किसानबाट खरिद गरेको गहुँ प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय व्यपारी र किसान द्वारा प्रदर्शन – Nagarikabhiyan : National News

किसानबाट खरिद गरेको गहुँ प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय व्यपारी र किसान द्वारा प्रदर्शन

देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा किसान सँग खरिद गरेर राखेको गहुँ बिक्रिका लागि लादै गर्दा प्रहरीले ज्यादतीपूर्ण तरिकाले नियन्त्रणमा लिएको विरुद्धमा स्थानीय व्यपारी र किसानले बिरोध पर्दशन संगै गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

प्रहरीले सीमावर्ती क्षेत्रका किसानहरुले आफ्नै गहुँको खरिदबिक्रि गर्दा समेत प्रहरीलाई नजरना बुझाउनुपर्ने र नबुझाएको झोकमा प्रहरीले ज्यादतीपूर्ण तरिकाले गहुँ लोड गरिएको टयक्टर नियन्त्रणमा लिएको विरुद्धमा गाउँपालिकामा तालाबन्दी नाराबाजी गरेको बताएका छन् ।

नाराबाजी पछि पालिका अध्यक्ष बेचनप्रसाद मेहताले आन्दोलनरत पक्ष सँग कुरा गरी यसको समाधान कानुन सम्मत गरिने आश्वासन दिलाएका थिए। तै पनि नमानिने भए पछि पालिका अध्यक्ष मेहता सहितको टोली जिल्ला प्रसासन कार्यालय ईनरुवा र सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पुगेको जनाईएको छ।

स्थानीय व्यपारी भागवत मेहताले गाउँका किसानहरुले उत्पादन गरेको ५० क्यून्टल बढी गहुँ प्रहरीले नियन्त्रणमा लिएको आरोप बाहिर आएको हो ।

मेहताले कतिपय किसानको भुक्तानी दिएको र कतिलाई विक्रि पछि भुक्तानी दिने भनिएकोमा बजारमा विक्रिका लागि लाने क्रममा सीमा भन्दा ५ किलोमिटर भित्रमा व्यपारी मेहताको गोदामबाटै प्रहरीले नियन्त्रणमा लिएको दावी गरेका छन् ।

यता इलाका प्रहरी कार्यालय देवानगञ्जले भन्सार छलीको गहुँ लिएर आएको सूराकीको आधारमा गहुँ सहित ट्याक्टर पक्राउ गरिएको जनाएको छ । माथिबाट आएको सूचना र सुराकीको आधारमा नियन्त्रणमा लिएको तर स्थानीयहरुले दावी गरेको जस्तो कुनै प्रहरीले ज्यदतीपूर्ण तरिकाले नियन्त्रणमा नलिएको प्रतिकृया दिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता एवम् प्रहरी नायव उपरीक्षक राजकुमार कार्कीले प्रेस विज्ञप्ती मार्फत मिति २०८०/०१/०४ गते रातिको अन्दाजी ८ : ०० बजेको समयमा जिल्ला सुनसरी देवानगञ्ज गा.पा. वडा नम्वर ३ स्थित पाँचौ सिमर सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली प्रदेश नम्वर १–०४–००१ त।७१५ नम्वरको ट्याक्टर गाडीमा राखी अन्नबाली गहुँ ल्याउदैछन् भन्ने बिशेष सूचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटि सो ट्याक्टर र ट्याक्टरमा रहेको गहुँ १०० बोरा नियन्त्रणमा लिईएको जनाएको छ । उक्त पक्राउ परेको सामान मिति २०८०।०१।०५ गते आवाश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ । ट्याक्टरसहितको गहुँको अन्दाजी मुल्य जम्मा रु. १५ लाख १६ हजार ४०।– रुपियाँ रहेको जनाएको छ ।