दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता – Nagarikabhiyan : National News

दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता भएका छन् ।  तुइनबाट खसेर महाकाली नदिमा परेर एक जनाको बेपत्ता भएका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले  जनाएको छन् ।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएका हुन् ।  बेपत्ता  भण्डारीको खोजी कार्य  भइरहेको छ ।