१२ भाद्र २०८०, मंगलवार ०८:३४ – Page 4 – Nagarikabhiyan : National News

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा गर्ने

काठमाण्डौ –समाजवादी मोर्चाले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।
पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुने जानकारी दिए ।

प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो’, पौडेलले भने, ‘पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।’

मन्दिरबाट हराएकी तीन वर्षीया बालिका मृत फेला

भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन ।आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् ।

खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।

रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ । बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएको छ ।

बिर्तामोडको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्तिको हत्या घटनाका मुख्य योजनाकार फरार

झापा – बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

उनी नाली भित्र मृत अवस्थामा भेटीएका हुन् । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतक को हुन भन्नेबारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । थप बिबरण आउन बांकी

पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

कास्की –पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । आज सोमवार पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गयो

काठमाण्डौ –भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ ।
विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ ।

अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।

घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।
पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन ।
राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।

धनगढीमा स्वस्तिक अस्पतालको आफ्नै मनपरि किड्नी झिक्दा बिरामीको मुत्यु

धनगढी-धनगढीको सहिदगेट नजिक रहेकी स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन्।

मृतक चौधरीका भाइ नाता पर्ने विष्णुप्रसाद चौधरीका अनुसार ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा डाक्टरले दुबै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए। अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए। चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो। शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए।

शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको बताएको विष्णुप्रसादले बताए। बिरामीको स्वास्थ्यमा देखिएको समस्याका बारे अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन्। मृतक चौधरीकी छोरी सुस्मा दहितले आफ्ना बुवाको साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मृगौला झिकिएको बताइन्। ‘डाक्टरले पथ्यरी निकाल्दाभित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भयो।

तसर्थ बिरामीलाई बचाउन मृगौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’ उनले भनिन्, ‘दोस्रो शल्यक्रिया गरेर मृगौला झिकेपछि बुवा होसमा नै आउनु भएन। अस्पतालको लापरबाहीले बुवाको ज्यान गएको हो।’ अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन्।

१० संसदीय समितिको बैठक बस्दै

११ भदौ,काठमाडौं –आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ ।
बैठक दिउँसो तीन बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् ।

१० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि घोषणा हुन भने बाँकी छ ।
एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।

सत्तारुढ नेपाली काँग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा डा. आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडाको उम्मेदवारी परेको छ ।
त्यस्तै, प्रमुख प्रतिपक्ष (एमाले) बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ ।

अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) बाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।

नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन् ।
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र सत्तारुढ दलको तर्फबाट जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिएका छन् ।

 

अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजिक बिदा

दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । ​
गाउँपालिकाले सूचना निकालेर प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबारदेखि बुधबारसम्म पालिकाभरका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थालगायतमामा सार्वजनिक बिदा दिएको जनाएको छ ।
लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवार शुरु भएको छ।

एसिया कप खेल्न पाकिस्तान गए सन्दीप

११ भदौ काठमाडौं –क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान गएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन् ।

उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।
बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन्।

तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन् ।
नेपालले पर्सि १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्नेछ ।

बार्सा र भिल्ला रियलको खेलमा ७ गोल बार्सिलोना विजयी

काठमाण्डौ – स्पेनिस लिगमा बार्सिलोना र भिल्लारियलबीचको खेलमा ७ गोल भएको छ ।
रियलको मैदानमा बार्सिलोना ४–३ गोलले विजयी भयो ।

बार्सिलोनाका जिताउन अन्तिम गोल रोबर्ट लेवान्डोस्कीले गरे ।
त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए ।

घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले गोल गरेका थिए ।
खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो ।

बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अङ्क जोडेको छ ।
शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सा दुई अङ्कले पछि छ ।

देशभरको मौसम सुधार पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने

काठमाण्डौ –देशभरको मौसममा सुधार भएको छ ।
अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

हिजो पनि काठमाण्डौमा घाम लागेको थियो ।
भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।
तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।
आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।
दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ । देशभरको मौसममा सुधार भएको छ ।

अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
हिजो पनि काठमाण्डौमा घाम लागेको थियो ।

भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।

तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।
कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।
दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ ।

तनाब गस्त कोशी प्रदेशमा बजेट शून्यता

काठमाण्डौ –कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या भएको छ ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो ।

बजेट कार्यान्वयन गर्नुपर्ने अवधि हिजो सकिएको छ ।
हिजोसम्म प्रदेश सभाबाट पारित भइ त्यो अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने थियो । तर वर्तमान प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ ।

संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना नगरिए पनि कोशी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो ।
गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याउनुभएको थियो ।

प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियो ।
तर, मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको सभाध्यक्ष गरेका कांग्रेस सांसद इसराइल मन्सुरी समेतको मत जोडेर भदौ ४ गते विश्वासको मत लिएपछि कार्की रिट लिएर सर्वोच्च अदालत पुग्नुभयो ।

सर्वोच्चले ‘दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दिएपछि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भएको छ ।
अब, कसरी अघि बढ्ने भन्ने विषयमा अलमलमा परेपछि सरकारले सर्वोच्चलाई सोध्ने तयारी गरेको छ।

लिभरपुलले न्यूक्यासलाई हरायो, एस्टन भिल्लासँग बर्नली पराजित

काठमाण्डौ –इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासललाई हराएको छ ।
न्यूक्यासलले खेलको २५ औँ मिनेटमा बनाएको एक गोलको अग्रतालाई उल्टाउँदै लिभरपुल २–१ ले विजयी भयो ।

न्यूक्यासलका एन्टोनी जोर्डोनले गरेको गोल जितका लागि पर्याप्त भएन ।
खेलको २८ औँ मिनेटमा नै लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । उसका भान डायकले रातो कार्ड पाएका थिए ।

लिभरपुलले खेलको ८१ औँ मिनेटमा बराबरी गोल गरेको थियो ।
त्यसपछि इन्जुरी समायनमा डारविन नुनिजले नै थप गोल गरे ।

लिभरपुलको तीन खेलमा ७ अङ्क भएको छ । अङ्कतालिकामा लिभरपुल चौथौ स्थानमा छ ।
त्यस्तै अर्को खेलमा एस्टनभिल्ला विजयी भएको छ । एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले हरायो।
उसको ३ खेलमा ६ अङ्क भएको छ । एस्टन अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं :तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार अपराह्न ५ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका–८ का २४ वर्षिया सविन लिम्बु र २९ वर्षीया संगम तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताका अनुसार को १४ प ८९२ नम्बरको रातो रङको पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डमा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेका हो।

दुवैजनाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तेह्रथुममा राखिएको प्रहरीले जनाएको छ।

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्ने

काठमाडौं :राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यही मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ।
निगमले काठमाडौँला ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन्।

यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
यात्रुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिन सक्नेछन्।

प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले सोमबार पूर्णता पाउँदै छन्। समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि आइतबार नै ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ। सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

संघीय संसद् सचिवालयका अनुसार नौ विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ। एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार सोमबार सभापति घोषणासँगै सपथग्रहण पनि गर्ने तयारी सचिवालयको छ।

दर्ता भएका प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्तुत गर्नेछन्। समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ। एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

दुई वटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुईवटै प्रस्तावमाथि छलफल हुनेछ। त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्ताव क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन्। समितिको भोलिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पनि प्रवक्ता गिरीले जानकारी दिए।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले सोमबार दिउँसो ३ बजेको समय निर्धारण गरेका छन्। समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र जनमत पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ।

१० मध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ।