१६ जेष्ठ २०७८, आईतवार १४:४९ – Page 6 – Nagarikabhiyan : National News

उज्वल थापाको स्वास्थ्य अवस्था झनै जटिल

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था अझै जटिल भएको उहाँका परिवारले बताएका छन् । कोरोना संक्रमित थापाको स्वाश्स्थ्यमा सुधार नभइ थप जटिल भएको उहाँका परिवारहरुले आइतबार एक विज्ञप्ति जारी गरेर जनाकारी दिएका छन् ।

उहाँको हाल नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भएतापनि अवस्था जटिल हुँदै गएको बिज्ञप्तिमा जनाइएको छ ।

उहाँको यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । तर उहाँको स्वस्थ्यमा कुनै सुधार नआएपछि मडिसिटीमा लगिएको थियो ।

नेपाल डेली बाट

सन्दर्भः विश्व धुम्रपान रहित दिवस २०२१

सूर्तिजन्य पदार्थ छोड्नुस् विजेता हुनुस् ।  विश्व धुम्रपान रहित दिवस २०२१ को मुल विषयको रुपमा रहेको छ। हरेक वर्ष मे ३१ मा मनाईने यस दिवसको मुख्य उदेश्य नै सुर्तीजन्य महामारि र यसबाट हुन जाने मृत्यु र रोगहरुको रोकथाममा विश्वव्यापी ध्यान आकर्षित गर्नु हो। विश्व धुम्रपान रहित दिवसको सिर्जना १९८७मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरु द्वारा गरिएको हो। सम्पुर्ण नागरिकहरुलाई सूर्तिजन्य पदार्थको खतरा बारे सचेत गराउन यस दिवसलाई अभियान सामाग्रिको रुपमा वर्षौलि मनाईने गरिएको तथ्य छ।

सूर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सूर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,विडि,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनि, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सूर्तीजन्य पदार्थ हो। धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थयको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जिवनको भौतिक,मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक सम्पुर्ण त्रियाकलापमा नकरात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरि सर्वसाधारण जनताको स्वास्थय, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रि, वितरण तथा सेवन गर्ने कार्यको नियन्त्रण तथा नियमन गर्ने हितमा यी कार्यहरुलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने सम्वन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन० ऐन,२०६८ ल्याईएको हो। धेरैजसो प्रभावकारी नियिन्त्रण राष्ट्रिय कानुनहरु अन्तराष्ट्रिय नितिहरुमा आधारशील हुने हुदाँ, राष्ट्रिय सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन तथा नियमावलिहरु पनि उहि विश्वव्यापि सूर्तिजन्य तथा धुम्रपान रहित निती पुरा निमित्त जोडिएको देखिन्छ।

सूर्तिजन्य पदार्थ९नियन्त्रण र नियमन गर्ने० ऐन २०६८ ले सूर्तिजन्य पदार्थको नियन्त्रण, उत्पादन तथा विक्रि, वितरण, निरिक्षण, अनुसन्धान तथा मुद्दा दायरि र उल्लेखित प्रावधानहरुको उल्लंघन भएको खण्डमा सजाय तथा पुनरावेदन र विविध गरि परिच्छेद २ देखि परिच्छेद ६ भित्र उल्लेख गरेको छ। प्रस्तुत ऐनको परिच्छेद २ मा सूर्तिजन्य पदार्थको नियन्त्रण सम्वन्धी व्यवस्था छ। सार्वजानिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न नहुने साथै आफ्नै घर तथा निजी सवारी साधन भित्र पनि अन्य व्यक्तिलाई असर हुने गरि धुम्रपान गर्न नहुने प्रावधान वनाईएको छ । त्यसै गरि परिच्छेद ३ ले सूर्तिजन्य पदार्थको उत्पादन तथा विक्रि वितरण क्षेत्रमा प्रकाश पार्दछ। उत्पादकले सूर्तिजन्य पदार्थमा लेबुल, ट्रेडमार्क,र्यापर्स तथा प्याकिङमा विशेष ध्यान पुर्याउनुपर्ने र विक्रि वितरण गर्न अघि यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्व लगायत अन्य कुराहरु उल्लेख गर्नुको साथै निकासी पैठारि गर्ने व्यक्तिले हरेक वर्ष अफुले गरेको उत्पादन तथा निकासी पैठारिको विवरण मन्त्रालय समक्ष पेश गर्नुपर्ने, उत्पादकले सुर्तीजन्य पदार्थको बट्टामा र्यापर्स, प्याकेट र लेबुलको बाहि कुलभाग मध्ये कम्तिमा ७५५ भागमा सुर्तिजन्य पदार्थ हानिकारक छ भन्ने जस्ता व्यहोराको चेतनावनि मुलक सन्देश तथा चित्र उल्लेख गर्नेपर्ने साथै यस्तो पदार्थको कुनै प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाईने प्रावधानहरु उल्लेख गरिएको छ।

