१३ भाद्र २०८०, बुधबार १६:४४ – Page 2 – Nagarikabhiyan : National News

ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने

१३ भदौ, काठमाडौं –नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् ।

सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए ।

सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए ।

नेपाललाई एसिया कपमा पुर्‍याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।

 

जसपा अध्यक्ष यादवद्वारा साइबर ब्युरोमा जाहेरी

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले उनको आधिकारिक प्रमाणित फेसबुक पेज नियमित सञ्चालन भएको अवगत गराउँदै उनले साइबर ब्युरो, भोटाहिटीमा अभद्र एवम् अश्लील कार्यमा सङ्लन्न दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया बढाउन निवेदन दिइएको जानकारी दिए ।

‘मा। उपेन्द्र यादव’ ज्यूको नाम, थर र तस्बिर प्रयोग गरी कुनै अज्ञात व्यक्तिरसमूहले सामाजिक सञ्जाल फेसबुकमा फेक पेजको आइडी बनाइ भदौ १३ गते बिहान उक्त पेजको स्टोरीमा अपरिचित महिलाको अश्लील फोटो अपलोड गरेर चरित्रहत्याको दुष्प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चलाई मुख्यमन्त्री थापाको जवाफस् संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले लिएको विश्वासको मत संविधान अनुसार नै भएको जिकिर गर्दै सर्वोच्च अदालतमा जवाफ पेश गरेका छन् ।
भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए । उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं गएपछि सत्ता पक्षकै सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । उनले मुख्यमन्त्रीलाई मतदान पनि गरेपछि एमाले नेता हिक्मत कार्की अदालत गएका थिए ।

उक्त मुद्दामा अदालतले भदौ ७ गते बिहीबार अन्तरिम आदेश दिँदै विश्वासको मत लिने प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै मुख्यमन्त्री थापालाई भदौ १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

भदौ १५ बाट पूर्ण सुनुवाइ हुने मुद्दाबारे मुख्यमन्त्री थापाले बुधबार सर्वोच्चलाई लिखित जवाफ पेश गरेका हुन् ।

उनले विश्वासको मत उपस्थित हुने सदस्यहरूको बहुमतबाट नभएर प्रदेश सभामा कायम रहेका सदस्यको बहुमतबाट हुने भएकाले विश्वासको मतमा त्यो धारा १८६ आकर्षित नहुने बताएका छन् । विश्वासको मतसम्बन्धी व्यवस्था धारा १८८ अनुसार हुने भन्दै कोशी सरकारले १८८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीले प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्नुपर्ने व्यवस्था मात्र रहेको जवाफमा उल्लेख गरेको छ ।

अदालतले भने मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई ‘संविधानसम्मत नदेखिएको’ भन्दै सर्वोच्च अदालतले दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न भनेको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । उक्त मुद्दामा भदौ १५ गते शुक्रबार अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनिएको छ । एमाले नेता हिक्मत कार्कीले भने आफैँलाई मुख्यमन्त्री बनाइदिन माग गर्दै दोस्रोपटक सर्वोच्च अदालत पुगेका हुन् ।

पाकिस्तानले गुमायो दोस्रो विकेट

काठमाडौं :एसिया कप क्रिकेट पाकिस्तानको दोस्रो विकेट गुमेको छ। यसअघि करण केसीको बलमा आरिफ शेखले क्याच गरेका थिए।

करण केसीले पहिलो विकेट ५।३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका हुन्।

सुन प्रकरणमा थप एकजना पक्राउ, अनुसन्धानका लागि एसएसपी हङकङमा

काठमाडौं :करिब ६१ किलोग्राम सुन तस्करी प्रकरणमा थप एकजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको छ।

पाल्पा घर भएका गणेश पौडेललाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ जना पुगेको छ।

उनीहरूलाई न्यायिक हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ तर हालसम्म प्रहरी मुख्य व्यक्तिसम्म पुग्न सकेको छैन। यही प्रकरणमा अनुसन्धानकै क्रममा सीआईबी अधिकृत हङकङ पुगेको छ। थप अनुसन्धानका लागि सीआईबीका एसएसपी दिनेश आचार्य गतराति हङकङ गएका हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागले समातेको ब्रेक सुसहितको सुन हङकङबाट ल्याइएको थियो। यो तस्करीमा संलग्न नेपालीबाहेक अधिकांश चिनियाँ नागरिक भएकाले थप अनुसन्धान तथा सूचना संकलनका लागि एसएसपी आचार्य हङकङ गएका हुन्। यसअघि प्रहरीले विदेशी नागरिकहरूको संलग्नता देखिएपछि इन्टरपोललाई पत्राचारसमेत गरेको थियो।

यसअघि पक्राउ परेकाहरूमा केही चिनियाँ र भारतीय नागरिक रहेका छन्। केही चिनियाँसँग भने भारतीय आधारकार्ड समेत फेला परेपछि भारत र चीनको इन्टरपोललाई सहयोगका लागि नेपालबाट पत्राचार गरिएको थियो।

सीआईबीले भारतको इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो एनसीबी सँग र इन्टरपोल बेइजिङका दुईवटा सबब्यूरो हङकङ र मकाउ मध्ये हङकङ ब्यूरोसँग सीआइबीले सहयोग मागेको हो। पटकपटक ठूलो परिमाणमा अवैध सुन बरामद गरेको नेपाल प्रहरीले सुन भारत लाने गरिएको बताउँदै आएको छ।

एसिया कप : यी हुन् पाकिस्तानविरुद्ध खेल्ने ११ खेलाडी

काठमाडौं :एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । टस हारेर पहिला फिल्डिङ गर्न लागेको नेपालको प्लेइङ–११ सार्वजनिक गरेको छ।

जसमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख आरिफ शेख, कुशल मल्ल, र दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै गुल्सनकुमार झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी प्लेइङ सेटमा छन्।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिला बलिङमा तानिएको हो । दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ ।

समाजवादी मोर्चा समयको बर्बादी मात्रै नहोस्ं

गएको असार ४ गते नेपालमा तीन कम्युनिष्ट पार्टी र एक समाजवादी पार्टीबीच ‘समाजवादी मोर्चा’ घोषणा भयो । ‘समाजवादको नेपाली बाटो’ तय गर्ने लक्ष्यका साथ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच ‘समाजवादी मोर्चा’ घोषणा भएको हो ।

हरबखत नयाँ प्रयोगको सिद्धान्तलाई उधिनिरहेको नेपाली राजनीतिले कम्युनिष्ट र गैरकम्युनिष्ट दलबीच ‘मोर्चा’ निर्माण भएसँगै जनमानसमा पनि एक खालको सन्देहमूलक र प्रश्नवाचक उद्गार देखा परेको छ । संभवतः समाजवादी मोर्चाको विशेषता, कठिनाइ र प्रश्न पनि एउटै हो – फरक विचार, दृष्टिकोण र राजनीतिक कार्यदिशा अँगाल्ने पार्टीहरूबीचको मोर्चाबन्दी कहिलेसम्म टिक्ला रु

यो यक्ष प्रश्नको उत्तर अहिले नै भेटिंदैन । मोर्चामा आबद्ध दलहरूबीचको सहकार्यले भविष्यमा कस्तो स्वरूप ग्रहण गर्ला रु त्यसैमा उक्त प्रश्नको उत्तर अन्तरनिहित छ । तथापि राजनीतिमा गरिने अनेकन् प्रयत्नमध्ये समाजवादी मोर्चा निर्माणको प्रयत्नलाई पनि एउटा असल नियत सहितको प्रयत्न भने मान्न सकिन्छ । किनकि ‘जुट’को प्रयत्न ‘फुट’को नियतिभन्दा सही नै हुन्छ । त्यसैले समाजवादी मोर्चामा आबद्ध दलहरूको यो राजनीतिक सहकार्यलाई अस्वीकार गरिहाल्नुपर्ने आवश्यकता छैन ।

तथापि अहिलेको जल्दोबल्दो चासोको विषय बनेको हाम्रो अर्थराजनीति सुहाउँदो समाजवादी राज्यव्यवस्थाको मोडेल कस्तो हो रु के भयो भने समाजवाद हुन्छ रु संविधानको प्रस्तावनामा परिकल्पना गरिएको समाजवाद, दलहरूले भन्ने गरेका समाजवाद र जनताले अपेक्षा गरेको शासनसत्ता एउटै हो रु यी केही प्रश्नको भने सामना गर्नैपर्छ ।

समाजवादी मोर्चामा आबद्ध दलहरूले मुलुकको नयाँ संविधान २०७२ ले परिकल्पना गरेको ‘समाजवादउन्मुख अर्थ–राजनीति’को ‘रोडम्याप’ तयार गर्नकै लागि ‘समाजवादी मोर्चा’ निर्माण गरेको दाबी गरेका छन् । समाजवादी मोर्चाको घोषणापत्रको प्रस्तावनामा मोर्चा गठनको उद्देश्य पुष्टि गर्ने प्रयत्न गर्दै भनिएको छ– ‘देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यक रहेकोले संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने ।’

त्यसैले आजको आवश्यकता र अपरिहार्यता अनुभूति गरेर नेपाली परिवेश सुहाउँदो समाजवादी राज्यव्यवस्थाको स्वरूप र बाटो तय गर्ने आफैंमा पवित्र लक्ष्य नै हो । तथापि संसदीय अभ्यासमा रहेका तीन दल र संसदीय व्यवस्था विरुद्ध संघर्ष गरिरहेको विद्रोही शक्ति नेकपालाई जोड्ने रसायनबारे भने चौतर्फी अनभिज्ञता प्रकट गरिएको छ ।

एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौं ।बुधबारदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।

समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले भने बेस्ट अफ लक, देश साथमा छ

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। बुधबार बिहान भर्चुअल माध्यमबाट प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको क्रिकेट टोलीलाई जितको शुभकामना दिएका हुन्।

बेस्ट अफ लक, राम्रो गर्नुहोस्। देश तपाईंहरु साथमा छ,’ उनले भने।

एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो। एसिया कप खेल्ने नेपालको सपना दशक अगाडि देखि थियो। यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन।‌

एमसीसीले रोकियो समाजवादी मोर्चाको कार्यक्रम

काठमाडौं :समाजवादी मोर्चाको कार्यक्रम स्थगित भएको छ। आज धनगढीका लागि तय भएको कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीचको भेटपछि भेला स्थगित गरिएको जानकारी दिए।

अमेरिकी मिलेनिय च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा समाजवादी मोर्चाको घटक नेकपा एकीकृत समाजवादी र नेकपाले माइतीघरमा विरोध गर्दैछ। आजबाट कार्यान्वयन आउन लागेको एमसीसीको विरोधका कारण धनगढीको भेला स्थगित गरिएको नेताहरुले बताएका छन्।

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु

धनगढी । कञ्चनपुरमा मोटर साईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं। १ हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २२ का सुनिल सार्कीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो बेल्डाँडी गाउँपालिका वडा नं। १ अवस्थित भण्डारी टोल नजिक सुपप्र ००३प ७२११ नं।को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सार्कीले आफैले चलाएको मोटरसाइकल हुलाकी सडकमा खाल्डोमा परी अनियन्त्रित भई दुर्घटना भएको थियो । ठेकेदारले समयमै सडक निर्माण कार्य नगर्दा दुर्घटना हुने गरेको स्थानीय युवा हिमाल ओखेडाले बताए ।

समयमै बाटो नबन्दा स्थानीयले ज्यान गुमाउनु परेको भन्दै अहिले युवाहरुले हुलाकी राजमार्गमा आन्दोलन गरिरहेका छन् । स्थानीय तथा युवाहरुले अहिले हुलाकी सडक बन्द गरेका छन् ।

तीजको कार्यक्रम गर्दा प्रशासनको अनुमति लिनुपर्ने

पर्वत : जिल्ला प्रशासन कार्यालय कास्कीले तीजपर्वका अवसरमा कार्यक्रम आयोजना गर्नुपर्दा पूर्व स्वीकृति लिनुपर्ने बताएको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका ठाउँमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव वा अन्य कुनै प्रकारको कार्यक्रमको आयोजना गर्ने भएमा पूर्व स्वीकृति लिएको हुनुपर्ने भनिएको छ।

हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिज नजिकिँदै गइरहेको सन्दर्भमा विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा विभिन्न तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने र जसका कारण विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तीजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति विना आयोजना नगर्नु हुन जानकारी गराइन्छ।’

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवरध न गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन नगर्न नगराउन पनि कास्की प्रशासनले अनुरोध गरेको छ।

सूचना, सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली, २०३३ र अन्य प्रचलित कानुनको विपरीत हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव पार्टी जस्ता कार्यक्रमहरू नगर्न प्रशासनको अनुरोध छ। प्रशासनले गरेको अनुरोधलाई उल्लंघन गरी त्यस्ता कार्यक्रमको आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।

बलियो छाप रहेको पाकिस्तानलाई के नेपालले हराउनै नसक्ने हो

ललितपुर :एसिया कप क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३स्१५ बजे पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा शुरु हुनेछ।

पहिलोपटक सहभागी भएको नेपाललाई जति महत्त्वपूर्ण छ, त्यो भन्दा बढी विश्व क्रिकेट इतिहासमा बलियो छाप रहेको पाकिस्तानका लागि छ। जित हार जे नतिजा भए पनि नेपालका लागि त्यो स्वाभाविक मानिएला तर पाकिस्तानका लागि जित महत्त्वपूर्ण हुनेछ।

अन्तराष्ट्रिय क्रिकेट परिषद्आ इसीसी को एकदिवसीय विश्व वरियतामा १५ औँ स्थानमा रहेको नेपालका लागि केही दिनअघि मात्र अफगानिस्तानलाई हराएर विश्व वरीयताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग खेल्न त्यत्ति सहज छैन। विश्वस्तरका ब्याट्स्म्यान र बलर रहेको पाकिस्तानका लागि घरेलु मैदान र घरेलु दर्शकको साथ अर्को फाइदाको विषय बनेको छ।

तीव्र गतिको बलिङलाई भन्दा स्पीन बललाई सहज हुने मुल्तानको पिच ब्याट्स्म्यानका लागि रन बनाउन पनि सहज हुने देखिन्छ। झण्डै कीर्तिपुरको त्रिवि मैदान जस्तै भएकाले नेपालका लागि रन बनाउन र अनुकुलित भएर खेल्न सहज हुने अनुमान गर्न सकिन्छ।

टस जितेको खण्डमा पहिले ब्याटिङ गरेर कम्तीमा ३२० भन्दा बढी रन बनाउन सके नेपालका लागि सहज हुने देखिन्छ। किनकी यतिको लक्ष्य दिएमा नेपाली स्पिनर सन्दीप लामिछाने या ललित राजवंशीले पाकिस्तानी ब्याटरलाई थोरै थोरै रनमा आउट गर्न सक्ने सम्भावना देखिन्छ। किनकी मैदान फास्ट बलरलाई भन्दा स्पिनरलाई फाइदा दिने खालको छ। यस्तोमा अरु बलरले पनि राम्रो नतिजा नल्याउलान् भन्न सकिन्न। पाकिस्तान फाष्ट बलरको हतियार बोकेको टिम हो।

अर्कोतर्फ एसिया कपको २ पटक उपाधि विजेता पाकिस्तानी टिमसँग पर्याप्त अनुभव छ भने तुलनात्मक रूपमा नेपालसँग त्यस्ता अन्तराष्ट्रिय जगतका अनुभव कम छ।

विश्व क्रिकेट जगतमै तहल्का मच्चाएका कप्तान बाबर आजम, इमाम उल हक र फाकर जमान जस्ता अनुभवी ब्याट्सम्यानले भरिएको पाकिस्तान नेपालको जीतका लागि तगारो बन्न सक्छ। फाकर र इमामको ओपनिङ जोडीलाई नेपाली बलरले वेलैमा तोड्न सकेनन् भने त्यो घातक सिद्ध हुनसक्छ।

फेरि पाकिस्तानका अन्य ब्याट्सम्यानले पनि कमजोर छैनन्। तल्लो ब्याटिङ क्रममा आउने उपकप्तान सदाब खान हुन या मध्यक्रममा क्रिज सम्हाल्ने मोहम्मद रिजावन, आघा सलमान र इफ्तिकार अहमदलाई पनि कमजोर आँक्न मिल्दैन।

त्यसो त नेपाली खेलाडीलाई पनि ब्याटिङमा कमजोर मान्न मिल्दैन। पछिल्लो समयका प्रदर्शन हेर्ने हो भने नेपालका ओनर ब्याट्सम्यानदेखि अन्तिममा ब्याटिङ गर्न आएका बलरसम्मले राम्रै रन हान्न थालेको अभ्यास भइसकेको छ।

पाल्पामा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, बालकसहित ८ जना घाइते

पाल्पा – पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् ।
गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।

जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

एसिया कप क्रिकेट आजदेखि स् उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

काठमाडौं :नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो। एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो। एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो। यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन।‌

मुल्तान मैदानमा वेस्ट इण्डिजसँग भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले क्लिनस्विप गरेको थियो। घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान नै बलियो स्थितिमा छ। क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान। उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ। भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो। अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ।

यो खेलमा स्वाभाविक रुपमा पाकिस्तान जीतको दावेदार हो। तर, क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो। र, पाकिस्तान अनिश्चित क्रिकेट खेल्न कहलाएको छ। एक दिन ऊ उत्कृष्ट क्रिकेट खेल्छ भने अर्को दिन साह्रै नराम्रो पनि खेल्छ। कहिले आफूभन्दा बलियो टीमलाई सहज रुपमा हराउँछ, कहिले निकै कमजोर टीमसँग पनि लज्जास्पद हार व्यहोर्छ। यदि आज म्याचमा पाकिस्तानको कमजोर रुप प्रकट भयो भने नतिजा केही भन्न सकिन्न।

पाकिस्तानविरुद्ध नेपालले विपक्षीअनुसार पिचको अवस्था, आवश्यकता र आफ्नो रणनीति अनुसार १७ सदस्यीय टोलीबाट ११ खेलाडी मैदानमा उतार्नेछ।

पाकिस्तानविरुद्ध मुख्य प्रशिक्षक मोन्टी देशाईले कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, भीम सार्की वा अर्जुन साउद, कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई सुरुवाती ११ मा समेट्न सक्नेछन्।

पछिल्लो समय कुशल भुर्तेल र आसिफ शेखले टोलीको ओपनिङ सम्हालिरहेका छन्। ओडिआईमा नेपालका लागि कुशल र आसिफले नै अहिलेसम्म १ सय ७१ रनको सर्वाधिक साझेदारी गरिसकेका छन। यी दुई ३ पटक शतकीय साझेदारी गरि सकेका छन्।

आसिफले टोलीमा विकेटकिपरको जिम्मेवारी समेत निभाउँदै आएका छन्। विकेटकिपिङको अर्को विकल्प अर्जुन साउद छन्। इमर्जिङ कपमा पाकिस्तानको ए टिम विरुद्ध राम्रो प्रदर्शन गरेका अर्जुनले सिनियर टोलीविरुद्ध समेत मौका पाउने सम्भावना छ। अर्जुनले सुरुवाती ११ मा स्थान बनाउन नसकेकामा भीम सार्कीको सम्भावना बलियो छ।

आवश्यकता अनुसार मध्येक्रम सम्हाल्ने जिम्मेवारी कप्तान रोहितको काँधमा हुनेछ। आजको खेलमा अलराउण्डर कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले मौका पाउन सक्छन् भने फास्ट बलिङमा करण केसी र सोमपाल कामी छन्। स्पिनमा सन्दीप निर्विकल्प रहँदा आवश्यकता र रणनीति अनुसार ललित राजवंशीलाई पनि मैदानमा देख्न सकिन्छ।

नेपालसँग खेल्ने पाकिस्तानी टोली

नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ(११ को घोषणा भएको छ। बाबर अजामको कप्तानीमा प्लेईङ(११ को घोषणा भएको हो।
टोलीमा बाबर अजाम, सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह रहेका छन्।
आगामी भदौ १८ गते नेपालले भारतसँग श्रीलङकामा खेल्नेछ।

बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

तनहुँ :गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो। अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदैआएको प्रहरीले जनाएको छ।
घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन्।

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ । प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।