१७ जेष्ठ २०७८, सोमबार ०९:४८ – Page 4 – Nagarikabhiyan : National News

संसारको सबै तरकारी मध्ये सबै भन्दा धेरै शरीरलाई फाइदा गर्ने तरकारी : स्कुस

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपा’च्य र स्व’स्थ्यकर । स्कुस वहुउपयोगी तर’कारी । स्कुसको मु’न्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भ’ण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वा’स्थ्यका लागि कम्ता पो’षिलो छैन ।

तरकारी बनाएर खाए हुन्छ, उसिनेर खाए हुन्छ, मःम बनाएर खाए हुन्छ । आफुसँग पाककला भए, अनेकथरी परिकार बनाउन सकिन्छ ।स्कुस निकै गुणी तरकारी हो । मानव स्वा’स्थ्यको लागि स्कुस एउटा बहुउपयोगी खानेकुरा हो । स्कुस लौका प्रजातिको एक प्रकारको तरकारी हो ।

यसको उ’ब्जनीको व्याख्या गर्ने हो भने यो विशेषतः मेक्सिको र ल्याटिन अमेरिकी देशहरूबाट उत्पत्ति भएको तरकारी हो । यसको उत्पादन अहिले त विश्वभरि नै फैलिएको छ । ए’न्टिअ’क्सिडेन्ट र विभिन्न पो’षक तत्वहरूसहितको यो तरकारी स्वा’स्थ्यको लागि अत्यधिक ला’भ प्रदान गर्ने तरकारी हो भन्दा पनि फरक नपर्ला ।

स्कुसका तल उल्लेखित फाइदाहरू छन् । १. पो’षक तत्वको धनी स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भि’टामिन, ख’निज, र फा’इबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरी’रको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रा’मको स्कुसमा निम्नलिखित पोषकतत्व पाइन्छ ।

क्यालोरी – ३९ कार्बाे’हाइड्रेड – ९ ग्रा’म प्रो’टिन – २ ग्राम भि’टामिन सी –२६ प्रतिशत क’पर – १२ प्रतिशत पोटा’सियम – ७ प्रतिशत म्याग्ने’सियम – ५ प्रतिशत प्राप्त हुन्छ । यस्तो खाले पोषक तत्वका साथसाथै स्कुसमा कम क्या’लोरी, फ्याट, सोडि’यम र का’र्बाेहाइड्रेड हुने गर्छ । त्यस्तै, श’रीरलाई स्व’स्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।

२. एन्टिअ’क्सिडन्टको उपलब्धता स्कुसका धेरै फाइदाहरू छन् । यसलाई श’रीरमा चाहिने एन्टिअ’क्सिडेन्टको प्रचु’रताका कारण पनि अति’गुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअ’क्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदा’र्थहरूमा पाइन्छ, जसले हाम्रो श’रीरको तन्तुहरूमा हुने अस’रबाट बचाउँछ भने यसले श’रीरभित्र हुन सक्ने तना’वलाई पनि कम गर्ने गर्छ ।

यिनीहरूमध्ये स्कुसमा माइ’रिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार मा’इरिसेटिन क्या’न्सरप्रति’रोधी छ साथै यसले म’धुमेह र ज’लन पनि कम गर्छ । स्कु’स भि’टामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरी’रको लागि अत्यावश्यक हुन्छ ।

३. मु’टुको स्वा’स्थ्यका लागि स्कुस धेरै खाने मान्छेमा मु’टुरो’गको जो’खिम कम हुने गर्छ । जस्तै, उच्च र’क्तचाप, उच्च को’लेस्ट्रोल र र’क्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । ज’नावर र टेस्ट’ट्युबमा गरिएको अनुसन्धानले र’क्तनलीहरूलाई स्व’स्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले र’क्त प्रवाहमा सुधार ल्याउने एवं र’क्तचाप घ’टाउन मद्धत गर्छ । यसबाहेक स्कु’स फा’इबरको राम्रो स्रोत हो ।

२०० ग्राम स्कु’समा शरीरमा चाहिने कुल फा’इबरको १५ प्रतिशत आरडीआई प्राप्त गर्न सकिने बताइन्छ । फाइबर युक्त खाद्य पदार्थको उच्च सेवनले मु’टु रो’गको जोखिम घ’टाएको छ ।

४. र’गतमा हुने गुलियो प’दार्थको नियन्त्रणमा सहयोगी घु’लनशील फा’इबरले शरीरको पाचन प्रणाली र कार्बाे’हाइड्रेडको अव’शोषणलाई सुस्त बनाउँछ, जसले र’गतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इ’न्सुलिनलाई प्रभावित गरेर र’गत हुने चिनीको मात्रा नि’यन्त्रणमा सहयोग पु¥याउँछ ।

५. स्व’स्थ ग’र्भावस्थालाई सहयोग गर्ने स्कुसको नियमित से’वनले स्व’स्थ ग’र्भावस्थालाई सहयोग गर्न मद्धत गर्छ । फो’लेट वा भि’टामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर ग’र्भवती वा ग’र्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ ।

प्रारम्भिक ग’र्भावस्थामा, भ्रु’णबाट म’स्तिष्क र मे’रुदण्डको उचित विकासका लागि फो’लेट आवश्यक हुन्छ । पर्याप्त फो’लेट सेवनले बच्चाको म’स्तिष्क विकास र सकुशल जन्ममा समेत मद्धत गर्छ । २०० ग्रामको एउटा स्कुसले श’रीरमा चाहिने फोलेट र भिटामिन बीको ५० प्रतिशत माग पूरा गर्ने गर्र्छ । यसैले, सन्तुलित आहारको एक भागको रूपमा स्कुस खानु स्वस्थ ग’र्भावस्थाको लागि उत्तम हुन्छ ।

६ क्या’न्सर कम गर्न सहयोग उच्च पो’षणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्या’न्सरको जोखिम कम गर्न मद्दत पु¥याउने गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्या’न्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ । यद्यपि यी नतिजाहरू पूर्ण क्या’न्सर प्रतिरो’धी भनेर प्रमा’णित तथ्य भने होइनन् । तर यसले क्या’न्सर कमगर्न सहयोग गर्छ भन्ने विषय भने विभिन्न अध्ययनबाट प्रमाणित विषय हो । यसबारे थप अनुसन्धान आवश्यक देखिन्छ ।

७. बुढेसकालमा हुने दृ’ष्टिदोष कम गर्न फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले श’रीरका विभिन्न कोषहरूमा क्षति पु¥याएर उमेर ढल्किँदै गएपछि हुने दृ’ष्टिदोष कम गर्न पनि मद्दत पु¥याउँछ । यसैले, भि’टामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसका’लको दृश्य कम गर्न मद्दत गर्छ ।

८ मि’र्गाैलाको कामलाई सहज बनाउन फ्याटी लि’भर डि’जिज भनेको एउटा यस्तो स’मस्या हो जसमा अत्यधिक बोसो क’लेजो छेउमा जम्मा हुन्छ । क’लेजोमा जमेको धेरै बो’सोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा क’लेजोमा बो’सो जम्ने कामलाई यसले नि’यन्त्रण गर्न सक्छ । मु’सामा गरिएको अध्ययनले पनि स्कुस खुवाएको मुसामा को’लेस्ट्रोल र फ्या’ट्टी ए’सिडको मात्रा कम पाइएको थियो । तर यसमा यो पनि अध्ययन गर्न जरुरी छ कि स्कुसले मान्छेको क’लेजो स्वा’स्थ्यमा कसरी सहयोग पु¥याउँछ ?

९ स्व’स्थ रूपमा व’जन बढाउन विभिन्न अध्ययनहरूले स्कुस नियमित सेवन गर्नेमा तौल बढ्ने तर यसले मो’टोपनाको कुनै स’मस्या ननिम्त्याउने समेत देखाएको छ । पछि तौ’ल घ’टाउनु पर्ने अवस्था आयो भने पनि सहजै घ’टाउन सक्ने गरी सन्तुलित रूपमा यसले तौला बढाउन मद्धत गर्छ । १०. पा’चन स्वा’स्थ्यलाई सहयोग पु¥याउँछ तपाईंको पा’चन प्रणा’लीमा आवश्यक पर्ने विभिन्न कार्यमा सहयोग गर्नको लागि स्कुस आफैँमा सहायक सिद्ध खानेकुरा।

कोरोना संक्रमण निर्मुलीकरणको खोजीमा जनकपुरवासी,धार्मिक अनुष्ठान शुरु

जनकपुर । कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइ हजारौंको मृत्यु भएको भन्दै विश्व कल्याणार्थमा आइतबार जनकपुरधाममा महामृत्युञ्जय मन्त्र जाप अनुष्ठान सम्पन्न भएको छ ।

कोरोना संक्रमण पहिलो र दोश्रो चरण नसकिँदै तेस्रो चरणमा प्रवेश गर्न लागेकाले यसको रोकथाम तथा नियन्त्रण सरकारीस्तरबाट पनि ठोस ढङ्गले नभइरहेको बेला कोरोनाबाट मुक्ति दिलाउन एवं समाज कल्याणार्थ जनकपुरधाम वडा नम्बर ७ स्थित कैथबनिया कुट्टीमा जेठ ६ गते बिहीबारदेखि सवा करोड महादेवको पूजा गर्दै महामृत्युञ्जय मन्त्र जाप हवनसङ्गै समापन भएको छ ।

कुट्टीका महन्थ सुरज बाबाको आयोजना र वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहको संयोजनमा श्रीङ्गार कुञ्ज कैथबनिया कुट्टीमा विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट मुक्ति मिलोस् भन्ने कामना सहित महामृत्युञ्जय मन्त्र जाप आरम्भ गरिएको थियो ।
सोही अनुष्ठानको आज ११ औं दिन समापन गरिएको हो । समग्र विश्व कोरोना संक्रमणको चपेटामा परेको र हजारौंको मृत्यु भएपनि सरकार आमजनतालाई स्वास्थ्य राख्न सक्षम नभएकोले धार्मिक अनुष्ठानको आयोजना गरिएको कार्यक्रम संयोजक वडाध्यक्ष साहले बताए ।

अनुष्ठानमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएर स्वास्थ्यका मापदण्डहरु पालना गरि श्रद्धालु दर्शन गर्न आएको उनले बताए ।

आराध्य देव भगवान महादेवको विशेष पूजा अर्चनाद्वारा सबैको स्वास्थ्य लाभको कामना सहित शान्ति स्थापनाको उद्देश्यले सवा करोड महामृत्युञ्जय मन्त्र जाप अनुष्ठानको आयोजना गरिएको उनले बताए ।

नेपालमा संक्रमण दर ३४ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर ३४.२ प्रतिशत रहेको छ। यो संख्या शनिबारको दाँजोमा ४ प्रतिशत बढी हो। गत चौविस घण्टामा परीक्षण भएका १२ हजार ७ सय ७० वटा नमूनामध्येमा ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमणको दर बढि रहेको आकलन भइरहेका बेला सरकारले पछिल्ला दिनमा परीक्षण भने दिनदिनै घटाउँदै लगेकाे छ। संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५७ हजार १ सय २४ जना पुगेका छन्। तीमध्येमा ३ लाख ५१ हजार १ सय १ जना दोस्रो लहरयता मात्र संक्रमित भएका हुन्।

गत चौबिस घण्टामा नेपालमा कोरोनाबाट थप १ सय ९ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ७ हजार २ सय ७२ जना पुगेका छन्। तीमध्येमा दोस्रो लहरदेखियता दुई महिनाको अवधिमा ४ हजार २ सय ४० मृत्यु भएको छ। नेपालमा हालको मृत्युदर १.३१ प्रतिशत छ। हालसम्म मृत्यु भएका मध्येमा सवै भन्दा बढी ६० वर्षमाथिका ३ हजार ९ सय ८ जना, ५० देखि ५० बर्ष उमेर समूहका १३ सय १६ जना, ४० देखि ४९ वर्षभित्रका १ हजार ६३ जनाको मृत्यु भएको छ। नेपालमा हाल देशभरिमा १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित छन्। तीमध्येमा १ लाख १ हजार ३ सय ३४ जनाको होम आइसोलेसन र ७ हजार ५ सय ६३ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये १५ सय ४५ जनाको आइसियुमा र ४ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत चौबिस घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ। वैशाख पहिलो साताको तुलनामा नेपालमा उपत्यकामा संक्रमण दर कम हुँदै गएको तथ्याकंले देखाएको छ। तर अन्य प्रदेशमा संक्रमणदर बढ्ने क्रम रहेको, पछिल्लो समयमा परीक्षण गर्न जाने क्रम घटेको र कतिपय जिल्लाबाट एन्टिजेनको रिपोर्ट समयमै सिस्टममा नआउँदा हालको तथ्याकंलाई आधार मानेर घटेको भनिहाल्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। आइतबार नै इपिडिमियोलोजिष्ट डा. विराज कर्मचार्यले अहिले पनि संक्रमण दर ३५ को वरपर रहेकोले समुदायमा संक्रमित धेरै छन् भन्ने बुझनुपर्ने बताए। नियन्त्रणका लागि ५ प्रतिशतभन्दा कम संक्रमण दर हुनुपर्छ।

कोरोना संक्रमणको कारण अन्नपूर्णपोेस्ट दैनिकमा कार्यरत दोलखाका रिपोर्टर पत्रकार रवीन्द्र गौतमको आइतबार निधन भएको छ। ३८ वर्षीय गौतमको काठमाडौको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो। नेपाल पत्रकार महासंघ दोलखा शाखाका अनुसार १२ दिनअघि उनले जिल्ला अस्पतालमा परीक्षण गरिएको थियो। परिक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर भिमेश्वर नगरपालिका फर्केका थिए। नागरिक दैनिकबाट

भारतमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । गएको शुक्रवार अलिगढ जिल्लामा विषालु रक्सीका कारण केही व्यक्तिको ज्यान गएको थियो । त्यसयता ५१ जनाको ज्यान गएको अलिगढ जिल्ला अस्पतालले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर ज्यान गएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो । सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा ज्यान गएको बीबीसीले जनाएको छ । अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् । एजेन्सी

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए । दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।

तीन वर्षमा १ सय ३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र धितोकर्जा

आव ०७५/७६ देखि घोषणा भएको शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिनेको संख्या हालसम्म १ सय ३९ जना मात्रै छन् । अघिल्लो वर्ष अधिकतम ७ लाख कर्जा दिइने उल्लेख भएकोमा यसपटक २५ लाखसम्म पुर्‍याइएको छ । स्नातक उत्तीर्ण भएकाले शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याजदरमा यस्तो कर्जा पाउनेछन् ।

‘सहुलियतपूर्ण कर्जा विस्तारमा समस्या देखिन्छ,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘विशेष गरी महिला उद्यमशीलता र कृषिसम्बन्धी बाहेक अन्य कर्जा खासै जान सकेको छैन ।’

बजेटले कृषिमा आधारित उद्योगका लागि ७ अर्ब ६० करोड छुट्याएको छ । कृषिमा हालसम्म ४२ हजारभन्दा धेरैले ९६ अर्बभन्दा धेरै सहुलियत पूर्ण कर्जा पाएका छन् । गत वर्ष बजेटमा उल्लेख भएर पनि सुरुमा स्रोत जुटाउन नसक्दा सरकारले घोषणा गरेको कोभिड प्रभावित व्यवसायका कर्मचारीलाई पारिश्रमिक दिन र व्यवसाय सञ्चालनका लागि ल्याइएको व्यावसायिक निरन्तरता कर्जा पनि ३३ जनाले मात्रै पाएका छन् । ५० अर्ब कोष बनाइने भनिएकोमा ३३ जनाले हालसम्म ४२ करोड रुपैयाँ कर्जा पाएका हुन् ।

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्न परियोजनाको धितोमा कर्जा उपलब्ध गराउने घोषणा ०७५÷७६ देखिकै हो । पहिले बैंकहरूमार्फत कर्जा उपलब्ध गराउने सोच राखिएकोमा त्यस्तो सम्भावना नभएपछि सरकारले ५० प्रतिशतसम्म अनुदान दिने योजना बनाइएको थियो । तर, अनुदानको रकम दुरुपयोग हुन सक्ने भन्दै २ प्रतिशत ब्याजदरमा ऋण नै उपलब्ध गराउने घोषणा गरिएको भए पनि हालसम्म यस्तो कर्जा गएको छैन । यो बजेटले स्टार्टअपहरूलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म बिउ पुँजी कर्जा प्रदान गर्ने उल्लेख गरेको छ ।

बजेटले सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा २ वर्षका लागि ८० हजारसम्म कर्जा सुविधा दिइने उल्लेख गरेको छ । वित्त कम्पनीलगायतका स–साना संस्थाबाट यस्तो कर्जा प्रवाह हुन सक्ने बैंकर दाहालको भनाइ छ । ठूला बैंकहरूले भने क्रेडिट कार्डमार्फत यस्ता सुविधा दिन सक्ने भए पनि छलफल हुन बाँकी रहेको उनले बताए । हुन त कतिपय कम्प्युटर विक्रेताहरूले नै शून्य ब्याजदरमा समेत ल्यापटप बिक्री गर्दै आएका छन् ।

