१७ जेष्ठ २०७८, सोमबार १२:५७ – Page 3 – Nagarikabhiyan : National News

अक्षयको ‘पृथ्वीराज’को नाम परिवर्तन गर्न करणी सेनाको चेतावनी

बलिउड नायक अक्षय कुमार र नायिका मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘पृथ्वीराज’ निर्माण नसकिदै समस्यामा परेको छ । यो चलचित्रको नाम परिवर्तन गर्न भारतका करणी सेनाले चेतावनी दिएको छ । चलचित्रको नाम परिवर्तन नभएको खण्डमा निर्माणपक्षले ठूलो क्षती ब्यहोर्नुपर्ने चेतावनी करणी सेनाको छ ।

यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरिरहेको छ । यो चलचित्र राजा राजपुत पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेर निर्माण भैरहेको छ । चलचित्रमा पृथ्वीराज चौहानको भूमिकामा नायक अक्षय कुमारले अभिनय गरिरहेका छन् ।

राजपुत संगठन करणी सेनाका यूवा विंग अध्यक्ष तथा चलचित्र मेकर सुरजित सिंह राठौरले भारतीय मिडियासँग भनेका छन्–‘जब चलचित्र महान राज पृथ्वीराज चौहानको जीवनमा आधारित छ भने किन यसको टाइटल पृथ्वीराज मात्र राखिएको रु हामी चाहन्छौं कि चलचित्रको टाइटलमा उनको पुरा नाम समावेश गरियोस् र उनलाई सम्मान दिइयोस् ।’

यस्तै, करणी सेनाले चलचित्रको रिलिज अगाडि विशेष शोको आयोजना गरेर आफूहरुलाई चलचित्र देखाउनु पर्ने माग पनि गरेको छ । अन्यथा, चलचित्रको निर्माणपक्षले ‘पद्यमावत’को हालत व्यहोर्नुपर्ने चेतावनी करणी सेनाले दिएको छ ।

यो चलचित्रको निर्देशन डाक्टर चन्द्रप्रकाश द्धिवेदीले गरिरहेका छन् ।

शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार आफ्नो नयाँ Hypercharge fast charging technology सार्वजनिक गर्दैछ ।

सबैभन्दा तीव्र गतिको वायरलेस चार्जिङ प्रविधिमा समेत किर्तिमान कायम गरेको शाओमीले  HyperCharge  प्रविधिमार्फत् तारबाट गरिने चार्जिङ प्रविधिमा पनि नयाँ कीर्तिमान कायम गर्न लागेको हो ।

 

स्मार्टफोनमा १२० वाटभन्दा धेरै फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध गराउने निकै कम स्मार्टफोन कम्पनीमध्ये शाओमी एक हो । शाओमीको सबैभन्दा महँगो एमआई ११ अल्ट्रा स्मार्टफोनमा ६७ वाट तारयुक्त चार्जिङ, ६७ वाट वायरलेस चार्जिङ र १० वाट रिभर्स वायरलेस चार्जिङ गरी कूल १४४ वाट चार्जिङ उपलब्ध छ । त्यसैले आज घोषणा हुने HyperCharge फास्ट चाजिंग टेक्नोलोजीमा २०० वाटको हाराहारीमा फास्ट चार्जिङ उपलब्ध हुने अनुमान गरिएको छ ।

शाओमीले ट्विटरलगायतका सोसल मिडियाहरु मार्फत् आफ्नो हाइपर चार्ज टेक्नोलोजीले नयाँ कीर्तिमान कायम गर्ने उल्लेख गरेको छ । यो प्रविधिले केवल आधा घण्टामै स्मार्टफोन फूल चार्ज हुने बताइएको छ ।

शाओमीको यो प्रविधिले स्मार्टफोन उद्योगमा गहिरो प्रभाव पार्ने देखिन्छ र अन्य कम्पनीहरु पनि आफ्ना स्मार्टफोनमा उत्कृष्ट फास्ट चार्जिङ प्रविधि ल्याउन बाध्य हुनेछन् ।

