरु गरेकी थिइन् । उनले आशा, नयाँ दौर, साधना, मधुमती जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेकी छन् ।

६८ वर्षीय अभिनेता चिरञ्जीवीले १५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले सन् २००८ मा आन्ध्र प्रदेशमा राजनीतिक पार्टी प्रजा राज्यम खोलेका थिए । उनले सन् २००६ मा पद्मभूषण पाएका थिए ।

 

पद्मा सुब्रमण्यम भरतनाट्यम नर्तक हुन् । उनी रिसर्च स्कोलर, कोरियोग्राफर, शिक्षक, इन्डोलोजिस्ट र लेखक पनि हुन् । उनको सम्मानमा जापान, अष्ट्रेलिया र रुसमा धेरै फिल्म र डकुमेन्ट्री बनेका छन् ।

७३ वर्षका मिथुन ८०–९० को दशकका उत्कृष्ट कलाकारमध्येका एक थिए । उनले फिल्म क्षेत्रमा स्थान बनाउन निकै संघर्ष गर्नुपरेको थियो । एक अभिनेताको रूपमा आफ्नो करिअर सुरु गर्नुअघि उनी प्रसिद्ध अभिनेत्री हेलेनको सहायक थिए ।

उनले सन् १९७६ मा आएको फिल्म ‘मृगया’बाट फिल्मी यात्रा सुरुवात गरे । उनी डिस्को–डिस्को ९१९८२०, कमाण्डो ९१९८८०, प्यार झुक्ता नही ९१९८५०, गुलामी ९१९८५०, मे इन्साफ चाहिये ९१९८३०, घर एक मन्दिर ९१९८४०, स्वर्ग से सुन्दर ९१९८४०, स्वर्ग से सुन्दर ९१९८६० र प्यार का मन्दिर ९१९८८० जस्ता फिल्मका लागि चिनिन्छन् ।

उषा उथुप भारतकी पहिलो पपगायिका हुन् । उनले नौ वर्षको उमेरमा पहिलो प्रस्तुति दिएकी थिइन् । करिअरको सुरुवाती दिनमा उषा नाइट क्लबमा गीत गाउँथिन् । उषाको स्वरबाट प्रभावित भएर देव आनन्दले उनलाई बम्बे टाकिज ९१९७१० मा गाउन प्रस्ताव गरे । उषाले फिल्ममा शंकर–जयकिशनसँग अंग्रेजी गीत गाएकी थिइन् । उनले फिल्ममा गीत गाएको यो पहिलो पटक हो । हिन्दी र अंग्रेजीबाहेक उषाले गुजराती, मराठी, कोंकणी, डोगरी, खासी, सिन्धी र ओडिशालगायत १६ अन्य भाषामा गीत गाएकी छिन् ।

यीबाहेक संगीतकार प्यारेलाल शर्मा, मराठी फिल्म निर्देशक दत्तात्रेय अम्बादास मायालु र तमिल सिनेमाका चर्चित अभिनेता तथा राजनीतिज्ञ विजयकान्तलाई पद्मभूषण पुरस्कारका लागि छनोट गरिएको छ । अनलाइन खबरबाट

काठमाडौं महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौं महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

अभियन्ता ईस् सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर महानगरले सडक व्यवसायीलाई दमन गर्ने नीति अँगालेका कारण महानगरविरूद्ध आन्दोलन घोषणा गर्न बाध्य भएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघ अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।

संघर्ष समितिले १५ माघदेखि २८ माघसम्म चरणबद्ध आन्दोलन घोषणा गरेको जनाएको छ ।समितिका अनुसार १५ माघमा महानगरमा ज्ञापनपत्र बुझाउने, १६ माघमा प्रर्दशनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, १७ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउने उल्लेख छ ।

यस्तै १८ माघमा गृह मन्त्रालय, १९ माघमा प्रधानमन्त्री कार्यालय, २१ माघमा नेकपा समाजवादी पार्टी कार्यालय, २२ माघमा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, २३ माघमा नेपाली कांग्रेस पार्टी कार्यालय र २४ माघमा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने संघर्ष समितिले जनाएको छ ।

यसैगरी संघर्ष समितिले २८ माघमा थाल, चम्चा ठटाउँदै जुलुश प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने जनाएको छ ।

व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने समितिले जनाएको छ ।संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गर्दै महानगरसमक्ष ७ बुँदे माग अघि सारेको छ ।

महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचति समय निर्धारण गरी व्यवसाय सुचारु गर्ने कार्य सुनिश्चित गरिनु पर्ने माघ संघर्ष समितिको छ ।

यसैगरी महानगरमा तत्काल श्रम डेस्क स्थापना गरी स्वरोजगार श्रमिकको आवश्यक सूचीकरण लगायत श्रम व्यवस्थापनसँग सम्बन्धित काम थालनी गर्नुपर्ने, दीर्घकालीन रूपमा समस्या समाधानका लागि मेयर वा उपमेयरको संयोजकत्वमा संघर्ष समितिमा रहेका ट्रेड युनियनहरूको प्रतिनिधिसहित सरोकारवाला सम्मिलित उच्चस्तरीय अधिकार सम्पन्न व्यवस्थापन कार्यदल तत्काल गठन गर्नुपर्ने, महानगर प्रहरीको धरपकड अविलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने माग संघर्ष समितिको छ ।

