१७ बैशाख २०८०, आईतवार ११:५२ – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिकाको शिक्षक सरुवामा कांग्रेस र माओवादीको राजनिति प्रदर्शन किन ?

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदर्शन गरेका छन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलले देवानगंजका विद्यालयहरूमा शिक्षक सरुवा गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
शिक्षकहरूले राम्रोसँग पठन–पाठन नगरेको भन्दै देवानगंजका विद्यालयका केही शिक्षकहरूलाई पालिका भित्रकै विधालयमा गाउँपालिकाले सरूवा गरेको विषयलाई लिएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रले सो कार्य तत्काल रोक्न माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण गराएका थिए । गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नको लागि पटपट ध्यानाकर्षण गराउँदा पनि विद्यालयहरूको अवस्था र शिक्षण सिकाइमा सुधार नभएपछि शिक्षकहरूलाई सरुवा गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामराज पाैडेलका अनुसार शिक्षा ऐन भित्रनै रहेर शिक्षण सिकाई राम्राे हाेस भनेर सरूवा गरेकाे बताउनु भयाे ।
शिक्षकहरूको सरूवा तत्काल रोक्न भन्दै नेपाली कांग्रेसको पहलमा प्रर्दशन गरिएकाे थियाे । सरुवा गरिएका शिक्षकहरूमा धेरै कांग्रेस निकट रहेकाे नेपली काँग्रसेका स्थानिय नेताहरुको भनाइ रहेको छ ।

गाउँपालिकाले विद्यालयमा भएको राजनिति करणलाई रोक्न खोज्दा पार्टीले प्रर्दशन गर्नु गलत भएको अभिभावकहरुको भनाइ रहको छ । सरुवाको विषयलाई विरोध गरेर कांग्रेस र माओवादीका कार्यकर्ताले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न खोजेको स्थानिय बताउँछन् ।
मानव अधिकार समूह देवानगंजका अध्यक्ष राजकुमार मण्डलका अनुसार शिक्षकहरूले पार्टीको झण्डा बोकेर हिड्नु गलत भएको र गाउँपालिकाले शैक्षिक क्षेत्र सुधार गर्न खोज्दा नाराजुलुस गर्नु गलत भएको बताए । विद्यालयलाई शिक्षकहरूले राजनिति गर्ने थलो बनाउन नहुने उनको भनाइ छ ।
।
यसरी जिमेवार पार्टीहरुले स्थानिय सरकारले गरेको सुधारको पहललाई राजनितिकरण गर्नु स्थानिय शिक्षकहरु काम कम र राजनिति बढी गरिहेको प्रष्ट देखिन्छ । गाउँपालिकाले राम्रो काम गर्न खोज्दा गर्न नदिने र उल्टै सरकारको विरोध गर्नु भनेको राजनितिक दलहरु कति सम्मको जिमेवार छ भनेकुराले प्रष्ट हुन्छ । शिक्षकहरुले  पार्टीको झण्डाको मुनि प्रर्दशन गर्नु गैर जिमेवारीको प्रकाष्ट भएको देखिन्छ ।

यता देवानगंज गाउँपालिकाका स्थानियहरुको अनुसार पार्टीहरुले शिक्षा क्षेत्रमा राजनिति भलो बनाइ घुस पैट गरी शिक्षा क्षेत्रलाई तहस नहस गर्न खोजेको बताए । शिक्षा सरुवा बहना बनाई राजनितिक दलहरुले आफ्नो स्वार्थ पुरा गर्न मात्र प्रदर्शन गरेको उनिहरुको भनाइ रहेको छ ।
प्रदर्शनमा सहभागीहरु संग यहाँकेको प्रर्दशनमा आनु भएको भनेर प्रश्न गर्दा हामी केही जानकारी नभएको र नेता जिले गाउँपलिका जानु पर्छ भन्नेर आएको बताए । प्रदर्शनमा अधिकांसलाई प्रदर्शनको विषयमा जानकारी नहुनुले पनि राजनितिक प्रदर्शन मात्र भएको प्रष्ट बुझिन्छ ।

गोग्राहा कलेजमा स्नातकोत्तर तहको पठन–पाठन

विराटनगर । विराटनगर बरगाछी स्थित गोग्राहा कलेजमा स्नातकोत्तर (एम.एड.) तहको पठन–पाठन सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली, अंग्रेजी र ए.पि.एम. मुख्य विषय रहने गरि पठन–पाठन गर्न लागेको हो ।

शनिबार कलेजले स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखिकरण कार्यक्रम पनि गरेको छ । भर्ना भएका विद्यार्थीहरूलाई विषयबस्तुसँग सम्बन्धित जानकारी गराउन अभिमुखिकरण कार्यक्रम गरिएको कलेजले जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदु कुमार खतिवडाले कलेजलाई अध्ययन र अनुसन्धानको केन्द्रको रूपमा स्थापित गर्न लागिरहेको बताएका छन् । शिक्षाशास्त्र संकाय पठन–पाठन हुने गोग्राहा कलेज विद्यार्थीहरूका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए ।

गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतमले विराटनगरको पुरानो तथा शिक्षाशास्त्र संकाय अन्र्तगत यो कलेज परिचित रहेको बताए । वि.स. २०५७ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर कलेजमा बी.एड.को पठनपाठन सुरु भएको स्मरण गर्दै उनले भने, ‘यहाँबाट धेरै विद्यार्थी दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । विभिन्न समयमा विद्यार्थीहरूले गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन् । स्नातकोत्तरको पठन–पाठन पनि उत्कृष्ट बनाउनेमा हामी ढुक्क छौँ ।’ उनले भर्ना भएका सबै विद्यार्थीलाई नियमित पठन–पाठनमा सरिक हुन पनि अनुरोध गरे ।
गोग्राहा कलेज व्यवस्थापन समितिका अध्यक्ष दिपक चापागाईंले इतिहास बोकेको यस कलेजमा स्नातकोत्तर तहको पठन–पाठन सुरु हुनु गर्वको कुरा भएको बताए । गोग्राहाले स्नातकोत्तरको पठन–पाठन मार्फत आफ्नो उचाईलाई थप माथी पुर्याउने उनले विश्वास व्यक्त गरे । उनले गोग्राहा कलेजलाई थप उत्कृष्ट बनाउन लागि पर्ने समेत बताए ।

यस्तै क्याम्पस प्रमुख गोबिन्द अधिकारीले बैशाख २५ गतेबाट स्नातकोत्तरको पढाइ सुरु हुने बताए । स्नातकोत्तर तहमा ५० जनाको सिट रहेको उनले बताए । अनुभवि प्राध्यापकबाट अध्यापन गराइने बताउँदै उनले सबैलाई नियमित कक्षामा उपस्थित हुन आग्रह गरे ।

 

विद्यालयमा राजनीतिक गतिविधि बन्द गर्न रास्वपा सासंद विराजभक्त श्रेष्ठको माग

काठमाण्डौ ।  प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ सङ्गठनको गतिविधि बन्द गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका गतिविधि बन्द हुनुपर्ने बताउनुभएको हो । उहाँले माध्यमिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने चेतावनी दिनुभयो । उहाँले राजनीतिक दलहरूलाई विद्यालयमा भातृ सङ्गठनहरुको राजनीति बन्द गराउन अनुरोध पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचलित शिक्षा ऐन र नियमावली विपरीत राजनीतिक दल र भ्रातृ सङ्गठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण भएको छ । विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन भनेर सबै राजनीतिक दललाई निवेदन गर्न चाहन्छु । भ्रातृ सङ्गठनलाई राजनीतिक दलले अहिले नै सु–संस्कृत तरिकाले सम्झाएर विद्यालयमा राजनीति बन्द गर्नका लागि अनुरोध पनि गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले सरकारी निकायमा घुसविना कुनै पनि काम हुन नसक्ने अवस्था रहेको भन्दै बेथितिको अन्त्यका लागि राज्यले कडा कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले सरकारी निकायमा सीसीटीभी क्यामरा जडान गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले पैसा बाँड्ने कार्यविधि पारित गरेको भन्दै त्यसको विरोध गर्नुभयो । उहाँले सरकारले यो कार्यविधि तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशको शिक्षा क्षेत्र राजनीतिले जर्जर बनाएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्लेले पृथ्वी लोकमार्ग वस्तिारको क्रममा तनहुँको घाँसी कुवालाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार भइरहेको विषय सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपालको पुँजी बजार ९शेयर बजार० विगत २० महिनादेखि निरन्तर घट्दो अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउनका लागि सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा बोल्ने अन्य सांसदहरूले पनि समसामयिक विषयममा आफ्नो धारणा र आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा देखिएको अवरोधहरूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

एमाले सांसद कोइरीको विषयमा संसदमा चर्काचर्की

काठमाण्डौ ।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।

बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा उपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराउनुभएको थियो । सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए ।

विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हँसाइको विषय भएको बताउनुभयो । उहाँले कोइरी बिरामी भएर अनुपस्थित भएका भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । संसद्ले झुटो कुरा गर्न नहुने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएका बताउनुभयो । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उहाँले बिरामी भन्न नहुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताउनुभयो ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउनुभयो । उहाँले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताउनुभयो । उहाँले कोइरीलाई चोख्याउन नमिल्ने भन्दै उहाँमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्न नहुने र फरार अभियुक्तकै रूपमा लिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताउनुभयो । आफूले प्राप्त गरेको पत्रअनुसार बिरामी भएको सूचना सुनाइएको उहाँको भनाइ छ ।

सभामुखले आउँदा दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक–पटक संसद्को अवरोध खोल्न आग्रह गर्नुभएको थियो । सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं । चितवन क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ९रास्वपा० सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

चितवन क्षेत्र नं। २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

चार प्रतिशतको आर्थिक वृद्धिले देश समृद्ध बनाउने लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री महत

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध देश बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ । शनिवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि  गर्ने भएको बताउनु भयो । उहाँले देशको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चिता बिना आयोजना घोषणा गर्ने गरेको पनि उल्लेख गर्नुभयाे । ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनरे ठेक्का लगाएको आवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने उहाँकाे भनाइ थियाे ।

अर्थमन्त्री महतले करिव ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चितता नभएका आयोजनाहरु ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताउनु भयो । उहाँले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम पालिकालाई दिने बताउनु भयो । उहाँले आगामी बजेटमा स्रोत सुनिश्चिता भएका आयोजनाहरुलाई पहिलो प्राथमिकता हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ देशको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध देश बनाउने लक्ष्य पूरा हुँदैन । सरकारको आर्थिक मौद्रिक नीतिको लक्ष्य समान रुपमा आर्थिक वृद्धि बढाउने हो । हामीले माग आएजति योजना राख्ने, क्षमता नहेरी प्रतिवद्धता जनाउने र योजना अलपत्र पार्ने अवस्था अन्त्य गर्नु अनिवार्य भएको छ । यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ । साना भन्दा साना आयोजनामा केन्द्रले हात हाल्ने कुरा गलत अभ्यास भयो । आयोजना राख्ने र काम गर्न नसक्ने कुराले हामीलाई थप अलोकप्रिय बनाउँछ । त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु । आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’

अर्थमन्त्री महतले बैंकको ब्याजदर कम भएको अवस्थामा ऋण लिएका ऋणीहरुले बैंकको उच्च ब्याजदर भएको बेला कर्जाको किस्ता तिर्न नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या फैदा भएको बताउनु भयो । उहाँले बैंकको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर कम गर्ने विषयमा सरकार राष्ट्र बैंक सकारात्मक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीति र नितिगत कार्यक्रममार्फत अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भयो । उहाँले निजी क्षेत्रको आत्मविश्वास फर्काउन पनि आफूले काम गर्ने बताउनु भयो ।

अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्नसक्ने क्षमता बढाउने काम गर्ने पनि बताउनु भयो । उहाँले सरकाले प्रभावकारिता मूल्यांकन गरेर खर्च गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अर्थतन्त्र चालयमान बनाउनको लागि नीतिगत हस्तक्षेपको योजना बनाएको बताउनु भयो ।

दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता भएका छन् ।  तुइनबाट खसेर महाकाली नदिमा परेर एक जनाको बेपत्ता भएका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले  जनाएको छन् ।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएका हुन् ।  बेपत्ता  भण्डारीको खोजी कार्य  भइरहेको छ ।

बारा–२ का ६५ मतदानस्थल अति संवेदनशील

काठमाडौँ । वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ मा ६५ वटा निर्वाचन स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । बारा –२ का ५ वटा पालिकामा ८२ वटा मतदानस्थल र १३७ वटा मतदान केन्द्र तोकिएको छ । भूगोल, पूर्वाधार, मतदाताको सङ्ख्यालाई मध्यनजर गर्दै मतदान स्थलको वर्गीकरण गरेको हो ।

बारा २ को उपनिर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २ हजार ६ सुरक्षाकर्मी  खटाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गीकरण आधारमा सुरक्षा व्यवस्था परिचालन गरिएको छ ।

बारामा उपनिर्वाचनलाई लक्षित गरेर बिहीबार रातीदेखि भारतसँग जोडिएको सीमा नाका पूर्णपुरमा बन्द गरिएको छ । मतदानको दिन अति संवेदनशील स्थलमा १२ जना र सामान्य मतदानस्थलमा ८ जनाका दरले प्रहरी परिचालन गरिने भएको छ ।यसैगरी निर्वाचन क्षेत्रमा तीन जना प्रहरी नायव उपरीक्षक र १३ जना प्रहरी निरीक्षकको कमाण्डमा नियमित गस्ती हुने छ ।

हरिद्वार दर्शन गरेर फर्किरहेका तीर्थ यात्री सवार गाडी दुर्घटना

काठमाडौँ । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना घाइते भएका छन् । गोदावरी नगरपालिका–५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)कुलदीप चन्दलेअनुसार भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते छन् ।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । भारतको हरिद्वार दर्शन गरेर फर्किरहेका तीर्थ यात्री सवार गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, ८१ सेल अश्रुग्यास प्रहार, १० जना घाइते

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको छ ।

आन्दोलनरत पक्षले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार आन्दोलरत पक्षका ४ जना सामान्य घाइते भएका छन् । आन्दोलरत पक्षले भने ६ जना सामान्य घाइते भएको बताएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि ८१ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक पोखरेलेले बताए । निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार गरेको उनले बताए ।

मुख्यमन्त्री कार्यालय जान खोजेपछि झडप

गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

पहिचान पक्षधरले शहीद घोषणाको माग गर्दै शव बुझ्न मानेनन् । सरकारले २४ चैतमा शहीद घोषणा गरेपछि आन्दोलनरत पक्ष उनको शव बुझ्न तयार भयो । पूर्व निर्धारित कार्यक्रम अनुसार मृत्युको २९ दिनपछि आज अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।

आन्दोलनरत पक्षले प्रहरीलाई रोडशेष चोकमा शान्तिपूर्ण रुपमा श्रद्धाञ्जली सभा गर्ने जानकारी गराएको थियो । तर इटहरीबाट शव राखिएको एम्बुलेन्स भन्दा अगाडिको गाडीका आएका लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले प्रहरीको ब्यारिगेट हटाएर मुख्यमन्त्री कार्यालय अगाडि जान खोजे । आक्रोशित भिडले ब्यारिगेट हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गरे ।

ब्यारिगेट हटाएपछि झडप भयो । आक्रोशित भिडले ढुंगामुढा गरेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्यो । आन्दोलनरत पक्षले पेट्रोल बम पनि प्रहार गरेको प्रहरीको दाबी छ ।

आधा घण्टा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको थियो ।

श्रद्धाञ्जलीसभा गर्ने भनिएको स्थान रोडषेश चोक तनाबग्रत भएपछि आन्दोनरत पक्षले महेन्द्र चोकमा श्रद्धाञ्जलीसभा गरेको थियो । श्रद्धाञ्जली सभापछि लिम्बुको शवलाई अन्येष्टिका लागि मोरङको बेलबारीस्थित उनको घरमा लगिएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पून नामाङ्कन संघर्षसमिति गठन गरेर आन्दोलनमा छन् ।

पहिचानको पक्षमा पून प्रदेशको नामाङ्कनको माग गर्दै आएको पहिचान पक्षधरले आइतबार सुनसरीको इटहरी र सोमबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

सुनसरी प्रहरीकाे किसान, व्यापारी माथि दमन ! विराेधकाे कार्यक्रम सार्वजनिक गर्न गाउँपालिकाकाे आकस्मिक बैठक बस्दै

देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिका वडा नम्बर २ बाट गत साेमावार साझँ सुनसरी प्रहरीले विशेष सुराकिकाे आधार भनेर व्यापारीले किसानबाट खरिद गरेकाे गँहु र ट्याक्टर जफत गरि काेशि ब्यारेज भंसारमा बुझाएकाे छ ।

सुनसरी प्रहरीले भंसारमा बुझाएकाे मुचुलकानै संकासपद र झुठाे भएकाे स्थानियहरूले बताएका छन । घटना भएकाे ठाउँ देवानगंज गाउँपालिका वडा नम्बर २ भए पनि प्रहरीले पेश गरेकाे मुचुलकामा देवानगंज गाउँपालिका वडा नम्बर ३ मा भारत बाट भसांर छलि गरि ल्याउदै गरेकाे अवस्थामा प्रहरीले विशेष सुराकीकाे आधारमा समाते लेखिएकाे छ । तर व्यापारी, स्थानियका अनुसार प्रहरीले गाेदामा ट्याक्टमा लाेड गरि रहेकाे अवस्थामा लगिएकाे भनाई रहेकाे छ । प्रहरीले मुचुलाकामा सहि छापा समेत स्थानियहरूलाई झुकियार गराएकाे स्थानियहरूकाे भनाई रहेकाे छ।

बुधारबार स्थानियहरूले देवानगंज गाउँपालिकामा ताला बन्दी गरि प्रद्वशन गरेकाे थियाे । स्थानियहरू आन्दाेलित भए पछि गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता,वडा अध्यक्ष जगनरायण मेहता, अनिल भगत लागयतले स्थानिहरू संग छलफल गरि सम्धित निकाय संग बुझने र पहल गर्ने सहमति गरे पछि आन्दाेलन सान्त भएकाे थियाे, लगतै गाउँपालिका अध्यक्षकाे टाेलि र स्थानि किसान, व्यापारी सहित सुनसरीकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटर छलफ गरे पछि प्रमुख जिल्ला अधिकारीले भंसार गएर बुझ भन्नेका थिए, भसांर गए पछि अनि थहाँ भयाे प्रहरीले पेश गरेकाे झुटाे विवरण ।

सर्वसाधारण जनताले न्याय नपाए प्रहरी प्रशासनमा जान्छ तर प्रहरी प्रशासनले नै यसरी झुठाे विवरण बनाए पछि कसरी प्रहरी प्रशासन माथि विश्वास गर्न सकिन्छ ?

यहि विषयमा सुनसरी प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल संग प्रतिकृया लिदाँ आफुहरूले विशेष सुराकीको आधारमा ट्याक्टर र गँहू भसांर छलि गरि ल्याएकाे हुदाँ बरामद गरी काेशि ब्यारेज भंसार लाई बुझाई सकेकाे प्रतिकृया दिनु भयाे ।

यता आज देवानगंज गाउँपालिकामा जनप्रतिनिधिहरू, स्थानियहरूकाे सर्वदलिय बैठ बसने भएकाे छ । बैठले प्रहरी प्रशासनले गरेकाे दमनकाे विषयमा थप आन्दाेलकाे कार्यक्रम घाेषणा गरि काेशि प्रदेशकाे मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख , लगाय सम्बन्धित निकायहरू लाई ज्ञापनपत्र बुझाउने र पत्रकार समेलन गर्ने गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयाे ।
मेहताका अनुसार प्रहरी प्रशासनले पटकपटक किसानहरूलाई दुख दिई रहेकाे र अब स्थानिय सरकार चुपलागेर नबस्ने र सहि सत्यकुरा कुराकाे सम्बाेधन नभए जाेडदार रूपमा आन्दोलन गर्ने बताउनु भयाे ।

किसानबाट खरिद गरेको गहुँ प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय व्यपारी र किसान द्वारा प्रदर्शन

देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा किसान सँग खरिद गरेर राखेको गहुँ बिक्रिका लागि लादै गर्दा प्रहरीले ज्यादतीपूर्ण तरिकाले नियन्त्रणमा लिएको विरुद्धमा स्थानीय व्यपारी र किसानले बिरोध पर्दशन संगै गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

प्रहरीले सीमावर्ती क्षेत्रका किसानहरुले आफ्नै गहुँको खरिदबिक्रि गर्दा समेत प्रहरीलाई नजरना बुझाउनुपर्ने र नबुझाएको झोकमा प्रहरीले ज्यादतीपूर्ण तरिकाले गहुँ लोड गरिएको टयक्टर नियन्त्रणमा लिएको विरुद्धमा गाउँपालिकामा तालाबन्दी नाराबाजी गरेको बताएका छन् ।

नाराबाजी पछि पालिका अध्यक्ष बेचनप्रसाद मेहताले आन्दोलनरत पक्ष सँग कुरा गरी यसको समाधान कानुन सम्मत गरिने आश्वासन दिलाएका थिए। तै पनि नमानिने भए पछि पालिका अध्यक्ष मेहता सहितको टोली जिल्ला प्रसासन कार्यालय ईनरुवा र सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पुगेको जनाईएको छ।

स्थानीय व्यपारी भागवत मेहताले गाउँका किसानहरुले उत्पादन गरेको ५० क्यून्टल बढी गहुँ प्रहरीले नियन्त्रणमा लिएको आरोप बाहिर आएको हो ।

मेहताले कतिपय किसानको भुक्तानी दिएको र कतिलाई विक्रि पछि भुक्तानी दिने भनिएकोमा बजारमा विक्रिका लागि लाने क्रममा सीमा भन्दा ५ किलोमिटर भित्रमा व्यपारी मेहताको गोदामबाटै प्रहरीले नियन्त्रणमा लिएको दावी गरेका छन् ।

यता इलाका प्रहरी कार्यालय देवानगञ्जले भन्सार छलीको गहुँ लिएर आएको सूराकीको आधारमा गहुँ सहित ट्याक्टर पक्राउ गरिएको जनाएको छ । माथिबाट आएको सूचना र सुराकीको आधारमा नियन्त्रणमा लिएको तर स्थानीयहरुले दावी गरेको जस्तो कुनै प्रहरीले ज्यदतीपूर्ण तरिकाले नियन्त्रणमा नलिएको प्रतिकृया दिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता एवम् प्रहरी नायव उपरीक्षक राजकुमार कार्कीले प्रेस विज्ञप्ती मार्फत मिति २०८०/०१/०४ गते रातिको अन्दाजी ८ : ०० बजेको समयमा जिल्ला सुनसरी देवानगञ्ज गा.पा. वडा नम्वर ३ स्थित पाँचौ सिमर सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली प्रदेश नम्वर १–०४–००१ त।७१५ नम्वरको ट्याक्टर गाडीमा राखी अन्नबाली गहुँ ल्याउदैछन् भन्ने बिशेष सूचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटि सो ट्याक्टर र ट्याक्टरमा रहेको गहुँ १०० बोरा नियन्त्रणमा लिईएको जनाएको छ । उक्त पक्राउ परेको सामान मिति २०८०।०१।०५ गते आवाश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ । ट्याक्टरसहितको गहुँको अन्दाजी मुल्य जम्मा रु. १५ लाख १६ हजार ४०।– रुपियाँ रहेको जनाएको छ ।

एक वर्षमा राष्ट्रिय प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।

त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन् । सो वर्षभरी नै कूल १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आए । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् । गतवर्ष चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना प्रणालीमा जोडिदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो । वर्षायाममा पूर्णरुपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ । प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवद्र्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् ।

ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् । बेनी हाइड्रोपावरले प्रवद्र्धन गरेको माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा छ । कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीका अनुसार आयोजनाको बिजुली प्रणालीमा जोडिइसकेको र केही दिनभित्रैमा व्यावसायिक उत्पादन सुरु हुनेछ । माथिल्लो सोलु १९ दशमलव आठ मेगावाट क्षमताको आयोजना हो ।

प्राधिकरणका अनुसार सङ्खुवासभाको माया खोला १४ दशमलब नौ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्दैछ । यस्तै रुकुमको रुकुमगाड पाँच मेगावाट, सिन्धुपाल्चोकको घट्टेखोला झण्डै एक मेगावाट पनि व्यावसायिक उत्पादन थाल्दैछ । लमजुङको सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, नवलपरासीको सौर्य परियोजना दुई मेगावाट पनि प्रणालीमा जोडिसकेको छ ।

त्यस्तै, मोरङको छ दशमलब आठ मेगावाट र बाँकेमा आयोजनास्थल रहेको १० मेगावाट क्षमताको सौैर्य परियोजनाको बिजुली पनि प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन भइरहेको अधिकांश आयोजनाबाट बिजुली प्रणालीमा आइरहेकाले प्राधिकरणलाई बिजुली व्यवस्थापनमा सहज भइरहेको छ ।

प्राधिकरणका अनुसार १० मेगावाट क्षमताको मकरीगाड आयोजनाले पनि यसैवर्ष व्यावसायिक उत्पादन सुरु गरेको हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजनाले सुदूरपश्चिम प्रदेशको बिजुली व्यवस्थापनमा सहयोग पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको अन्त्यसम्म रसुवागढी, साञ्जेन र मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्वद्ध निर्माण व्यवसायीलाई यसअघि नै निर्देशन दिइसक्नु भएको छ ।

ती आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन ५७ मेगावाट र एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्नेछ ।

वर्ष २०७९ मा प्राधिकरणले चार सय २५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा रु आठ अर्ब ४४ करोड बराबरको आम्दानी गरेको छ । यसवर्ष बर्खामा बढी हुने एक हजार दुई सय मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ ।

यस्तै, वर्ष २०७९ मा भारतसँग ऊर्जा व्यापारका लागि महत्वपूर्ण संवाद भएको थियो । बङ्गलादेशमा पनि प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको छ । न्यू बुटवल गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ । त्यस्तै, सरकारले एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाएको छ । केही ठूला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् । कूल सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनामा भारतीय कम्पनी एनएचपीसीले निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ ।

यस्तै, आन्तरिक रुपमा स्वदेशी लगानीकर्ताले नै एक हजार पाँच सय ५३ मेगावाट बराबरका आयोजना निर्माणमा लेजाने तयारी गरिरहेको इपानका कार्यकारी सदस्य प्रकाश दुलालको भनाइ छ । निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कूल क्षमता मात्रै चार हजार आठ सय ३४ मेगावाट बराबर छ । त्यस्तै, झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ ।

रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा

मुम्बई। यशराज फिल्मस्को ‘व्याण्ड बाजा बारात (२०१०)’बाट बलिउडमा आफ्नो सानदार प्रवेश गरेका अभिनेता रणवीर सिंहले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । तर कोरोना महामारीपछि अभिनेताको फिल्म बक्सअफिसमा लगातारा फ्लप भइरहेको छ ।  ‘८३ (२०२१)’, ‘जयेशभाई जोरदार (२०२२’ र ‘सर्कस’ जस्ता ठूला बजेटका फिल्म फ्लप भएपछि रणवीरको करियर पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अब यशराज फिल्मस्ले भने अब रणवीरसँग कुनै पनि फिल्ममा सहकार्य नगर्ने घोषणा गरेको छ ।

अहिले आदित्य चोपडा, यशराज फिल्मस्का प्रमुख र उनको कोर टिम यो समय वाईआरएफ स्पाई युनिभर्समा आफूलाई केन्द्रीत गरिरहेका छन् । यशराज स्पाई युनिभर्सले हालै शाहरुख खान स्टारर ‘पठान’ जस्तो फिल्म बनाएर अलटाइम ब्लकबस्टर फिल्म दियो । अब उनीहरु सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’को रिलिजका लागि तयारी अवस्थामा छन् । प्रत्येक फिल्ममा ठूलो बजेट लाग्ने भएपछि उनीहरु कुनै पनि गल्ती गर्न चाहेका छैनन् ।

‘यस्तो अवस्थामा रणवीरसँग कुनै पनि फिल्म गर्ने सोच बनाएका छैनन् । रणवीरले यशराज फिल्मस्सँग ६ फिल्ममा सहकार्य गरेका छन्, त्यसमा एकमात्र फिल्म ‘गुण्डे (२०१४’ हिट भयो । यो पनि सेमी हिट नै थियो । ब्याण्ड बाजा बारात, लेडीज वर्सेज रिकी बहल र बेफिक्रे औसत कमाई गर्ने वाला फिल्म हुन् । यहीबिचमा किल दिल र जयेशभाई जोरदार पूर्ण रुपमा फ्लप भयो’,यशराज फिल्मस् स्रोतले भन्यो, ‘यी ६ फिल्मले ओटीटी र सेटलाइट अधिकारको बिक्री गरेर पैसा कमाए पनि बक्सअफिसबाट त्यति नै रकम फिल्मले निर्मातालाई फिर्ता गर्न सकेन ।’

रणवीरले केवल सञ्जय लीला भन्सालीसँग हिट फिल्म दिएका छन् । भन्सालीको ‘गोलिया की रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ रणवीर अभिनित हिट फिल्म हुन् । फिल्मबाहेक उनको कुल बक्सअफिस ट्रेक रेकर्ड पनि त्यति प्रभावशाली छैन । भन्सालीबाहेक रणवीर केवल दुई फिल्म ‘सिम्बा’ र ‘गली ब्वाइ’मात्र हिट फिल्म दिएका छन् ।

रणवीर गत वर्ष नोभेम्बरमा यशराज फिल्मस्को ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीबाट अलग भएका थिए । उनको कार्य सम्झौता नवीकरण नभएपछि उनी अलग्गिएका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।साउद र चपाईंलाई नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।तर अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।

सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा आईसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोनाभाइरस संक्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ। झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार पीसीआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजिटिभ’ आएपछि ६ दिनअघि उनलाई अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो।

ती महिलामा मुटुरोगको समस्या थियो। सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोनाभाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।