केही महिना अगाडि सार्वजनिक भएको एक समाचारमा यो वर्षको उत्तरार्धतिर २०० वाट फास्ट चार्जिङ टेक्नोलोजी लञ्च गर्ने उल्लेख थियो । उक्त प्रविधिमा वायरलेस, वायर्ड तथा रिभर्स वायरलेस गरी तिनवटै चार्जिङ विधिलाई सपोर्ट गर्ने बताइएको थियो ।

गत वर्ष नै शाओमीले ८० वाट वायरलेस चार्जिङ प्रविधि घोषणा गरेको थियो, जुन अहिलेसम्म कुनै पनि डिभाइसले सपोर्ट गर्दैन । यद्यपि कम्पनीले ८० वाट वायरलेस चार्जरचाहिँ बिक्री सुरु गरिसकेको छ ।

एजेन्सी

लयमा फर्कंदै विद्युत् उत्पादन

 लमजुङ । लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् ।

डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०÷५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनको निरन्तर पानीले मस्र्याङ्दी नदीमा पानीको बहाव वृद्धि भएसँगै बिजुली उत्पादन बढेको छ ।

आयोजनाका अनुसार यस नदीमा पानी कम हुँदा विद्युत् उत्पादन घटेर यस वर्ष २२÷२३ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो । विगतका वर्षमा २५÷२६ मेगावाटभन्दा कम विद्युत् उत्पादन भएको थिएन । आयोजनामा ३५÷३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । यस आयोजना जिल्लाकै पहिलो तथा ठूलो आयोजना हो । यस आयोजनामा गत मङ्सिरको दोस्रो हप्ताबाट बिजुली उत्पादन घटेको थियो । सन् २००० मा निर्माण कार्य शुरु गरेको यस आयोजनाले सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । यस आयोजना रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो । जनक श्रेष्ठ

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–७ र ८ भुलभुलेस्थित ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेकोे छ । एक हप्ताअघिसम्म ३२ देखि ४० को हाराहारीमा उत्पादन हुँदै आए पनि सो यता आयोजनाको पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनीयर कर्ण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस÷माघ महिनामा त उत्पादन घटेर २५ मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । अब मस्र्याङ्दी नदीमा पानी बढेकाले उत्पादन पूरै क्षमतामा भएको उहाँको भनाइ छ । यस आयोजनामा २५÷२५ क्षमताको दुईवटा टर्वाइन गरी ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

सन् २०१३ जनवरीबाट आयोजनाको निर्माण कार्य शुरु गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करीब रु १६ अर्ब लागतमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । यस आयोजना हालसम्म उत्पादन थालेका जलविद्युत् आयोजनामध्ये दोस्रो ठूलो आयोजना हो ।

यस आयोजनाबाहेक जिल्लामा उत्पादन थालेका पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको क्षमताको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन वृद्धि भएको बताइएको छ ।

जिल्लामा केही आयोजनाहरुले समेत निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन् । दोर्दी कोरिडोरमा मात्र चार आयोजनाहरु निर्माणाधीन रहेका छन् । ती आयोजनाहरुले अधिकांश काम सम्पन्न गरिसकेका छन् । उक्त कोरिडोरमा निर्माण सम्पन्न भएपश्चात् ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना जिल्लाकै दोस्रो ठूलो आयोजना हुने भएको छ ।

नेपालडाँडा–तार्कुघाट– बोराङखोला सडक कालोपत्र धमाधम

कोरोना सङ्क्रमणको दोस्रो लहर सरकारद्वारा जारी निषेधाज्ञा र सङ्क्रमणको जोखिमका बीच नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र गर्ने कार्य तीव्ररुपमा अघि बढिरहेको छ । छिमेकी जिल्ला तनहुँ नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका बोराङखोलासम्मको १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनीयर सुमन गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निषेधाज्ञा र कोरोना सङ्क्रमणका बेलासमेत विकास निर्माणलाई तीव्रता दिँदै यस सडकमा कालोपत्र गर्ने कार्य भइरहेको छ । सरकारले जनतालाई छिटोछरितो सेवा प्रदान गर्नका लागिसमेत महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै विकास निर्माण कार्यलाई अघि बढाइरहेको छ ।’’ जिल्लाको राइनास नगरपालिकाअन्तर्गत नगरको मुख्य सडक नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक हो । यस सडकको कालोपत्र गर्ने कार्य ७० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङका यस सडकखण्ड हेर्ने इन्जिनीयर सुरज रिमालले बताउनुभयो ।

धमिलीकुवादेखि तीनपिप्लेसम्म छ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको उहाँको भनाइ छ । नेपालडाँडा–तार्कुघाट हुँदै भैँसीखोलासम्म कालोपत्र गर्ने कार्य भइरहेको छ । कालोपत्र गर्ने कार्य गत चैत २७ गतेदेखि शुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस सडक गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्र भइरहेको हो ।

यस सडक निर्माणको प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक २०७६ पुसदेखि आगामी २०७८ मङ्सिरसम्म निर्माण अवधि रहेको छ । सो अगावै आगामी असार महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने बताइएको छ । गत वर्षमा समेत कोरोनाका कारणले सरकारद्वारा जारी लकडाउनका बेला नौ महिना निर्माण कार्य ठप्प भए पनि यस सडकको निर्माण कार्य धेरै छिटो र गुणस्तरीय भइरहेको इन्जिनीयर रिमालको भनाइ छ ।

उहाँका अनुसार हालसम्म समग्रमा यस सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । हालसम्म १० किलोमिटरतर्फ नाली र अर्कोतर्फ करीब एक हजार ५०० मिटर गरी साढे ११ किलोमिटर नाली बनाउने कार्य, मेशिनरी पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, भैँसीखोला, भब्बेडाँडा, सातबिसेखोला र रेमीखोलामा पक्की पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

त्यस्तै विभिन्न स्थानमा हिमपाइप, छ वटा कज्वे बनाउने कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माण तथा कालोपत्रका लागि प्रदेश सरकारको रु २८ करोड ७४ लाख ७५ हजार १८७ लामा कन्सट्रक्शन प्रालिले यस सडकको निर्माण कार्य गरिरहेको छ । यस सडक कालोपत्र भएसँगै यस पालिकाका नागरिकसँगै दूधपोपारी गाउँपालिका र छिमेकी जिल्ला गोरखा नागरिकलाई धेरै सहज हुने भएको छ । यस सडक तनहुँ भानु नगरपालिका–१० नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटसम्म एक किलोमिटर भूभाग तनहुँमा पर्दछ भने तार्कुघाटदेखि वडा नं १ बोराङखोलासम्म नौ किलोमिटर सडक लमजुङतर्फ पर्दछ ।-रासस

 

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ बजेर ४० मिनेट जाँदा फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए। दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए। रासस

प्रदेश २ को बजेट अधिवेशन आह्वान गर्न सिफारिस

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो ।

बजेट अधिवेशन आह्वानका लागि  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।

खबर सेन्टर डेस्क बाट

भारतमा मृत्युदरमा सुधार आएन, पछिल्लो २४ घण्टामा ३१ सयले गुमाए ज्यान

दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ७ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३८ हजार २२ जना डिस्चार्ज भएका छन् ।

भारतमा दैनिक संक्रमितको संख्यामा ओरालो लाग्दै आएको छ भने दैनिक मृत्युदरमा भने सुधार आउन सकेको छैन । अहिलेसम्म भारतमा कुल २ करोड ८० लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ५६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

भारतमा कुल ३ लाख २९ हजार १०० जनाले ज्यान गुमाइसकेका छन् भने २० लाख २६ हजार ९२ जना संक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल प्रेस बाट

खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन बेलायती महारानी एलिजावेथ द्वितीयलाई पत्र पठाएकी छिन्।

राष्ट्रपति भण्डारीले बेलायती महारानीलाई पत्र पठाएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ। राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा पठाइएको नेपाली राजदूतावासले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।

कोभिड खोपका लागि राष्ट्रपति भण्डारीले कुटनीतिक पहल गरिरहेकी छिन्। उनले यसअघि चीनका राष्ट्रपति सी चिनफिङ, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोपका लागि अनुरोध गरिसकेकी छिन्।

चीनले १० लाख डोज खोप अनुदान स्वरुप दिने घोषणा गरेको छ र उक्त खोज आज नेपाल आइपुग्दै छ।

नेपाल लाइभ

दुइ कम्पनीकाे सेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं। कारोबारको दोस्रोदिन (सोमबार) कारोबार सुरु भएको केही समयमै दुइ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ।

सोमबार राधी जलविद्युत कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडकाे शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। याे समाचार तयार पार्दासम्म राधी जलविद्युतको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार २५६ रुपैंया पुगेको छ भने सेन्ट्रल फाइनान्स लिमिटेडकाे शेयरमुल्य ९.६०  प्रतिशतले बढेर ३५४ रुपैंया पुगेको छ।

लोकपाटी न्यूजा बाट

धरान उपमहानगरपालिकाले दुई लाखको खोप खरीद गर्ने

धरान । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए ।

एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्दै प्रमुख राईले स्वीकृति प्रदान गर्न माग गरिएको उल्लेख गरे । धरानमा रहेका सरकारी कर्मचारी तथा ज्येष्ठ नागरिकले भने प्रायः खोप लगाइसकेका छन् ।

धरानमा कोरोनाको दोस्रो भेरियन्ट आएयता एक हजार ६८६ जनामा सङ्क्रमण देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाइसकेको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । दृष्टि

कोभिडका बिरामीमा कालो ढुसीको जोखिम तर पहिचान गर्ने ल्याब छैन

काठमाडौं। कोभिड निको भएको १२ देखि १५ दिनभित्रमा देखिने म्युकोमाइर्कोसिस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतको २९ वटा राज्यमा प्रकोप घोषणा गरिएको छ।

छिमेकी देश भारतमा कोभिडका बिरामीमा कालो ढुसी अर्थात् म्युकोमाइर्कोसिस संक्रमण गम्भीर समस्याका रूपमा फैलिरहेको छ । भारतमा नौ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण पहिचान भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले म्युकोमाइर्कोसिसको समस्या नेपालमा पनि देखिन थालेको जनाएको छ । महाशाखाका अनुसार वीरगन्जमा चार, काठमाडौंमा एक र नेपालगन्जमा चारजना गरी हालसम्म नौजनामा म्युकोमाइर्कोसिस संक्रमण भइसकेको छ । तर, सीमित स्रोत–साधनका कारण नेपालमा म्युकोमाइर्कोसिस संक्रमण कतिलाई भएको छ भनेर यकिन गर्न नसकिएको चिकित्सकहरूको भनाइ छ । तर, छिमेकी मुलुकमा बिस्तारै महामारीकै रूप लिइरहेको कालो ढुसी (म्युकोमाइर्कोसिस) नेपालमा पनि तीव्र गतिमा फैलिन सक्ने भन्दै सावधानी अपनाउन उनीहरूको सुझाब छ ।

म्युकोमाइर्कोसिस (जसलाई जाइगोमाइकोसिस पनि भनिन्छ) गम्भीर तर दुर्लभ फंगल संक्रमण हो । जुन म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ । म्युकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जुन माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ । यो एउटा स्पोरको रूपमा रहने गर्छ । हेमाटोलोजिस्ट अजयकुमार झाका अनुसार, म्युकोमाइर्कोसिस मुख्यतया स्वास्थ्य समस्या भएका व्यक्तिमा वा रोगसँग लड्न शरीरको क्षमता कम गर्ने स्टेरोयडका कारणले हुने गर्छ । अन्य संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएको अवस्थामा पनि यसको असर बढी देखिन्छ । जसले दिमागमा पनि असर गर्न सक्छ । हालसम्म भएका अध्ययनअनुसार कालो ढुसी संक्रमणको मृत्युदर ५० प्रतिशतभन्दा बढी हुने गर्छ ।

म्युकोमाइर्कोसिस प्रकारहरू 
राइनोसरेब्रल म्युकोमाइर्कोसिस : यो साइनसमा देखिने संक्रमण हो, जुन दिमागमा पनि देखिन्छ । सामान्यतया यो फंगल धेरै व्यक्तिमा देखिने गर्छ, तर मधुमेह र मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिलाई बढी असर गर्छ ।

पल्मोनरी म्युकोमाइर्कोसिस : क्यान्सरपीडित र अंग प्रत्यारोपण वा स्टेम सेल ट्रान्सप्लान्ट भएका व्यक्तिमा पल्मोनरी म्युकोर्मिकोसिस संक्रमण धेरै हुने गरेको छ ।

ग्यास्ट्रोइन्टेस्टेनियल म्युकोमाइर्कोसिस : वयस्कहरूमा भन्दा युवा र बालबालिकामा अधिक देखिने यो फंगस विशेषगरी समय नपुग्दै जन्मेका र तौल कम भएका शिशुहरू, जसलाई एन्टिबायोटिक, सर्जरी, वा औषधि प्रयोग गरिन्छन् । यस्ता बालबालिकाहरूमा बढी भएको पाइन्छ ।

क्युटानियस म्युकोमाइर्कोसिस : छालाको सम्पर्कबाट शरीरमा प्रवेश गर्ने यो फंगस छालामा हुने समस्याबाट हुने गर्छ । जस्तै सर्जरी, छाला जल्नु वा घाउचोटको समयमा यो संक्रमण हुन सक्छ ।

डिसइनिमिटेड म्युकोमाइर्कोसिस : यो संक्रमण रगतको प्रवाहबाट शरीरको अर्को भागमा फैलिन्छ । यसले प्रायजसो मस्तिष्कलाई असर गर्छ, तर यसले मुटु र छालाजस्ता अन्य अंगहरूलाई पनि असर गर्न सक्छ ।

पछिल्लो समय म्युकोमाइर्कोसिस संक्रमण कोभिड–१९ का बिरामीमा चुनौतीपूर्ण बन्दै गएको छ । समयमै संक्रमण पत्ता लगाएर उपचार गर्न नसके मृत्यदर ९४ प्रतिशतसम्म पुग्ने चिकित्सकहरूको अनुमान छ । कोभिड निको भएको १२ देखि १५ दिनभित्रमा देखिने यो संक्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतको २९ वटा राज्यमा म्युकोमाइर्कोसिसलाई प्रकोप घोषणा गरिएको छ । नेपालमा पनि यसको संक्रमण फैलिन नदिन सजग हुनुपर्ने चिकित्सकहरूको सुझाब छ । केही व्यक्तिमा लक्षणका आधारमा पहिचान भए पनि उपचार समयमा हुन नसक्दा मृत्युसमेत भइरहेको छ । नेपालमा कालो ढुसी पहिचानका लागि उपयुक्त ल्याबसमेत नभएको चिकित्सकको भनाइ छ ।

कोभिडका बिरामीमा देखिएको म्युकोमाइर्कोसिस उपचार गर्न सकिन्छ : डा. संकेत रिजाल 
कोभिडका बिरामी भनेको इम्युनोकम्र्पमाइजिङ अर्थात् शरीरको प्रतिरोधी क्षमता कम भएका बिरामी हुन् । योसँगै कोभिड उपचारमा स्टेरोइडको समेत प्रयोग भइरहेका कारण कालो ढुसी संक्रमणको जोखिम हुन सक्छ । हालसम्म नेपालमा प्रकोपकै रूपमा नदेखिए पनि हावाको माध्यमबाट छिटो फैलिने भएकाले समयमै पहिचान गरेर उपचार गर्नु अन्तिम विकल्प हो । तर, नेपालका सबै कोभिड अस्पतालमा फंगसको पहिचान र उपचारका लागि स्रोतसाधन र जनशक्ति उपलब्ध छैन ।

आँखा सुन्निनु, रातो हुँदै जानु, साइनसको एकापट्टिको भाग सुन्निँदै जानु, कमजोर हँुदै जानु यसका प्रमुख लक्षण हुन् । रगतको परीक्षणबाट यसको पहिचान हुन सम्भव छैन । फंगसको कल्चर गर्नका लागि मात्रै तीन–चार साता लाग्न सक्छ । यसका लागि स्वाब लिएर ल्याबमा परीक्षण गरेर डाइग्नोसिस गर्न सकिन्छ, तर ल्याब सहज रूपमा उपलब्ध हुन आवश्यक हुन्छ । समयमै डाइग्नोसिस गरिए उपचार भने गर्न सकिन्छ ।

नेपालमा यसको औषधि सर्वसुलभ छैन : डा. अजयकुमार झा 
म्युकोमाइर्कोसिसको उपचारका लागि पहिलो विकल्प शल्यक्रिया हो । यो संक्रमण तीव्र गतिमा फैलिने हँुदा छोटो समयमै उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा संक्रमण फैलिन नदिन संक्रमण भएको भाग नै हटाउनुपर्नेसमेत हुन सक्छ । यस्तै, मेडिकेसनमा एन्टिफंगस औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । तर, एक दिनमा एन्टिफंगसको खर्च १५ हजारभन्दा बढी पर्न जान्छ । यसको औषधि कम्तीमा चारदेखि ६ सातासम्म प्रयोग गर्नुपर्छ ।

सामान्यतया, एन्टिफंगसमा एम्फोटेरिसियन बी नामक औषधि प्रयोग गरिन्छ, यो क्लासिकल औषधि नेपालमा पनि उपलब्ध छ । एम्फोटेरिसियन बी औषधि पनि बिरामीको उमेर र अवस्थाका आधारमा फरक–फरक प्रयोगमा ल्याइन्छ । जसको खर्च प्रत्येकमा भिन्न हुने गर्छ । जसमध्ये लाइफो जोङल एम्फोटेरिसियन बी बढी प्रभावकारी मानिन्छ । तर, महँगो हुने र एमदमै कम प्रयोगमा आउने भएकाले नेपाली बजारमा सर्वसुलभ छैन ।

यसबाहेक अन्य एम्फोटेरिसियन बी औषधिहरूको साइडइफेक्ट बढी देखिने हुनाले सबै चिकित्सकले प्रयोग गर्न मान्दैनन् । म्युकोमाइर्कोसिसका लागि योसँगै अन्य एन्टिफंगस मेडिकेसनसमेत प्रयोगमा ल्याउनुपर्ने हुन्छ । फंगस कोभिडका कारण मात्रै नभई अन्य संक्रमणका कारणले पनि हुने गर्छ । तर, नेपालमा फंगसका लागि छुट्टै ल्याब र अनुसन्धानका डिपार्टमेन्टहरू उपलब्ध छैैनन् । नेपालमा यसले प्रकोपको रूप लिनुभन्दा अगाडि नै सचेत हुनु आवश्यक छ ।

नयां पत्रीका बाट

 

प्रधानमन्त्री ओली र ठाकुर-महतो मिलन : कुर्सीको लोभमा जन्मिएको सत्ता-समीकरण

काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए । ८ जना मन्त्री र २ जना राज्यमन्त्रीमा सम्झौता गरेर मधेशी समुदायलाई धोका दिन्दैछन ! सत्ता लोलुपताले निर्माण गरेको समीकरण टिक्नेमा भने विश्वास गरिहाल्ने स्थिति छैन।

‘प्रधानमन्त्री हाम्रा मागमा सकारात्मक देखिनुभयो, हामी पनि उहाँप्रति सकारात्मक भएका हौँ, ८ मन्त्री र २ राज्यमन्त्रीमा कुरा भएकाले त्यसबारे नेताहरूले छलफल गरिरहनुभएको छ,’ ठाकुर निकट नेताले भने । तर मधेश राजनीतिका जानकारहरुका अनुसार यो बन्न लागेको गठबन्धन ओली र ठाकुर समुहको मात्रै नभएर कुनै अदृश्य शक्तिले मिलाउने प्रयास गरेको अनुमान लागौं सकिन्छ।

रक्सी चोरेको आरोप लागेपछि असईसहित तीन प्रहरी निलम्बित

जनकपुरधाम। सिराहामा रक्सी चोरेको आरोपमा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए। निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन्।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको प्रवक्ता शर्माले बताए। गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए।

त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो। विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए।

लोकपाटी न्यूजबाट

फेरि सर्यो एमाले स्थायी कमिटी बैठक, अब भोलि बस्ने

काठमाडौं । आज विहान १० बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । नेताहरुको कार्य व्यस्ततालाई लिएर भोलि विहान ११ बजे बस्ने गरी बैठक सारिएको हो । यसअघि हिजो बैठक बस्ने भनिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको आजको बैठकले यसअघि स्पष्टीकरण सोधिएका पार्टीका १२ नेता र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णय लिने बताइएको थियो । यसअघि गत १० जेठको स्थायी समिति बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । त्यसै दिनको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

यस्तै एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीमाथि पनि कारबाही गर्ने बैठकको तयारी थियो । १० जेठकै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल– र माधवकुमार नेपालनिकट सांसद बाहुल्य रहेको संसदीय दलको १२ जेठको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८र०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

खबर सेन्टर डेस्क बाट

उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

रूपन्देही। लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले नेपाल प्रेसलाई बताए ।

निर्वाचनका लागि दाङको घोराहीमा तीन मतदानस्थल तोकिएको छ ।

नेपाल प्रेस बाट

तानातान र किनबेचको तमासा नगरी हात मिलाएर आ-आफ्नो बाटो लागौँ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन् । जसपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उनको यस्तो भनाइ आएको हो ।

आइतबार राति ट्विट गर्दै उनले मान्छे तानातान र किनबेचको तमासा नगरी हात मिलाएर आ–आफ्नो बाटो लाग्न उचित हुने उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई साथ दिने कि उनकाे विकल्प खाेज्ने भन्नेमा जसपा विभाजत छ । पार्टीकाे महन्थ-राजेन्द्र पक्षले ओलीलाई चट्टानी साथ दिएकाे छ भने उपेन्द्र-बाबुराम पक्ष जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु पर्ने अडानमा छ ।

दुवै पक्ष आ-आफ्नाे अडानबाट टसमस नभएपछि पार्टी विभाजनकाे चरणमा पुगेकाे छ । दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई पार्टीबाटै निष्काशन गर्ने तयारी गरिरहेका छन् । साेही परिप्रेक्षमा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले हात मिलाएर आ-आफ्नाे बाटाे लाग्न प्रस्ताव गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौँ ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आआफ्नो बाटो लागौँ ! हिँडिरहे फेरि भेट हुनेछ ।’

डा.भट्टराईले यस किसिमको अभिव्यक्ति दिइरहँदा महन्थ ठाकुर पक्ष प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर पक्षबीच वार्ता जारी छ । ठाकुर पक्ष पार्टी फुटाएर सरकारमा जाने तयारीमा छ ।

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन मतदान सुरु

काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्र मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जना प्रदेशसभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख-उपप्रमुख रहेका छन् ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।