विराटनगरको मेरील्याण्ड कलेज व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाउन सफल
१८ असार २०८१, सोमबार १४:०३
विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगर स्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा मेरील्याण्ड कलेजका विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ९५.३७ प्रतिशत ल्याउन सफल भएको कलेजले जनाएको छ ।
१२ को परीक्षामा ए प्लस (३.६१–४ ) जीपीए ५६ जना, ए (३.२१–३.६०) जीपीए ल्याउने ३२१ जना, बी प्लस (२.८१–३.२०) जीपीए २३२ जना र बी (२.४१–२.८०) जीपीए ल्याएर उत्तिर्ण भएका १८७ जना विद्यार्थी रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा जम्मा देशभरिमै ५१ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका थिए। काठमाण्डौ भ्याली बाहिर सम्भवत मेरिल्याण्डको रिजल्ट मात्रै उत्कृष्ट आएको मेरिल्याण्डका प्रिन्सीपल लक्ष्मण ढकाल दाबी गर्छन। यो परिणाम विद्यार्थीको मेहनत, शिक्षक को लगनशीलता, अभिभावको आफ्नो छोरा छोरी प्रतिको चासो र ब्यवस्थापनको अथक मेहनतबाट संभव भएको कलेजका अध्यक्ष गुणराज ढुंगेल बताए । मेरिल्याण्ड कलेज विगत २० वर्ष देखि देश भरिका आठ हजार भन्दा बढी कलेजहरूमध्ये सधैँ टप टेन मा पर्दै आएको छ ।
खोटाङबाट मेरिल्याण्ड पढन आएका प्रजुल आचार्य ३.६७ जीपी ए प्लस ल्याएकोमा निकै खुशी भए । ‘खोटाङको एउटा सानो गाउँबाट बिराटनगर पढन आए । यहाँ आएपछि मेरिल्याण्ड पढे । मेरो गुणस्तर एकदमै माथि उठाउन गरेको योगदान प्रति जिन्दगीभर मेरिल्याण्ड प्रति आभारी छु,’ उनले भने, ‘अब म संसारको कुनै पनि कुनामा गएर आफ्नो बाँकी अध्ययन र रोजगारी पाउन सक्षम छु । त्यो मलाई मेरिल्याण्डले बनाएको हो । यहाँ सरहरूले पढाउने मात्र नभई दैनिक नैतिक शिक्षा पनि दिनुहुन्छ । त्यसैले हामी विद्यार्थीलाई जिवन भोगाइमा ठुलो परिवर्तन ल्याएको छ ।’
त्यस्तै राष्ट्रिय वाणिज्य वैक रानी साखा बिराटनगरमा कार्यरत अभिभावक लिना यादवले आफ्नो छोरी दिक्षा यादवले छात्रा मध्येबाट सर्बाधिक ३.७९ जीपीए ल्याउन सफल भएकोमा आफु धेरै खुशी भएको बताइन् । मेरिल्याण्ड कलेजका छात्रा दिया अग्रवालले गत बर्ष ३. ९६ जीपीए ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन । मेरिल्याण्डको प्लस टुको अलावा बिबिएस तहमा पनि उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । किन्जल पोख्रेल, सिम्रन अग्रवाल, रोहीत कार्की आदि मेरिल्याण्डका उत्कृष्ट रिजल्ट ल्याउने नेपाल टपर विद्यार्थीहरु हुन् ।
मेरिल्याण्डको राम्रो रिजल्ट आउनुमा विद्यार्थीहरुलाई वर्षभरिनै निः शुल्क कोचिंगको ब्यबस्था, क्लोज सुपरभीजन, वार्षिक शैक्षिक क्यालेण्डर, स्टुडेन्ट फ्रेन्डली कक्षाकोठा , आदि रहेको कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल बताए । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै मेरील्याण्डले छुट्टै पहिचान बनाउन सफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया