१० माघ २०८०, बुधबार ०९:४६ – Page 2 – Nagarikabhiyan : National News

एसइईमा लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ ।

बोर्डले यस वर्ष आगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिँदै कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए ।

उनले यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए ।
उनका अनुसार अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जनाउँदै ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने र विद्यार्थी फेल हुनेछन् ।

निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याएमा उसको नतिजामा अवर्गीकृत ननग्रेडेड लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ । यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षामा सहभागी हुने एसइई परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।

परीक्षाको तयारी बोर्डले तीव्र रूपमा गरेको छ । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी सुरु गरेको बोर्डले जनाएको छ ।

रामबहादुर बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु

रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ ।
सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा दुर्घटना मृत्यु भएको हो।

यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् । ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए।
दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।

धोकेबाज गीतकी गायिका एलिना चौहानले नै खाइन् प्रेममा धोका १ वर्ष पनि टिकेन विष्णुको सम्बन्ध

गायिका एलिना चौहान र अष्ट्रेलीयामा बस्दै आएका विष्णु सापकोटाबीच प्रेमको चर्चा निकै चुलियो । यी दुईले एकसाथ थुप्रै टिकटक पनि बनाए । साथै, यी दुईले सामाजिक संजालमा लाइभमा आएर आफूहरूको प्रेम स्विकार पनि गरे ।

तर अहिले एलिना र विष्णु दुबैले आफूहरूको सामाजिक संजालबाट एकअर्कासँग खिचिएको तस्विर हटाएका छन् ।

यी दुईले त बिहे गर्ने चर्चा समेत चलेको थियो । अष्ट्रेलीयामा एक साङ्गीतिक कार्यक्रममा गएको समयमा एलिना विष्णुसँग देखिएकी थिइन् । यसपछि, यी दुई आफूहरूको प्रेममा खुलेरै अगाडि आएका थिए ।

तर अहिले यी दुई अलग भएको चर्चा छ । एलिनाले सामाजिक संजालमा तीन दिन अगाडि लेखेकी छिन्–‘रुवाउनेलाई मेरो आशु नलागोस् है भगवान । सधैं राम्रो होस् ।’
एलिनालाई विष्णुले मानसिक तनाव दिने गरेको चर्चा मिडियामा छ ।

अत्तरिया उद्योग वाणिज्य संघमा ताला नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी

अत्तरिया -कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा ताला लगाइएको छ । मंगलबार अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा ताला लगाएका हुन् ।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएका हुन् । नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी गरिएकाले वाणिज्य संघमा ताला लगाइएको व्यापारीहरुले बताएका छन् ।

यही माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्रीले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशगत रूपमा गण्डकीबाट ५९ निवेदनमार्फत १६१ वटा विषय, कोसीबाट ४८ निवेदनमार्फत १७० वटा विषय, सुदूरपश्चिमबाट २४ निवेदनमार्फत १३५ माग समेटिएको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाग्मतीबाट ३४ निवेदनमार्फत ११३ वटा, कर्णालीबाट २८ निवेदनमार्फत ८९, लुम्बिनीबाट १० निवेदनमार्फत ७५ माग र मधेस प्रदेशबाट संकल्प प्रस्तावसहित दुई निवेदनमा आठ वटा माग समावेश गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्ग पहाडी क्षेत्रको विकास र समृद्धिको संवाहक परियोजनाका रूपमा रहेको, अधिकांश राजमार्गहरू विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेको छ ।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनगढीको सरस्वती मावि मनेहराले हात पारे

धनगढी –धनगढी उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले हात पारेको छ। प्रतियोगितामा १२ स्वर्णसहित १२ रजत र ८ कास्य गरी ५७ पदक जितेर सरस्वती माविले उपाधि हात पारेको हो। प्रतियोगितामा त्रिनगर माध्यमि विद्यालय दोस्रो र एक्सिस विद्याश्रम हसनपुर तेस्रो स्थान हासिल गरेका छन्। त्रिनगरले ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदक जितेको छ। एक्सिस विद्याश्रमले ८ स्वर्ण, २ रजत ३ कास्य गरी १३ पदक जितेर तेस्रो स्थान हासिल गरेको हो।

धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन कार्यक्रम गरिएको छ। समापन कार्यक्रममा बोल्दै उप–प्रमुख रानाले विद्यालय स्तरबाटै हुने प्रतियोगिताले खेल क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताईन। उनले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको बताईन। नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २५ सामुदायिक र १२ संस्थागत गरी ३७ विद्यालयको सहभागिता रहेको थियो।

एमालेको टोलीले प्रचण्ड’लाई भेट्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ।
आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीको भनाइ छ।

एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ।
सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागेको उपमहासचिव ज्ञवालीले बताए।

घरमै अध्ययन गरेर निकाले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न नाम

मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् ।
चिकित्सा विषयको स्नातक तह एमबीबीएसको प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण कक्षा लिन नपाएपनि घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।

भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् ।

‘बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ,’ ललितले भने, ‘हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ ।’

गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयबाट २०७८ सालमा माध्यामिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए ।

‘रेडियन्ट पढ्दा पनि आंशिक छात्रवृत्ति र दामोदर सुवेदी सरको आर्थिक सहयोगमा अध्ययन गरेँ,’ उनले भने, ‘गत साउनदेखि घरमै बसेर तयारी गरेर अहिले एमबिबिएसमा नाम निकाले ।’

यही माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने ललितले काठमाडौँ बसाईका लागि आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेको बताए ।

पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक दस हजार जति जोहो गर्न पाए हुन्थ्यो उनले भने दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ । उनले रकम अभावकै कारण एमबिबिएसको तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गराए ।

परीक्षाका बेला मात्रै साथीकोमा तीन दिन बसेर काठमाडौँबाट फर्किए उनले भने त्यो परीक्षामा कञ्चनपुरबाट दुई जनाले मात्रै नाम निकाल्न सफल भयौं ।’

अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरेको छ । उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो ।

नगरपालिकाबाट अध्ययनका लागि सहयोग पाउनेमा आशावादी छु ललितले भने आजको सम्मानले थप हौसला प्रदान भएको छ । त्यसैगरी भीमदत्त–१० का वडासचिव गगन नाथ छात्रवृत्तिका लागि छनोट भएका वडावासी सार्कीलाई अध्ययनका लागि थप सहयोग गरिदिन भीमदत्त नगरपालिकामा पहल भइरहेको बताए ।

वडाबाट हामीले नगरपालिकालाई पत्राचारसमेत गरेका छौँ वडासचिव नाथले भने ‘वडाले अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई आवश्यक सहयोग र सहयोगका लागि माथिल्लो निकायमा पहल गर्दै आएको छ ।

ट्राफिक जरिबानाबाट उठेको रकम प्रदेशले नै पाउनुपर्छ मन्त्रीहरूको माग

प्रदेशका यातायातमन्त्रीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत उठेको जरिबाना प्रदेश सरकारले नै प्रयोग पाउनुपर्ने माग गरेका छन् । आइतबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन् ।उनीहरूले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखे । छलफलका क्रममा बोल्दै मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले ट्राफिक नियम उल्लंघन गरेको जरिबाना प्रदेश सरकारलाई नै प्रयोग गर्न दिन आग्रह गरे । कोशीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा विद्युतीय बस सेवा सुरु गर्न आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘हामीले ट्राफिक नियम उल्लंघन गरेको जरिबाना उठाउँछौँ । त्यो केन्द्रमा आउँदो रहेछ, त्यो प्रदेश सरकारलाई नै दिन पाए राम्रो हुन्थ्यो । प्रदेशको राजश्व बढ्छ । हुनुपर्ने पनि त्यही नै हो । इलेक्ट्रिक भेकलको कुरा छ । कोशीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा इ।भेकल सुरु गरौँ । बस नै सञ्चालन गरौँ ।’