सरकारी भवनको बिमादेखि आफ्नै भुक्तानी कार्डको नयाँ योजना  
यसपटकको बजेटले वित्तीय क्षेत्रमा थप केही नयाँ योजनाहरू घोषणा गरेको छ । सार्वजनिक र सरकारी भवनको बिमा, नेपालको आफ्नै भुक्तानी कार्डलगायत योजना बजेटमै उल्लेख भएर आएको छ ।  बजेटले सार्वजनिक स्थान, सरकारी भवनहरूको बिमा गरिने कार्यक्रमलाई अभियानका रूपमा अघि बढाइने उल्लेख गरेको छ । निजी घरको बिमा गर्दा ५ हजार रुपैयाँसम्मको प्रिमियम रकमलाई आयकर प्रयोजनका लागि खर्च कट्टी गर्ने सुविधा दिइने भएको छ ।

भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर पेमेन्ट सम्पूर्ण कारोबारबीच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने सम्पूर्ण भुक्तानीको फरफारक गर्न नेसनल पेमेन्ट स्विच स्थापना गरिने भएको छ । नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइनेसमेत अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।

नेपालको आफ्नै भुक्तानी कोर्डका लागि हाल राष्ट्र बैंकमा कमिटी बनेर काम सुरु भइसकेको छ । राष्ट्र बैंकले मोबाइल वालेटबाट सहज रूपमा स्वदेशमा रेमिट्यान्स रकम पठाउन सकिने व्यवस्था गरिसकेको भए पनि बजेटमा यसलाई उल्लेख गरिएको छ । यद्यपि, रेमिट्यान्सको रकम बैंककै मुद्दती खातामा जम्मा गरेमा बैंकले दिएको ब्याजदरमा १ प्रतिशत थप ब्याजदर दिइने नयाँ घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

हुन्डी रोक्न र बचत बढाउन बजेटले गरेको प्रयास सफल हुन भने समय लाग्ने देखिन्छ । ‘यो प्रयास राम्रो हो,’ बैंकर संघका अध्यक्ष दाहालले भने, ‘अहिले पनि वैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत ब्याजदर छ, तर ५० करोड जारी गर्दा १५ करोड पनि बिक्दैन ।’ अहिले बैंकहरूले अधिकतम ब्याजदर ८ प्रतिशत दिँदा रोजगार बचतपत्रमा भने १० प्रतिशत ब्याजदर छ ।

बजेटले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्थासमेत गरेको छ । त्यस्तै, ठूला पूर्वाधारमा लामो अवधिको वित्तीय आवश्यकता पूरा गर्न कमर्सियल लेन्डिङलगायतका वैकल्पिक उपकरणको प्रयोग गरिने उल्लेख गरेको छ । कमर्सियल हेजिङ सेवा सुरु गर्न सहज गरिने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा ल्याइने उल्लेख छ । बैंकहरूले विदेशी संस्थाबाट ल्याएका ऋणको ब्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाइएको छ भने सरकारी बैंक र सहकारी संघ–संस्थाले एक–आपसमा ऋण लगानीबापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्नुनपर्ने व्यवस्था गरेको छ ।

कार्यक्रमको निरन्तरता 
बजेटले ५ प्रतिशत ब्याजदरमा प्रदान गर्दै आएको पुनर्कर्जाको सुविधालाई निरन्तरता दिएको छ । त्यस्तै, विभिन्न शीर्षकमा दिइएको सहुलियतपूर्ण कर्जाको निरन्तरताका लागि १३ अर्ब विनियोजन गरिएको छ । कृषि र पशुपक्षी बिमा प्रिमियममा दिइरहेको ७५ प्रतिशत अनुदान कार्यक्रममा निरन्तरता दिइएको छ ।

यसअघि केपी ओली सरकारले ल्याएकै बजेटहरूमा ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकको १ लाखसम्मको स्वास्थ्य बिमा निःशुल्क गर्ने, तीन वर्षमा सबै नागरिकमा स्वास्थ्य बिमा पुर्‍याउने र सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बिमा गर्ने योजनालाई पुनः नयाँ तरिकाले  र्‍यापिङ गरिएको छ ।