यसै ऐनको परिच्छेद ४मा निरिक्षण अनुसन्धान तथा मुद्दा दायरि सम्वन्धी प्रावधान व्यख्या गरिऐको पाईन्छ। यहाँ कसैले ऐनको प्रावधान विपरितको काम पुरा गरे वा नगरेको सम्वन्धमा निरिक्षण गर्ने समेतको लागि नेपाल सरकारले अधिकृत कर्मचारिलाई निरिक्षकको रुपमा तोक्न सक्ने र निरिक्षक भई तोकिएको ले वर्षभरिमा आफुद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्ने छ। यस बाहेक व्यवस्थापक आफैले आफुसँग सम्बन्धित सार्वजानिक स्थलमा यस्तो कार्य गरेको वा नगरेको सम्वन्धमा समय समयमा निरिक्षण गर्नुपर्ने र उजुरि आईपरेको खण्डमा निरिक्षकले अनुसन्धान तथा तहकिकात समेत गर्नुपर्ने र त्यस पश्चात मुद्दा चलाउने देखिएमा निरिक्षकले त्यसरि अनुसन्धान सकिइको २५ दिन भित्र मुद्दा हेर्ने अधिकारि समक्ष मुद्दा दायर गर्नु पर्ने कुरा यहा उल्लेखित छ। अनततःयस ऐनको मुख्य उदेश्य पनि विश्व धुम्रपान रहित दिवसको झै धुम्रपान तथा सूर्तिजन्य वस्तुको सेवन र गैरकानुनि वितरणमा रोक लगाई पुर्ण रुपमा व्यक्तिको निकोटिन प्रयोगलाई नियन्त्रण गर्नु हो।
त्यसैगरि हालको विश्वव्यापी कोभिड-१९ माहामारि को बखत, अन्वेषकहरुले धुम्रपान तथा सूर्तिजन्य र प्रतिकुल कोभिड १९ रोगको नतिजा सम्बन्धमा ध्यानाकर्षण गर्दै धुम्रपान गर्नेहरुलाई त्याग्न जोडिदिएको छन् । यु एस सर्जन जनरलको रिपोर्टले देखाएको प्रमाणले सिगरेट धुम्रपानले प्रतिरक्षा प्रणालीलाई दमन गर्ने, श्वासप्रश्वासको संक्रमण जोखिम बढाउने जस्तै पुरानो अवरोधक फुफ्फुसिय रोग ,दम ,हृदय र फोक्सोको रोग लाग्न सक्ने हुदाँ सिग्रेट धुम्रपान गर्ने मानिसहरुको लागि कोरोना भाईरस अझ बढि खतरनाक र अन्य प्रकारका भाईरसका लागि पनि गम्भिर किल्निकल परिणामहरु सँग सम्वन्धि भएको कुरा देखाएको छ। धुम्रपान निवारणको व्यापक हस्तक्षेप तम्बाकुका प्रयोगलाई काम गर्ने आवश्यकतालाई नै जाने वैज्ञानिक प्रमाणहरु भएकोले धुम्रपान नियन्त्रण सम्वन्धि ध्ज्इ फ्रेमवर्क सम्मेलनले पार्टीहरुलाई तम्बाकु प्रयोगकर्ताहरुका लागि जागरुकता र समाप्ति सेवा बढाउन आह्वान गर्दछ। तसर्थ हालको विश्वव्यापि महामारि र धुम्रपान तथा सूर्ती सेवनको प्रतिक्रिया मा रोगको गम्भिरता बढ्ने हुदाँ देशहरुले सुर्तीजन्य उत्पादन बिक्रिमा प्रतिबन्ध लगाउने वा सूर्तीजन्यको प्रयोगलाई कम गर्नका लागि उपायहरु पहिल्याउने हुदाँ सुर्तीजन्य पदार्थ तथा धुम्रपान को सम्भावनालाई बढाएर भाईरस सार्ने सम्भावना वृद्धि हुने ९जस्तैः श्वास प्रश्वासको थोपा छोड्दा, श्वासफुक्दै साझा पानीको पाईप प्रयोग गर्दाको मुखका टुक्राहरु आदि० कुरामा रोक लगाउने प्रबन्ध गरिदै छ। उदाहरणको लागि, भारतमा सन् २०२०को अप्रिलमा देशले तम्बाकु उत्पादनहरुको बिऋिमा प्रतिबन्ध लगाएको थियो र कोभिड १९ को प्रसारलाई रोक्न सार्वजानिक रुपमा धुम्रपान नगरि सूर्तीजन्य पदार्थको उपभोग गर्नबाट अलग रहनुपरेको कुरा हामिमा अवगत नै छ। त्यसैगरि दक्षिण अफ्रिकाले पनि सुर्तीजन्य उत्पादनहरुको बिऋी वितरणमा प्रतिबन्ध लगाएको छ। तसर्थ वर्तमान कोभिड १९ महामारिले तम्बाकु प्रयोगकर्तालाई प्रमाण आधारित, बृहत सूर्तीजन्य उपवास सेवाहरु प्रदान गर्ने र सूर्तीजन्य नियन्त्रण नीतिहरुलाई सुदृढ पार्न अभूतपूर्व अवसर प्रस्तुत गर्दछ।
अनततः यि सबै कार्यहरु अस्थायी भए पनि सुर्तीजन्य नियन्त्रण कार्यक्रमहरु र नीतिहरुलाई सुदृढ बनाएर विश्वव्यापि लाखौँ मानिसहरुलाई सुर्तीजन्यको सेवन र दोस्रो हाते धुवाँबाट जोगाउन र विश्वव्यापी सुर्तीजन्य बोझ कम गर्ने अवसर प्रस्तुत गर्दछ।
सबैमा विश्व धुम्रपान रहित दिवसको २०२१को हार्दिक शुभकामना।

सफलतापूर्वक सूर्तीजन्य प्रयोग छोड्नुस र सूर्तीजन्य मुक्त संसारतर्फको प्रगतिलाई गति दिनुहोस् ।

-लेखक विए एलएलबी अध्ययनरत छिन् ।

ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। आइतबार अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीति र पार्टीभित्रका विवादबारे छलफल हुनेछ।

ओलीले नेता माधवकुमार नेपाल पक्षका थप १२ जनालाई स्पष्टीकरण सोधेका छन्। यसबारे थप कारवाही आजको स्थायी कमिटी बैठकले गर्न सक्ने एमाले पार्टी कार्यालय स्रोतले बताएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी गर्ने पत्रमा नेता नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए।
यसअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, झलनाथ खनाललगायतलाई पार्टी सदस्य नरहने गरी कारवाही गरेको थियो।

नेपाल डेली बाट

डुबेर बालिकाको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागी टोल बस्ने बल बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडिको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

शनिवार बेलुका साँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटी गई थप बुझ्ने कार्य भइरहेको छ ।

न्यायाधीशमाथि प्रश्न उठाएपछि महान्यायाधिवक्ताले दिए यस्तो चेतावनी

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन रिट निवेदकलाई चेतावनी दिएका छन् । उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए ।

‘फलानो न्यायाधीश हुन्छ र फलानो न्यायाधीश हुँदैन भन्ने हो भने हाम्रो पक्षबाट पनि यो हुन्न भनेर निवेदन हाल्छौं’ उनले भने ‘एउटा रिटमा १४६ जना निवेदक, अरु २५ जना निवेदक र १०० जना कानुन व्यवसायीको कुनै न कुनै न्यायाधीशलाई नाता पर्छ कि पर्दैन ?’

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठले नेकपा विभाजनसम्बन्धी मुद्दा हेरेको भन्दै रिट निवेदक पक्षका कानुन व्यवसायीले उनको सहाभगितामा प्रश्न उठाएका छन् । तर महान्यायाधिवक्ता बडालले अहिले नेकपा नभई प्रधानमन्त्री विपक्षी भएकाले उनले हेर्न मिल्ने दावी गरे ।

नेपाल डेली बाट

इटहरीमा प्रादेशिक रंगशाला निर्माण हुने, बह्राक्षेत्र धार्मिक पर्यटन प्रवर्द्धन विकस गरिने

इनरुवा ।  आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलद्वारा सार्वजनिक गरिएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेको छ ।

कुल बजेटको ४१.२ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ चालु खर्च विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ कुल बजेटको २२.७ प्रतिशत अर्थात् तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको १२.६ प्रतिशत अर्थात् दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ वित्तीय व्यवस्थापनको कार्यका लागि विनियोजित भएको छ । यसैगरी, कुल बजेटको २३.५ प्रतिशत अर्थात् तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिनेछ । बजेटले सुनसरीको इटहरीमा प्रादेशिक रंगशाला निर्माणको लक्ष्य राखेको छ । यस्तै, सुनसरीकै अमडुवामा विशेष आर्थिक क्षेत्रका लागि अध्ययन गरिने योजना बजेटमा समावेस छ भने बर्जु ताललाई पर्यटन क्षेत्र विकासको लागि बजेट छुट्याइएको छ । धरान धनकुटा सडक निर्माणका साथै सेउती सुरुङ्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

इटहरीमा प्रादेशिक रंगशाला निर्माण हुने, बह्राक्षेत्र धार्मिक पर्यटन प्रवर्द्धन विकस गरिने, इनरुवा काकाडभिट्टा रेलवे निर्माण कार्य प्रारम्भ गरिने र धरान–इटहरी मेगासिटी निर्माणसम्मका योजना सुनसरीमा परेको छ । यसैगरी चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालनमा देखिएका अवरोध हटाइने भएको छ । बजेटमार्फत् सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाइएको छ भने महङ्गी भत्तालाई निरन्तरता दिइएको छ । –एक बिध्यालय एक स्वास्थ्यकर्मीको नीति बजेटले अवलम्बन गरेको छ । –बाल शिक्षकको मासिक तलब १५ हजार र स्वयंसेविकाको मासिक भत्ता १२ हजार कायम गरिएको छ । तेल, नुन र ग्यास २० प्रतिशत सस्तो मूल्यमा उपलब्ध गराइने भएको छ । कोभिड १९ विरुद्धको खोप सबै नागरिकका लागि निशुल्क उपलव्ध गराउने व्यवस्था सुनिश्चित गरिएको छ । यसका लागि २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ । ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षणको कार्यक्रमसमेत बजेटमा समेटिएको छ ।

रेल मार्गका लागि १० अर्ब तीन करोड बजेट छुट्याइएको छ । यसैगरी, राजमार्गको छेउ किनारको खाली ठाँउमा फलफुल तथा उत्पादनमुलक बोट तथा बिरूवाहरू रोपिने भएको छ । सार्वजनिक विद्यालय वा सा भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार रुपैयाँ सरकारले उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक भत्ता मासिक दुई हजारबाट बढाएर चार हजार पुर्याइएको छ । सबैखाले सामाजिक सुरक्षा भत्तामा ३३% ले वृद्धि गरिएको छ । अतिअशक्त अपांगता भएका व्यक्तिहरुले जम्मा दुई हजार एक सय २८ रुपैयाँ पाउने भएका छन् भने पूर्ण अपांगता भएकाले चार हजार रुपैयाँ पाउनेछन् । बालबालिकालाई रंगीन पाठ्यपुस्तक र छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण गरिनेछ भने ५ कक्षा सम्मका बालबालिकाहरूका लागि दिवा खाजाको व्यवस्था सरकारले नै गर्नेछ । १० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमाका साथै पर्यटन प्रवर्द्धनका लागि १० दिनको अतिरिक्त पारिश्रमिक दिने व्यवस्था बजेटमा गरिएको छ ।

एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।

बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिए । उनले भने, ‘परीक्षाको वैकल्पिक मूल्यांकन गर्ने विधि बनाउनका लागि सरकारबाट स्वीकृत आवश्यक परेकोले विधि बनाउने स्वीकृति लिनको लागि सिफारिस गरेका हौँ ।’

कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो । बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

१२ कक्षाको परीक्षा पर्खने

कक्षा १२ को वार्षिक परीक्षाको लागि भने तत्काल केही निर्णय नभएको पौडेलले बताए ।

उनले भने, ‘कोरोना महामारीको संक्रमण दरपनि केही दिनदेखि कम भइरहेकाले १२ कक्षाको परीक्षाको लागि केही समय पर्खन्छौँ ।’

१२ कक्षाको परीक्षा कुन विधिबाट गर्ने भन्ने विषयमा छलफल चलिरहेपनि अहिले निर्णय भने नभइसकेको उनको भनाइ छ ।

खबर सेन्टर बाट

केन्द्रको अनुदान सबैभन्दा बढी प्रदेश १ लाई, कुन प्रदेशलाई कति ?

काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले पाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सरकारले कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु प्रयोजनमा खर्च हुनेछ । पुँजीगतमा भने २९ अर्ब ४८ करोड रुपैयाँ छ ।

तथ्यांक अनुसार यो वर्ष प्रदेश १ ले सबैभन्दा बढी १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पाउनेछ । दोस्रो धेरै पाउनेमा लुम्बिनी प्रदेश छ र उसले १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ पाउनेछ ।

कर्णाली प्रदेशले १५ अर्ब ५५ करोड ६३ लाख, सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड, प्रदेश २ लाई १३ अर्ब ९० करोड र वाग्मती प्रदेशलाई १३ अर्ब ९० करोड रुपैयाँ प्राप्त हुनेछ ।

सरकारले संघबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदान तल्लो सरकारमा पठाउने गरेका छन् ।

यस्तो अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने प्रावधान रहेको छ । वित्तीय समानीकरण अनुदान तल्लो सरकारले निःशर्त पाउने रकम हो ।

यस्तो अनुदानलाई उनीहरुले आफ्ना कार्यक्रममा राखेर बजेट बनाउन सक्छन् । आयोगले न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित रहेर सिफारिस गर्छ ।

अनलाइनखबर बाट

हेर्नुहोस् कुन प्रदेशले कति पाए अनुदान ?

प्रधानमन्त्री मोदीका लागि २०० अर्बको घर बनाइँदै

भारतको राजधानी दिल्लीको केन्द्रमा पर्ने राजपथस्थित खुला सार्वजानिक क्षेत्र वर्षौँदेखि हजारौँ मानिसहरुका लागि भेला हुने,घाम ताप्ने, आइसक्रिम खाने ठाउँका रुपमा रहँदै आएको छ। तर राष्ट्रपति भवनबाट इन्डिया गेटसम्म फैलि एको यो तीन किलोमिटरको सडक क्षेत्र यतिबेला भने धुलाम्मे अवस्थामा छ । अहिले त्यहाँ मानिसहरुलाई प्रवेश गर्नबाट रोक्न ब्यारिकेड लगाइएको छ भने कामदारहरुले पाइप र टायलहरु मिलाइरहेको देख्न सकिन्छ । यो काम वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्रीका लागि नयाँ घर,नयाँ संसद् निर्माण गर्ने परियोजना अन्तर्गतको काम हो । यसका लागि झन्डै दुई खर्ब भारतीय रुपैँया खर्च लाग्ने अनुमान रहेको छ । तर यो ‘सेन्ट्रल भिस्ता’ परियोजना २०१९ को सेप्टेम्ब रमा घोषणा भएदेखि नै विवादमा आइरहेको छ ।

त्यति धेरै रकम बरु नागरिकहरुको हितका लागि या दिल्लीको हावालाई सफा स्वच्छ राख्नमा खर्च गर्दा बढी उपयोगी हुने आलोचकहरुको भनाइ रहँदै आएको छ । दिल्लीको हावा संसारकै सबैभन्दा दूषितमा पर्दछ । यता सरकारले ती सबै भनाइलाई बेवास्ता गर्दै सेन्ट्रल भिस्ता परियोजना अर्थतन्त्र वृद्धिका लागि उल्लेखनीय रहने तर्क गर्ने गरेको छ । शहरी विकास मन्त्री हर्दिप सिंह पूरीका अनुसार यसले ठूलो स्तरमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ र अन्ततः सबै भारतीयहरुलाई गर्व तुल्याउनेछ । यसरी एकातर्फ देश कोभिडको दोस्रो लहरले भयावह स्थितिसँग लडिरहँदा राष्ट्रपतिका लागि नयाँ घर निर्माणका कामहरु चलिरहेको छ । यस कारण पनि यो परियोजनाबारे जनधारणा झन निराशाजनक बनेको छ । आलो’चकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको प्राथमिकताबारे प्रश्न उठाइरहेका छन् । विपक्षी नेता राहुल गान्धीले त यसलाई अपराधिक क्षतिको नाम समेत दिएका हुन् र मोदीलाई अहिले महामारी व्यवस्थापनमा केन्द्रित रहन सुझाव दिएका छन् । विज्ञहरुले यसैको विरोधमा मोदीलाई खुला पत्र पनि लेखेका छन् र ठूलो स्तरमा यसरी श्रोतसाधनहरु नोक्सान गर्नुको सट्टा मान्छेको ज्यान बचाउन सकिने बताएका हुन् । प्रधानमन्त्रीको यो नयाँ घर आगामी डिसेम्बर २०२२ सम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।इतिहासविद् नारायनी गुप्ताले बीबीसीसँग बताइन्, “यो पूर्ण रुपमा अनुचित हो । महामारीले हजारौँको ज्या’न लिइरहँदा, चि’हान घर भरिएर ठाउँ नभएको अवस्थामा सरकारले कसरी हावामा महल ठड्याउन सक्छ ?”

अहिले कहाँ बस्छन् त मोदी ? सबै हिसाबमा मोदीको हालको वासस्थान पनि अत्यन्तै विलासी रहेको छ । लोक कल्यान मार्गमा रहेको १२ एकडको कम्प्लेक्समा पाँचवटा बंगला छन् र यो राष्ट्रपति भवन अनि संसद् भवन भन्दा तीन किलोमि टरको दुरीमा छ । प्रधानमन्त्रीको वासस्थान बाहेक सो कप्लेक्समा अतिथिहरुका लागि समेत बस्नेखाने ठाउँको व्यवस्था छ, कार्यालय, मिटिङ गर्ने कोठा, थिएटर अनि हेलीप्याड पनि रहेको छ । केही वर्ष अगाडि मात्र त्यहाँ नजिकैको सफदार्जुङ विमानस्थलसँग सीधै जोडिने जमिन मुनिको सुरुङ पनि निर्माण गरिएको थियो । दिल्लीमा आधारित आर्किटेक गौतम भाटिया भन्छन्, “त्यो पूरै सकड क्षेत्र भारतीय प्रधानमन्त्रीको कब्जामा छ ।” सो ठाउँ र सम्पत्ति सबैभन्दा पहिले राजिब गान्धीले १९८४ मा चयन गरेका थिए । र त्यसै समय देखि यो सबै भारतीय प्रधानमन्त्रीको घर बनेको हो ।

गान्धीले त्यो समयमा तीनवटा बंगला मात्र प्रयोग गरेका थिए जसमा चौथो र पाँचौ पछि स्टाफ र सुरक्षाकर्मीका लागि आवश्यक परेर थपिएको थियो । केही वर्षयता देखि भारतीय नागरिकहरुले पनि कप्लेक्सको भित्री दृश्यका केही झलक देख्न पाइरहेका छन् जसमा नरेन्द्र मोदीले मयुरलाई खुवाइरहेको, आमालाई ह्वीलचियरमा घुमाइरहेको अनि योगा गरिरहेको जस्ता भिडियो सार्वजानिक गर्ने गरेका छन् । अहिले निर्माण भइरहेको नयाँ घरका बारेमा विस्तृतमा जानकारी दिइएको छैन । सुरक्षा स’म्बन्धी कारणले यसबारे धेरै बताउन नसकिने परियोजनाका आर्टिटेक बिमल पटेलको कार्यालयले बीबीसीलाई बताएको हो । यस्तोमा वातावरण र संरक्षण वादीहरुले पारदर्शिता नअपनाइएका बारेमा पनि गुनासो गरिरहेका छन् । किनकी यस परियोजना अन्र्तगत हजारौँ दुर्लभ कलात्मक वस्तु र सामग्रीहरु एक ठाउँबाट अर्कोमा सार्नुपर्नेछ ।

सरकारी डक्युमेन्ट अनुसार प्रधानमन्त्रीले दशवटा चार तले भवन प्रयोग गर्नेछन् जुन राष्ट्रपति भवन र दक्षिणतर्फको ब्लकका बीचमा हुनेछ । दक्षिण ब्लकमा हाल रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय अवस्थित छन् । यसमा अस्थाइ अफिसका रुपमा प्रयोग गरिएको बेलायतद्वारा निर्मित ब्यारेकहरु भने भत्काइने बताइएको छ । भारतको पुरातात्विक सवेक्षणको निर्देशन अनुसार कुनैपनि सम्पदाका संरचनाहरु ३०० मिटरको दुरीमा हुनुपर्दछ । तर प्रधानमन्त्रीको नयाँ घर भने तीस मिटर टाढा रहने बताइएको छ । त्यसैगरी यसबीच धेरै पुराना रुखबिरुवाहरु पनि छन् जसलाई के गरिनेछ भनेर पनि स्पष्ट बताइएको छैन ।

किन सर्न चाहन्छन् मोदी ? आधिकारिक निकायहरुका अनुसार प्रधानमन्त्रीको अहिलेको घर राम्रो ठाउँमा अवस्थित छैन, सुरक्षित राख्न कठिन छ र व्यवस्थापनलाई सहज, प्रभावकारी अनि सहुलियत पूर्ण बनाउनका लागि संरचनाहरुमा सुधार ल्याउन आवश्यक छ । उनीहरुका अनुसार प्रधानमन्त्रीको वासस्थान र कार्यालय नजिक हुन जरुरी छ नत्र उनको यात्राले सकड ट्राफिकमा ठूलो अवरोध ल्याउँछ । तर यस परियोजनाको लक्ष्य वास्तवमा फरक रहेको मोहन गुरुस्वामीको दाबी छ । उनले भनेका छन्, “अहिले सबै निर्णय लिने किसिमका कामहरु प्रधानमन्त्रीको घरबाट हुने गरेको छ । उनीसँग यसका लागि सयौँ स्टाफहरु छन् र दिनमा तीनसय वटासम्म फाइल हरु उनीहरुले सम्हालिरहेका छन् । यसरी उनले सबै शक्ति आफ्नो हातमा केन्द्रित गराइरहेका छन् । उनले राष्ट्रपतिमा एकिकृत सरकारको सिर्जना गरिरहेका छन् र यसैका लागि उनलाई ठूलो भवन : ह्वाइटहाउस या क्रेम्लिनको आवश्यकता परेको हो । ”

गुरु स्वामीका अनुसार भारतीय प्रधान मन्त्रीहरु सधैँ पछाडिका भवनमा मात्र बस्ने गर्दथे तर मोदीले चाहिँ आफूलाई केन्द्रमा राख्ने प्रयास गरिरहेका छन् । यता सार्वजनिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहँदै आएको राजपथको भविष्य अब के हुनेछ भन्नेमा पनि धेरैको चासो छ । त्यो स्थल विरोधका कार्यक्रम आयोजना गर्ने, बत्ती बाल्ने, आन्दोलन गर्नका लागि पनि लोकप्रिय ठाउँ हो । यसमा सरकारले सो क्षेत्र सार्वजनिक नै रहनेमा जोड दिइरहेको छ तर आलोचकहरुका अनुसार प्रधानमन्त्रीको घरबाट नजिक हुनुले आन्दोलन र ठूलो स्तरका भेला आयोजना गर्न अब अनुमति दिइने छैन ।

यस परियोजनाबारे सरकारप्रति आइरहेका सबै आलोचना अस्वीकार गर्दै सहरी मन्त्री हरिदिपले यसका लागि केबल २०० अर्ब रुपैँया छुट्याइएको जनाएका हुन् जबकी सरकारले महामारीमा खोपका लागि मात्र त्यो भन्दा दोब्बर रकम निर्धारण गरिसकेको उनले जोड दिए । उनले भनेका हुन्, “परिवर्तिन सेन्ट्रल भिस्ता विश्वस्तरीय सार्वजनिक स्थल हुनेछ जसप्रति प्रत्येक भारतीय नागरिकहरुले गर्व गर्नेछन् ।” बीबीसीबाट

चीनको ‘कृत्रिम सूर्य’ ले नयाँ विश्व रेकर्ड बनायो

काठमाडौँ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आ’ण’विक ग’तिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।यो उपलब्धीबारे इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका खोजकर्ता गोङ शिआनजुले घोषणा गरेका छन् जो यसको अ’नुसन्धान सञ्चालनका नेतृत्वकर्ता हुन् ।

‘एक्सपेरिमेन्टल अड्भान्स्ड सुपरकन्डक्टिङ तोकामाक’, इस्ट नामक सो उपकरणले १२० सेकेन्ड सम्म १२ करोड डिग्री सेल्सियस र २० सेकेन्डका लागि १६ करोड डिग्री सेल्सियस तापमान उत्पन्न गराउन सफल भएको बताइएको छ । चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम
सूर्य अर्थात् न्युक्लियर रियाक्टरले २०१८ को नोभेम्बरमा १० करोड डिग्री सम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरेको थियो ।त्यो भनेको सूर्यको तापमान भन्दा ७ गुणा धेरै हो । न्यु’क्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्तर्गत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए ।

यो उपकरण चीनको पूर्वतर्फ रहेको आनह्वी प्रान्तको हिफेइ शहरमा रहेको छ । यसको लक्ष्य भनेको ‘ड्युटेरियम’ हाइड्रोजन त’त्वको प्रयोग गरि सूर्य जसरी न्युक्लियर फ्युजनमार्फत सफा ऊर्जा उत्पादन गराउनु हो । यसमा एक लिटर समुद्री पानीमा हुने ड्युटेरियमले फ्युजन रियाक्सन मार्फत, ३०० लिटर इन्धन बराबर ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ ।

यस सम्बन्धी अध्ययन अ’नुस’न्धान लामो समय अगाडि नै सुरु भएको हो जसमा ३०० वैज्ञानिक र इन्जिनियरहरु तैनाथ गराइएको छ । यस उपकरणमा भ्याकुम सिस्टम, आरएफ वेभ सिस्टम, लेजर सिस्टम अनि माइक्रोवेभ सिस्टम समावेश रहेको छ । फिजिक्स र इन्जिनियरिङको क्षेत्रमा यो चीनको अत्यन्तै ठूलो उपलब्धी भएको बताइएको छ । कोइला, तेल, प्राकृतिक ग्यास जस्ता प’दार्थहरु माँसिदै जाने र कुनैदिन सकिने ख’त’रा’मा छन् भने तिनले वातावरणलाई पनि उत्तिकै हानि पुर्याइरहेका छन् । यसरी विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् ।

त्यसैले पनि चीनले यस फ्युजन परियोजनामा लगातार काम गरिरहेको छ जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ यस कृत्रिम सूर्यका लागि आवश्यक कच्चा पदार्थ भने पृथ्वीमा असिमित रहेकाले पनि चीनले फ्युजन ऊर्जालाई नै सबैभन्दा प्रभावशाली ऊर्जा मानेर यस मार्फत देशलाई का’र्बनमु’क्त गराउन मद्दत पुग्ने अपेक्षा गरिरहेको छ । तर फ्युजन ऊर्जाका लागि फिजिक्सका साथै अत्यन्तै सक्षम वैज्ञानिक रिसर्च टोली अनि ठूल्ठुला अ,नुसन्धानात्मक उपकरणहरुको पनि आवश्यकता पर्दछ। इस्टका उपनिर्देशक सङ युनताआले बताए अनुसार यो उपकरण नियन्त्रण गर्न सहज

छ र कुनैपनि समय पावर सप्लाइ बन्द गर्दा यन्त्रले पूर्ण रुपमा काम गर्न बन्द गर्ने हुँदा परमाणु वि’स्फो’टन वा अन्य भ’या’नक दु’र्घ’ट’ना हुने ख’त’रा हुँदैन । तर यसका धेरै फाइदा भएपनि प्राविधिक आवश्यक्ता पूरा गर्नु यसको सबैभन्दा ठूलो चुनौती रहेको बताइएको छ । सिजिटिएनबाट

श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् ।

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताए ।

‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परिन् ।’

रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।

सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।

मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

अनलाइनखबर बाट

प्रदेश १ मुख्यमन्त्री कार्यालयले भन्यो ‘खोप सम्बन्धी समाचार भ्रमपूर्ण र प्रायोजित’

इटहरी । शुक्रवार कोरोना महामारी विरुद्धको दोस्रो डोज खोप पहुँचवालाले मात्र लगाएको भन्ने समाचार प्रति मुख्यमन्त्री कार्यालयले खेद प्रकट गरेको छ । विभिन्न सञ्चार माध्यममा मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयको संलग्नतामा ठुला व्यापारीलाई मात्र खोप लगाएको भन्ने समाचारको विषयमा खण्डन गरेको हो।

मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीद्वारा जारी विज्ञप्तिमा ज्येष्ठ १४ गते खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरूमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विभिन्न स्रोतको हवाला दिँदै मुख्यमन्त्री निवास, मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाएको भन्ने अनर्गल एवम् प्रायोजित समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाइएको छ । समाचार प्रति खेद प्रकट गर्दै भ्रमपूर्ण र प्रायोजित समाचारहरू भन्दै खण्डन गरिएको छ ।

मुख्यमन्त्री आफै पहिलो डोज खोप लगाएका सबैलाई दोस्रो डोजको खोप लगाउन थप खोपको व्यवस्था गर्न लागी परिरहेको बेला यस्ता प्रचारहरू आश्चर्यजनक र निन्दनीय रहेको स्पष्ट पारिएको छ । प्रदेश सरकार कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन सङ्घीय सरकार सँग समन्वय गरिरहेको जानकारी गराउँदछौ । यस प्रकार प्रायोजित ढङ्गबाट गरिएका प्रचार र लेखिएका समाचारहरूमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कपुरी न्यूज बाट

१४ राजनीतिक संगठनले भने : ओली इन्डो-अमेरिकी गठबन्धनको गोटी

काठमाडौं। विभिन्न १४ वटा राजनीतिक पार्टी र संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डो-अमेरिकी गठबन्धनको गोटीका रूपमा काम गरिरहेको आरोप लगाएका छन्।

यही जेठ १४ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै ती संगठनहरूले ओली एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको समेत टिप्पणी गरेका छन्।

सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशीको योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको भन्दै उनीहरूले त्यसलाई फिर्ता लिन हामी माग गरेका छन्।

यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग ओली सरकारले गरेको ३ बुँदे सम्झौताअनुसार उक्त पार्टीका सबै बन्दी नेता/कार्यकर्ताहरूलाई छाडिसक्नुपर्नेमा अहिलेसम्म पनि नछाडेको भन्दै ध्यानाकर्षण गराएका छन्।

नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत सम्पूर्ण बन्दीलाई अविलम्ब रिहाइ गर्रन उनीहरूकाे माग छ।

नेपाल लाइभ बाट

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दोस्रो दिनको सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेको सन्दर्भमा परेका रिटहरूमाथि संवैधानिक इजलासमा दोस्रो दिनको बहस शुरू भएको छ ।

अधिवक्ता गोविन्द बन्दीले शुरूमै बहस थालेका छन् ।

पहिलो दिन शुक्रबारको बहसमा बन्दीलगायतका कानून व्यवसायीले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

बन्दीले बमकुमार श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताएका थिए ।

महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकार समेत लिन खोजेको भन्दै आपत्ति प्रतिवाद गरेका थिए ।

विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० वटा रिट दर्ता भएका छन् । सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय इजलासमा न्यायधीशहरू दिपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

नेपाल प्रेस बाट

विवाहको प्रलोभनमा २० दिनसम्म यौन शोषण, प्रेमीले घर लान नमानेपछि युवती प्रहरीको शरणमा

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनुभयो । “जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भन्नुभयो ।

भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गर्नुभयो । नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उहाँले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गर्नुभएको छ ।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताउनुभयो ।

खबर सेन्टर डेस्क बाट

तपाईँ कति वर्षसम्म बाँच्नु हुन्छ, आफै थाहा पाउनुहोस्

तपाईँलाई लाग्छ, मेरो उमेर कति होला भन्ने । तपाइँ ज्योतिषीसँग जानु भयो भने ज्योतिषीले तपाइँको भविष्य बताउन थाल्छ । तर तपाईँ कति वर्ष बाँच्नु हुन्छ, त्यो आफै पनि पत्ता लगाउन सक्ने ज्योतिष विज्ञान बताउँछ ।

सामुद्रिक शास्त्रकाअनुसार टाउको तथा निधारको रेखा हेरेर नै आफ्नो उमेर पत्ता लाउन सकिन्छ । यसका लागि कुनै पनि ब्यक्तिको निधारको स्थिति, आकार–प्रकार, रंग तथा सुन्दरतामा विशेष ध्यान दिनुपर्दछ । शास्त्रअनुसार शुभ निधारको प्रत्येक रेखामा २५ प्रतिशत आयुको वृद्ध गर्ने तथा अशुभ निधारले त्यत्ति नै प्रतिशत आयु घटाउने गर्दछ ।

आउनुहोस्, आफ्नो मस्तिष्क हेरेर तपाईँ पनि जान्न सक्नु हुन्छ तपार्इँ कति वर्ष बाँच्नु हुन्छ ? ऐना हेरेर नै आफू कति वर्ष बाँच्न सक्छु भनेर पत्ता लगाउनुस् ।

शास्त्रकाअनुसार टाउको उन्नत, सामान्य र निम्न गरी तीन प्रकारको हुन्छ। उन्नत मस्तिष्क सामान्य भन्दा केही माथि उठ्नुका साथै सुन्दर हुन्छ । यस्तो टाउकोमा रेखा स्पष्ट देखिन्छ ।

सामान्य टाउको अनुहार अनुसार हुने गर्छ । उसको रेखा मान्छेको सुखमा भर पर्दछ भने निम्न टाउको सामान्य भन्दा थोरै भित्र मलिन रहन्छ । हल्का कालो हुने भएका कारण रेखा स्पष्ट देख्न सकिदैन ।

उक्त ज्योतिष शास्त्रकाअनुसार जुन मानिसको निधारमा पूर्ण दुई वटा रेखा हुन्छ उसको उमेर लगभग ६० वर्ष हुन सक्छ । यो रेखा एकदमै स्पष्ट देखिएको छ भने त्यो आफ्नो जीवनमा नाम र दाम दुबै कमाउन सक्छ । रेखा काटिएको छ भने त्यो मानिसको जीवन दुःखी हुन्छ।

सामान्य निधारमा ३ शुभ रेखा छ भने त्यो मानिसको आयु करिब ७५ वर्षको हुन्छ । उसको जीवन पनि सुखी हुन्छ। सामान्य निधारमा ५ उत्तम रेखा रहेको छ भने त्यो ब्यक्तिको उमेर एक सय वर्ष सम्म पनि हुने गर्छ । त्यस्तो रेखा भएको मानिसको हर जीवन सुखी हुने गर्छ ।

उन्नत टाउको भएको ब्यक्तिको निधारमा पाँच भन्दा बढी रेखा रहेको छ भने आयु पनि मध्य हुन्छ र अल्पायु हुन्छ । निधारमा यदि कुनै पनि रेखा छैन भने त्यो ब्यक्तिले २५ देखि ४० वर्षको उमेरमा निकै दुःख र समस्या झेल्नुपर्ने हुन सक्छ । निधारको कुनै दुई रेखा आपसमा स्पर्ष गरेको छ भने त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन सक्छ ।

अरनीको टाम्स बाट