१७ जेष्ठ २०७८, सोमबार २०:२८ – Nagarikabhiyan : National News

देवानगंज नाकाबाट प्रहरी प्रशासनकै सेटिंकमा मदिरा तस्करी !

 

देवानगंज ।  सुनसरीमा अहिले कोरोना कहरको कारणले निषेधाज्ञा जारि गरेको एक महिना बढी भएको छ । यो बेला नागरिकहरुलाई सहज रुपमा घर बाहिर निस्कन दिएको छैन् । तर यही निषेधाज्ञाको बीचमा सुनसरीको सिमानकामा भने ठूलो तस्करी भईरहेको छ । यो गुनासो स्थानीयहरुले गरेको पनि महिना वितेको छ । यो तस्करी गर्ने काममा तस्कार मात्रै सफल हुने कुरै भएन् । यो सीमावर्ती एक सर्वसधारण नागरिकको गुनासो हो ।

साच्चै यो सर्वसधारणको भनाईलाई भारतीय सुरक्षाकर्मीले अवैध मदिरा बरामद गरेर नेपाली सुरक्षाकर्मीको सेटिंकमा मदिरा तस्करी भएको कुरालाई पुष्टी गरेको छ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकासंग जोडिएकोनाका कप्तानगञ्ज नाकाबाट अवैध मदिरा भारत तस्करी भएको खुलेको छ । स्थानीयहरुका अनुसार नजरना उठाउदै दैनिक रुपमा प्रहरीकै संरक्षणमा तस्करी भईरहेको छ ।

उक्त्त नाकाबाट लकडाउनको मौका छोपि केही बहिरबाट आएको व्यापारीहरुको मोटो रकम लोभमा परेर इलाका प्रहरी कार्यालय देवानगञ्ज सहितका नेपाल प्रहरी र विओपी कप्नागञ्ज सहितको सशस्त्र प्रहरीले नै आखा चिम्लेकाले मदिरा तस्करी फस्टाएको हो । यो मदिरा तस्करीमा सुरक्षाकर्मीको मिलोमतो रहेको देखिएको सीमावर्ती क्षेत्रको नागरिकको दावी छ ।

हिजो राति मात्र नेपालबाट अबैध रुपमा मदिरा तस्करी गरेर भारत तर्फ लैजाँदै गर्दा भारतीय सुरक्षाकर्मी एसएसबीको गस्ती टोलिले ठूलो परिमाणको नोपाली मदिरा बरामद गरेको छ । यो घटनामा नेपाली सुरक्षाकर्मीको समेत हात रहेको भारतीय एक एसएसवीको दावी बाहिर आएको छ । नेपालको केही व्यपारीले भारतीयहरुलाई बोडर पारी तस्करीको लाइन मिलाउने गरेको स्रोतको दावी छ ।

सीमामा सर्वसाधारणलाई सीमापारि आउनजाँन नदिएको बेलामा स्कारपिओ नै मदिरा सहित भारत कसरी गए भन्ने कुराले सुरक्षाकर्मीको नियत माथी प्रश्न खडा भएको छ । सीमामा रेहको सशस्त्र प्रहरी, नेपाल प्रहरी कडा सुरक्ष रहेको बेला चार चक्केमा नै लोड गरेर कसरी पारी लगिएयो यसले पनि प्रष्ट हुन्छ कि यसमा प्रहरी प्रशासनको मिलोमतो छ भन्ने प्रष्ट रहेको देखिन्छ ।

भारतिय एसएसबिले लगातार तिन दिन देखि नेपालबाट भारत लगिरहेको मदिरा नियन्त्रमा लिरहेको छ । एसएसबिका अनुसार नेपालबाट मरिदा , स्कारपियो, अटो र केही व्यति ठाउँमा बोकेर नेपालबाट भारत लगिरहेको बेला पक्राउ गरको बताए । हिजो राति पक्राउ परेको दुई जनाले नेपाली व्यपारीहरुको मदिरा हरको बताएका छन । यसबाट पनि प्रष्ट हुुन्छ कि मदिरा नेपालबाटै तस्करी भइरहेको छ ।

एता भने नेपाली सुरक्षा कर्मि यो कुरा मान तयार छैन । उहाँहरुका अनुसार हामीले सिमा त्यस्तो नभेटाएको प्रतिकृया दिनु भायो । सिमा खटिएका प्रहरीहरुको यस्तो कुराले प्रष्ट हुन्छ कि तस्करीमा कतैन कतै प्रहरी प्रशासनकै संमलगनता त छैन ।

 

थपिए ४७६२ कोरोना संक्रमित, ११४ को मृत्यु

सोमबार थप ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्।

त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।

सेतोपाटी बाट

‘कुटुमा कुटु’ गीतद्वारा युट्युवमा १५ करोड भ्यूजको कीर्तिमान, यी हुन सर्वाधिक हेरिएका १० नेपाली गीत

काठमाडौं । नेपाली फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटमा कुटु…’ले भिडियो साझेदारी साइट युट्युवमा सर्वाधिक पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ ।

मंगलबारसम्म १५ करोडभन्दा बढी पटक यसलाई हेरिएको छ । नेपाली र गैरनेपाली दर्शक तथा श्रोताबीच पनि लोकप्रिय बनेको यो गीतमा राजनराज शिवाकोटीले संगीत भरेका हुन् ।

दोस्रो स्थानमा टीका प्रसाइँले गाएको ‘माया लुकलुकी’ छ जसलाई १० करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । अहिलेसम्म युट्युवमा १० करोडभन्दा बढी पटक हेरिएका यी दुई गीत हुन् ।

स्वस्तिमा खड्का, निश्चल बस्नेत र आसिफ शाह फिचर्ड गीत ‘कुटुमा कुटु’ गीतका विदेशी भर्सन पनि रिलिज भएका थिए । टीकटक लगायतका सामाजिक सञ्जालमा हिट बनेको यो गीतमा टन्नै कभर गीत पनि निर्माण भएका थिए ।

यी हुन् टपटेन गीत (१७ जेठसम्मको तथ्यांक)
१) कुटुमा कुटु- १५ करोड ८३ हजार ११६
२) माया लुकुलुकी- १० करोड ६० लाख २६ हजार १८८
३) पिरिम नलाउने- ७ करोड ८२ लाख १८ हजार ४०१
४) साली मन पर्‍यो- ७ करोड ४० लाख ७९ हजार ६०७
५) सालको पात टपरी- ६ करोड ९८ लाख ७ हजार ७६३
६) गोजीमा दाम छैन- ६ करोड ९६ लाख ६ हजार १७७
७) नाच फिरिरी- ६ करोड ८८ लाख १२ हजार १४९
८) माया बिरानी- ६ करोड ५७ लाख ५९ हजार ९९१
९) कसरी कसरी २- ६ करोड ३७ लाख ७ हजार ७८०
१०) फुलबुट्टे सारी- ५ करोड ७० लाख ३९ हजार ८०२

नेपाल प्रेस बाट

विपक्षीप्रति ओलीको कटाक्ष- आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने रे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए ।

ओलीले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाएका छन् । देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने उनले बताए ।

प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीले बताए ।

राष्ट्रियसभा उपनिर्वाचनमा कसले कति भोट पाए ?

बुटवल। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्। पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई ३७ मतले पराजित गरे।

कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १३४ मत पाए। विजयी भएको घोषणा भने हुन बाँकी छ। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो। पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन्। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। प्रदेशसभातर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ।

पाण्डेयले ४१४० मतभार प्राप्त गरेका छन् भने, खड्काको मतभार ३५९४ छ। पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए। एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए।

लोकपाटी न्यूज बाट

मेरो जितले प्रतिगमनलाई जवाफ दिएको छ: पाण्डेय

दाङ। लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले आफ्नो जितले प्रतिगमनलाई जवाफ दिएको बताएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका थिए।

लगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै उनले सदनमा अब संघीयता र गणतन्त्रका विषयलाई बुलंद पार्ने बताए।

संघीयता र गणतन्त्र ओझेलमा पार्ने काम भइरहेकोमा उनले असन्तुष्टि जनाएका छन्।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमप्रति संकेत गर्दै आफ्नो जित प्रतिगमनलाई जवाफ भएको बताए।

उनी हालै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका थिए। आफ्नो जितलाई उनले राष्ट्रिय एकताको रूपमा बुझ्न आग्रह गरेका छन्।

उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सघाएको थियो।

तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारवाही गर्दा यहाँ एक पद रिक्त थियो। सोही पदमा आज उपनिर्वाचन हुँदा खड्का कांग्रेसलगायत विपक्षी गठबन्धनसँग पराजित भएका हुन्। साथै पाण्डेले आफ्नो जितले लोकतन्त्र, प्रजातन्त्र र मतदाताको जित भएको पनि बताए।

सेतोपाटी बाट

राष्ट्रिय सभा सदस्य मा कांग्रेसका पाण्डे निर्वाचित

दाङ। लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

सेतोपाटी बाट

खोप लिन आज वाइडबडी जाँदै नेपाली विमान

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज बेइजिङतर्फ जाँदैछ । ए ३३० विमान आज राति ११ बजे बेइजितर्फ उड्ने विमानले मंगलबार खोप लिएर नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सकेसम्म एकैपटक ल्याउने परराष्ट्र मन्त्रालयको तयारी छ । “नेपालमा खोपको आवश्यकतालाई हेरेर १० लाख डोज नै एकैपटक ल्याउन खोजिएको हो तर कति सम्भव हुन्छ, जतिसक्दो धेरै डोज खोप राखेर ल्याउने हामीले तयारी गरेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् ।

चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले आइतबार नेपाललाई ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट तातोपानी नाकामा हस्तान्तरण गरेको थियो ।

खबर सेन्टर बाट

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम

काठमाडौँ। सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो ।

सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको छ ।

उहाँले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताउनुभयो । उहाँका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने बताउनुभयो ।

यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ । यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ ।

नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताउनुभयो । उहाँले अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले दिनमा एकदुईवटा चुरोट खाँदा पनि हृदयाघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको जानकारी दिनुभयो । युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाका अनुसार नेपालमा वर्षेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । त्यो नेपालमा मृत्युको करीब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गरेको छ ।

विश्वमा करीब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको छ । केन्द्रका निर्देशक डा थपलियाका अनुसार नेपालको तथ्याङ्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका देखाएको बताउनुभयो । तीमध्ये ४८.३ पुरुष र ११.६ प्रतिशत महिला छन् । यसैगरी पहिलोपटक धुम्रपान शुरु गर्दाको औषत उमेर १७.८ रहेको छ ।

दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करीब ६.५ वटा चुरोट खाने गरेका छन् । नेपालमा वर्षेनि सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करीब रु ४७ अर्ब क्षति हुने गरेको छ ।

सुर्तीजन्य पदार्थको करमा वृद्धि

सरकारले सुर्तीजन्य पदार्थको करमा वृद्धि गरेको छ । आव २०७८÷७९ मा अहिले भएको करमा २५ प्रतिशत वृद्धि गरेको छ । अहिले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत कर रहेको थियो । विश्व स्वास्थ्य सङ्गठनले कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने उल्लेख गरेको छ ।

कानून कार्यन्वयनमा जोड

पूर्वसांसद खगराज अधिकारी, रामकुमारी झाँक्री, कोमल वलीलगायतले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनाइएको कानून कार्यान्वयन नहुँदा सेवन गर्ने सङ्ख्या बढ्दो रहेको बताउनुभयो । “मानिस नखाएर बाँच्न नसक्ने अवस्था छ, त्यो अवस्थाबाट मानिसलाई निकाल्नु पर्दछ”, पूर्वसांसद वलीले भन्नुभयो, “धुम्रपानको विकल्प हामीले दिन सक्यो भने छुटाउन सक्दछौँ ।”

आज नेपालसहित विश्वभरि ‘सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस् ः कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ ।

गोरखापत्र अनलाइन बाट

निषेधाज्ञा उलंघन गर्ने आठ जना पक्राउ

संक्रामक रोग कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निशेधाज्ञा कार्यन्वयनको क्रममा सुनसरीबाट आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयवाट खटीएको प्रहरी टोलीले जिल्लाको ईटहरी उपमहानगरपालिका ९ मा होटल संचालन गरेको तथा होटलमा ग्राहक भेला जम्मा भई भिडभाड गरी निषेधाज्ञाको उलंघन गरेको अवस्थामा आठ जनालाई फेला पारी कार्वाही गरेको हो । उनीहरुलाई “कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८” को परिच्छेद ५ को दफा २१ (१.क) वमोजिम कारवाहीको लागी तालुक निकाय जिल्ला प्रशासन कार्यालय ईनरुवा सुनसरी पठाईएको छ । त्यहा होटल संचालकलाई जनही सात हजार रुपियाँ र होटलमा मादक पदार्थ सेवन गर्ने मानिसहरुलाई जनही तीन हजार रुपियाँका दरले जरीवाना तिराएको छ । प्रहरीले होटल संचालक ईटहरी ९ का ३१ वर्षिय ओम प्रकाश थापा र ५१ वर्षिय बाबु घिमीरेलाई सात सात हजार जरिवाना तिर्न लगाएको छ । त्यसैगरी ग्राहाक २५ वर्षिय राहुल चौधरी, रोहन साह, समय वाक , सुनिल दुलही, मनोज सिंह लालटु दासलाई तीन।तीन हजार जरिवाना गरेको छ ।

नीम जति तितो छ यसको फाइदा पनि त्यति नै मिठो छ, नीमको प्रयोग कसरी गर्ने ? जान्नुहोस्

स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन्

यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिन्छ ।

१. ज्वरो आएमा

यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ

२. औलोको ज्वरोमा

नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।

३. कपाल दुखेकोमा

नीमको ताजा पातको रस निकालेर २\२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।

४. कान दुखेमा

नीमको पातको रस मनतातो पारेर कानमा ३\४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।

५. आँखा दुखेमा

नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३\४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

६. आँखा धमिलो र फूलोमा

नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।

७. रतन्धो भएमा

नीमको तेल आँखामा लगाउने र हरियो ८\१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ ।

८. दाँतको रोगमा

नीमको फूलको काँढा पकाएर बिहान\बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।

९. नाथ्री फुटेमा

नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

१०. दमको रोगमा

नीमको तेल १० थोपा सादापानमा हालेर बिहान\बेलुका खाने गरेमा दम ठीक हुन्छ ।

११. झाडा लागेमा

नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।

१२. हैजाले गोडा बाउँडिएमा

हात गोडामा राम्ररी २\३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ ।

१३. अपच, अरुची भएमा

नीमको पाकेको गेडा ४\५ वटा नियमित खाने गरेमा अपच, अरुची भएको कम हुदैं जान्छ ।

१४. खानामा अरुची भएमा

नीमको कमलो ८\१० वटा पात घ्यूमा तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

१५. शीत पित्तमा

नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

१६. वात रक्तमा

नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३\४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ । यसै प्रक्रिया द्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ ।

१७. जुको परेमा

दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २\४ दिनमा नै पेटको जुका मर्नेछन् ।

१८. रक्त पित्तमा

८\१० वटा नीमको पात चपाएर खानाले र कुटेर शरीरमा मालिस गर्नाले रक्तपित्त नास हुन्छ ।

१९. डण्डीफोर

नीममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
२०. हृदयघात

यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।

२१. पिलिया

नीमको पातहरुको रस र सुद्ध महलाई २:१[दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ।

२२. बिकार

नीमको रस कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ । नीमको जूस पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ ।

२३. कपाल मुलायम

नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ ।

२४. छालालाई आकर्षक

शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।

२५. पाचन तथा मधुमेह

पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ । नीमको जूसले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ । दैनिक नीमको जूस पिउनाले ब्‍लड़ सुगरको ९ लेवल ० एकदम नियन्त्रण हुन्छ ।

२६. आँखा तेजिलो

नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।

२७. छाला सम्बन्धि रोग

यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।

२८. गिजाबाट रगत आउने रोग

पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ । यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ । नीमको फूलले पने निकै फाइदा गर्दछ।

नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ। नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ।

२९. कलेजो

यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ ।

३०. मलेरिया

निमको रसले मलेरिया रोगको उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ ।

३१. योनीको पीडा

नीमको रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ । नीमको फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा पाउनकालागि नीमको रसले मसाज गर्छन ।

प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत निर्मुल पार्दछ ।

नीमका अन्य फाइदाहरु

निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा तापक्रम त्यति धेरै हुन् पाउदैन । यस्तै भाइरसको बृद्दीलाई रोक्छ ।

१. आमवात, सन्धीवातमा

नीमको तेलको मालिस गर्नाले वातरोगहरु निकोे भएर आउनेछन् भने ५\१० दिन नियमित खाएमा ठीक हुन्छ ।

२. पक्षघातमा

पक्षघात भएको ठाउँमा नियमित नीमको तेलको मालिस गर्नाले विस्तारै ठीक हुँदै जान्छ । नीमको थोपा ५\१० थोपा खानाले पनि पक्षघात निको हुन मद्दत गर्दछ ।

३. पत्थरीमा

नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान/बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ । कलेजोको रोगमा १५\२० वटा नीमको पात १ गिलास पानीमा उमाल्ने र खाने गरेमा कलेजोको रोगहरुमा आराम हुँदै जान्छ ।

४. कफ पित्तमा

आधा चम्चा नीमको फूल आधा चम्चा मिश्री मिसाएर खानाले कफ पित्त सबै नाश भएर जान्छ ।

५. कामशक्ति घटाउन

केही दिनसम्म लगातार नीमको पातको सेवन गर्नाले काम शक्ति घटेर जान्छ । धेरै दिनसम्म सेवन गरे नपुंशक समेत बनाई दिन्छ ।

६. खटिरा भएमा

नीमको एक मुठी पात कुटेर मनतातो पानी घाउ र खटिरामा बाँधी दिने हो भने छिट्टै घाउ खटिरा निको हुनेछ । घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा पनि आराम गर्दछ । अथवा नीमको तेल लगाउनाले पनि घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा आराम गर्दछ ।

अन्य विविध रोगहरुमा पनि नीम उपयोगी औषधी मानिन्छ

नीमको बोक्राको काँढा नियमित सेवन गर्नाले र २ घण्टा पछि ताजा रोटी घिउसँग खानाले अर्धांगवात, पक्षघात, गठियो, जलोदार, पाकेलुतो र दादहरु पनि नष्ट हुनेछन् ।

१. दादमा

नीमको पात दहीमा पिनेर लगाउने गरेमा पनि दाद जान्छ । नीमको काठ गाईको गौंतमा घोटेर लगाउने गरेमा दाद ठिक हुन्छ ।

२. बगिरहने घाउमा

नीमको बोक्राको खरानी लगाउनाले आराम हुँदै जान्छ ।

३. सैन र पीप भरिएको घाउमा

नीमको पात कुटेर घाउमा बाँध्नाले ठिक हुँदै जान्छ ।

४. सेतो दुबीमा

नीमको फल, फूल र पात बराबर लिएर मसिनो गरी पिंध्नु र शर्वत जस्तै १ गिलास पानीमा घोलेर पिउनु, यसरी पिएमा २०\३० दिनमा सेतो दुबी ठीक हुन्छ ।

५. प्रसुति कष्टमा

नीमको जरा गर्भवती स्त्रीको कम्मरमा बाँध्नाले बच्चा सजिलैसँग जन्मन्छ तर बच्चा हुने बित्तिकै जरा फुकाएर फ्याकिदिनु पर्छ ।

६. क्यान्सरको घाउमा

नीमको काठ पानीमा चन्दन झै घोटेर बाक्लो लेप गर्नाले क्यान्सरको घाउ पनि निको भएर आउँछ ।

७. लू लागेमा

नीमको पात, डाँठ, फल, फूल, जरा कुटेर धूलो पार्ने आधा चम्चा धूलो मिश्रीमा मिलाएर खाएमा ठीक हुन्छ ।

८. बिच्छी र बारुलाले टोकेकोमा

नीमको पात कुटेर रस निकाल्ने र टोकेको ठाउँमा राम्ररी दल्नाले आराम गर्दछ ।

९. अंग नचलेमा वा पक्षघात भएमा

मरिचको धूलो, निमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।

१०. सेतो दूबीमा

१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

११. अनुहार सुख्खा भएमा

मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

१२. घाउ भएमा

नीमको पात कुटेर घाउमा बाँध्नाले ठीक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । source : khabber host

मोटरसाईकल चोर पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट दुई जना मोटरसाईलक चोरलाई प्रहरीले पक्राउ गरेको छ । चैत १३ गते रातिको समयमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका चन्द्र बहादुर कार्कीको घरवाट चोरी भएको मोटरसाईलक सहित दुई जनालाई पक्राउ गरिएको हो । कार्कीको घरबाटै चोरी भएकोको को १० प ३४५५ नंम्बरको कालो रङगको सुपर स्पेलेण्डर मोटरसाईकल ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरी मातहत प्रहरी चौकी तरहरा चोरीको मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु बराहक्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका सुमन सुन्दास र नबराज परियारलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी शिर्षकमा चार दिनको म्याद लिई अनुसन्धान प्रकृया अगाडी वढाएको जनाएको छ ।

बाँकेमा ७ जनाले फेरी गुमाए कोरोनाबाट ज्यान

काठमाडौँ । कोभिड–१९ को संक्रमणबाट बाँकेमा थप ७ जनाको मृत्यु भएको छ ।

आइतबार ४ बजेपछि सोमबार दिउँसो २ बजेसम्म नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा गरी थप ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको कोभिड पोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमणबाट बाँकेका दुई तथा सल्यान, कैलाली, दाङ, लमजुङ र दैलेखका एक–एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका ५० वर्षीया महिला र ८७ वर्षीय वृद्ध तथा दैलेखका ६० वर्षीय वृद्ध, लमजुङका ३१ वर्षीय पुरुष, दाङका ८३ वर्षीय वृद्ध, कैलालीकी ४० वर्षीया महिला र सल्यानका ५५ वर्षीय पुरुष रहेको वलीले बताउनुभयो ।

योसँगै बाँकेमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ सय ९१ पुगेको छ, जसमा अन्य जिल्लाका २ सय ८७ जना रहेका छन् ।ईभिनीङ खबर

काठमाडौं उपत्यकामा जेठ २० पछि निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ । पछिल्लो पटक जेठ १४ गतेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञा निकै कडा पारिएको छ ।

कोरोना संक्रमण दर क्रमशः घट्दै गएको हुँदा सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

खाद्यान्न बाहेक अन्य कुन–कुन क्षेत्र खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सम्भवतः १९ गतेभित्रै काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको उपस्थितिमा बैठक बसेर निष्कर्ष निकाल्ने बताइएको छ ।

परिस्थिति अनुकुल हुँदैै गए सबै क्षेत्रलाई बिस्तारै खुकुलो बनाउँदै लाने पनि बताइएको छ ।

खबर सेन्टर डेस्कबाट

इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल उद्घाटन

इनरुवा  । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा पहिलो पटक इनरुवा अस्पतालमा कोभिड अस्पतालको उद्घाटन गरीएको छ । इनरुवा अस्पतालको इमेरजेन्सी कक्षमा २० बेडको कोभिड अस्पतालको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गर्नुभएको हो ।

कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल संचालनमा ल्याउने गरी उद्घाटन गरिएको हो । इनरुवाका कोरोना संक्रमित बिरामीहरुलाई अन्यत्र जानु नपर्ने र इनरुवा अस्तपालमा नै उपचार गर्न सहज होस भनेर कोभिड अस्पताल संचालनमा ल्याएको मेहताले बताउनुभयो । एक महिनाको लामो प्रयास पनि प्रदेश सरकार र दाताहरुको सहयोगमा उद्घाटन गर्न सफल भएको कोभिडका संक्रमितहरुलाई मंगलवारदेखी मात्रै भर्ना गर्ने इनरुवा अस्पतालले जनाएको छ ।

कोभिड अस्पतालको उद्घाटन गर्नुहुदै मेहताले अस्पताल व्यवस्थापन समिति, इनरुवा अस्पताल,स्वास्थ्य कार्यालय सुनसरी, इनरुवा नगरपालिकाको संयुक्त प्रयास र सहयोगमा संचालनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मेरो व्यक्तिगत, हैसियत, दर्जा, अहोदा, क्षमता र नगरपालिकाले भ्याएसम्म कोभिड अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता छ ।’

उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई, अस्पतालका डाक्टर पुजा दास, इनरुवा अस्पताल विकास समिति अध्यक्ष गोपालराज भण्डारी, सदस्य रामप्रसाद मेहता, तोया गिरी लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच उधोगा वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले कोभिड अस्पतालमा उपचार गर्न आउने कोभिडका बिरामीहरुलाई निःशुल्क खाना खुवाउने प्रतिवद्धता जनाउनुभयो । यहाँ डाक्टर, अक्सिजन, आइसीयू, भेन्टीलेटर सहितको सेवा प्रवाह हुने जनाएको छ ।

विशेष स्थानमा भेटियो ७ इन्च लामो बोतल, एक्सरे रिर्पोटपछि चिकित्सक चकित

एजेन्सी । हिँड्न समस्या भएर अस्पताल पुगेका एक महिलाको एक्सरे रिर्पोट देखेर चिकित्सक चकित बनेका छन्। यो घटना चीनको हो। चीनमा ति महिला हिँड्न समस्या भएपछि अस्पताल पुगेकी थिइन् । अस्पताल पुगेकी उनलाई चिकित्सकले एक्सरे गर्न सुझाव दिए। एक्सरे रिर्पोट आएपछि चिकित्सक समेत चकित बने। एक्सरे रिर्पोटमा ती महिलाको गु’प्ताङ्ग’मा ७ इन्च लामो बोतल देखियो।

चिकित्सकले ६० वर्षीय ती महिलाको शल्यक्रिया मार्फत बोतल निकालेका छन्। शल्यक्रिया पछि ती महिलाको अवस्था सामान्य रहेको समाचारमा उल्लेख गरिएको छ। एक दिन कम्मरको तल्लो भागमा चिलाउने समस्या देखियो। जसलाई बोतलको सहयोगमा मे’टाउने प्रयास गर्दा बोतल अ’ड्कि’एको पीडित महिलाले बताएकी छन् ।

यो पनि : यी विशेष स्थानमा साबुन प्रयोग गर्नाले उत्पन्न हुन्छन् समस्या

नुहाउँदा मानिसहरु गलत ठाउँमा साबुन लगाउने गल्ति गर्छन् । नुहाउँदा यदि तपाईले आफ्नो विशेष अंगहरुलाई सफा गर्न साबुन प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । यस्तो बानीले तपाईलाई समस्यामा पार्नसक्छ ।

चिकित्सकका अनुसार श’रीरको गु’प्ताङ्ग’मा साबुन लगाउनाले छाला नरम हुन्छ । यसकारण मानिसलाई चिलाउने समस्या उब्जिन्छ । चिकित्सकहरु अधिकांश मानिसहरुले आफ्नो गु’प्ता’ङ्ग’मा धेरै साबुन लगाउने बताउँछन् । यस्तो बानीले समस्या निम्त्याउँछ ।

शरीरमा एकपटक भन्दा धेरै साबुन लगाउनले त्यस स्थानमा अधिक पसिना आउँछ । जसले गर्दा श’रीर’को त्यस भाग सुख्खा हुन्छ र छाला एकदमै कडा बन्छ ।

यदि त्यस्तो स्थान चिलाउने समस्या आउँछ भने चिकित्सकलाई देखाउनुपर्छ अन्यथा त्यसले गम्भिर बिमारी पार्नसक्छ ।कतिपाय मानिसहरु नुहाइसकेपछि श’रीर’लाई कपडाले रगेटेर पुच्छन् । यसो गर्नाले छाला सुख्खा हुन्छ । साथै यसले शरीरका रौंहरु झर्ने खतरा पनि बढ्छ ।