१४ मंसिर २०७८, मंगलवार १७:१४ – Nagarikabhiyan : National News

अझै रोकिएन सेयर बजार नेप्सेको ओरालो यात्रा

काठमाडौं । नेप्से मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि लगातार ओरालो लागेको सेयर बजार नेप्से घट्ने क्रम अझै रोकिएन ।
मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । सोमबार २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा ओरालो लागेको थियो ।

कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ७ सूचकहरुको घटेको छ । आज जलविद्युत ११.४, विकास बैंक ४०.८८, फाइनान्स ८.८९, निर्जीवन बीमा ९६.६ र अन्य समूहको १४.११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६.५६, माइक्रोफाइनान्स १०.९५ र जीवन बीमा समूहको उपसूचक ६९.६४ अंकले घटेको छ । मंगलबार कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

चितवन । एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याए ।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको महासभामा भागलिई प्रहरी प्रमुख शैलेश थापा स्वदेश फर्किए

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ महासभा भएको थियो । उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा स्वागत गर्नुभयो । ८९औँ महासभामार्फत दी फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रका रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहमद नासिर अल रैसी  अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाइजेरियाका गार्बा बाबा उमर  र अमेरिका महादेशका लागि ब्राजिलका भाल्डेसी उरक्विजा सहित नौजना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिले इन्टरपोलको कार्यकारी समितिसम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना (२०२२–२०२५) कार्यक्रम तथा बजेट, कार्यनीति तथा रणनीति साझेदारी, बालबालिकाविरुद्धका अपराध, विद्युतीय अपराध, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराधलगायत विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, युएई, दक्षिण कोरिया, बङ्गलादेश, टर्कीलगायत मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रावललाई पछार्दै केपी ओली बने एमाले अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् ।

चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।

त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

शाहरुख खानलाई महिलाहरुले किन यति धेरै मन पराउँछन् ?

बलिउड अभिनेता शाहरुख खानलाई महिलाहरुले धेरै नै प्रेम गर्छन् । संसारभर उनका लाखौं महिला फ्यानहरु छन्, जो आफ्नो जीवनमा जोडिने युवा शाहरुख जस्तै होस् भन्ने चाहन्छन् ।

आखिर महिलाहरु शाहरुखलाई यति धेरै किन मन पराउँछन् होला ? बीबीसी हिन्दीले सामाजिक सञ्जालमा यही प्रश्न गर्दै महिला फ्यानहरुको मत लिएको छ ।

शाहरुख खानलाई महिलाहरुले मन पराउने विविध कारण छन् । शाहरुख महिलाहरुलाई उच्च सम्मान गर्छन् । कतिपय महिला शाहरुखको खुलेर बोल्ने बानीलाई मन पराउँछन् । नाम र दामको विषयमा आफ्नो यात्रालाई लिएर स्पष्ट बोल्ने शाहरुखको बानीलाई उनीहरु मन पराउँछन् ।

लेखिका शरण्या भट्टाचार्यले जब शाहरुखको विषयमा दर्जनौं महिला समर्थकहरुलाई यो प्रश्न सोधेकी थिइन्, जसमा अधिकांशले शाहरुखले चलचित्रमा देखाएको प्रेमलाई मन पराएका छन् ।

यो सूचीमा हिन्दु, मुस्लिम र इसाई महिलाहरु पनि छन् । शाहरुख ९० को दशकमा दर्शकमाझ आएका थिए । यो यस्तो एक समय थियो, जतिबेला एकपछि अर्को आर्थिक सुधारका कारण भारतलाई विश्वमाझ नयाँ परिचय दिएको थियो ।

महिलाहरु विभिन्न समस्याबाट पीडित थिए । उनीहरुलाई चलचित्रको पर्दामा देखिने शाहरुख मन पथ्र्यो । विशेषगरी अधिकांश महिलाहरु पर्दामा देखिने शाहरुख जस्तो आफूहरुको छोरा, श्रीमान् र प्रेमी किन देखिँदैनन् भनेर प्रश्न गर्थे ।

शाहरुखको नायिकाप्रतिको समर्पणले के कुराको पुष्टि गर्छ भने उनी महिलाहरुको विषयमा बढी चिन्ता गर्छन् र उनको कुरा सुन्छन् ।

 

शाहरुखको कैयौं भूमिकाको आफ्नै पहिचान छ । जहाँ नायक आफ्नो भाग्यलाई लिएर चिन्तित देखिन्छन् । यी भूमिकाको विशेषता के छ भने उसले महिलालाई आफ्नो आदर्श साथी मान्छ ।

चलचित्रको पर्दामा देखिने शाहरुखको भूमिकामा उनी रोइरहेका हुन्थे । किनकि, बलिउडमा नायकहरु रोएको कमै मात्र देख्न पाइन्छ । यसको मतलब यो हो कि, शाहरुख कहिल्यै पनि पर्दामा आफ्नो भावनालाई लुकाउँदैनन् । साथै, उनले नायिकाको भावनामा कहिले पनि खेलवाड गरेनन् ।

एक गार्मेन्टमा काम गर्ने मुस्लिम महिलाले भनेकी छन्, ‘साँच्चै, मेरो श्रीमान् पनि मलाई त्यही तरिकाले छुने वा सोही तरिकाले कुरा गर्ने होस्, जसरी शाहरुखले काजोलको साथमा ‘कभी खुशी कभी गम’मा गरेका छन् । तर, मलाई थाहा छ कि त्यस्तो कहिल्यै पनि हुँदैन । मेरो श्रीमानको हात र मुड यति कठोर छ कि, मैले उनीबाट सो कुराको अपेक्षा गर्नु बेकार छ ।’

आफ्नो वैवाहिक जीवनबाट बेखुसी रहेकी एक महिलाले आफ्नो छोरालाई असल मान्छे बनाउन चाहन्थिन् । उनी आफ्नो छोरा श्रीमतीलाई असाध्यै माया गर्ने र छोराको साथमा रहँदा उसकी श्रीमतीले सुरक्षाको महसुस गर्न सक्ने खालको बनाउन चाहन्थिन् । चलचित्रको पर्दामा शाहरुखले नायिकाहरुलाई देखाएको व्यवहारबाट उनी प्रभावित थिइन् ।

‘दिलवाले दुल्हनियाँ ले जायंगे’ शाहरुखको करिअरकै सबैभन्दा हिट चलचित्र हो । यो चलचित्रमा शाहरुखले खाना बनाउँदै गरेको, महिलाको साथमा घरको काम गरेको देख्न सकिन्छ । यही दृश्यले महिलाहरुको मन छोएको छ ।

शाहरुखसँग विवाह गर्ने सपना पनि थुप्रै महिलाले देखेका छन् । शाहरुख बलिउडकै धनी नायक भएको कारणले उनीहरु यो सपना देखिरहेका छैनन् । शाहरुखले अरुको भावनालाई सम्झिने कोशिश गर्ने भएकाले महिलाहरुले यो सपना देखेका हुन् । शाहरुखको फ्यानको सूचीमा हरेक वर्गका महिला छन् । कैयौं महिलाहरुले पैसाको अभावमा शाहरुखको चलचित्र हेर्न पाएका छैनन् । तर, उनका चलचित्रका गीतहरुले नै उनीहरुलाई शाहरुखको फ्यान बनाएको छ ।

शरण्या भन्छिन्, ‘महिलाहरुले मस्ती गर्न सकुन् भन्ने सोचाइ यो समाजका लागि मुस्किल नै छ । किनकि, कुनै महिलाले गीत मन परेकै कारण कुनै कलाकारलाई मन पराएको अवस्थामा पनि उनीहरुमाथि विभिन्न खालको टिप्पणी गरिन्छ ।’

शाहरुखको चलचित्र हेर्न कसैको रोकटोक नहोस् भन्ने पनि महिलाहरु चाहन्छन् । तर, एक महिलाले आफ्नो हुनेवाला श्रीमान् शाहरुखको फ्यान नभएकै कारण बिहे नै नगरी घरबाट भागेको कथा समेत सुनाएकी छन् । कतिपय महिलाले शाहरुखको अन्तर्वार्ता हेरेर अंग्रेजी सिकेको पनि उल्लेख गरेका छन् ।

शाहरुख खान बलिउडका लागि एक स्तम्भ बनेका छन् । बलिउडमा उनको प्रवेश भएपछिको समय र आजको समयमा धेरै परिवर्तन आएको छ ।

बीबीसी हिन्दीबाट

यी हुन् पिसिएल नर्सिङ भर्नामा रोक लगाएका १५ कलेज

चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक लगाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटि

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन दिएको छ ।

 

hh.jpg

इभिटि)ले मंसिर ८ गते प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको आवेदन फाराम खुलाएको छ ।

कञ्चनपुरमा निः शुल्क आयुर्वेदिक औषधि वितरण, कतिले पाए निःशुल्क सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् ।

गत साउनमा ४२४, भदौ ३७६, असोजमा ३८० कात्तिक महिनामा ३४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन । औषधालयबाट ३० प्रकारका रोगको औषधि बिरामीलाई उपलव्ध गराउँदै आएको औषधालयका कविराज जयराम शाहले जानकारी दिए ।  कोरोनाको महामारी फैलिएपछि आयुर्वेदिक औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्यामा वृद्धि हुँदैगएको उनले बताए आमवात, वातरक्त, रक्तविकार, मुत्रविकार, प्रसूति विकार, नेत्ररोग, कर्ण, नशा, मुख, दन्त, कण्ठ रोग, शिरोरोग, बालरोग, जराजन्यसम्बन्धी बिरामीलाई समेत औषधालयबाट लाभान्वित भएका छन् ।

कांग्रेस महाधिवेशन: निर्वाचित ५७ जिल्ला सभापतिमा, संस्थापन पक्षका २९, संस्थापन इतरका २७ (सूचीसहित)

काठमाडौं । नेपाली काँग्रेसको ५६ जिल्लाको सभापति चयन भइसक्दा संस्थापन पक्ष र इतर पक्षबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले २९ जिल्ला सभापतिमा जित हासिल गर्दा इतर समूहहरुले २७ जिल्ला सभापतिमा विजय हासिल गरेका छन् ।

संस्थापन इतर समूहका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले झापा र बाग्लुङमा जित हासिल गरेका छन् । संस्थापन इतर समूहका रामचन्द्र पौडेल, कोइराला परिवार र प्रकाशमान सिंह निकटहरुले २५ जिल्लामा जित हासिल गरेका छन् ।

कतिपयजिल्लाहरुमा संस्थापन पक्षकै फुटका कारण इतर समूहले फाइदा लिएको छ । कतिपय जिल्लामा इतर पक्षको फुटका कारण संस्थापन पक्षले फाइदा लिएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरले देउवा पक्षसँग मिलेर फाइदा लिएको देखिन्छ । काठमाडौं, ललितपुर, बाग्लुङ, मोरङलगायतका जिल्लाहरुमा सिटौला पक्ष देउवा पक्षसँग मिलेका थिए ।

संस्थापन पक्ष
ताप्लेजुङ– गजेन्द्रप्रसाद तुमयाहाङ
हुम्ला– मोहनविक्रम सिंह
रामेछाप– पूर्णबहादुर तामाङ
मुगु– ऐनबहादुर शाही
बझाङ– खड्क बोहरा
म्याग्दी– खमबहादुर गर्जुजामनाङ– शंकर गुरुङ
सल्यान– केशरबहादुर बिष्ट
डोल्पा– दीपेन्द्र शाही
डडेल्धुरा– भीमबहादुर साउद
जुम्ला– कर्णबहादुर शाही
जाजरकोट– बेदराज सिंह
पाँचथर– रुपनारायण जवेगु
लमजुङ– डा. टकबहादुर गुरुङ
डोटी– नरेन्द्रबहादुर सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
पर्वत– युवराज जोशी
रुकुम– पश्चिम प्रेमप्रकाश ओली
इलाम– डम्बर खड्का
स्याङ्जा– राजु थापा

तनहुँ– जीतप्रकाश आले
नुवाकोट–रमेशकुमार महत
भक्तपुर–दुर्लभ थापा
बर्दिया–अरुणप्रकाश राठौर
सुर्खेत– खड्क पोख्रेल
उदयपुर–हिमाल कार्की

संस्थापन इतर समूह
संखुवासभा– दीपक खड्का
कालिकोट– अम्मरबहादुर शाही
दोलखा– बर्मा लामा
मुस्ताङ– रोमी गौचन
रुकुम पूर्व– केशरमान रोका
गोबाजुरा– रामसिंह रावल
अर्घाखाँची– केशव श्रेष्ठ
प्यूठान– विष्णुकुमार गिरी
बैतडी– चतुरबहादुर चन्द
भोजपुर– बिनोद वान्तवा
तेह्रथुम– अर्जुनबहादुर तुमबाहाङ्फे
रोल्पा– किशोर आचार्य
खोटाङ– विष्णुकुमार राई
नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल
पाल्पा– हिमालदत्त श्रेष्ठ
नुवाकोट– रमेश महत
दार्चुला– ललितसिंह बोहरा
दाङ– शंकर डाँगी
ल

धादिङ– रामनाथ अधिकारी
गुल्मी– खिलध्वज पन्थी
सुनसरी–केदार भण्डारी

कपिलवस्तु–अब्दुल कलाम
दैलेख–मणिराज रेग्मी

सिटौला पक्षधर

झापा– देउमान थेवे
बाग्लुङ– जितबहादुर शेरचन

लितपुर– जीतेन्द्र श्रेष्ठरखा– नन्दप्रसाद न्यौपाने

अब सचेत हौँ , तपाईंको इन्स्टाग्राम अकाउन्ट अरु कसैले त चलाएको छैन ?

काठमाडौं । अन्य सामाजिक सञ्जाल जस्तै इन्स्टाग्रामले पनि तपाईंको अकाउण्टमा विभिन्न सुविधि उपलब्ध गराउन थर्ड पार्टी एपसँग सहकार्य गरिरहेको हुन्छ । त्यो हुँदा विभिन्न एप तथा वेबसाइटले कम्पनीले तपाईंको अकाउण्टमा पहुँच दिइरहेको हुन्छ ।

त्यतिमात्रै नभएर कतिपय अवस्थामा तपाईंको डेटा माथिपनि त्यस्ता एप तथा वेबसाइटले पहुँच बनाइरहेका हुन्छन् । यस्तोमा कस्तो डेटामा अरुलाई पहुँच दिने अथवा पहुँच प्राप्त एप तथा वेबसाइट आधिकारिक हुन वा होइनन् भन्ने विषय यकिन गर्न जरुरी हुन्छ ।इन्स्टाग्रामले आफ्नो अकाउण्टमा कसले पहुँच बनाइरहेका छन् भन्ने विषयमा प्रयोगकर्ता आफैंले पनि हेर्न सकिने सुविधा दिएको छ ।

त्यतिमात्रै नभएर अनावश्यक वेबसाइट तथा एपलाई हटाउन सक्ने सुविधा समेत उपलब्ध गराएको छ ।त्यसैले यहाँ हामी तपाईंहरूलाई तपाईंको अकाउण्टमा कुन एप तथा वेबसाइटको पहुँच छ, त्यसमध्ये अनावश्यक एपलाई कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।

वेबसाइटमा हेर्न तरिका

यदि तपाईं ल्यापटप तथा कम्प्युटरमा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने पहिलो कुरा तपाईंले सुरक्षित ब्राउजर प्रयोग गरिरहनु भएको छ भनी यकिन गर्न आवश्यक छ । त्यो सँगै आफ्नो इन्स्टाग्राममा कसले पहुँच बनाइरहेको छ भनी हेर्नका लागि सुरुमा इन्स्टाग्राम लगइन गर्नुहोस् ।

लगइन भएसँगै अब दायाँ साइको माथि रहेको तपाईंको फोटा सहितको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले ‘सेटिङ’ अप्सन देख्नुहुनेछ ।

त्यहाँ ‘एप्स एण्ड वेबसाइट’ भन्ने अप्सन छ । त्यसमा क्लिक गरेर तपाईंले इन्स्टाग्राममा पहुँच पाएका एपहरूको सूची हेर्न सक्नुहुनेछ । त्यसमध्ये आफूलाई अनावश्यक लागेका एप हटाउनका लागि एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ अप्सनमा क्लिक गर्नुहोस् ।

मोबाइलमा हेर्न तरिका

यदि तपाईं मोबाइल एपमा इन्स्टाग्राम प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा एप खोली दायाँ साइडको पुछारमा रहेको तपाईंको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् । अब दायाँ साइडको माथि रहेको तीन ओटा लाइनयुक्त आइकनमा क्लिक गरी ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले ‘सेक्युरिटी’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी ‘एप्स एण्ड वेबसाइट’ मा क्लिक गर्नुहोस् । यति गरेसँगै त्यहाँ वेबसाइट तथा एप्सको सूची देख्नुहुनेछ । त्यसमध्ये कुनै एप तथा वेबसाइट हटाउनु परेको खण्डमा एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ मा क्लिक गर्नुहोस् ।यसरी तपाईंले आफ्नो इन्स्टाग्राम अकाउण्टमा पहुँच बनाइरहेका अनावश्यक एप तथा वेबसाइटको जानकारी लिन तथा अनावश्यक एपलाई हटाउन समेत सक्नुहुनेछ ।

एमाले मत परिणाम अपडेट: अध्यक्षमा ओलीको ६७४, रावलको ७४

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ ।

सो क्रममा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ६७४ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. भीम रावलले भने ७४ मत मात्रै प्राप्त गरेका छन् । बिहान ४ बजेबाट सुरु भएको मतदान ११ बजे सकिएको थियो । करिब १ बजेतिरबाट गणना सुरु गरिएको थियो ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि २ हजार १ सय ५३ जना प्रतिनिधि रहेका थिए । ती मध्ये २ हजार ९६ जनाले मात्र मतदान गरेका थिए । अबको करिब एक घण्टामा मत परिणाम सार्वजनिक हुनेछ छ । भने चिवार्चित पदाधिकारी तथा सदस्यहरुको आज नै चितवनमा नै सपथ ग्रहणको तयारी भइरहेको छ ।

त्रिविको आन्तरिक बढुवा परीक्षा : १३ पदमा नतिजा शून्य, २० जनाको उत्तरपुस्तिका रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीको बढुवाका लागि गरिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ ।

त्रिवि सेवा आयोगले गत माघ १४ गतेदेखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १८ वटा प्रशासनिक पदमा बढुवाका लागि लिइएको परीक्षामा १३ वटा प्रशासनिक पदमा शून्य नतिजा आएको छ

मुख्य कार्यलय सहायक पदका लागि माग संख्या २१ जना रहेकोमा लिखित परीक्षामा सहभागी २६ जना भएपनि उत्तीर्ण शून्य रहेको छ । १३ पद संख्याको लागि भएको कार्यलय सहायकमा पदको परीक्षामा ३७ जना सहभागी भए तर उत्तीर्ण संख्या भने शून्य रहेको छ । ८ पदका लागि आर्थिक उप–नियन्त्रकको लागि भएको लिखित परीक्षामा १५ जना सहभागी मध्ये कसैले पनि उत्तीर्ण गरेका छैनन् ।

त्यस्तैगरी ७ पदका लागि लेखा अधिकृत पदमा भएको लिखित परीक्षामा सहभागी १९ जना, लेखा सहायक पदका लागि माग संख्या ५ रहेकोमा लिखित परीक्षामा सहभागी २३ जना, सहपुस्तकाललयध्यक्ष पदका लागि माग संख्या एकमा लिखित परीक्षामा सहभागी २ जना, उपपुस्ताकालयध्यक्ष पदमा माग संख्या तीन जना लिखित परीक्षामा सहभागी एक जना, पुस्तकालय सहायक पदमा माग संख्या २ लिखित परीक्षामा सहभागी ३ मध्ये उत्तीर्ण संख्या शून्य रहेको छ ।

सार्वजनिक भएको नतिजामा नर्सिङ सहनियन्त्रकमा माग संख्या १ जना सहभागी चार जना, नर्सिङ अधिकृतमा माग संखया ५ जना लिखित परीक्षामा सहभागी १४ जना, ल्याव अधिकृत माग संख्या एक जना, लिखित परीक्षामा सहभागी एक जना, मुख्य प्राविधिक सहायक (कम्प्यूटरमा) माग संख्या चार जना लिखित परीक्षामा सहभागी १ मध्ये लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको सेवा आयोगले उल्लेख गरेको छ ।

 माग भन्दा कम उत्तीर्ण

सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरिएको एक पदमा बाहेक अन्य पदहरुमा अत्यन्तै न्यून संख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन् ।

स्वास्थ्य सेवातर्फ नर्सिङ उपनियन्त्रक पदमा तीनजना माग भएकोमा तीनैजना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी ४२ जनामध्ये तीन जनाले मात्र नाम निकाल्न सफल भएका आयोगले जनाएको छ ।

सेवा आयोगले सहप्रशासक (अधिकृत प्रथम) पदको लागि ८ संख्या माग गरेको छ । लिखित परीक्षामा सहभागी २५ जनामध्ये दुई जनाले मात्र उत्तीर्ण भएका छन् । उपप्रशासक (अधिकृत द्वितीय) पदमा १६ जना माग भएकोमा लिखित परीक्षामा र ६१ जना सहभागी मध्ये एक जना, २० पदका लागि शाखा अधिकृत तहमा ९३ जना परीक्षार्थी सहभागी मध्ये एकजना मात्र उत्तीर्ण भएका छन् ।

यसैगरी ३ जना माग गरिएको आर्थिक प्रशासनतर्फको आर्थिक सह नियन्त्रक पदको परीक्षामा १४ जनाले परीक्षा दिएकोमा दुई जना मात्र उत्तीर्ण भएको त्रिवि सेवा आयोगको नतिजामा उल्लेख छ ।

२० जनाको उत्तर पुस्तिका रद्द

परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै २० जनाको उत्तर पुस्तिका आयोगले रद्द गरेको जनाएको छ ।

आयोगले सूचना जारी गर्दै सह प्रशासक पदका पाँचजना, उपप्रशासक पदका आठजना, शाखा अधिकृत पाँचजना तथा कार्यालय सहायक र आर्थिक उपनियन्त्रक एक एक जनाको उत्तर पुस्तिका रद्द गरिएको जनाएको छ ।

भगवान शिवको घाँटी कसरि भयो नीलो ?

त्रिमूर्ति देवता मध्यमा संसारको संहारकर्ता महादेवको घाँटीको कण्ठ नीलो भएको सबैलाई थाहा भएकै कुरा हो । हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा थुप्रै कथाप्रसङ्गहरू उल्लेख गरिएका छन् । कथाप्रसङ्गहरू जति भए पनि त्यसले भन्न खोजेको कुराको सार तत्त्व एउटै हुन जान्छ । आजको धर्मको अङ्कमा हामी तपाईँहरूलाई भगवान् शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ ।

‘श्री’ को प्रसादलाई इन्द्रले अपहेलना गरेको आरोपमा साधु दुर्वसाले धर्म, शक्ति र भाग्यको नाश होस् भनेर इन्द्रदेव र अरू देवहरूलाई श्राप दिएका थिए । त्यसपश्चात, देव र दानवको ठुलो युद्ध भयो, जहाँ सबै देवहरूलाई ‘राजा बली’का दानवहरूले हराए।सारा ब्रह्माण्ड उनको कब्जामा आउँदै थियो । त्यसपछि, देवजातिहरू त्रीमूर्तिदेव भगवान् विष्णु भएको ठाउँमा गुहार्न गए र दानवलाई हराउनको लागि विशेष किसिमको कूटनीतिको प्रयोग गर्नुपर्ने सल्लाह दिए ।

भगवान् विष्णुको सल्लाह अनुसार, देव र दानवहरूको बिच सम्झौता भयो र ‘अमृत’ (अमर गराउने जल) को लागि दुवै जाति मिलेर समुन्द्र मन्थन गर्ने अनि देव र दानव दुवैलाई अमृत बाँड्ने निर्णय भयो । तथापि, विष्णुले भने देवताहरूलाई मात्र अमृत दिने गोप्य वाचा गरे ।

समुन्द्र मन्थनको लागि ‘मन्दरा पर्वत’लाई मदनीको रूपमा प्रयोग गरियो भने ‘बासुकी नाग’ (सर्पहरूको राजा) लाई पर्वत घुमाउने डोरीको रूपमा प्रयोग गरियो । मन्थनको लागि दानवहरूले बासुकी नागको शिरपट्टी बसे र विष्णुको सल्लाह अनुसार देवताहरू पुच्छर तर्फ बसे ।

बासुकीको मुखबाट निस्केको विषले कतिपय दानवहरूको मृत्यु भयो तैपनि देव र दानवहरू मिलेर बासुकीको शरीरलाई अगाडि पछाडि गर्न थाले, जसले मन्दरा पर्वत घुम्न थाल्यो र पर्वतले समुन्द्रलाई मथ्न थाल्यो । तर, समुन्द्रमा पर्वत डुब्दै गरेपछि, विष्णुले कछुवा ‘कुर्मा’को रूप धारण गरी आफ्नो ढाडमा पहाडलाई अड्याए ।

समुन्द्र मन्थन गर्ने क्रममा अमृत भन्दा पहिला थुप्रै कुराहरू समुन्द्रबाट निस्कियो । त्यहाँबाट सारा ब्रह्माण्डलाई ध्वस्त गर्ने शक्ति भएको ‘हालाहाला’ विष निस्कियो, जसले गर्दा सबै देवता र दानवहरू त्रसित भए । त्यसपछि, सबै देवताहरूले भगवान् शिवको प्रार्थना गर्न लागे ।

ब्रह्माण्डलाई बचाउनको लागि भगवान् शिवले उक्त विषलाई बटुलेर निल्नको लागि मुखमा राखे, तर उनकी पत्नी पार्वतीले विषको वास्तविक शक्तिलाई बुझी शिवको घाँटीमा अँठ्याइन्, ताकि शिवले त्यो विष निल्न नपाउन । यसरी उक्त विष शिवको कण्ठमा नै नीलो रङ्ग लिएर बस्यो । अनि भगवान् शिव ‘नीलकण्ठ’ नामले पनि पुकारिन थालेको कथा हिन्दु धर्म ग्रन्थमा भेटिन्छ ।

एमाले अध्यक्षको परिणामः केपी ओलीले १२०० पाउँदा रावललाई कति ?

चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ।

सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन्। ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै झरेको छ। निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्।

अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ। निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्। एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ।

मोरङ कांग्रेसको सभापतिका लागि निर्वाचन जारी

विराटनगर । नेपाली कांग्रेस मोरङ सभापतिको निर्वाचन प्रदेश राजधानी विराटनगरमा जारी छ ।
मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो । विराट नर्सिङ होमपूर्व रहेको खाली जमिनमा निर्वाचन भइरहेको छ । निर्वाचनमा पहिलोचरणमा प्रथम र दोस्रो स्थन हासिल गर्ने डिगबहादुर लिम्बु र दिलीप गच्छदार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

पहिलो चरणमा डिगबहादुर लिम्बू, दिलीप गच्छदार र यदु विष्ट चुनावी मैदानमा उत्रिएका थिए । जसमध्ये विष्ट सभापतिको दौडबाट बाहिरिएका छन् । सभापतिको दौडबाट बाहिरिएपछि विष्टले सभापतिका उम्मेदवार गच्छदारलाई सभापतिको निर्वाचनमा सघाउने घोषणा गरेका छन् । विष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । यस्तै गच्छदारलाई सिटौला पक्षका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रकाशमान सिंह पक्षका नेता राजु मास्केको पनि साथ रहेको छ ।

केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइरालाका उम्मेदवार लिम्बूविरुद्ध पौडेल, सिटौला र सिंह पक्षले घेराबन्दी गरेको छ । तर, पहिलो चरणको निर्वाचनमा गच्छदारलाई धेरै मतअन्तरले पछि पारेका कारण लिम्बूले नै चुनाव जित्ने कोइराला पक्षका नेताहरू दाबी गर्दै आएका छन् । अर्कोतर्फ एक कार्यकाल सभापति चलाइसकेका लिम्बूले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै संस्थापन पक्षका नेताहरू भने मोरङ सभापतिमा नयाँ अनुहारले प्राथमिकता पाउने र पहिलोचरणको निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेका विष्टको पनि समर्थन रहेका कारण विष्टले पाएको मत पनि गच्छदारले पाउने भएकाले गच्छदारले नै चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता रहेका छन् । साँझ ५ बजेसम्म मतदान सम्पन्न हुने र आजै मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन: एनआरएनलाई नेपालमा बचत खाता खोल्न खुला, थपिए यी सुविधा

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन)लाई बैंकमा खाता खोल्नका लागि सहज व्यवस्था गरेको छ।काठमाडौँ ।

एनआरएनले अब नेपालका बैंकमा  न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी परिवर्त्य मुद्रामा मुद्दती खाता खोल्न पाउने भएका छन् । यसअघि न्यूनतम १० हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामा मुद्दती खाता खोल्न पाउने व्यवस्था भएकोमा अब आधामा झारिएको हो।

त्यस्तै मुद्दती निक्षेप खाताको न्यूनतम अवधि पनि घटाइएको छ । ‘यसअघिसम्म मुद्दती खाता कम्तीमा २ वर्षको हुनुपर्ने व्यवस्था गरिएको थियो, अब यसलाई १ वर्षमा झारिएको छ’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने । एनआरएनले बचत खाता पनि खोल्न पाउने छन्।

अमेरिकी डलर, यूरो, पाउण्डस्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मुद्दती खाता खोल्न सक्ने छन् । मुद्दती खातामा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमअनुसार प्रदान हुनेछ।

ब्याजदर निर्धारणका लागि बैंकहरु नै स्वतन्त्र छन् । विद्युतीय माध्यमबाटै एनआरएनको खाता खोल्न सकिने व्यवस्था गरिएको छ । एनआरएनले व्यक्तिगत मात्रै नभई उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको पनि खाता खोल्न सक्नेछन्।

मुद्दती खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्नेगरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ। नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ।

एनआरएनको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जार भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी लिनुपर्नेछ। उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्वन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी समेत लिनुपर्नेछ।

प्रदेश एकमा कांग्रेसको मजबुती र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण मेरो मुख्य उद्देश्य : राजीव कोइराला

इनरुवा । प्रदेशसभा एकमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश एक सभापतिमा आफ्नो उम्मेद्बारी रहेको बताएका छन् ।

गत १० गते आफ्नो उमेद्वारी घोषणा गरेका नेता कोइरालाले प्रदेश एकमा नेपाली कांग्रेसको संगठन थप बलियो बनाउन आफुले उमेद्वारी दिएको बताउँदै मंगलवार सामाजिक सञ्जाल मार्फत उक्त उमेद्वारी रहेको पुन: दोहोर्याएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत प्रदेश नबर १ को प्रदेश सभापति पदमा मेरो उम्मेद्बारी रहेको कुरा जानकारी गराउन चाहान्छु ।’

एक नम्बर प्रदेशको सशक्तीकरण र लोकतान्त्रिक पद्दतिको सुदृढीकरण नै आफ्नो परम उद्देश्य रहेको बताउँदै कोइरालाले लेखेका छन्, ‘प्रदेशको शसक्तीकरण र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण मेरो परम उद्देश्य हो ।’

प्रदेश एकमा कांग्रेसको सशक्तीकरण र मजबुती आफ्नो उद्देश्य रहेको बताउँदै उनले अगाडी लेखेका छन्, ‘एक नम्बर प्रदेशमा नेपाली कांग्रेस को संगठन बलियो बनाउन मेरो उम्मेद्बारी रहेको जानकारी गराउदै सम्पुर्ण आदरणीय मतदाता मतदानका लागि विनम्र अनुरोध गर्दछु ।’