१७ जेष्ठ २०७८, सोमबार १४:३९ – Page 2 – Nagarikabhiyan : National News

यस्तो छ शिक्षकको बढेपछिको मासिक तलब र भत्ता (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब २ हजारका दरले वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको साउनदेखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामती, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

सरकारले बढाएको तलबअनुसार शिक्षकको पनि तलब बढेको छ । शिक्षकको तलब निम्नानुसार छ ।

खबर सेन्टरबाट

Teacher-Salary 11.jpg

सकियो ठाकुर महतोले बालुवाटारमा ओलीसँग गरेको छलफल, यस्तो भयोे निर्णय

काठमाडौं । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको छलफल सकिएको छ ।

सरकारसँग आफूहरुले राखेका अधिकांश मागहरु पुरा भएको भन्दै सरकारमा सहभागी हुने तयारी जसपाले गरेको हो । सोही विषयमा छलफल गर्न नेताहरु आज प्रधानमन्त्री ओलीसँग वार्ता बालुवाटार पुगेका थिए ।

ओलीले जसपालाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार एक दुई दिनमै सहभागी हुने विषयमा टुंगो लाग्ने छ ।

खबर सेन्टर बाट

यो उमेरमा आमा भयो महिलाको आयू बढ्छ

प्र’जनन विज्ञहरुले ढिला ग’र्भवती हुँदा महिलाहरु निःसन्तान हुनसक्ने चे’ता’वनी दिएका छन् । तर पोर्चुगल कोइब्रा युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानले भने ढिला आमा बन्ने महिलाहरुका लागि खुसीको कुरा पत्ता लगाएको छ ।

यो नयाँ अध्ययनको नतिजाअनुसार जुन महिला ढिला आमा बन्छन् उनीहरुको आयू २० वर्षकै उमेर वा त्योभन्दा कम उमेरमा आमा बन्ने महिलाको तुलनामा लामो हुन्छ

यो पनि
किच्कन्याको कथा धेरैले सुनेको हुनुपर्छ । कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् । किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो । यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी पुर्याउनेगरेको विश्वास छ । भारतमा चुडैल पनि भन्ने गरिन्छ । तर, चुडैलभन्दा किचकन्या केही भिन्न मानिन्छ । यसले हानी नोक्शानी पनि पुर्याउने गरेको बताइन्छ ।

किचकन्या रातको समयमा मात्र देखिने गरेको बताइन्छ । भेटेको दाबी गर्नेहरुका अनुसार किचकन्या नारी स्वरुपको हुन्छिन् । असाध्यै सुन्दर र सफा हुन्छिन् । सबै सुन्दर भएपनि किचकन्यालाई चिन्न उपाय भनेको खुट्टाको पाउ मात्रै हो । किचकन्याको पाउ सामान्य मानिसकको भन्दा भिन्न अर्थात् औंलाको भाग पछाडि र कुर्कुच्चा अगाडि फर्केको हुन्छ ।

किचकन्या चिहानबाट निस्कने गरेको बताइन्छ । मध्यरातमा चिहानबाट निस्कने र उज्यालो हुनेवित्तिकै फर्कने गर्छिन् । रातको समयमा पुरुषलाई भेटेमा यीनले आफ्नो पासोमा पार्छिन् । किचकन्याले मानिसलाई मा र्ने या नोक्शानी पारिहाल्ने गर्दिनन् । तर, यीनले आफूसँग सम्बन्ध बनाएर पल्काउँछिन् । सम्बन्ध बनाउन पल्केको पुरुष विस्तारै सुक्दै जान्छ र मृ त्युको अवस्थामा पुग्छ ।

किच्कन्यासँग पल्केको पुरुषलाई छुटाउन तन्त्रमन्त्रबारे पनि सुनिएको छ । तान्त्रिकले किचकन्यासँग फसेको पुरुषलाई धागो दिने र सम्बन्धको समयमा धागो बानिदिन लगाउँछ । लामो धागोका कारण किचकन्या कुन स्थानबाट निस्केकी हुन् पत्ता लाग्छ । त्यस स्थानमा हड्डी भेटिन्छ । हड्डीलाई नष्ट गरेर र तन्त्र मन्त्र गरेर किचकन्या आउन नसक्ने बनाइन्छ । यसको अर्थ यो मृ त महिलाको भड्केको आत्मा हो ।

