देवानगंज नाकाबाट प्रहरी प्रशासनकै सेटिंकमा मदिरा तस्करी !
१७ जेष्ठ २०७८, सोमबार २०:२८
देवानगंज । सुनसरीमा अहिले कोरोना कहरको कारणले निषेधाज्ञा जारि गरेको एक महिना बढी भएको छ । यो बेला नागरिकहरुलाई सहज रुपमा घर बाहिर निस्कन दिएको छैन् । तर यही निषेधाज्ञाको बीचमा सुनसरीको सिमानकामा भने ठूलो तस्करी भईरहेको छ । यो गुनासो स्थानीयहरुले गरेको पनि महिना वितेको छ । यो तस्करी गर्ने काममा तस्कार मात्रै सफल हुने कुरै भएन् । यो सीमावर्ती एक सर्वसधारण नागरिकको गुनासो हो ।
साच्चै यो सर्वसधारणको भनाईलाई भारतीय सुरक्षाकर्मीले अवैध मदिरा बरामद गरेर नेपाली सुरक्षाकर्मीको सेटिंकमा मदिरा तस्करी भएको कुरालाई पुष्टी गरेको छ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकासंग जोडिएकोनाका कप्तानगञ्ज नाकाबाट अवैध मदिरा भारत तस्करी भएको खुलेको छ । स्थानीयहरुका अनुसार नजरना उठाउदै दैनिक रुपमा प्रहरीकै संरक्षणमा तस्करी भईरहेको छ ।
उक्त्त नाकाबाट लकडाउनको मौका छोपि केही बहिरबाट आएको व्यापारीहरुको मोटो रकम लोभमा परेर इलाका प्रहरी कार्यालय देवानगञ्ज सहितका नेपाल प्रहरी र विओपी कप्नागञ्ज सहितको सशस्त्र प्रहरीले नै आखा चिम्लेकाले मदिरा तस्करी फस्टाएको हो । यो मदिरा तस्करीमा सुरक्षाकर्मीको मिलोमतो रहेको देखिएको सीमावर्ती क्षेत्रको नागरिकको दावी छ ।
हिजो राति मात्र नेपालबाट अबैध रुपमा मदिरा तस्करी गरेर भारत तर्फ लैजाँदै गर्दा भारतीय सुरक्षाकर्मी एसएसबीको गस्ती टोलिले ठूलो परिमाणको नोपाली मदिरा बरामद गरेको छ । यो घटनामा नेपाली सुरक्षाकर्मीको समेत हात रहेको भारतीय एक एसएसवीको दावी बाहिर आएको छ । नेपालको केही व्यपारीले भारतीयहरुलाई बोडर पारी तस्करीको लाइन मिलाउने गरेको स्रोतको दावी छ ।
सीमामा सर्वसाधारणलाई सीमापारि आउनजाँन नदिएको बेलामा स्कारपिओ नै मदिरा सहित भारत कसरी गए भन्ने कुराले सुरक्षाकर्मीको नियत माथी प्रश्न खडा भएको छ । सीमामा रेहको सशस्त्र प्रहरी, नेपाल प्रहरी कडा सुरक्ष रहेको बेला चार चक्केमा नै लोड गरेर कसरी पारी लगिएयो यसले पनि प्रष्ट हुन्छ कि यसमा प्रहरी प्रशासनको मिलोमतो छ भन्ने प्रष्ट रहेको देखिन्छ ।
भारतिय एसएसबिले लगातार तिन दिन देखि नेपालबाट भारत लगिरहेको मदिरा नियन्त्रमा लिरहेको छ । एसएसबिका अनुसार नेपालबाट मरिदा , स्कारपियो, अटो र केही व्यति ठाउँमा बोकेर नेपालबाट भारत लगिरहेको बेला पक्राउ गरको बताए । हिजो राति पक्राउ परेको दुई जनाले नेपाली व्यपारीहरुको मदिरा हरको बताएका छन । यसबाट पनि प्रष्ट हुुन्छ कि मदिरा नेपालबाटै तस्करी भइरहेको छ ।
एता भने नेपाली सुरक्षा कर्मि यो कुरा मान तयार छैन । उहाँहरुका अनुसार हामीले सिमा त्यस्तो नभेटाएको प्रतिकृया दिनु भायो । सिमा खटिएका प्रहरीहरुको यस्तो कुराले प्रष्ट हुन्छ कि तस्करीमा कतैन कतै प्रहरी प्रशासनकै संमलगनता त छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया