बार्सा र भिल्ला रियलको खेलमा ७ गोल बार्सिलोना विजयी – Nagarikabhiyan : National News

बार्सा र भिल्ला रियलको खेलमा ७ गोल बार्सिलोना विजयी

काठमाण्डौ – स्पेनिस लिगमा बार्सिलोना र भिल्लारियलबीचको खेलमा ७ गोल भएको छ ।
रियलको मैदानमा बार्सिलोना ४–३ गोलले विजयी भयो ।

बार्सिलोनाका जिताउन अन्तिम गोल रोबर्ट लेवान्डोस्कीले गरे ।
त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए ।

घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले गोल गरेका थिए ।
खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो ।

बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अङ्क जोडेको छ ।
शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सा दुई अङ्कले पछि छ ।