यसपटक सबै स्थानीय तहमा न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने उल्लेख छ । स्वास्थ्य बिमा बोर्डको संरचना परिवर्तन गर्नेसमेत उल्लेख गरेको यसपटकको बजेटले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको छ । आर्थिक सर्वेक्षणले भने गत फागुनसम्ममा मात्रै २६ प्रतिशत जनसंख्या बिमाको दायरामा रहेको उल्लेख गरेको छ ।

पुँजी बजारको क्षेत्रमा खासै कुनै कार्यक्रम घोषणा नगरेको बजेटले आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार कारोबार सञ्चालनमा ल्याइने उल्लेख गरेको छ । यस्तो बजारमा धान, मकै, गहुँ, चियालगायतको विनिमय कारोबारमा समावेश गरिने उल्लेख गरिएको छ । तर, वस्तु बजारसम्बन्धी ऐन आएको चार वर्षपछि बल्ल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्च) को संख्या किटान गरी योग्यता पुगेका जति सबैलाई अनुुमति दिने तयारी गरिरहेको छ । नयाँ पत्रिकाबाट

न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघठनविरुद्ध मुद्दाको दोस्रो दिनको सुनुवाइमा आइतबार पनि बहस गर्ने क्रममा मुद्दाका पक्षधर कानुन व्यवसायीले अनौठा र हठयुक्त तर्क गरेका छन् । उनीहरूले न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न उठाउँदै घुमाउरो रूपमा संवैधानिक इजलासमा आफू अनुकूलका न्यायाधीश राख्नुपर्ने हठ गर्दै कानुनी शासनमाथि नै गम्भीर धावा बोल्न खोजेका छन् । उनीहरूको न्यायाधीशमाथिको बारम्बारको हमलाले कानुनी शासनको उपहास हुन पुगेको कानुनविद्को तर्क छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वमा गठन भएको संवैधानिक इजलामसा ती कानुन व्यवासायीले इजलास गठन गरेको भएन भन्दै प्रधानन्यायाधीशको क्षमतामाथि समेत थप प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइ मंगलबारबाट हुने भएको छ । आइतबार कानुन व्यवसायीले संवैधानिक इजलास गठनको विषयमा न्यायाधीशमाथि प्रश्न उठाएपछि सो मुद्दा हेर्दाहेर्दै मंगलबारका लागि राखिएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशमध्ये न्यायाधीश बमकुमार श्रेष्ठमाथि शुक्रबारको बहसमा अधिवक्ता गोविन्द बन्दीले इजलासबाट हट्नुपर्ने भन्दै प्रश्न उठाएका थिए । आइतबार पनि कानुन व्यवसायीले त्यही विषय दोहो¥याएर हठता प्रदर्शन गर्दै न्यायाधीशको क्षमता माथि प्रश्न उठाए । केहीले त प्रधानन्यायाधीशलाई समेत बिदा बस्नु भन्दै सर्वोच्चको सिंगो नेतृत्वमाथि नै गम्भीर प्रश्न उठाए ।

कानुन व्यवसायीले प्रश्न उठाएका न्यायाधीशले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न नहुने हो त भन्ने विषयमा सर्वोच्चका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले कानुन व्यवसायीले इजलासमा यो न्यायाधीश राख र त्यो नराख भन्न नमिल्ने बताए । रायमाझीले यो इजलासमा यो न्यायाधीश राख्न मिल्दैन भनेर प्रश्न गर्न नहुने बताए ।

नेकपा विवादको फैसला र अहिलेको फैसलाको कुनै सम्बन्ध नभएकाले नेकपा फुटको रिस न्यायाधीशमाथि पोख्न नहुने उनको भनाइ छ । ‘मुद्दामा झगडियाले मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैन, उनले भने, प्रधानन्यायाधीशलाई इजलासमा कुन न्यायाधीश राख्ने स्वविवेक अधिकार रहन्छ,’ रायमाझीले भने ।

आजको राजधानी दैनिकमा यो समाचार छ ।

चिनियाँ खोप लिन नेपाल वायुसेवाको विमान आज बेइजिङ उड्दै

काठमाडौं । चिनियाँ खोप लिन सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगस्वरुप दिने घोषणा गरेका कोरोना विरुद्धको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिएको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल कम भएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।

विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपचुनाव हुँदै

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उपचुनावमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

स्रोत नखुलेको भारतीय रुपैयाँसहित युवक पक्राउ

राजविराज । स्रोत नखुलेको भारतीय रुपैयाँसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरियाघाटबाट हिजो साँझ (आइतवार) एक युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ५ बस्ने उमेश मण्डलको २० बर्षिय छोरा दिपक कुमार मण्डल रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।
उनलाई सशस्त्र प्रहरी बल बिओपी तिलाठीबाट सहायक प्रहरी निरिक्षक सुशिल केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ ।
भारतबाट स्र्रोत नखुलेको रु १ लाख २९ हजार ५ सय भारतीय रुपैया बोकेर नेपालतर्फ आइरहेको मंडललाई दशगज्जा क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरियाघाटबाट पक्राउ गरिएको हो ।
भारतबाट लुकीछिपी नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ सयको २५९ वटा बरामद गरिएको इलाका प्रहरी कार्यालय हनुमााननगरले जनाएको छ ।
यता रकमसहित पक्राउ परेका मंडललाई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाएको छ भने उनीमाथि अुसन्धानसहित कारवाही प्रक्रिया अगाडी समेत बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । –––

आज २०७८ जेठ १७ गते साेमवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धर्म,सस्कृती तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउनेछ हुदा मानशिक तनाव बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना समस्या हरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्यार्थी हरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट केही मात्रामा आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत काममा बिषेश रुचि बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

याँ काम पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

विराटनगरमा औषधी कालोबजारी गर्ने मेडिकल सञ्चालक पक्राउ

विराटनगर ।  विराटनगरबाट औषधी कालोबजारी गरेको आरोपमा एक मेडिकल स्टोर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १५ भट्टीचौकमा रहेको जनता मेडिकल स्टोरका सञ्चालक  ३५ वर्षीय रविकुमार रजक छन् ।

औषधि पसल सञ्चालक रजकले फिजिसियन स्याम्पलका ठुलो परिणामका विभिन्न प्रकारका औषधि र लेबलिङ गरिएका औषधिका खाली खोलहरु भण्डारण गरेको पाइएपछि ती सवै औषधिहरुसहित आइतबार दिउँसो  उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रजकको घरको कोठामा खानतलासी गर्दा मुटुसम्बन्धि औषधी, पेनकिलर, विभिन्न प्रकारका एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफको औषधि र सेनिटाइजर लगायत ४६ कार्टुन, थप औषधीहरु एक बोरा र लेबलिङ गरिएका औषधिका खोलहरु ७ कार्टुन बरामद गरिएको हो ।

उनलाई  कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन अन्तरगत थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश १ मा संक्रमित बढे, २४ घण्टामा १००५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा १३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ माआज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने

काठमाडौँ । ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु¥याउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको हो ।

नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रुपमा लिइएको छ । च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तराष्ट्रियस्तरमा पु¥याउने छ ।

च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन एनटिभी वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ । अन्तरराष्ट्रिय समुदायसँग नेपालको सीधै पहुँचन भएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभी वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।
“‘समृद्ध नेपाल : सुखी नेपालीको सन्देश अन्तरराष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन, नेपाली टेलिभिजनको इतिहासमा एनटिभी वल्र्ड च्यानलमार्फत पहिलो पटक अन्तरराष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ”,सरकारका प्रवक्ता पार्वत गुरुङले भन्नुभयो । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बताउनुभयो ।

इन्टनेटको पहुँच तीव्र

सरकारले जनताको सहज पहुँचका निम्ति डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गरिने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्यध् येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भन्नुभयो, “समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौंँ ।”

सुशासन र पारदर्शिताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । सो कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल आठ जिल्लाका स्थानीय तहसँग ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ ।

इन्टरनेटका माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार शुरु गरिएको छ । सो कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।

कोभिडपीडित पत्रकारलाई सम्बोधन

कोभिड–१९ प्रभावित पत्रकारको समस्यासमेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ ।

त्यसैगरी श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने सरकारले घोषणा गरेको छ । बीमाका हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

नेपाली पत्रकारको दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गरिने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारका साझा व्यावसायिक संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापना गर्न माग गर्दै आएका थिए ।
प्रेस संग्रहालय बन्ने

नेपाली प्रेस र पत्रकारितासम्बन्धी विभिन्न कालखण्डमा भएको प्रविधिको विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ ।सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ जसमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।

जनताको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचारप्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने कुरा सरकारले शनिबारको बजेट भाषणमा समावेश गरेको छ ।-रासस

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : सैद्धान्तिक सुनुवाइ नै शुरु भएन

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ नै शुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको छ । उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’ मा मङ्गलबारका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठनकै विषयमा प्रश्न उठाइएपछि सैद्धान्तिक छलफलमा प्रवेश हुन पाएको छैन ।

प्रधानन्यायाधीश राणाको नेतृत्वमा संवैधानिक इजलास गठन गरी प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ शुरु भएको थियो । रिट निवेदक पक्षका कानून व्यवसायीले इजलास गठनकै विषयलाई लिएर प्रश्न उठाएपछि विषयवस्तुमा अझै प्रवेश हुन सकेको छैन ।

उक्त विवादको सुनुवाइको दोस्रो दिन आज रिट निवेदन पक्षका कानून व्यवसायीले इजलासमा रहेका न्यायाधीश केसी र श्रेष्ठ इजलासबाट अलग हुनुपर्ने माग गरेका थिए । आज सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश बडाल, नायब महान्यायाधिवक्ता पदम पाण्डे र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे । तीन जना र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, महावीर यादव, हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ताहरू गोविन्द शर्मा (बन्दी) र टीकाराम भट्टराईले बहस गरे ।

. इजलासका गठनको विषयलाई लिएर भएको विवादमा न्यायाधीश केसीले अघिल्लो पटकको विघटन मुद्दाको सुनुवाइमा पनि सहभागी भएको र श्रेष्ठले नेकपा एकताविरुद्धको मुद्धामा गरेको फैसला विवादित भएकाले उहाँहरु इजलासमा बस्न नमिल्ने रिट निवेदकका कानून व्यवसायीको तर्क छ ।

प्रतिनिधिसभाका दल र सदस्यहरुले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन हुन नसकेपछि यही जेठ ८ गते भएको प्रतिनिधिसभा विघटन भएको थियो । उक्त विघटनका पक्ष र विपक्षका ३० वटा रिट निवेदन परेका छन् । प्रतिनिधिसभाका निवर्तमान १४६ जना सदस्यसहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति र निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी भएको रिट निवेदनमा नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधिसभाको विश्वाशको मत प्राप्त गर्ने ठोस आधार नदेखिएकाले पुनः प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिलेन भन्ने राष्ट्रपतिको यही जेठ ७ गतेको निर्णय राजनीतिक दलसम्बन्धी ऐन, २०७३ विपरीत भएको उल्लेख छ ।

रिट निवेदनमा उक्त ऐनमा भएको व्यवस्था विपरीत प्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्न नसक्ने भनी निर्णय गर्नु संविधानको मर्म र भावना विपरीत पनि भएको उल्लेख गर्दै सो निर्णय बदर गरी नेकपा(एमाले) संसदीय दलका नेता ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली काँगे्रसका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरी निवर्तमान सांसदले रिट निवेदन दर्ता गर्नुभएको छ भने बाँकी रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिध भएकाले पुनःस्थापनाको माग गरिएको छ ।
मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गतेको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्न माग ती निवेदनमा गरिएको छ ।-रासस

छिमेकि लघुवित्तद्धारा देवानगंज गाउँपालिकालाई आर्थिक सहयोग

देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा शाखा कार्यालाय रहेको छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेडले देवानगंज गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना माहमारी रोकथाम तथा नियन्त्रकोमा योगदान गर्ने गरी देवानगञ्ज गाउँपालिकालाई १५ हजार रुपियाँको चेक स्तान्तरण गरेको हो । संस्थाका देवानगञ्ज शाखा कार्यालाय प्रमुख बमबाहदुर पाण्डेले देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणि गुरागाँइलाई चेक हस्तान्तरण गर्नुभयो ।

उक्त्त संस्थाले कोरोना माहामारीमा अग्रपगतीमा रहेर काम गरिरहेको सुरक्षाकर्मीहरु समेत स्वास्थय समग्री विरतरण गरेको थियो । काठमाणडौंमा केन्द्रिय कार्यालय रहेको छिमेक लघुवित्त वित्तिय संस्थाले नेपालको पैसठी जिल्लामा समुदाय अधारति लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक सहयोग गरेको जनाएको छ ।