१४ भाद्र २०८०, बिहीबार २१:०३ – Nagarikabhiyan : National News

त्रिशूली नदीमा हामफालेका युवकको उद्धार

चितवन  । पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जिवितै उद्धार गरेको छ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो। प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।

जुम्लामा माओवादीले दशैँ तिहारमा खाने अरु समय जाँड–रक्सी नखाने निर्णय

जुम्ला –नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेको छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गरेको जानकारी गराएको हो ।

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्नरनगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यो तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिँजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा। कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको जानकारी गराइएको छ ।

अभियानको अवधिमा सरकारको जनपक्षीय सुशासन र समृद्धिको कार्यलाई नागरिकको घरदैलोमा पुर्‍याइदिने, अभियानलाई तीन चरणअन्तर्गत पहिलो चरण वडामा, दोस्रो चरण पालिकामा र तेस्रो चरणमा जिल्लास्तरमा गतिविधि केन्द्रित गर्ने निर्णय भएको छ ।

पत्रकार भेटघाटमा इन्चार्ज लामाले पार्टीको यो अभियानलाई सफल बनाउन सबैलाई अपिल गर्नुभयो ।

सरकारले सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ गृहमन्त्री श्रेष्ठ

काठमाण्डाै –उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् ।
बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको र यसलाई सफल हुन नदिने बताए ।

सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध बनाउने दाबी गरे ।

समृद्धिको यात्रा प्रक्रियालाई तीव्र बनाउन सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले यसका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारबाही गर्ने बताए ।

शुक्रबार सार्वजनिक बिदा

काठमाण्डाै –काठमाडौं महानगरपालिकाले भदौं १५ गते शुक्रबारका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । महानगरले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको हो ।

स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ । महानगरपालिकाको पहिलो स्थानीय राजपत्र २०६० साल भदौ १३ गते प्रकाशित भएको थियो । त्यही मितिलाई आधार मानेर महानगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।

बङ्गलादेशले श्रीलङ्कालाई दियो १ सय ६५ रनको लक्ष्य

काठमाण्डाै –एसिया कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको पेल्लेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेश ४२ ओभर ४ बलमा १ सय ६४ रनमा अलआउट भयो । बङ्गलादेशका लागि नजमुल होसेन शान्तोले सर्वाधिक ८९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका मथीशा पथिरनाले ४ र महीश थीकशनाले २ विकेट लिए ।

भारतसँग खेल्न श्रीलङ्का पुग्यो नेपाली टोली

काठमाण्डाै –एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टोली श्रीलङ्का पुगेको छ ।

नेपाली टोली पाकिस्तानबाट आज बिहीवार दिउँसो श्रीलङ्का पुगेको हो । नेपाल र भारतबीच आउँदो सोमवार खेल हुँदैछ । यो समूह एु को अन्तिम खेल हो ।

यसअघि हिजो बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ४ रनमै अलआउट भयो ।

धादिङको घाटबेँसीमा बस ठोक्किँदा नौजना घाइते

धादिङ-पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा नौजना घाइते भएका छन् । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना।८ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

बसमा सवार २९ जनामध्ये नौजना घाइतेहरूलाई उपचारका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।

नेपालले मलेसियालाई हरायो

काठमाडौं :आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ।

क्लालाम्पुरस्थित बायमास ओभलमा घरेलु टोली मलेसियालाई नेपालले ५ रनले पराजित गरेको हो। ८५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो।

मलेसियाका लागि कप्तान जुलिया वान रोस्लीले सर्वाधिक २८ रनको योगदान गरिन्। त्यस्तै एइना हमिजाले १४ रन बनाइन्। नेपालका कविता कुँवर र कविता जोशीले समान २(२ विकेट लिए। रुविना क्षेत्री र अस्मिना कर्मचार्यले समान १(१ विकेट लिए।

त्यसअघि टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले सर्वाधिक ३८ रन बनाइन्। उनले ५४ बलको सामना गर्दै एक चौकाको मद्दतमा नटआउट रहिन्। कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अप्सरी बेगमको नाममा १७ रनको योगना रह्यो।

नेपालले २४ रन बनाउँदा ५ विकेट गुमाएको थियो। छैठौं विकेटका लागि सिता र रुबिनाले ५१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम अवस्थामा पुर्‍याए। नेपालको ७५ रन हुँदा कप्तान रुबिनालाई गुमायो। नेपालका ३ खेलाडी शून्यमा आउट भए।

मलेसियाकी अइना हमिजले २ तथा इजाती इस्माली र निक नुरले समान १(१ विकेट लिए। नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग खेल्ने छ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि(२० क्वालिफायर खेल्न पाउनेछन्।

प्रहरी हिरासतबाटै थुनुवा भागे

धनगढी : कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधबार राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने २६ वर्षीय वीरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेको स्रोतले जनाएको छ। बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए। उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्येन्टिलेसनको ग्रिल तोडेर भागेको बताइएको छ।

उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ।

मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाण्डाै – पहिरोका कारण अवरुद्ध मुग्लिन(नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएको सडक पहिरो पन्छाएपछि दुईतर्फी नै खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो।

यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक(पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको थियो ।

पहिरोका कारण काठमाण्डौसँग जोडिएको यो मुख्य सडक खण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ । यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट मलेसियासँग नेपालको खराब शुरुवात

काठमाण्डाै – नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको पहिलो खेलमा अहिले घरेलु टोली मलेसियासँग खेलिरहेको छ । यो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।

बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ३३ रन बनाएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन हङकङ, थाइल्यान्ड कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

आज जनै पूर्णिमा रक्षाबन्धन राखी बाँध्ने र क्वाँटी खाने परम्परा

काठमाडौं :प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।​ तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।​

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।​

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै यज्ञोपवीत फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै यज्ञोपवीत फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।

नेपालले पहिलो ओभरमै २ विकेट गुमायो, रोहित पौडेल पहिलो बलमै आउट

काठमाण्डाै –एसिया कपमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ ।

पाकिस्तानका शहीन अफ्रिदीले २ विकेट लिए । नेपालका कुशल भुर्तेल ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए ।

जी–२० शिखर सम्मेलनलाई लक्षित गरेर नयाँ दिल्लीमा बाँदर नियन्त्रण शुरु

आउँदो महिना हुने जी–२० को शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रशासनले सतर्कता अपनाएको छ । अधिकारीहरूले बाँदर नियन्त्रणका लागि विभिन्न उपायको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा हजारौँको सङ्ख्यामा ढेँडु जातको बाँदर रहेका छन् । यी बाँदरले बेला बेला मानिसलाई आक्रमण गर्ने तथा विभिन्न समारोहमा प्रवेश गरेर बिथोल्ने गरेका छन् ।

जी–२० शिखर सम्मेलनको क्रममा बाँदलले दुःख नदिऊन् भनेर अधिकारीहरूले विभिन्न जनावरको स्वर निकाल्ने ४० जना मानिसलाई ठाउँ–ठाउँमा खटाउने तयारी गरेका छन् । यस्तै बाँदरलाई खानेकुरा खोज्न भौतारित नपरोस् भनेर ठाउँ–ठाउँमा पर्याप्त खाना राखिदिने तयारीसमेत रहेको खबरमा उल्लेख छ ।

आउँदो सेप्टेम्बरको ९ र १० तारिखमा नयाँ दिल्लीमा जी–२० हुँदैछ । यो सम्मेलनमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, क्यानडालगायतका देशका प्रमुख आउने सम्भावना छ ।

 

नेपाललाई चौथो सफलता, पाकिस्तानले गुमायो अर्को विकेट

काठमाडौं : एसिया कपमा पाकिस्तानको चौथो विकेट गुमेको छ। सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले सलमान आगाको बल क्याच गरेका हुन्।
सलमानले १४ बलमा पाँच रन बनाएका थिए।

यसअघि लामिछानेले पाकिस्तानका महत्वपूर्ण ब्याट्सम्यान मोहम्मद रिजवान आउट गरेका थिए। लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्।
रिजवानले ५० बलमा ४४ रन बनाए। उनले खेलमा ६ चौका बनाएका थिए।

करण केसीले पहिलो विकेट ५।३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका थिए।

नेपाललाई तेस्राे सफलता, रिजवान रन आउट

काठमाण्डाै –एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए ।