१२ भाद्र २०८०, मंगलवार २१:०५ – Page 3 – Nagarikabhiyan : National News

तीजमा तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह गरेको छ।

मंगलबार सूचना जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ। तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर हुने गरेका छन्।सूचना विपरीत गरे(गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु

बाजुरा, १२ भदौ :बाजुराको बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु भएको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोटको पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

न्यौपाने सोमवार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए। बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी भने जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किएकी छन।

टिकटक बन्द गराउन माग गर्दै युवराज सफलद्धारा सञ्चार मन्त्रालयमा उजुरी

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गराउन माग गर्दै सामाजिक अभियन्ताको रुपमा परिचित युवराज पौडेल ‘सफल’ले सञ्चार मन्त्रालयमा उजुरी दिएका छन् ।
बिना अनुमति नेपालमा टिकटक सञ्चालन गरिएको दाबी गरिएको दाविसहति उनले उजुरी दिएका हुन् । निवेदनमा उनले टिकटकले सामाजिक सद्भाव बिगार्न मद्दत गरेको आरोप लगाएका छन् ।

सञ्चालन गर्न दिए मापदण्डभित्र ल्याउन मन्त्रालयसँग आग्रह गरिएको छ । टिकटकलाई कानुनी दायरामा ल्याउँदै करमा पनि जोड्न माग गरिएको छ । उनले टिकटक लाइभ बस्ने तथा गेम खोल्नेहरुले लाखौँ रुपैया आम्दानि गर्ने गरेको र उक्त रकमको कर समेत नतिर्ने हुदा त्यस्ता रकमलाई करको दायरामा ल्याउन समेत निवेदन गरेका छन् ।

भिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते

दार्चुलाःभिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते भएकी छिन्।

जिल्लाको नौगाड गाउँपालिका–५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन्। मंगलबार बिहान घाँस काटेर घर फर्कने समयमा भिरबाट खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन्।

गम्भिर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुगाइको स्थानीय श्याम धामीले बताए।

आईसीसीले भन्यो– गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी

काठमाण्डाै – भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले गुल्शनलाई कम आँक्न नहुने आईसीसीले उल्लेख गरेको छ । मुख्य प्रतियोगितामा गुल्शनले झन् राम्रो प्रदर्शन गरेका र उनको विशेषता नै आक्रामक तरिकाले खेल्नु रहेको उल्लेख छ । विपक्षीविरुद्ध मध्य ओभरमा गुल्शनलाई बलिङमा ल्याउँदा उनले रनरेट घटाइदिन सक्ने आईसीसीले उल्लेख गरेको छ ।

आईसीसीले गुल्शनलाई एसिया कपमा चम्किन सक्ने खेलाडीको रूपमा वर्णन गरेको छ । उत्कृष्ट प्रदर्शन गर्न सक्ने बाँकी पाँच खेलाडीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रिम बुमराह, बङ्गलादेशका तस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलङ्काका महीश थीकशना रहेका छन् ।

१६ औँ संस्करणको एसिया कप भोलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । पाकिस्तान अहिले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा छ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ ।

कोशीमा मुख्यमन्त्री नै पाएका थियौँ, संसदीय समितिसँग लेनदेन भन्नेकुरा झुटो होः लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ ।
साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति नभएको दाबी गर्नुभयो ।

उहाँले कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताउनु भयो । उहाँले राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र शुरुको गठबन्धन ताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भागमा परेको बताउनु भयो । उहाँले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गर्नुभयो ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सकको मृत्यु

मोरङ : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा आज बिहान भएको सवारी दुर्घटना हुँदा चिकित्सकको मृत्यु भएको छ।
उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा टिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डाक्टर निरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको टिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए।

उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समय पछि यादवको मृत्यु भएको थियो।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पूर्वको चालीसकिलोमा ट्रक पल्टियो, १७ वटा भैँसीरपाडा मरे

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

 

राप्रपाले संसदीय समितिको नेतृत्व लिँदा कुनै सहमति भएको छैनः लिङ्देन

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी गरेका छन् ।

यूएई र साउदी अरबको भ्रमण सकेर मंगलबार स्वेदश फर्किएका लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैआफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन ।’

उनले कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताए । राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र शुरुको गठबन्धन ताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको बताए । उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गरे ।