राजा महाराजाहरु पनि किचकन्यासँग फसेको किम्वदन्ती छ । किचकन्यासँग मल्ल राजा प्रताप मल्ल समेत फसेको किम्वदन्ती छ । पछि उनलाई तान्त्रिकले छुटाइदिएका थिए ।

source : arniko times

जिउँदै आगो लगाई गम्भीर घाइते महिलाको उद्धारका लागि हेलिकप्टर

डोटी।  राती करिब साढे १२ बजेको समयमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै शरीरमा आगो लगाईएकी डोटी आदर्श ४ रोडिङ्गेकी वर्ष २८ की लक्ष्मी भाटको हेलिकप्टरबाट उद्दार गरी उपचार गरिने भएको छ ।

वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा प्रधानमन्त्री केपीशर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा नेपाली सेनाको हेलिकप्टर डोटी आउन लागेको वन मन्त्री आलेले जानकारी दिएका छन् ।
हेलिकप्टर केहिबेरमा सुर्खेतबाट आउने जनाईएको छ । यहि जेठ १२ गते मध्ये आफ्नै पसलमा अढाई वर्षकी छोरीसँगै सुतिरहेकी लक्ष्मीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो ।

लक्ष्मीको उपचार डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भईरहेको छ । अस्पताल श्रोतले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताएको र परिवारको कमजोर आर्थिक अवस्थाका कारण बाहिर लैजान कठिनाई भईरहेको घाइतेका आफन्त पदम बोहराले बताए । वन मन्त्री आले ज्यूले हेलिकप्टर पठाउने जानकारी पाएकाले उनको प्राण बचाउन सकिन्छ कि भन्ने आशा पलाएको बोहराले बताए ।
लक्ष्मीको हात र पेटमा गम्भीर समस्या रहेको जनाईएको छ । उनलाई उपचारका लागि आजै काठमाण्डौ लगिने छ । घटनाको दिन कान्छी श्रीमतीसँग घरमा रहेका उनका श्रीमान सन्तोष भाट भने घटनापछि फरार रहेका छन् । यसबाट सन्तोषको वहुविवाह भएको पनि खुल्न आएको छ ।

ईन्फो खबर बाट

तीन भारतीयसहित आठ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं ।  तीन जना भारतीय आरोहीसहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गर्नुभएको छ । एक साताअघि आरोहण क्रममा रहेका उहाँ खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनु भएको थियो ।
आरोहण गर्नेमा भारतीय आरोही अमित कमार नेगी, निरज चौधरी, सोरङ ताजित छन् भने नेपाली आरोहीमा फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पा र नापी विभागका कर्मचारी युवराज धिताल रहनुभएको आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिनुभयो । यस अघि दुई चरणमा आरोहण सम्पन्न भइसकेको छ । जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गर्नुभएको थियो ।

यस वसन्त मौसमको सगरमाथा हिमाल लगायतका आरोहण अन्तिम चरणमा पुगेको र ९० प्रतिशत आरोहण सम्पन्न भइसकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।
आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

दही मोही कत्तिको खानुहुन्छ ? हाम्रो स्वास्थ्यकालागि निकै उपयोगी छ है हेरौ :

डा अरुणा उप्रेती

दही र मोही कत्तिको खानुहुन्छ, कुन्नि ? मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ। आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन।’ स्वादको हिसाबले मात्र नभई दहीमोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन्।

दूधबाट दही बन्दा विषेश प्रकारको किटाणु पैदा हुन्छ। यसले हाम्रो स्वास्थ्यकालागि सकारात्मक काम गर्छ। बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाको हाडकालागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ। हाडकालागि क्याल्सियमको निकै ठूलो महत्व छ। विशेषगरी उमेर बढदै जाँदा हाडको घनत्व कम हुदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ। महिलाको महिनावारी बन्द भएको बेला यो समस्या निकै देखिन्छ। क्यालसियमका लागि दही निकै राम्रो स्रोत हो।

दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बच्चाहरुकालागि दही एउटा उत्तम बिकल्प हो। कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ। यसबाट बच्न दहीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ। दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ। अनुसन्धानहरुले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँछन्। यसले आन्द्रामा हुने क्यान्सर कम गर्न मद्दत गर्छ।

मध्य एसियाली देशहरु काजाकस्तान, उज्वेकिस्तान तथा युरोपेली देश बुल्गेरियाका बासिन्दाहरु दैनिक भोजनमा दही बढी नै प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छन् भन्ने अध्ययनले देखाएको छ। सन् २००० को डिसेम्बरमा बंगलादेशको राजधानी ढाकामा सम्पन्न स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनमा विश्व प्रसिद्ध किताब डाक्टर नभएमा लेखक डा. डेभिड बर्नरले बच्चालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात हो भनेर भनेका थिए।

कब्जियत आजको आधुनिक समाजमा ठूलो समस्याको रुपमा देखापरेको छ। कब्जियतले शरीरका विभिन्न भागमा समस्या निम्त्याउँछ। कब्जियतको समस्याबाट बच्न हरेक उमेरका व्यक्तिले मोही र दहीको प्रयोग गरेमा यो समस्या स्वतः समाधान हुन्छ। दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध खुवाउने महिला र लामो बिरामीबाट भर्खर उठेका व्यक्ति सबैलाई अत्यन्तै जरुरी हुन्छ।

नेवार समुदायमा भोज खानेबेलामा सम्पुर्ण भोजन सिद्धिसकेपछि अन्त्यमा दही र मूला दिने चलन छ। यो परम्परालाई निकै वैज्ञानिक मान्नुपर्ने हुन्छ। दहीलाई एउटा सम्पुर्ण भोजन पनि मानिन्छ, जसले शरीरलाई पुष्ट राख्छ र विभिन्न समस्याको समाधान पनि गर्छ। भारतका कतिपय ठाँउहरुमा छाला राम्रो बनाउन दही, बेसन र बेसार मिसाएर लगाउने चलन छ। यसले छालालाई नरम र चिल्लो बनाँउछ भन्ने मान्यता छ। घरेलु औषधिका रुपमा दहीलाई कपालको चाया हटाउनकालागि पनि प्रयोग गरिन्छ। दही र कागतीको मिश्रण बनाएर दुई घण्टापछि कपालमा लगाउनाले चायाको प्रकोप कम हुनुका साथै कपाल चम्किलो पनि हुन्छ भन्ने अनुभव धेरैले बटुलेका छन्।

श्री कृष्णलाई कसले दियो बासुरी, यस्तो छ पौराणीक रोचक कहानी

एजेन्सी। द्धापर युगको समयमा जब भगवान श्री कृष्णले धर्तिमा जन्म लिए तब देवी–देवताहरु रुप बदलेर समय–समयमा उनलाई भेट्न धर्तिमा आउन थाले । यसै क्रममा भगवान शिवलाई पनि कृष्णसँग भेट्न मन लाग्यो र उत्सुकता देखाए ।

कुष्णलाई भेट्न जाँदा के उपहार लैजाने भनेर सोच्न थाले । शिवले कृष्णलाई पनि मन पर्ने र सधै उनको साथमा हुने वस्तुको खोजी गरे । सोही समयमा शिवको साथमा ऋषि दधीचिको महाशक्तिशाली हड्डी थियो । । ऋषि दधिचि महान ऋषि हुन् । जसले धर्मको लागि आफ्नो शरीर त्यागेका थिए । उनले आफ्नो शक्तिशाली शरीरको सबै हड्डी दान गरेका थिए । उनकै हड्डीको सहायताले विश्वकर्माले तीन धनुष पिनाक, गांडीव, शारंग तथा इन्द्रको वज्रकोे निर्माण भएको थियो ।

शिवले सोही हड्डीलाई काटकुट गरे एक सुन्दर एवं मनोहर बाँसुरीको निर्माण गरे । शिव भगवानले श्री कृष्णलाई भेट्न गोकुल पुगेर श्री कृष्णलाई उपहार स्वरुप बाँसुरी (बंसी) प्रदान गरेका हुन् । उनले आर्शीवाद सहित बाँसुरी दिएपछि भगवान कृष्णले उक्त बाँसुरी आफुसँग राख्न थालेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि  २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर,२०८३’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकितदरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

जेठ २८ गतेसम्म आवेदन माग गरिएको उक्त ऋणपत्रमा कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणलाई र १५ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्रि गर्ने भएको छ । ऋणपत्र खरिद गर्न न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

रिपोटर्स नेपाल बाट

मौसमी सागपातः फर्सी,बेथे र लट्टे साग खानुका फाईदाहरु

फर्सीको मुन्टा भन्नसाथ तपाईंको मुखमा पानी आउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो । बेथे र लट्टेको स्वाद पनि तिख्खर हुन्छ । अतः यी सबै अहिलेको मौसमी सागपात हुन् ।

मौसम अनुकुल सागपात किन खाने ? दुई कारण छन् । एक, यसमा असली स्वाद पाउन सकिन्छ । दोस्रो, आवश्यक पौष्टिक तत्व पाइन्छ ।

हुन त हामी वेमौसमी खानेकुरा खोजिरहेका हुन्छौ । तर, वेमौसमको खानेकुरा शरीरका लागि त्यती लाभदायक हुन्दैन । किनभने वेमौसमी उत्पादनका लागि कृतिम शैली अपनाइन्छ । प्राकृतिक रुपमा उब्जाउ भएको हुँदैन । त्यसैगरी वेमौसमी खानेकुरा फलाउन, भण्डारण गर्न केही यस्ता तरिका अपनाइन्छ, जो त्यती स्वस्थ्यकर हुँदैन ।

अहिले वर्षायाम सुरु भइसकेको छ । यतिबेला फर्सीको मुन्टा, बेथे, लट्टे जस्ता सागपात प्रशस्तै पाइन्छ । यी सागपात निकै लाभदायक हुन्छ, स्वास्थ्यका लागि ।

फर्सीको साग किन खाने ?

फर्सीको मुन्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन पाइन्छ । साथै यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो । यसमा फाइबर त पाइने नै भयो ।

फर्सीको पात तथा मुन्टाको सेवनले हामीलाई कतिपय रोगको संभावनाबाट टाढा राख्छ । फर्सीको मुन्टा खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचन यन्त्रलाई चुस्त राख्छ ।

लट्टेको साग किन खाने ?

कतिपयलाई औधी स्वाद लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधीमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै यसमा किटनासक लगायत हानिकारक तत्व प्रयोग हुने संभावना पनि न्युन हुन्छ ।

लट्टेको व्यवसायिक खेती गरिएको त्यती पाइदैन । सिजनमा अनुकुल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुनसक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ ।

लट्ेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग किन खाने ?

बेथेको साग दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको । अर्को पातमा रातो भएको । दुबै किसिमको साग निकै लाभदायक हुन्छ ।

खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ ।

बेथेको सागमा सेलिनियम, ओमेग थि्र पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ ।

यी हुन् असल खानपानका २० उपाय

१. विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

२. फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने।

३. दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।

४. माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।

५. दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

६. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।

७. खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।

८. खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने।

९. गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने।

१०. सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने।

११. पर्याप्त मात्रामा सफा पानी पिउने।

१२. नियमित रूपमा शारीरिक परिश्रम गर्ने।

१३. परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने।

१४. पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।

१५. मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।

१६. शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने।

१७. शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउने।

१८. गर्भवती र स्तनपान गराउने आमाले थप र पोषिला खाद्य वस्तु उपभोग गर्ने।

१९. किशोरकिशोरीहरूले खानपान सम्बन्धी स्वस्थ मानी बसाल्ने।

२०. ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।

यी उपायलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ। स्वस्थ रहन सकेमा आफूले बनाउने हरेक कार्य तथा योजना सफल पार्न सकिन्छ। त्यसैले नयाँ वर्षदेखि नै  यी उपायहरूलाई आफ्नो दैनिक जीवनमा लागू गर्नु उपयुक्त हुन्छ।

कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने

मान्टेभिडियो — दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने भएको छ । अर्जेन्टिनामा कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहर बढेपछि दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिता अर्जेन्टिनामा नगर्ने सोमबार निर्णय गरेको हो ।

अर्जेन्टिनामा अहिले सबै प्रकारका फुटबल रोकिएका छन् । महासंघको यो निर्णयपछि प्रतियोगिताको आयोजनाबारे अन्योल छाएको छ । यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले जुन १३ बाट संयुक्त रूपमा गर्ने तय भएको थियो ।

तर कोलम्बियाले आफ्नो देशमा भइरहेको प्रदर्शनका कारण नाम फिर्ता लिएको थियो । निर्धारित कार्यक्रमअनुसार प्रतियोगिता सुरु हुन १३ दिन मात्र बाँकी छ । महासंघले नयाँ आयोजकबारे छलफल भइरहेको पनि जनाएको छ । प्रतियोगिता एक वर्षअगाडि नै हुनुपर्ने थियो तर कोरोना महामारी चर्केपछि एक वर्ष पछाडि सारिएको थियो । अब दोस्रोपल्ट प्रतियोगिताको आयोजना अनिश्चित भएको छ । एजेन्सी

आइसोलेसनमा रहँदा मानसिक रुपमा कसरी स्वस्थ रहने?

कोभिड–१९ को संक्रमण भएका ८०–८५ प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षणहरु मात्र हुन्छन्। उनीहरु प्रायः होम आइसोलेसन र केही आइसोलेसन केन्द्रमा हुन्छन् । प्रायः परिवारका धेरै सदस्य आइसोलेसनमा रहेका हुन्छन्।

कोभिड–१९ को संक्रमण भएका ८०–८५ प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षणहरु मात्र हुन्छन्। उनीहरु प्रायः होम आइसोलेसन र केही आइसोलेसन केन्द्रमा हुन्छन् । प्रायः परिवारका धेरै सदस्य आइसोलेसनमा रहेका हुन्छन्।

यस्तो बेलामा उनीहरुमा शारीरिक लक्षण धेरै नहुन सक्छ। तर, अक्सर उनीहरु तनाव ग्रसित हुन सक्छन्।

आइसोलेसनका क्रममा हुने तनाव

–कोभिड– १९ को समस्या बढ्ने हो कि वा मरिने हो कि भन्ने डर।

–गम्भीर संक्रमण भएर सिकिस्त भएमा परिवारका अन्य सदस्यबारे पीर।

– आइसोलेसनमा बस्नु पर्दाको निराशार दिक्दारी।

– कसले मलाई संक्रमित गरायो भन्ने आक्रोश।

–कतै आफ्नो कारण परिवारका अन्य सदस्यलाई संक्रमण त भएन वा मैले किन आफू र अरुलाई सुरक्षा दिन सकिन भन्ने ग्लानी।

–आफ्ना परिवारजन, नातेदार साथी, सहकर्मीको मृत्यु जस्ता दुखद खबर।

–घरमा भएका बच्चाबच्चीका माग तथा आवश्यकताहरु पुरा गर्न कठिनाइ।

–विभिन्न कारणले रासनपानी लगायत अन्य अत्यावश्यक सामग्री जुटाउने समस्या।

–आर्थिक नोक्सानी तथा जागिर गुम्ने हो कि भन्ने डर।

–सामाजिक लान्छनाको पिर।

–सामाजमा मानिसहरुले अवहेलना गर्ने हुन् कि भन्ने चिन्ता।

आइसोलेसनमा रहँदा मानसिक रुपमा कसरी स्वस्थ रहने ?

–प्रविधिको उपयोग गर्दै आफन्त एवं साथीभाइ तथा आफन्तसँग नियमित सम्पर्कमा रहनुहोस् र उनीहरुलाई आफ्नो अवस्थाको बारेमा नियमित जानकारी दिनुहोस्। अत्यावश्यक सामग्री तथा औषधिको जोहो गर्न उनीहरुको सहयोग लिनुहोस्।

–एक्लोपना र दिक्दारी कम गर्नुहोस्। आफुले गर्ने कार्यहरुको योजना बनाउदा रोगका लक्षणहरुमा जाने ध्यान तथा एक्लोपन कम गर्न मद्दत पुग्छ।

– आसावादी धारण अपनाउनुहोस्। याद  राख्नुहोस् कि अघिकांश व्यक्तिहरुलाई सामान्य मात्र लक्षणहरु हुन्छन् र तपाईलाई पनि सामान्य लक्षण मात्रा हुने सम्भावना ज्यादा छ। आफुलाई श्वास पर्ने गाह्रो हुने,छाती निरन्तर दुख्ने, ओठ निलो हुने, अक्सिजनको स्याचुरेसन कम हुने वा कुनै पनि शारीरिक समस्या बढेमा अस्पताल जान सक्ने गरी तयारी गर्नुहोस्।

–खानाको रुचि कम भए पनि स्वस्थ एवं सन्तुलित भोजन लिने कोसिस गर्नुहोस्। प्रशस्त्र मात्रामा झोलिलो खानेकुरा पिउनुहोस्।

–समयमा सुत्ने र उठ्ने गर्नुहोस्। समय–समयमा घोप्टो परेर आराम गर्नु वा सुत्नु लाभदायी हुन्छ।

–समाचार हेर्नु र सुसूचित हुनु राम्रो हो। तर, अत्यधिक समाचार वा जानकारीले पनि बेचैन बनाउन सक्छ। त्यसैले समाचार वा सामाजिक सञ्जालको प्रयोग सीमित गर्नुहोस्।

–नियमित व्यायाम गर्नुहोस्।

–गीत संगीत सुन्ने, किताब पढ्ने जस्ता केही आनन्ददायी काम गर्नुहोस्।

– गहिरो श्वासप्रश्वासको व्यायाम लाभदायी हुनसक्छ।

–तनाव झेल्ने नाममा जाड, रक्सी, खैनी,सुर्ती, चुरोट जस्ता लागू पदार्थ सेवन नगर्नुहोस्।

–परोपकारी भावना राख्नुहोस्। याद राख्नुहोस् कि यसरी आइसोलेसनमा बसेर तपाईले आफ्ना परिवारजन र अरुलाई संक्रमण फैलनबाट जोगाइ रहनुभएको छ र महामारीको नियन्त्रणमा योगदान गर्दै हुनुहुन्छ।

–आइसोलेसन दुई हप्तासम्म मात्र सीमित राख्नुहोस्। त्यसपछि नेगेटिभ रिपोर्ट कुर्नु वा अनावश्यक अत्यधिक सावधानी अपनाउनु जरुरी छैन।

– हमेशा याद राख्नुहोस् कि यस्तो अवस्थामा केही मात्रामा तनाव, चिन्ता तथा बेचैनी हुनु स्वाभाविक हो। तर यदी तपाईलाई अत्याधिक तनाव छ, सुत्न सकिराख्नु भएको छैन, मर्ने मन हुने वा आत्महत्याका सोचाइले सताईरहेको छन् भने स्वास्थ्यकर्मीसँग सहयोग लिन नहिच्किचाउनुहोस्। यस्तो मदत फोन बाट पनि लिन सकिन्छ।

कोरोनाबाट उत्पन्न सबै असरको सम्बोधन गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीको बेला गरेको अनुगमनको तथ्य प्रस्तुत गर्दै मानवअधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ

सोमवार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले कास्की, मोरङ, झापालगायत जिल्लामा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरूको ज्यान गएको तथ्य फेला परेको जनाएका छन् ।

विज्ञप्तिमा निषेधाज्ञाको समय वा अन्य समयमा पसल खोल्दा प्रहरीबाट कानूनबमोजिम कारबाही नगरी निर्घात कुटपिट तथा दुर्व्यवहार गरेको गुनासो प्राप्त भएको समेत जनाइएको छ ।

कोरोनाबाट उत्पन्न सबै असरको सम्बोधन गर्न, नागरिकहरूमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।

खबर सेन्टर डेस्क बाट

mmm1.jpgmmm 2.jpg

जनशक्ति अभावका कारण भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन

म्याग्दी । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन। जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो।

दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आइसियु सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो।

प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष कटुवालले जानकारी दिए।

आइसियु कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एकएक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवाल बताउँछन्। ‘अस्पतालमा हाल मौजुदामध्ये थप छ चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ’, उनले भने,’प्रदेश सरकारसँग जनशक्ति उपलब्ध गराउन नसके आन्तरिक स्रोतले व्यवस्थापन गर्न भए पनि अनुमति मागेका छौँ।’

अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलका अनुसार आकस्मिकरूपमा छोटो समयका लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ।’आइसियुमा राख्नुपर्ने बिरामीको सङ्ख्या कमै हुन्छ’, उनले भने’अरु विकल्प नभएको अवस्थामा आइसियु सञ्चालन भएको छ।’

गत वर्षदेखि मिर्गौला पीडितका लागि डायलासिस सेवासमेत सञ्चालन गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले थप जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ। भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताए।

बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयवासीले समेत सेवा लिँदै आएका छन्। कोरोना सङक्रमितको उपचारलाई प्रभावकारी बनाउन आइसियु र भेन्टिलेटर प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महसुस भएको स्थानीयवासी खम थापाले बताए।

अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्‍याउनुपर्ने बाध्यता सिर्जना हुनु दुःखद् रहेको बेनी नगरपालिका–६ का नारायण शर्माले बताए।

बेनी अस्पतालमा एचडियु र अक्सिजनसहितको २५ शय्या क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। दोस्रो लहरको सङ्क्रमण फैलिएपछि करिब १०० जटिल अवस्थाका सङ्क्रमितको सफल उपचार भएको छ।

सीमित जनशक्ति, पूर्वाधार र उपकरणका बावजुद चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन्। पाँच वर्षअघि ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल नौ जना चिकित्सक छन्।  रासस

 

‘अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य’

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण नेपाल नराम्रोसँग प्रभावित बनेको छ। पछिल्लो पटक भाइरसको संक्रमणका कारण कयौं परिवार प्रभावित बनिरहेका छन् ।

कयौं परिवारका सबै सदस्य संक्रमणको सिकार बन्दै अस्पतालको शय्यामा रहँदा कतिपयले ज्यान गुमाइसकेका छन् तर त्यसबारे उपचाररत परिवारको सदस्यलाई जानकारी दिन सकिने अवस्था पनि नरहेको चिकित्सकहरु बताउँछन्।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले कोरोना भाइरस संक्रमणले गिजोलेका परिवारका दृश्य भन्दै केही दृश्यहरु सामाजिक सञ्जालमा राखेका छन्।

डा सुवेदीले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–

अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य

१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा। अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ।

२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।

३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिँलाई सुनाइयो। उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।

४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू “आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है” भन्छु। आमाले “खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो” भन्दै बरर्र आँसु झार्नुहुन्छ। बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ।

महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभवः

दाइ उमेरका उहाँ। खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ। तर आइसियुमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ। हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो। अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें। निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ। रुँदै भन्नुभोः डा साब, तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी।

यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने? समवेदना- जुन “सम” कसैगरी हुनै सक्दैन- पनि कसरी दिने? त्यसको केही भेउ नपाएको, त्यस्ता अवस्थामा पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला?

महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान्? स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान “गिल्ट” सँगालिनेछन् होला महामारी सकिंदासम्म?

आफ्नो अन्तरिक्ष स्टेसनमा ३ अन्तरिक्ष यात्री पठाउँदै चीन

चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पहिलोपटक अन्तरिक्ष यात्री पठाउने भएको छ । आगामी जुन महिनामा तीनजना अन्तरिक्ष यात्रीसहितको रकेट अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरिनेछ ।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका उपप्रमुख डिजाइनर यांग लिवेइले चीनको सरकारी टेलिभिजनबाट उक्त जानकारी गराएका हुन् ।

चीनले अन्तरिक्षमा पृथ्वीको कक्षमा स्थापना गरेको आफ्नो तियान्हे स्पेस स्टेसनका लागि इन्धन तथा अन्य वस्दोवस्तीका सामानसहित स्वचालित यान प्रक्षेपण गरेसँगै यांगले आगामी महिना स्पेस स्टेसनमा अन्तरिक्ष यात्री पठाइने खुलासा गरेका हुन् ।

अन्तरिक्षमा लगाउने कपडा अर्थात् स्पेस शूट, खानेकुरा, अन्तरिक्ष यात्रीलाई आवश्यक पर्ने उपकरण तथा इन्धन लगायतका ६।८ टन कार्गो बोकेको तियान्झोउ टू नामक यान आइतबार सफलतापूर्वक तियान्हे स्पेस स्टेसनमा पुगेको छ ।

स्पेस स्टेसनका लागि थप २ मोड्यूल, वन्दोवस्तीका सामान र अन्तरिक्ष यात्रीसमेत गरेर यो वर्षको अन्त्य सम्ममा थप ११ वटा प्रक्षेपण गरिने चीनको अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

तेश्रो तथा सबैभन्दा ठूलो स्पेस स्टेसनको रुपमा रहेको तियान्हे स्पेस स्टेसनलाई चीनको महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमको हिस्सा मानिएको छ । उक्त स्टेसनको मूख्य मोड्यूल चीनले गत अप्रिल २९ प्रक्षेपण गरेको थियो ।

स्पेस स्टेसनका लागि ३ जना अन्तरिक्ष यात्री बोकेको शेन्झोउ १२ क्याप्सुल आगामी महिना जिउक्वान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिनेछ ।

पृथ्वीको कक्षमा पुग्ने पहिलो चिनियाँ अन्तरिक्ष यात्रीसमेत रहेको यांगले अन्तरिक्ष स्टेसनमा पठाइने ३ चिनियाँ अन्तरिक्ष यात्रीको पहिचान तथा थप विवरण भने खुलाएनन् ।

तथापि उनीहरु अन्तरिक्ष कार्यक्रमको सुरुआतकै सदस्यहरु रहेको बताइएको छ ।

हाल अन्तरिक्षमा रहेको बहुराष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनको उपस्थिति छैन । खासगरी अमेरिकाको विरोधका कारण चिनियाँ अन्तरिक्ष यात्रीलाई उक्त स्टेसनमा सामेल नगराइएको बताइएको छ । आफूलाई विद्यमान अन्तरिक्ष स्टेसनमा प्रवेश नदिइएपछि चीनले आफ्नै स्टेसन खडा गरेको हो ।

सन् २००३ बाट अन्तरिक्षमा मानिस पठाउन सुरु गरेको चीनले हालसम्म ११ जना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ, त्यसमध्ये २ जना महिला अन्तरिक्ष यात्री छन् । अन्तरिक्षमा पुग्ने पहिलो चिनियाँ महिला लिउ यांग हुन् । उनी सन् २०१२ मा अन्तरिक्षमा पुगेकी थिइन् ।

हालसम्म अन्तरिक्षमा पुग्ने सबै चिनियाँ अन्तरिक्षयात्रीहरु चीनको जनमुक्ति सेनाका पाइलटहरु रहने गरेका छन् ।

एपीन्यूजबाट