देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आफ्नो वडा कार्यालयको सबै सामाजिक सुरक्षा भत्ता खाने लाभग्राहीहरुको बायोमेट्रिक गर्र्ने भएकोे छ । प्रत्यक्ष रुपमा लाभग्राहीको औलाको विधुतिय छाप लिनका लागि तथा राष्ट्रिय परिचयपत्र बनाउँन आफै उपस्थित भई बायोमेट्रिक गर्ने भएको हो । सामाजिक सुरक्षाका लाग्राहीहरुको नियमितता र सुशसानका लागि यो व्यवस्था गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले त्यसैलाई सार्थक पार्न सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको बायोमेट्रिक गर्नुपर्ने व्यवस्था कार्यन्वयन गर्न उपकरण समेत वडालाई हस्तान्तरण गरिएको छ ।
चालु आर्थिक वर्षमा यस कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्यका साथ गाउँपालिकाको ७ वटै वडा कार्यालयलाई फिंगर प्रिन्ट बोयोमेट्रिस डिभाईस (Biometric) वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता Biometric सम्बन्धी अभिमुखीकरण औपचारिक कार्यक्रम आयोजना गरि ७ वटै वडालाई उक्त उपकरण वितरण गरिएको जनाएको छ ।
देवानगञ्ज गाउँपालिका सेवा इकाई पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा उपकरण सामग्री वितरण गरिएको हो । वडा सचिवहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले उपकरण सामग्री वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिका भित्र रहेको समाजिक सुरक्षा भता पाउने लाभग्राहीहरुलाई सहज र सरल तरिकाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरणमा सहयोग पुग्ने बताउनुभयो । सबै वडाहरुमा सामाजिक सुरक्षा परिचय पत्र नवीकरणमा सहयोग पुग्ने उद्धेश्यले कार्यक्रम आयोजना गरि उपकरण वडा सचिवहरुलाई वितरण गरिएको बताउनुभयो । अध्यक्ष मेहताले प्रविधिमैत्री काम सहयोग पुग्ने र एकिकृत रुपमा डाटाहरु सुरक्षित समेत रहने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण देवानगञ्ज गाउँपालिकाका सूचना प्राविधि अधिकृत जनार्दन मेहता र पञ्जिकरण इकाई शाखा फिल्ड साहयक अरबिन्द मेहता गर्नुभएको थियो । अभिमुखिकरण तथा उपकरण वितरण कार्यक्रममा ७ वटै वडाको वडा सचीव र कम्प्युटर अपरेटरहरु सहित १८ जनाको सहभागीता रहेको देवानगञ्ज ६ नं वडा सचिव नारायण मेहताले बताउनुभयो ।
