बङ्गलादेशले श्रीलङ्कालाई दियो १ सय ६५ रनको लक्ष्य – Nagarikabhiyan : National News

बङ्गलादेशले श्रीलङ्कालाई दियो १ सय ६५ रनको लक्ष्य

काठमाण्डाै –एसिया कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको पेल्लेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेश ४२ ओभर ४ बलमा १ सय ६४ रनमा अलआउट भयो । बङ्गलादेशका लागि नजमुल होसेन शान्तोले सर्वाधिक ८९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका मथीशा पथिरनाले ४ र महीश थीकशनाले २ विकेट लिए ।