छलफलमा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आउने यातायातसम्बन्धी ऐनमा ट्याक्सीको सिण्डिकेट हटाउनुपर्ने बताए । उनले २० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउने कुराको अन्त्य हुन जरुरी रहेको बताए । ‘हामी पोखरामा ट्याक्सीवालासँग लड्दा लड्दा हैरान छ । मिटरमा चलाउन धेरै प्रयास त ग¥यौँ तर सकेका छैनौँ उनले भने अब ऐनमा ट्याक्सीको सिण्डिकेट हटाउनुपर्छ । २० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउँछ । यो व्यवस्थालाई विभागले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ ।

जानकी मन्दिरमा सवा लाख दियो बालेर उत्वस मनाइँदै कपिलवस्तुका ८ वटा पालिकामा आज बिदा

भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी गरिएको छ ।
प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा रहेको जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो ।

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज बेलुका १ लाख २५ हजार दियो बाल्नुकासाथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राम मन्दिरको उद्घाटन विशेष महत्त्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ। प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त यसअघि नै अयोध्या पुगिसकेका छन् ।

यसैबीच, राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

कक्षा ११ र १२ को परीक्षाका लागि फागुन २१ गतेभित्र आवेदन फाराम बुुझाउनुपर्ने

कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीले फागुन २१ गतेभित्र फारम भर्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन पनि बोर्डले भनेको छ ।

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज

भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको छ । यो प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदै हुनुहुन्छ ।

रामललाको जीवन अभिषेक समारोहलाई भव्य बनाउन सबै तहमा तयारी भएको खबरमा उल्लेख छ । कार्यक्रमका लागि गर्भगृहदेखि राम मन्दिरसम्म पूरै फूल र बत्तीले सजाइएको छ । मन्दिर वरपरका पर्खालहरू मूर्तिहरूले सजाइएका छन् ।

राम मन्दिरको उद्घाटन र रामललाको नयाँ मूर्तिको अभिषेकका लागि अयोध्यालाई २५ सय क्विन्टल फूलले सजाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

कार्यक्रममा ठूला नेता उद्योगपति अभिनेता कुटनीतिज्ञ न्यायाधीशलगायत सात हजार जना नागरिक कार्यक्रममा सहभागी हुँदैछन् ।

बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियादेखि काठमाडौं आउँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस गएराति लमही नगरपालिका(९ रिहार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गेरुवा गाउँपालिका(१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल छन् । सामान्य घाइते भएका बस चालकको कोहलपुरमा उपचार भइरहेको छ ।

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जिरोना शीर्षस्थानमा उक्लियो बार्सिलोनाको पनि जित

युक्रेनी फरवार्ड अर्टिमको ह्याट्रिक मद्दतमा सानदार पूनरागमन जित निकाल्दै जिरोना स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । सेभियामाथि ५(१ को सानदार जित निकाल्दै जिरोनाले शीर्षस्थानमा पूनरागमन गरेको हो ।
त्यसअघि अल्मेरियामाथि ३(२ को नाटकीय पूनरागमन जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको थियो । तर, रियल लामो समय शीर्षस्थानमा रहन सकेन ।

यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको २१ खेलबाट ५२ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५१ अंक छ । पराजित सेभिया १६ अंक जोडेर रेलिगेसन जोनभन्दा एकस्थान माथि १७औं स्थानमा छ ।

अर्को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४(२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए । रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।

नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारको निर्देशन

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नर्सिङतर्फ भर्ना अवरुद्ध हुनु अव्यावहारिक भन्दै नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै रोकिएको भर्ना लिइ कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । उचित मापदण्ड पूरा गर्न नसकेका ७३ वटा नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना लिन पाएका छैनन् ।

समितिले आफ्नै अस्पताल बनाउन नसकेका संस्थाहरूको हकमा अहिलेलाई नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यासको सुनिश्चितताको लागि एक सय शय्याको अरु कुनै पायक पर्ने अस्पतालसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

बाग्मती प्रदेशको लोकसेवा आयोगबाट एकैपटक ११ सय कर्मचारी माग

बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।
बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।