आज भारतमा ७५औँ गणतन्त्र दिवस मनाइँदै

भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो ।

१९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ । आज उहाँ ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा सहभागी हुनुहुने बीबीसी हिन्दीले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले भारत र फ्रान्सबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।

५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।

अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो ।

यू–१९ विश्वकप क्रिकेटस् आज पाकिस्तानको सामना गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज ९बुधबार० दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १स्४५ बजे सुरु हुनेछ।

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो।
पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ। नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ।
यू–१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ए बी सी र डी गरी ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ४–४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्नेछन्। त्यसपछि समूह ‘ए का टोलीले समूह डी तथा समूह बी र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन।

सुपर सिक्सको २ समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

पोखरा विश्वविद्यालयका २ जना उप–प्राध्यापक लामो समयदेखि सम्पर्कविहीन

पोखरा विश्वविद्यालयका २ जना उप–प्राध्यापक स्थायी शिक्षक लामो समयदेखि अनुपस्थित रहेका पाइएको छ। बिदा स्वीकृति नै नगराइ लामो समयदेखि अनुपस्थित रहेको भन्दै विश्वविद्यालयले उनीहरुलाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

विश्वविद्यालयका अनुसार उप–प्राध्यापकद्वय डा जय प्रकाश साह र डा निरज चौधरी लामो समयदेखि सम्पर्कविहीन छन्। उप–प्राध्यापक चौधरी २०७६ मंसिर ३० गतेदेखि र साह २०७८ भदौ २६ गतेदेखि अनुपस्थित छन्।

विश्वविद्यालयले यसअघि पनि गत कात्तिक २४ गते दुवै जनालाई स्पष्टीकरणसहित ३५ दिनभित्र सम्पर्क गर्न आउन भन्दै सूचना प्रकाशित गरेको थियो। सूचना जारी गर्दा समेत हाजिर हुन नआएका उनीहरुलाई बर्खास्त गर्नु अगाडि अन्तिम पटक सम्पर्कमा आउन भन्दै सूचना जारी गरिएको हो।

सूचना जारी भएको मिति १० माघ २०८० बुधबार देखि १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन नआएमा सेवाबाट बर्खास्त गरिने विश्वविद्यालयले सूचनामार्फत् जानकारी गराएको छ।

विदेशी मुद्राको विनिमय दर बुधबार कुनको कति

नेपाल राष्ट्र बैंकले आज १० माघ २०८०, बुधबार का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ २१ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ८६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४१ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९२ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६० पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५८ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३१ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २१ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ।

बझाङमा जिपको ठक्करबाट एक महिला घाईते

बझाङ-बझाङमा आज विहानै जिपको ठक्करबाट एक महिला घाईते भएकी छन । केदारस्युँ गाउँपालिका वडा नं ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदा सोहि ठाँउकी ५५ बर्षिया महेश्वरी मल्ल घाईते भएकी छन ।

बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ । घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला

कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका(७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन् । उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका– ९ ढोरपाटनका ६ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए ।

ती ६ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । उनले भने, ‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।’

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए ।

यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ ।

नारायणगढ–बुटवल सडकखण्ड म्याद सकिन ६ महिना बाँकी

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको अझै आधा काम बाँकी छ ।

विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ ।

उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए । यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उनको भनाइ छ ।

हालको भौतिक प्रगतिलाई हेर्ने हो भने समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा सात प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ । तर कामको गति असाध्यै न्यून रहेको योजना प्रमुख मगरले बताए ।

उनले निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको बताए । जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उनको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । बजार क्षेत्रमा सर्भिस लेनसहित ६, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ ।

पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र दुई लेन सडक निर्माण सम्पन्न भएको छ । पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा करिब एक सय २५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ ।

यस हिसाबले अझै एक सय किलोमिटर बढी कालोपत्र गर्नुपर्ने काम बाँकी छ । ‘एकतर्फीको हिसाब गर्दा करिब २१ किलोमिटर कालोपत्र गर्ने काम सकिएको छ’, योजना प्रमुख मगरले भने, ‘सय किलोमिटरभन्दा धेरै कालोपत्र गर्न अझै बाँकी छ ।’

साउनभित्रमा सबै काम सक्नेगरी निर्देशन गर्नुका साथै जनताको सुविधालाई ध्यानमा राखेर पहिला एकतर्फी कालोपत्र काम गर्न भनिएको योजना प्रमुख मगरले बताए । ‘साउनभित्र सबै काम सम्पन्न गर्नुपर्ने भनेका छौँ’, त्यसमा पनि पहिला ६५ किलोमिटर एकतर्फी सक्नुपर्छ भन्ने निर्देशन गरेका छौँ, यस्तो गरियो भने अलि चाँडै यात्रा सहज हुन्छ भन्ने हो’, योजना प्रमुख मगरले भने ।

उनका अनुसार ठूला पुल १२ निर्माण गर्नुपर्नेमा सबैको काम जारी छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा २१ वटा पुलको काम सकिएको र अब एउटाको मात्रै काम बाँकी छ ।

गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माणको काम चलिरहेको छ । करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

साथै निर्माणको काम नसकिँदा धुलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित बनेका छन् । धुलोका कारण व्यापार व्यवसायसमेत प्रभावित बनेको डण्डाका व्यापारी कृष्ण अधिकारीले गुनासो गरे ।