उनले भने, ‘संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति भएको छैन । कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले तोकरै सभामुख र एउटा मन्त्री लिनेभयो भनेर राप्रपाले र अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसावले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट हो । राप्रपाले सभामुख मागिरहनु नै पर्दैन । शुरुमै भाग पर्दा सभामुख नलिएको हो । हामीले चाहेको खण्डमा सत्तापक्षबाट मुख्यमन्त्री नै प्राप्त हुनसक्ने गणितीय अवस्था छ । हामीलाई मुख्यमन्त्रीको अफर आएको थियो ।’

१० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंकगणितलाई हेरेर आफूहरुले नलिएको उनको दाबी छ ।
संसदीय गणितमा कुनै भूमिका नहुनसक्ने देखेपछि सभामुख नलिएको भन्दै उनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौं भने सत्ता गटबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।’

सैनिक चिहानमा नाच्ने २ महिलालाई ५ वर्ष कैद

काठमाडौं : युक्रेनको स्वतन्त्रता दिवसमा युद्धमा मारिएका सैनिकको चिहानमा नाचिरहेको दुई युक्रेनी महिला पक्राउ परेका छन्।

इन्स्टाग्राममा प्रयोगकर्ताले पोस्ट गरिएको भिडियोमा दुई महिला चिहानमा नाचिरहेको देखाइएको छ। यस भिडियोमा मारिएका सैनिकका तस्बिरहरू पनि देखाइएको छ, जहाँ महिलाहरू चिहानमा नाचिरहेका छन्।

युक्रेनी प्रहरीले यो क्लिप प्राप्त गरेको बताएको छ। ‘एक घण्टा भन्दा कम समयमा, कानून प्रवर्तन अधिकारीहरूले नाँच्ने महिलाहरूलाई पत्ता लगाएर पक्राउ गरिएको छ।’ किभ प्रहरीले एक विज्ञप्तिमा भन्यो।

युक्रेनी प्रहरीले पछि दुबै महिलाको तस्बिर प्रकाशित गरेको छ। अझ उनीहरूले भिडियोमा लगाएको लुगा एउटै रंगको थियो। चिहानलाई अपवित्र गरेको आरोपमा उनीहरुलाई ५ वर्ष कैद सजाय हुन सक्ने प्रहरी अधिकारीले जनाएका छन्।  मृतकको सम्झनामा ती दुई दिदीबहिनी चिहानमा आएका थिए।

बम विस्फोटको घटनामा सम्लग्न इराकमा ३ तीन जनालाई फाँसी दिइयो

काठमाडौं : इराकले सात वर्षअघि भएको एउटा शक्तिशाली बम विस्फोटको घटनामा सम्लग्न ३ जनालाई फाँसी दिइएको छ।

सन् २०१६ मा राजधानी बगदादमा भएको बम आक्रमणमा झण्डै ३ सय मानिसको मृत्यु भएको थियो। सन् २००३ मा अमेरिकाले गरेको आक्रमणपछि इराकमा भएको यो नै ठूलो आक्रमण थियो। उक्त आक्रमणको जिम्मा आतंकवादी संगठन आइएसले लिएको थियो।

प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीको कार्यालयले फासी दिइएका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। एजेन्सीहरुका अनुसार फाँसीको सजाय पाउनेमा बम आक्रमणका योजनाकार गजवान अल–जौबाइको पनि भएको बताइएको छ।

उनी दुई वर्षअघि पक्राउ परेका थिए। सन् २०१६ मा इराकको राजधानीस्थित मुख्य शिया मुस्लिम क्षेत्रमा भीडमा विस्फोटक भरिएको गाडी छिराएर विस्फोट गराइएको थियो।

आफूलाई बचाइदिन क्यान्सरपछि घाँटीमा प्वाल पर्दा आवाजविहीन बनेका बुद्धिबहादुरको अपिल

पर्वत :घाँटीमा भएको प्वाल देख्दैमा डर लाग्दो छ। त्यही प्वालका कारण उनको आवाज निस्किँदैन। इसाराका भरमा आफ्ना मनमा लागेका कुरा व्यक्त गर्दा उनको मनमा कति पिडा छ होला। १० वर्ष अगाडि घाँटीमा भएको क्यान्सरले घरविहीन हुने अवस्थामा पुगेको मान्छेलाई दश वर्षपछि फेरि घाँटीमै क्यान्सरले समातेपछि उनको पिडा देख्दा जो कसैको मन पनि अमिलो हुन्छ।

पर्वतको महाशिला गाउँपालिका–६ फलामखानी स्थित राम्चेका बुद्धि बहादुर सुनार उमेरले ४० वर्ष काटेका छन्। घाँटीको क्यान्सर भएपछि शल्यक्रिया गरेका उनलाई भौतिक रूपमा देख्दा नै मन सिरिङ्ग हुन्छ। शल्यक्रिया गरेको घाँटीमा ठुलै प्वाल बाहिरबाट देख्न सकिन्छ। उनको अवस्था त एउटा पाटो भयो नै उनी बिरामी भएपछि उनका कारण निम्तिएको घरको अवस्था पिडाको अर्को पाटो हो।

उमेरले ७५ वर्ष पार गरेकी बुद्धि बहादुरकी आमा टिकीसरा सुनारले छोरालाई सम्पत्ति सकेर छोरालाई बचाउन सकेकोमा खुसी लागेको भए पनि भगवानले आफ्नो खुसी लामो समय टिक्न नदिएको भन्दै आँसु झारिन। आफू भन्दा पहिला छोरा स्वर्गे भएको देख्नु नपरोस् भन्ने चाहना पूरा गर्नको लागि घरमा पुग्नेदेखि आफूले भेटेका सबैलाई उनले छोरा बचाइदिन अनुरोध गर्ने गरेकी छिन्।

भएजतिको सम्पत्ति उपचारमा सकियो। ४र५ फेरसम्म पोखरा लैजाँदा उसले विदेशमा काम गरेर कमाएको पनि सकियो यहाँ घरमा भएको पनि सकियो। नाति नातिना इतुर्का साना छन्। तिनीहरूलाई के गर्ने होरु म बुढी भएकी छु बाबु यस्तै छ’, टिकीसरा भन्छिन्, ‘मेरै पनि खुट्टाले हिँड्न हुँदैन। हाम्रो अवस्था यस्तो टिठ्याउँदो भयो। बरु मै मर्न पाए आनन्द हुने थियो। बरु मै मरेर मेरो आयु छोरामा सार्दे भगवान्१ बरु म बाँचेर के काम छ र अबरु म बाँचे यही छोरा मरेको देख्न पर्नी भयो। अब कसैले बचाइदिन सके त हो।’

बुद्धि वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष अगाडि कतारमा थिए। आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि नेपाल फर्किएर उपचार थाले। घाँटीको क्यान्सर भएको थाहा पाएपछि उनको अवस्था झनै बिग्रियो। यसै त गाउँको गरिब परिवार, त्यसमाथि घाँटीको क्यान्सर। पहिले भएको क्यान्सरको घाउ नमेटिँदै बुद्धि फेरि पनि क्यान्सरको चपेटामा परेका छन्।

उनको अवस्थाका बारेमा जान्न खोज्दा श्रीमती सिता सुनारले आवाज नै निकाल्न सकिनन्। पुनर्जीवन पाएका श्रीमानको घाँटीमा फेरि पनि क्यान्सर देखिँदा उपचारको लागि खर्च नभएपछि रोग पालेर घरमै बस्नुपर्दा उनको बोली फुटोस् पनि कसरीरु १० वर्षदेखि श्रीमान्को बोली नै सुन्न नपाएकी उनलाई अहिले देखिएको क्यान्सरको उपचार गर्न नसक्दा श्रीमान्लाई सधैँका लागि गुमाउनुपर्ने त होइनरु भन्ने चिन्ताले खाएको छ। साना उमेरका दुई छोरी र एक छोरा, कपाल फुलेर सेतै भएकी सासू अनि जीवन र मरणको दोसाँधमा टोलाइरहेका श्रीमान् देख्दा उनलाई असह्य पिडा हुन्छ।

बुद्धि बहादुरका दाइका छोरा कर्ण बहादुर सुनारका अनुसार उपचारका लागि हालै मात्र चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा पुगेका बुद्धिलाई फेरि पनि घाँटीको शल्यक्रिया गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। घाँटीको प्वाल कपडाले ढाकेर भए पनि मजदुरी गरेर परिवारमा आर्थिक जोहो गर्दै आएका बुद्धिको घाँटीका हड्डीमा पिप जमेकाले त्यसलाई ताछेर फाल्नुपर्ने चिकित्सकले बताएका छन्। तर आर्थिक अभावले रोग पालेर घरमै बस्नु बाहेकको विकल्प उनीहरूसँग छैन।

‘पहिले देखिएको क्यान्सरको उपचारमा नै सम्पत्ति सकिएको थियो। घरमा पालेका भैँसीदेखि कुखुरासम्म सबै बेचेर उपचार गरिएको हो। फेरि अहिले पैसा नभएर उपचार गर्न सकिएको छैन,’ कर्णबहादुर भन्छन्, ‘अब देश विदेशमा रहेका सबैले जति सकिन्छ उति सहयोग गरेर बचाउने बाहेकको विकल्प देखिएको छैन। अण्टी, हजुरआमा र भाइ बहिनीको अवस्था निकै दयनीय बनेको छ।’ घाँटीको हड्डीमा पिप पलाएकोले त्यो ताछेर फाल्नुपर्ने भनेर चिकित्सकहरूले सुझाए पनि उपचार गर्न नसक्दा त्यसैबाट शरीरको अन्य भागमा समेत क्यान्सर फैलिने उच्च जोखिम रहेको उनको भनाइ छ।

प्रधानमन्त्री :दाहाल भन्छन्( नयाँ जनयुद्धको सुरुवात गरें

काठमाडौं :प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले आफूले नयाँ जनयुद्धको सुरूवात गरेको बताएका छन्।

मंगलबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय माअ‍ोवादी मुर्झाएकाले आफूले हिंसारहित जनयुद्धको सुरूवात गरेको बताएका छन्।

यो बीचमा माओवादी कताकता मुर्झाएको जस्तो हामी माअ‍ोवादी हौं भन्न अफ्ठ्यारो मानेको जस्तो। परिवर्तनका विरोधीहरू छाती खोलेर माओवादीलाई गाली गरेको तर, हामी चुपचाप सुनेर हिँड्नु परेको जस्तो थियो। तर, मेरो तर्फबाट नयाँ जनयुद्धको सुरूवात गरेको हो,’ उनले भने, ‘ यो नयाँ जनयुद्ध हो। यसमा हिँसा र हतिरयारको प्रयोग हुँदैन। तर, यो युद्ध नै हो। यो युद्धको सुरूवात लिडरसिपबाट हुनुपर्छ। यसले जनताको मन जित्ने छ। हामी देश निर्माणका अभियन्ताहरू हौं। हाम्रा जनता र विरोधीका घरमा जानूस। सरकारले गरेका राम्रा कामहरूका बारेमा जानकारी दिँदै फिड व्याकहरू लिएर आउनूस्।’

प्रधानमन्त्री प्रचण्डले माअ‍ोवादी कमजोर हुँदा जनयुद्धका मुद्दाहरू निरन्तर आइरहेको बताए। उनले आफू सरकारमा आएर राम्रो काम गर्न थालेपछि दुई वटा मुद्दा परेको बताउँदै आफूहरू शक्तिशाली भएपछि यी केही पनि नभएको बताए।

मैले एकपटक फेरी जीवनको यो क्षणमा नयाँ क्रान्ति थालनी नगर्ने हो भने मेरो चिन्ता देश दुर्घटनामा पर्ने खतरा छ। यो परिवर्तन उल्टिने खतरा छ। यसमा तपाईं हामी सबै नै दुर्घटनाको सिकार हुने खतरा छ। हाम्रो शक्ति मजबुत भएन भने प्रतिक्रियावादीहरूले के के गर्छन् भनेर के गर्छन् हामी भोगिसकेका छौं। पहिले नै हाम्रो टाउकोमा युद्धकालका मुद्दाहरू छँदैछन्। मेरा ३६ वटा मुद्दा छँदैछन्। शान्तिकालका मुद्दा टुंगो नलागेसम्म अझै पर्नसक्छन्। म सरकारमा आएर राम्रो काम गर्न थालेपछि दुई वटा मुद्दा परेका छन्। तर, जब हामी एक हुने भएपछि थाँती छन्। हामी शक्तिशाली भएपछि यी केही पनि होइनन्,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्ने प्रयासहरू भइरहेकाले गठबन्धन पाँच वर्ष जाने बताएका छन्। ‘गठबन्धन तोडेने, सरकारलाई ढाल्ने षड्यन्त्र भइरहेका छन्। तर, कसैको केही लाग्ने छैन्। जति बल गरेका छन्। त्यति जनातको नजरमा गिर्दै गएका छन्। यो गठबन्धन पाँचै वर्ष जानेछ। केही ठूलो दुर्घटना भएन भने हामी निरन्तर यो अभियानलाई सफलता तिर लाने छौं,’ उनले भने।

