१६ जेष्ठ २०७८, आईतवार १६:४८ – Page 5 – Nagarikabhiyan : National News

उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

अनलाइनखबर बाट

इनरूवाका विपन्न वर्गका काेराेना सक्रमितलाई राहत

स्वदेश तथा विदेशमा रहेका साथै इनरुवामा रहेका इनरूवावासीले महामारीकाे संकटमा इनरूवाका अति विपन्न, अपांगता भएका, एकल महिला, बिहान बेलुका खान समस्या भएका, र विपन्न वर्गका काेराेना सक्रमितलाई लक्षित गरि राहत वितरण गर्न संकलन गरेकाे रकमबाट राहत प्याकेज तयार गरि ओेैषधी, खाघ्यन्न, सरसफाइका सामग्री आजबाट वितरण गर्न थालिएको हाे । अमेरिकाबाट डा हरिबंश दुलाल र कतारबाट उत्तम राईले राहत संकलनमा संयाेजन गरेका छन भने इनरूवामा इनरूवा इभेन्ट्स म्यानेजमेन्टका संयाेजक राकेश निराैला नेतृत्वको इनरुवा इभेन्ट म्यानेजमेन्टका अरबिन केसी, सिमित मुडभरी, सुशान्त बस्नेत, पर्वत मानन्धर, प्रकाश भट्टराई, टिपकल रिजाललगायतका युवा समुहले आयाेजना व्यवस्थापन गरेकाे राहत अभियानले ५ सय परिवारलाई पहिलो चरणमा राहत वितरण गर्न सुरु गरेको हाे ।

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन अनिश्चित

धनगढी । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउन मन्त्रालयहरुलाई निकै चटारो परेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको प्राथमिकता, सिद्धान्त तथा उद्देश्य र बजेट बनाउने काम गरिरहेको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले नीति तथा कार्याक्रमहरु तयार गर्दै छ ।

विषयगत मन्त्रालयहरुले आ–आफ्नो योजनाहरु बजेटरी सफ्टवेयरमा इन्ट्री गरिरहेको जनाएका छन् । बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य, नीति तथा कार्यक्रम र बजेट बनाउने विषयमा छलफलहरु पनि घनिभूत रुपमा चलिरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । नीति तथा योजना आयोगले मध्यकालीन खर्च संरचना तयार गर्न तथ्यांक संकलन गरिरहेको छ ।

आर्थिक मामिला मन्त्रालयले चालु आर्थिक वर्षको प्रगति विवरण पनि तयार गर्दै छ । ‘हामीले बजेटसंगै ल्याउनका लागि विनियोजन ऐन र आर्थिक ऐनको मस्यौदा पनि तयार गरिसकेका छौं,’ आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले भने, ‘कर्मचारीस्तरबाट गनुपर्ने सम्पूर्ण तयारीहरु हामीले गरिरहेका छौं । बजेटका प्राथमिकताका विषयमा अझै छलफल जारी छ । हामीले मन्त्रालयहरु, नागरिक समाज र सरोकारवालाहरुसंग छलफल गरिरहेकै छौं ।’

तर, राजनीतिक अस्थिरताकाकारण बजेट सम्बन्धी डकुमेन्टहरु सदनमा कहिले पुग्छन् भन्ने निश्चित हुन सकेको छैन । नेकपा एमालेको केपी ओली र माधव नेपाल समूहको विवाद सुदूरपश्चिम प्रदेशमा पनि चलेकोले मन्त्रीपरिषद्को बैठक बस्न सकेको छैन । जसले गर्दा प्रदेश सभाको बजेट अधिवेशन अनिश्चित भएको छ ।

‘बजेट अधिवेशनका लागि तयारी गर्न अझैसम्म कुनै जानकारी आएको छैन,’ प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले भने, ‘जानकारी आएपछि हामीलाई तयारी गर्न तीन दिन त लाग्छ नै । सरसफाईदेखि सबै तयारी गर्नुपर्छ । महामारी चलेको हुनाले स्वास्थ्य मापदण्ड पुरा गर्ने व्यवस्था पनि गर्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बालकृष्ण सुवेदीले पनि प्रदेश सभाको बजेट अधिवेशन कहिले बोलाउने भन्ने विषयमा जानकारी नभएको बताए । ‘प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गर्ने काम मन्त्रीपरिषद्को हो,’ उनले भने, ‘यो विषयमा मलाई जानकारी छैन ।’

