एसिया कप खेल्न पाकिस्तान गए सन्दीप – Nagarikabhiyan : National News

एसिया कप खेल्न पाकिस्तान गए सन्दीप

११ भदौ काठमाडौं –क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान गएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन् ।

उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।
बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन्।

तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन् ।
नेपालले पर्सि १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्नेछ ।