अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजिक बिदा – Nagarikabhiyan : National News

अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजिक बिदा

दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । ​
गाउँपालिकाले सूचना निकालेर प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबारदेखि बुधबारसम्म पालिकाभरका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थालगायतमामा सार्वजनिक बिदा दिएको जनाएको छ ।
लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवार शुरु भएको छ।