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले जेठ १४ गतेदेखि नै अधिवेशन बोलाउन सरकारलाई परामर्श दिएको बताए । उनले प्रदेश सभा नियमावली अनुसार १६ गते अनिवार्य रुपमा बैठक बोलाउनु पर्ने बाध्यता रहेको बताए । ‘बजेट ल्याउनु भन्दा १५ दिन पहिले नै प्रिबजेट (बजेटको प्राथमिकता, सिद्धान्त तथा उद्देश्य) माथि छलफल शुरु गरिसक्नुपर्ने व्यवस्था नियमावलीमा छ,’ सभामुख थापाले भने, ‘बजेट असार १ गते नै ल्याउनुपर्ने संबैधानिक व्यवस्था अनुसार जेठ २५ गते नीति तथा कार्यक्रम पनि सदनमा प्रस्तुत भइसक्नुपर्छ । नियमावलीमा बजेट भन्दा सात दिन अघि सदनमा नीति तथा कार्यक्रम ल्याउने व्यवस्था छ ।’

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव निर्मल ढकालले जेठ १६ गते सरकारले अधिवेशन बोलाउने र सोही दिन बजेटको प्राथमिकता, सिद्धान्त तथा उद्देश्य प्रस्तुत गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको बताए ।

२७/२८ अर्बको बजेट ल्याउने तयारी

प्रदेश सरकारले विभिन्न कारण बजेट खर्च गर्न नसकेकोले यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारको बजेटको स्रोतमा संकुचन आएको छ । स्रोत नै संकुचनमा परेको हुनाले यसपाली बजेटको आकार पनि घट्ने आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले जनाएका छन् । उनका अनुसार प्रदेश सरकारको बजेट यसपाली २७/२८ अर्बको मात्रै हुनेछ ।

आर्थिक मामिला मन्त्रालयकाअनुसार प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याने तयारी गरेको छ । ‘कोरोना नियन्त्रण, संक्रमितको उपचार, अस्पताल र स्वास्थ्य संस्था र क्षेत्रको समग्र सुधारका लागि प्राथमिकताका साथ बजेट विनियोजन हुने छ,’ ति अधिकारीले भने, ‘पुर्वाधार क्षेत्रमा हामीले यसपाली पुरानै दायित्व सिर्जना भएका, क्रमागत योजना र नल्याई नहुने योजना मात्रै राख्न भनेका छौं । ठूलो दायित्व सिर्जना गर्ने योजना यसपाली नराख्न भनेका छौं ।’

बजेटको स्रोत संकुचन भएको र स्वास्थ्य क्षेत्रमा बजेट राख्न पर्ने भएकाले मन्त्रालयहरुसंग योजना र बजेटको प्राथमिकताको बारेमा दिनहुँ छलफल गरिरहेको उनले बताए ।

नयाँ आउने बजेट कोरोना नियन्त्रण र स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले नयाँ आउने बजेट कोरोना नियन्त्रण, रोकथामसंगै स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरेको छ । विश्वव्यापि फैलिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीले नेपालमा पनि भयावहको स्थिति र्सिजना भएपछि सुदूरपश्चिमका विचिन्न संघसंस्थाहरुले आउँदो बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरेका हुन् ।

कोभिड १९ को पहिलो र दोस्रो चरणको कारणले नेपालमा पनि ठूलो मानवीय क्षति पुगिरहेको अवस्थामा यस्तो अवस्था नियन्त्रण गर्न महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु प्रस्तुत गरेको हो ।

नेपाल सरकारले कोरोना नियन्त्रण गर्न देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दिर्घकालिन तथा भरपर्दो माध्यम भनेको विश्व बजारमा उत्पादित कोरोना खोप आम जनतामाझ पु¥याउनु महासंघको निष्कर्ष रहेको छ ।

दृष्टि न्यूूज बाट

कर्मचारीलाई तलब बृद्धिसँगै के-के छ नयाँ सुविधा?

काठमाडौँ । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ वृद्धि गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा विभिन्न तहमा कार्यरत सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि गरिएको हो।

साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

अध्यादेशमार्फत ल्याइएको ०७८/७९ को बजेटमा हाल दिइएको महँगी भत्तालाई कायमै राखिएको छ। ०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो। सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलब बढाउने घोषणा भएको थियो।

समयानुकूल तलब भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दबाब दिइरहेका थिए। निजामती कर्मचारीको तलबमान र अरू सेवा सुविधाबारे सुझाव पेस गर्न ‘पे कमिसन’ गठन गर्नेसमेत अर्थमन्त्रीले बताएका छन्।

कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ।

निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत अर्थमन्त्रीले बताएका छन् ।

बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शय्या तोक्नुका साथै ‘डेडिकेटेड सेवा’ सुरु गर्नेसमेत बजेटमा उल्लेख छ।

निजामती कर्मचारीका सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नति गर्ने अर्थमन्त्रीले बताए।

खबर सेन्टर बाट

नेपाली सेनाले आउँदो वर्ष ५० अर्ब ९० करोड ७० लाख बजेट पाउने

काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९मा नेपाली सेनालाई ५० अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गर्ने भएको छ ।

सरकारले शनिबार ल्याएको बजेटमा सेनालाई सो रकम छुट्टयाइएको हो। चालु आर्थिक वर्ष २०७७र७८ मा सेनाको खर्च ५२ अर्ब ७३ करोड ७० लाख रुपैयाँ रहने छ। आर्थिक वर्ष २०७६र७७मा सेनाको वार्षिक बजेट ५० अर्ब १२ करोड ६ लाख रुपैयाँ रहेको थियो।

खबर सेन्टर बाट

शेयर बजारमा आज ४ लाख २६ हजार ३६ हजार ३४८ कित्ता शेयर खरिद विक्रि

काठमाडौं। शेयर बजारमा आज ४ लाख २६ हजार ३६ हजार ३४८ कित्ता शेयर खरिद विक्रि भएर १७ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ३५ अंकले बढेर ५०७ दशमलव ५ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको कारोकार सर्वाधिक भएको छ । कम्पनीको प्रतिकित्ता २५४ रुपैयाँ शेयरमुल्य कायम भई ४७ करोड ४० लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको प्रतिकित्ता शेयरमुल्य ४५३ रुपैयाँ कायम भई ४६ करोड ९२ लाख भन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज वुटवल पावर, अपी पावर, चिलिमे हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, एचडिएचपीसी, रसुवागढी हाईड्रोपावर, एशियन लाइफको सर्वाधिक काराबार भएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तीमध्ये २ सय २ वटा गाडी र ३ सय ७८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात प्रहरीले छाड्ने गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय १७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै १ हजार ४ सय ८४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८८ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १४ हजार ६ सय ८९ जनालाई सचेत गराइएको छ ।

कान्तिपुर संदेश बाट

आरोहीको शव काठमाडौं लगियो

गोरखा। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्वार गरी काठमाडौं लगिएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्वार गरी आज काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए।

मौसम अनुकूल नहुँदा तत्काल उद्वार गर्न नसकिएकाले आज उद्वार गरी काठमाडौं लगिएको उनको भनाइ छ। प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरिकी नागरिकको पनि शव परीक्षणका लागि काठमाडौं लगिएको थियो। हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्वार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

सगरमाथा आरोहण सुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ। स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो।

यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

नागरिक दैनिक बाट

१६५ किलो अवैध गाँजासहित एक पक्राउ

सुनसरी । १ सय ६५ किलो अवैध लागूऔध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाल टाम्स बाट

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ भोलि

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ । रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।

आजको सुनुवाइमा इजलास गठनमा कानुनविद्हरुले प्रश्न उठाएका थिए भने सरकारी पक्षबाट महान्यायाधिवक्ताले त्यसको प्रतिवाद गरेका थिए ।

कानुन व्यवसायीले नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र यसअघिको संसद विघटन हुँदा संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका छन् ।
नेपाल टाम्स बाट

वरिष्ठ अधिवक्ताले प्रधानन्यायधीश जबरालाई बिदामा बस्न दिए यस्तो सुझाव

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा अहिले संवैधानिक इजलासमा बहस भइरहेको छ। आजको बहस प्रतिनिधिसभा विघटनभन्दा संवैधानिक इजलास गठन प्रक्रियामा नै केन्द्रित छ।

हालसम्म भएको सुनुवाइमा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ताहरुले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै उनीहरुलाई हटाउन माग गरेका छन्।

श्रेष्ठले नेकपा विभाजनको फैसलामा संलग्न भएको र केसीले उक्त फैसलाको पुनरवालोकन अस्वीकार गरेको भन्दै अधिवक्ताहरुले उनीहरुलाई हटाउन माग गरेका हुन्। केसीसँगै फैसला पुनरावलोकन गर्न अस्वीकर गर्ने इजलासमा थिए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा।

तर, अधिवक्ताहरुले संवैधानिक इजलास प्रधानन्यायधीश बिना हुन नसक्ने भन्दै उनीमाथि प्रश्न उठाएनन्। तर जबरा आफैले आफ्नो नैतिकता हुने कि नहुने भन्दै प्रश्न गरे।

जबराले ‘मेरोमा नैतिकताको दायित्व पर्दैन” भन्दै प्रश्न गरेपछि अधिवक्ता बद्रीबहादुर कार्कीले त्यो प्रधानन्यायाधीशले विचार गर्नुपर्ने बताएका थिए।

त्यसपछि बहसका आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि इजलासमा न्यायाधीश श्रेष्ठ र केसीको विकल्प खोज्नुपर्नेमा जोड दिए। साथै प्रधानन्यायधीशले आफ्नो नैतिकता खोजेको भनदै उनले जबरालाई “बिदा”मा बस्न सुझाव समेत दिए।

जबरले आफ्नो नैतिकताबारे सोधेको प्रश्नमा उनले भने : ‘मेरो के हुन्छ भन्नुभयो श्रीमानले। धेरै विकल्प छ। लिभमा बसे भइहाल्यो।’

थापाले प्रश्न उठाइएका न्यायाधीशहरुलाई बाहिर राखे राम्रो सन्देश जाने बताए। संविधानले अर्को अदालत र अर्को प्रधानन्यायाधीशको परिकल्पना नगरेको भन्दै उनलाई इजलासमा प्रधानन्यायाधीशको विकल्प नरहेको बताए।

‘प्रधानन्यायाधीशको पो विकल्प छैन। इजलासमा अन्या न्यायाधीशहरुको त छ नि’ थापाले भने।

खबर सेन्टर बाट

सुनसरीमा १६५ केजी गाँजा सहित एक जना पक्राउ

सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा सनिबार राती २.४५ बजेको समयमा १६५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको कोशी गाँउपालिका–८ स्थित राजमार्ग दक्षिणपट्टी रहेको पानीटंकी नजिक प्लाष्टिकले वेरी शंकास्पद रुपमा राखिएको ६ थान बोरा फेला पारेको थियो । उक्त बोरा खोलि हेर्दा लागु औषध तयारी गाँजा देखिएकाले गाजाको धनिको खोजी गर्ने क्रममा नजिकै कोशी गाँउपालिका–८ का ४० वर्षिय गणेश यादवलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । पक्राउ परेका यादव माथि लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालत सुनसरीबाट आईतबार म्याद थप गरी अनुसन्धान कार्य भईरहेको थापाले बताउनुभयो ।

भुलेर पनि नखानुहोस् यो अवस्था भएका व्यक्तिले माछा

माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ।

त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ। यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

१. माछा खान नजान्नेका लागि

सर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ। त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

यदि माछाको काँडा घाँटीमा अड्किएर समस्या भएको छ भने तुरुन्तै केरा खाएका राहत पाउन सकिन्छ। उपलब्ध छ भने लालीगुराँसको फूल चपाएर निल्दा पनि माछिकाँडाको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

२. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि

माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ।

जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ।विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ। नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन।

३. मधुमेह (सुगर) भएकाहरूका लागि

अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ। माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ। तर यो यथार्थ हो कि कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ। कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ। कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ। तर १५० भन्दा कमि सुगरको मात्रा भएकाहरूलाई भने यसले अधिक असर गर्दैन।

४. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि
माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ। सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ। तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ।

तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ। यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तै; यूरीया, अमोनिया र अमिनो एसिड।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ। यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन।

त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन्।

५. पेटको समस्या भएकाहरूका लागि
माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ। त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ।

यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

६. मोटोपना भएकाहरूका लागि
हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुनै-कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ।

*महत्वपूर्ण नोट*
माथि उल्लेख गरिएका व्यक्तिहरूका लागि माछा हानिकारक हुन्छ। साथै अन्यले बुझ्नु आवश्यक छ कि माछाको मासु दिनदिनै र धेरै खाने कुरा होइन। यसको अधिक सेवनले जस्तोसुकै निरोगी व्यक्तिलाई पनि अस्पतालको शैय्यामा जानुपर्ने अवस्थाको सिर्जना हुन सक्दछ। साधारण प्रौढ व्यक्तिले हप्तामा १ चोटि भन्दा बढि माछा सेवन गर्नु अनुचित हुने देखिएको छ। तर यसको मात्रा शरिरको तौल र उचाइ अनुसार पनि फरक पर्दछ।

त्यसलगायत ५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई २ हप्तामा १ पटक मात्रै माछा खुवाउनु उचित हुन्छ। माछाको मासुमा पचाउन मिल्ने फाइबर र कार्बोहाइड्रेटको अनुपस्थिती हुने हुनाले पेटको समस्या हुनेहरूको लागि माछा हानिकारक हुन जान्छ। तैपनि हेलचेक्र्याईँ गर्दै खाएमा, पेटको क्यान्सर समेत हुने विज्ञहरू बताउँछन्।

सुनकोसी मरिण डाइभर्सन आयोजनालाई २ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौँ।  सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनालाई तीव्र गतिमा काम अगाडी बढाउन २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजानिक गरेको बजेटमा यहाँको सुनकोसी गाउँपालिकाको सुनकोसी नदीलाई मरिण गाउँपालिकाको मरिण खोलामा मिसाउने परियोजनालाई उक्त बजेट विनियोजन गरेका हुन्।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजानिक गर्ने क्रममा उक्त योजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो। सुनकोसी मरिण डाइभर्सनलाई राष्ट्रिय गौरबको आयोजना घोषणा गर्दै गत वर्षदेखिनै सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएकोमा यस वर्ष सरकारले पुनः बजेट विनियोजन गरेको हो। गत फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका उक्त परियोजनाका लागि सरकारले बजेट बिनियोजन गरेसँगै स्थानीय उत्साहित भएका छन्। तोकिएकै समयमा उक्त आयोजना बन्ने आशा पलाएको स्थानीय बताउँछन्।

सुनकोसी गाउँपालिका ६ स्थित सुनकोसी नदीको पानीलाई सुरुङमार्फत मरिण खोलामा खसाल्ने यो आयोजनाको प्रमुख लक्ष्य हो। सोही अनुसार कमलामाई नगरपालिका २ कुसुमटार आसपासका स्थानीयलाई आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा समेत दिइसकिएको छ। आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने योजना बनेको छ।

सुनकोसी गाँउपालिकाको वडा नं. ७ को सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध बाँधि ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने यो आयोजनाले लक्ष्य रहेको छ। आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने र त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख शुशिलचन्द्र आचार्यले जनाए। विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमै रहने छ। सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ।

उक्त फाटबाट मरिण नदी हुदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याइ सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ। आयोजना निर्देशक आचार्यका अनुसार भेरी बबई आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ। निर्माण कम्पनीले कार्यालय तथा क्याम्प राख्नका लागि आवश्यक कामहरु गरिहेको र काम सुचारु रहेको आयोजनाले जनाएको छ। सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ। उक्त मेसिन ल्याउनका लागि निषेधाज्ञाका कारण समस्या भएको र अब अनुमति लिएर मेसिनसमेत ल्याउने कामलाई अगाडी बढाइने आयोजना प्रमुख आचार्यले बताए।

मुआब्जाको विषयमा सिन्धुलीतर्फ सबै प्रभावितले मुआब्जा बुझिसकेका छन्, उनले भने, रामेछापका प्रभावितलाई वितरण गर्ने तयारी हुँदैछ। तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने यो आयोजनाको उद्देश्य रहेको बजेट भाषणकै क्रममा अर्थमन्त्री पौडेलले बताए। सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुसुमटार फाँटमै खसालिने छ। उक्त फाटबाट मरिण नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याइ सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ।

नागरिक दैनिक बाट

कुकुरमा पाइने कोरोना भाइरस मानिसमा पनि देखियो, यसो भन्छन् वैज्ञानिकहरु ?

क्वालालम्पुर। मलेसियामा कुकुरमा पाइने कोरानो भाइरस मानिसमा पाइएको छ । मलेशियाको एउटा अस्पतालमा भर्ना भएका निमोनियाका ८ जना विरामीमा उक्त भाइरस फेला परेको हो ।

वैज्ञानिक भाषामा यसलाई केनाइन भाइरस भनिन्छ । अन्तर्राष्ट्रिय वैज्ञानिकको एउटा समुहले उक्त कुरा पत्ता लगाएका हुन् ।वैज्ञानिकका अनुसार केनाइन भाइरस सार्स काभ–२ भन्दा फरक छ । कोरोनालाई चार भागमा बाँडिएको छ, जसलाई अल्फा, बीटा, गामा र डेल्टा भनिन्छ ।

संसारभरीमा संक्रमण फैलाउने कोरोना बीटा कोरोना भाइरस समूहसंग सम्बन्ध राख्छ भने केनाइन भाइरसको सम्बन्ध अल्फा कोरोना भाइरस समुहसंग रहेको छ ।

करीव ५० वर्षदेखि वैज्ञानिकलाई केनाइल भाइरसको जानकारी छ । रिपोर्टका अुनसार निमोनियाबाट पिडित ८ विरामीमा केनाइन भाइरस देखिएको छ ।

ती मध्ये ७ दोस्रो किसिमको भाइरसबाट पनि संक्रमित थिए, जसमा एडीनोभाइरस, इन्फ्लुएन्जा र पेराइनफ्लुएन्जा भाइरस समावेश छन् ।

वैज्ञानिकहरु भन्छन् –‘यी सबै भाइरसहरु निमोनिया हुनुको कारण पैदा हुन्, त्यसैले रोगको कारण केनाइन भाइरस हो भन्नु गलत हुन्छ ।’

मलेशियाका विरामीबाट यो अरु मानिसमा फैलन्छ कि ? भन्ने वैज्ञानिकमा त्रास उत्पन्न भएको छ ।

तर सन् २०१७ र २०१८ मा देखिएका केसहरुलाई ध्यान दिँदा उक्त संक्रमण फैलन र नयाँ महामारी बन्ने खतरा कम रहेको बताइन्छ ।

खबर सेन्टर बाट

एकै परिवारका १४ जना कोरोना संक्रमित

सर्लाही। सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो ।

एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको बताइएको छ । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको हो ।

एकै परिवारका १४ जना कोरोना संक्रमित भएको हरिवन ७ का वडाअध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए । उनले भने– ‘शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि परिवारका अन्य १२ सदस्यको स्वाब परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखियो ।’ त्यसैगरि हरिवन नगरपालिका ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख महबुब रेजाले जानकारी दिए ।

समतल बाट