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं :सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेका ठूलो परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले महोत्तरीबाट भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायतका २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट स्रोत नखुलेको २६ लाख बराबरको नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनीबाट एक हजार, एक सय र पचास दरका नेपाली रुपैयाँ बरामद भएको हो।

प्रहरीले मटिहानी–३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडिबाट उनलाई पक्राउ गरेको हो। ज १२ प १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा नोट फेला परेको हो।

गोदावरीमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको ग्वाँसी माविमा अध्ययनरत छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित भएको छ । विद्यालयमा कक्षा ९ देखि १२ मा अध्ययनरत छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित हुन थालेको हो । कक्षाकोठामा छात्रा बेहोस हुने गरेकाले पठनपाठनमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक गणेश भट्टराइले बताए । उनले ९ देखि १२ कक्षाको अध्यापन बिहानी सत्रमा गरेपछि छात्राहरु बेहोस हुने क्रम बढेको बताए ।

करिब १४ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा कोठा अभाव भएपछि २ सिफ्टमा अध्यापन हुँदै आएको छ । प्रधानाध्यापक भट्टराइले कक्षा कोठामा एक जना छात्रा बेहोस भएपछि अन्य पनि बेहोस हुने गरेकाले पठनपाठन प्रभावित हुने गरेको बताए । उनका अनुसार यसरी बेहोस भएका छात्राहरु केही आफै आधा घण्टामा ठिक हुने गरेका छन भने ठिक नभएकाहरुलाई अस्पताल सम्म पु¥याइने गरिएको छ ।

उनले विहान विद्यार्थी भोकै आउने र कक्षा कोठामा भिडभाड हुने भएकाले यस्तो समस्या आएको हुन सक्ने बताए । ‘विद्यालय २ सिफ्टमा चल्ने भएकाले विद्यार्थीहरु बिहान भोक–भोकै पनि आउने गरेका हुन्छन । विहान देखि ११ र१२ बजे सम्म भोकभोकै पढ्नुपर्दा समस्या देखिएको हुन्छ की जस्तो लाग्छ’ उनले भने ‘यसरी कक्षाकोठामा विद्यार्थी बेहोस भएर ढल्दा पढाइमा निकै डिस्टर्व भइरहेको हुन्छ । एक जना विद्यार्थी बेहोस भए अरु पनि बेहोस हुुने गर्छन । जसले पठनपाठन नै रोकिन्छ ।’ उनले विद्यालयमा कक्षाकोठाको अभाव भएर २ सिफ्टमा चलाएको भएपनि समस्या सामाधान नभएको बताए ।

 

 

बडिमालिकामा तीर्थयात्रा शुरु

मान्म :कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धाममा तीर्थयात्रा शुरु भएको छ।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदा गरेको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए।

‘बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदा गरिएको छ’, उनले भने, ‘बडिमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ।’

बडिमालिका मेला भर्नका लागि तीर्थालु जान थालेको र त्यहाँको सुरक्षा व्यवस्था, स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली पठाइएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।

‘बडिमालिका तीर्थयात्राका जानेका लागि नगरपालिकाले सहजीकरण गर्दै त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाइएको छ’, उनले भने, ‘तीर्थयात्राको अवधिभर सुरक्षा व्यवस्था कडा पार्नुका साथै मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ।’

पौराणिक कथाअनुसार महादेवकी दक्षको यज्ञकुण्डमा हामफालेकी पत्नी सतीदेवीकोमृत शरीर बोकेर पूरा विश्व घुम्न थाले। यसै बेला भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए।

यसरी ठाउँ ठाउँमा सतीका अङ्ग झर्नथाले। यसरी ठाउँ ठाउँमा सतीका अंग खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए। यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो। त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो यसै स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो।