अत्तरिया उद्योग वाणिज्य संघमा ताला नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी
९ माघ २०८०, मंगलवार १५:५१
अत्तरिया -कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा ताला लगाइएको छ । मंगलबार अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा ताला लगाएका हुन् ।
अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएका हुन् । नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी गरिएकाले वाणिज्य संघमा ताला लगाइएको व्यापारीहरुले बताएका छन् ।
यही माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया