१४ मंसिर २०७८, मंगलवार १४:०८ – Page 2 – Nagarikabhiyan : National News

लाइसेन्सको परीक्षा पास भएका ७ लाखभन्दा बढी सेवाग्राहीले कहिले पाउँछन् स्मार्ट लाइसेन्स ?

काठमाडौं । यातायात व्यवस्था विभागले डेढ वर्षपहिले खरिद गरेको स्मार्टकार्ड आएको एकसाता भयो । वर्षौदेखि प्रतीक्षारत लाखौँ सेवाग्राहीले स्मार्ट लाइसेन्स नपाउँदा रसिदकै भरमा सवारी चलाउन बाध्य छन् ।

विभागले केही दिनमै स्मार्ट लाइसेन्स छाप्न सुरु गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु गर्न सकेको छैन । पहिलो चरणको कोरोना महामारीपछि स्मार्ट लाइसेन्स वितरण नहुँदा ७ लाखभन्दा बढी सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् ।

विभागका महानिर्देशक नमराज घिमिरे सम्भव भएसम्म अर्को सातादेखि सहजै स्मार्ट लाइसेन्स वितरण गर्ने गरी तयारी भइरहेको बताउँछन् ।

‘‘१४ लाख स्मार्टकार्ड मंसिर ८ गते आइपुगेको छ । आज ल्यावटेष्टका लागि पठाउँछौँ । यसमा स्मार्टकार्डको क्वालिटी चेक हुन्छ । यसमा केही समय लाग्ला । त्यसपछि छपाइ सुरु गरेर वितरण थाल्छौँ । सम्भवतः अर्को सातादेखि वितरण सुरु गर्छौं,” महानिर्देशक घिमिरेले भने ।

विभागले लाइसेन्स वितरणमा पहिलेजस्तो समस्या पटक–पटक दोहोरिन नदिन गृहकार्य गरिरहेको जनाएको छ । विभागले वितरण गर्दै आएको स्मार्ट लाइसेन्सको सर्भर भारतीय मुद्रास प्रिन्टस कम्पनीले नियन्त्रण गर्छ । उक्त सर्भर आफ्नो मातहत ल्याएर विभागले नै नियन्त्रण गर्ने तयारी छ ।

लामो समयदेखि उक्त सर्भरमा विभिन्न प्राविधिक समस्या देखा पर्दै आएका छन् । जसका कारण विभागबाट प्रदान हुने सेवा बीचमै प्रभावित बन्दै आएको छ ।

महानिर्देशक घिमिरेका अनुसार भारतीय कम्पनीको नियन्त्रणमा रहेको सर्भर विभागले नियन्त्रण गर्ने प्रक्रिया अघि बढाइएको छ । अबको एकदुई सातामा उक्त सर्भर विभागको नियन्त्रणमा आइसक्ने महानिर्देशक घिमिरेको भनाइ छ  । त्यसपछि विभागमा पटकपटक देखा पर्ने समस्या समाधान गरेर बीचमा सेवा नरोकिने गरी सेवाग्राहीको चाप घटाउँदै लैजाने योजना छ ।

‘‘सेवाग्राहीले विभिन्न किसिमका प्राविधिक समस्याहरु झेल्दै आएका छन् । यसका लागि विभिन्न काम गरिरहेका छौँ । अब पहिले जस्तो झण्झट हुँदैन । अहिले पनि विभिन्न समस्याहरु सुधार गरिसकेका छौँ,” महानिर्देशक घिमिरेले भने ।

विभागले कोरोना महामारीका कारण समयमै स्मार्टकार्ड ल्याएर वितरण गर्न नसकिएको बताउँदै आएको छ । कोरोना महामारी पछि मात्रै ट्रायल परीक्षा पास गरेका सात लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । दोस्रो चरणको कोरोना महामारीका कारण रोकिएका ६ लाख आवेदकको परीक्षा सञ्चालन भइरहेको छ । विभागले ६ लाख मध्ये तीन लाख सेवाग्राहीको परीक्षा लिइसकेको छ ।

यी सेवाग्राहीलाई पनि विभागले स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ । प्राथमिकताका आधारमा विभागले लाइसेन्स वितरण गर्नेछ ।

विभागले हाल अत्यावश्यक काम गर्न विदेश जाने विद्यार्थी, सर्वसाधारणका लागि मात्रै लाइसेन्स वितरण गरिरहेको छ । विभागका अनुसार कोरोना महामारी सहज हुँदै जाँदा ड्राइभिङ लाइसेन्स निकालेर विदेश जानेको संख्या बढेको छ । महानिर्देशक घिमिरले पछिल्लो समय अत्यावश्यक काममा करिब ५० हजार जनालाई लाइसेन्स उपलब्ध गराएको जानकारी दिए ।

विभागले ६ महिनापछि लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको थियो । आवेदन खुलाए यता करिब १० लाख जना सेवाग्राहीले आवेदन दिइसकेका छन् । पुराना आवेदकहरुको परीक्षा नसकिएकाले नयाँ आवेदकले अर्को वर्ष मात्रै परीक्षा दिन पाउने विभागले जनाएको छ ।

विभागले खरिद गरेका १४ लाख स्मार्ट लाइसेन्स सेवाग्राहीको चाप अनुसार पर्याप्त छैन । १४ लाख स्मार्टलाइसेन्स वितरण सकिएपछि विभागले पुनः स्मार्टकार्ड आह्वान गर्ने जनाएको छ ।

यी सेवाग्राहीलाई पनि विभागले स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ । प्राथमिकताका आधारमा विभागले लाइसेन्स वितरण गर्नेछ ।

विभागले हाल अत्यावश्यक काम गर्न विदेश जाने विद्यार्थी, सर्वसाधारणका लागि मात्रै लाइसेन्स वितरण गरिरहेको छ । विभागका अनुसार कोरोना महामारी सहज हुँदै जाँदा ड्राइभिङ लाइसेन्स निकालेर विदेश जानेको संख्या बढेको छ । महानिर्देशक घिमिरले पछिल्लो समय अत्यावश्यक काममा करिब ५० हजार जनालाई लाइसेन्स उपलब्ध गराएको जानकारी दिए ।

विभागले ६ महिनापछि लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको थियो । आवेदन खुलाए यता करिब १० लाख जना सेवाग्राहीले आवेदन दिइसकेका छन् । पुराना आवेदकहरुको परीक्षा नसकिएकाले नयाँ आवेदकले अर्को वर्ष मात्रै परीक्षा दिन पाउने विभागले जनाएको छ ।

विभागले खरिद गरेका १४ लाख स्मार्ट लाइसेन्स सेवाग्राहीको चाप अनुसार पर्याप्त छैन । १४ लाख स्मार्टलाइसेन्स वितरण सकिएपछि विभागले पुनः स्मार्टकार्ड आह्वान गर्ने जनाएको छ ।

भीम रावललाई झट्का, एमाले अध्यक्षमा ओलीको अग्रता

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् । ओलीले ५ सय मत कटाउँदा रावले एक सय मतभन्दा तलै छन् ।

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । एउटै समयमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा अहिलेसम्म तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएका छन् ।-रासस

माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

देउखुरी । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । नदी, खोला र प्राकृतिक पोखरीमा पालिने गरेकामा अब कृत्रिम पोखरी बनाएर व्यावसायिक रुपमा पालिएको माछाले यहाँको माग धान्न थालेको छ । राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अघिसम्म थोरैले माछापालन गर्दै आए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्ने किसान बढ्दै गएका छन् । माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ किसानको रुचि बढेको छ ।

देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन निकै फस्टाएको छ । घोराही उपहानगरपालिका– ५ धर्ना त माछापालनका लागि पकेट क्षेत्र घोषणा नै गरिएको छ । त्यहाँ माछापालक किसानलाई भेटेरीनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र मत्स्य विकास केन्द्रले अनुदान तथा प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।

जिल्लाका बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसान बताउँछन् । थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यस व्यवसायमा आकर्षण बढ्दै गएको घोराही –५ धर्नाका कृषक सरोज डिसीले बताए । उनले कृषि फर्म स्थापना गरी १७ पोखरीमा करिब दुई लाख माछापालनबाट वार्षिक रु ४० लाख बराबरको आम्दानी गर्दै आएका छन् । उनले माछापालनबाट राम्रो आम्दानी भएपछि खेतीयोग्य जमिनमा पोखरी बनाई माछापालन व्यवसाय सुरु गरेका हुन् । उनले माछाको हेरचाह र दाना दिनका लागि दुई स्थानीयवासीलाई रोजगारी पनि दिए । उनले भने, “व्यावसायिक रूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानीसमेत बढ्दै गएको छ ।” उत्पादित माछा घोराही र तुलसीपुरका बजारमा लगिने तथा स्थानीयस्तरका व्यापारीले खरिद गरेर लाने गरेको उनले बताए ।

लमही –५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछा पालन गरे । रु २० लाखका लगानीबाट व्यवसाय सुरु गरेका उनको अहिले लगानी बढेर रु ८० लाख भएको र वार्षिक रु २५ लाख आम्दानी हुने गरेको छ । उनले उत्पादन गरेको माछा दाङका लमही, भालुवाङ र गढवाका साथै छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । माछापालन व्यवसायबाट आफू सन्तुष्ट भएको उनले बताए । “अरू व्यवसायभन्दा माछा पालेर राम्रो आम्दानी भएको छ, त्यसैले हामी यता लागेका हौँ”, उनले भने ।

स्थानीयवासी वीरबहादुर रावतले घोराही –१८ रझेनामा चार वर्षदेखि माछा बिक्री गर्दै आएका छन् । भ्याली फ्रेस हाउसका सञ्चालक रावत दैनिक २० देखि ३० किलो माछा बिक्री गर्छन् । पहिले कुखुरा काटी बिक्री गर्ने उनी अचेल पसलका छेउमा सानो पोखरी बनाएर जिउँदो माछा राखी ग्राहकको मागअनुसार जिउँदो माछा बिक्री गर्छन् । “गर्मीमा भन्दा जाडो समयमा माछा धेरै खपत हुने गर्छ, दाङमा उत्पादन भएको माछाले यही जिल्लालाई धान्छ ”, उनले भरे । उनका अनुसार देउखुरी र दाङमा उत्पादन भएको माछा बाह्रै महिना उपलब्ध हुने भएकाले सजिलो भएको छ ।

माछाको जातअनुसारको मूल्य फरकफरक हुन्छ । उनी बैखा, सहु, कमनग्रास र रूपचन्दन जातका माछा बिक्री गर्छन् । प्रायः दीर्घरोगी र अन्य रोगीले माछा खाने गरेको उनको भनाइ छ । रावत प्रतिकिलो जिउँदो माछा प्रतिकिलो रु ३६० देखि ४४० सम्म बिक्री गरी दैनिक राम्रो आम्दानी गर्छन् । माछामा प्रशस्त भिटामिन ‘डी’ पाइन्छ । यसको सेवनबाट क्याल्सियम पनि प्राप्त भई मानिसको हाड बलियो गराउँछ । नियमित माछा खानाले दिमाग सधैंँ तेजिलो रहन्छ र दृष्यशक्ति बढाउनका साथै आँखालाई सधैंँ स्वस्थ्य राख्छ । उच्च रक्तचाप नियन्त्रण गर्न माछाको सेवन गर्नुपर्ने चिकित्सक सुझाव दिन्छन् । रातो मासु पचाउन झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा दुईदेखि तीन घण्टामा पच्छ ।

खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताए । बजारमा भारतबाट ल्याइने माछाको आयात कम गर्न र माछा उत्पादनले जिल्ला आत्मनिर्भर बनोस् भनेर ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत दाङमा कार्यक्रम अगाडि बढाइएको हो । “अहिले रोजगारीका लागि युवा विदेश गइरहेको अवस्था छ, विदेश जाने युवाले सानो लगानीमा पनि माछापालन व्यवसाय गर्न सक्छन् । त्यसैले तिनलाई माछापालन व्यवसाय गर्न प्रोत्साहन होस् भनेर आवश्यक सीप सिकाउने गरेका छौँ”, उनले भने ।

जिल्लामा बर्सेनि माछापालन व्यवसायी बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङको तथ्याङ्कमा उल्लेख छ । मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म माछापालनमा करीब रु सात करोड लगानी भएको छ । जिल्लामा दुई सय १७ कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिक रुपमा माछापालन गर्दै आएको कार्यालयको भनाइ छ । जिल्लामा ५०१ पोखरी तथा ३० घोलताल ९प्लाष्टिकको आधुनिक पोखरी० मा माछापालन गरिँदै आएको छ । माछापालन गरिने क्षेत्रफलसमेत बढ्दै छ । यादवका अनुसार दुई वर्षअघि १२५ हेक्टर क्षेत्रफलमा माछापालन भएकामा अहिले करिब १४१ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएसँंगै माछापालन व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ ।

जिल्लामा बैखा जातको माछा एक कठ्ठामा चार क्विन्टल तथा कार्प जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको छ । खासगरी बैखा र मङ्गुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्प र रहु जातका माछा यहाँ उत्पादन हुन्छ । पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण अभिवृद्धि भई उत्पादन क्षेत्रफल र परिमाणसमेत बढेको छ । यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएको छ । हाल जिल्लामा उत्पादित माछा छिमेकी बाँकेको नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सुर्खेत, सल्यान र प्युठानमा निर्यात गरिन्छ । माछाको बजार राम्रो रहेकाले कृषकलाई राम्रो फाइदा भएको भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।

दाङमा माछा खपत पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म भारतबाट ल्याएर उपभोग हुने गरेकामा अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । कुनै समय माछाका लागि अरू जिल्लामा भर पर्ने दाङले अहिले बर्सेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको मत्स्य विकास अधिकृत यादवले जानकारी दिनुभयो । जिल्लाका करिब २२५ व्यावसायिक कृषक माछापालनमा आबद्ध छन् । बर्सेनि करिब ६ सय मेट्रिक टन उत्पादन हुने भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।

कुनै समय कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताए । “पहिलेपहिले कार्प प्रजातिमा कमन, सिल्भर, रहु, नैनीलगायत माछापालन हुन्थ्यो । अहिले त पङ्गास प्रजातिका बैखालगायत माछापालन हुन थालेसँगै उत्पादन पनि बढेको छ”, यादवले भने ।

खासगरी, चैत, वैशाख, जेठ महिनामा बाहिरी जिल्लाको माछामा भर पर्नुपर्ने अवस्था रहेकामा बिस्तारै निर्भरता अन्त्य हुने चरणमा छ । बाँकी समय भने यहीँको उत्पादनले बजारको माग धान्ने गरेको छ । व्यावसायिक रुपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र सरकारले पनि माछापालनका लागि कृषकलाई सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुचि बढ्दै गएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा वेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउनका लागि बाह्रै महिना उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको बताए । उनका अनुसार जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १ दशमलव ०८ केजी माछा मात्रै खपत हुने गरेको छ । माछा उत्पादन बढाउन र कृषकलाई मत्स्यपालनमा टेवा दिन चालु आर्थिक वर्ष २०७८ । ०७९ का लागि लुम्बिनी प्रदेश सरकारबाट फिस मिसन कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास प्रमुख डा केसीले बताउनुभयो । उहाँका अनुसार उक्त रकम पोखरी निर्माणका लागि माछापालक कृषकलाई सहुलियतमा प्रदान गरिनेछ । सोअन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

केन्द्रले जिल्लामा माछापालन प्रवद्र्धन गर्न र नदीको पर्यावरणीय सन्तुलन कायम गर्ने बबई खोलामा यही मङ्सिर ६ गते मत्स्य दिवसका अवसरमा रहु र नैनी जातका पाँच हजार माछाका भुरा छाडेको छ । दाङ मत्स्य व्यवसायी सङ्घका अध्यक्ष विवेक श्रेष्ठ जिल्लालाई माछाको पनि पहिचान दिन र आत्मनिर्भर बनाउन संस्था लागिपरेको जनाउँछन् । सङ्घले मत्स्यपालकलाई प्राविधिक सहयोग गरिरहेको जनाइएको छ । “जिल्ला माछापालनमा आत्मनिर्भर हुँदै गएकामा हामी खुशी छौँ, माछापालन व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ ”, उनले भने, “स्थानीय तहले पनि माछाको बजारीकरणमा भूमिका खेल्नुपर्छ ।”घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माछा व्यवसायीलाई प्रोत्साहन गर्न कृषि कार्यक्रम ल्याइने जानकारी दिए । उनका अनुसार माछाको बजारीकरणका लागि आफ्नो उपमहानगरपालिकाले निश्चित ठाउँमा बिक्री केन्द्र स्थापना गर्ने छ । -रासस

दर्जन बढी चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

काठमाडौं। ताइवान मामिलामा दुई मुलुकबीच तनाव बढिरहेको बेला अमेरिकी सरकारले थप १२ वटा चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिको हवाला दिँदै अमेरिकाले ८ वटा प्रविधि कम्पनीसहित एक दर्जन भन्दा बढि चिनियाँ कम्पनीहरुसँगको व्यापारमा प्रतिबन्ध लगाएको हो। तीमध्ये कतिपय कम्पनीहरुले चिनियाँ सेनालार्य उसको क्वान्टम कम्प्युटिङ कार्यक्रम विकास गर्नमा सहयोग गरिरहेको अमेरिकी आरोप छ ।

चीनको सैनिक प्रयोजनका लागि अमेरिकामा सिर्जना भएका चिजहरु प्राप्त गर्ने कोसिस गरिरहेको र चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ कार्यक्रमलाई सहयोग गरिरहेको भन्दै ८ वटा चिनियाँ प्रविधि कम्पनीहरु अमेरिकाको Entity List मा परेका हुन् ।

स्मरण रहोस् पूर्ववर्ती डोनाल्ड ट्रम्पको पालादेखि नै अमेरिकी सरकारले Entity List लाई राष्ट्रिय सुरक्षाको प्रयोजनमा उपयोग गर्ने क्रम बढिरहेको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार चीन र पाकिस्तानमा सञ्चालित अन्य १६ वटा संस्था तथा व्यक्तिहरुलाई पनि यो सूचिमा राखिएको छ । उनीहरुले पाकिस्तानको असुरक्षित आणविक गतिविधि तथा ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्नता जनाएको अमेरिकी ठहर छ ।

यो सँगै पछिल्लोपटक अमेरिकाको Entity List मा चीन, जापान, पाकिस्तान र सिंगापुरबाट गरी २७ वटा कम्पनी तथा व्यक्तिहरु थपिएका छन् ।

त्यस्तै रुसको मस्को इन्स्टिच्यूट अफ फिजिक्स एण्ड टेक्नोलोजीलाई पनि अमेरिकी वाणिज्य मन्त्रालयले सैन्य प्रयोजनमा काम गर्नेको सूचीमा समावेश गरेको छ ।

यसरी सूचिकरण गरिएसँगै चिनियाँ तथा रुसी सैन्य विकासका साथै पाकिस्तानी असुरक्षित आणविक गतिविधिमा अमेरिकी प्रविधिको उपयोग रोकिने अमेरिकाको दाबी छ ।

सूचिमा राखिएका कम्पनी तथा व्यक्तिलाई सामान बेच्दै आएका अमेरिकी कम्पनीहरुले अब सरकारबाट लाइसेन्स लिएर मात्र त्यस्तो व्यापार गर्न पाउनेछन् ।

स्मरण रहोस् अमेरिकाले सन् २०१९ मै चिनियाँ प्रविधि कम्पनी हुवावेलाई Entity List मा समावेश गरेको थियो । चीनले हुवावेमार्फत् अमेरिकामा जासूसी गरिरहेको र हुवावे अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो ।

जसका कारण हुवावेको सम्बन्ध प्रमुख अमेरिकी आपूर्तिकर्तासँगबाट विच्छेद हुन पुग्दा उसको स्मार्टफोन व्यवसाय नै धरासायी हुन पुगेको थियो । तर चीन सरकारले भने औद्योगिक जासूसीको आरोप अस्वीकार गर्दै आएको छ । बीबीसीबाट

विषालु बगैँचा : जहाँका फूल सुँघ्दा मान्छेको मृत्यु हुन्छ !

काठमाडौं । पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरु छन् जहाँ मानिसको ज्यानलाई नै खतरा हुन्छ । त्यहाँ पुग्दैमा मान्छेको मृत्यु हुन्छ ।

बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ ।

बेलायतको नर्थअम्बरल्याण्डमा रहेको उक्त बगैँचाको नाम अल्नविक पोइजन गार्डेन हो । यसलाई विष बगैँचा भनेर पनि चिनिन्छ ।

यसलाई संसारको सबैभन्दा खतरनाक बगैँचा मानिन्छ । तर पनि यो बेलायतको सबैभन्दा सुन्दर आकर्षण मध्ये एक रहेको छ । बगैँचाभित्र रहेका रंगीविरंगी बोटविरुवा, सुगन्धित गुलाब तथा अन्य फूलहरुले आकर्षित गरिरहेका हुन्छन् ।

यो बगैँचामा एउटा कालो फलामको ढोका छ । उक्त ढोकामा प्रष्ट रुपमा लेखिएको छ कि उभिएर फूललाई सुँघ्न तथा टिप्न निषेध छ । साथै त्यसमा खतराको चिन्ह पनि दिइएको छ ।

१४ एक्कडमा फैलिएको उक्त बगैँचामा करीब ७ सय विषालु वनस्पती छन् । इतिहासमा सत्रुहरुलाई मार्नका लागि यी विषाक्त फूलहरुको प्रयोग गरिन्थ्यो ।यो बगैँचामा गएर अहिलेसम्म १ सय भन्दा धेरै मानिसहरुको मृत्यु भैसकेको छ । थोरैमात्र पनि गल्तीले बगैँचामा मानिसको मृत्यु हुनसक्दछ । एजेन्सीको सहयोगमा

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना हुने

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना हुने भएको छ ।

विशेष गरी महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक क्यान्सर स्क्रिनिङ सेन्टर स्थापनाका लागि अस्पतालसंग सम्झौता भई प्रक्रिया अघि बढेको क्लबले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

‘यो करीब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ’ क्लबका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले भने । क्लबले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै अन्य तीनवटा योजना पनि अगाडि बढाएको छ ।

क्लबले रक्तसञ्चार सेवा केन्द्र बुटवलसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान पनि सञ्चालन प्रक्रिया पनि अघि बढाएको क्लबका सचिव खिमनारायण पराजुलीले बताए ।

रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत रोटरी क्लब अफ बुटवलले मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्न लागेको हो ।

करिव ६५ लाख रुपैयाँको लागतमा भारतबाट भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको पराजुलीले बताए । मोवाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै रगत सुरक्षित रुपमा संकलन गरेर निश्चित तापक्रममा राख्न सकिने व्यवस्था समेत भएको उनले बताए ।

क्लबले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि शुरु गर्दै छ । करिव ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानी गर्ने छ । क्लबले गरीव तथा विपन्न समुदायको वस्ती पहिचान गरी खानेपानी परियोजनाको काम पनि अगाडि बढाउने तयारी गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले रोटरी सामाजिक सेवा पदक, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

क्लबले नरेन्द्रतेज दृष्टिविहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गर्ने जनाएको छ ।

टोल फ्री नम्बरमा ठगिँदै सेवाग्राही

काठमाडौं । गत बिहीबार बानेश्वरकी सुरेश्मा धितालले एक वाणिज्य बैंकको टोल फ्री नम्बरमा ‘मोबाइल बैंकिङ’बारे जानकारी मागिन् । बैंकको एनसेलको ‘टोल फ्री नम्बर’मा अपरेटरसँग कुरा गर्दागर्दै ब्यालेन्स सकिएको भन्दै फोन काटिएपछि उनी झसङ्ग भइन् । टेलिकमको मोबाइलबाट एनसेलको टोल फ्री नम्बरमा कल गर्दा अन्य कलसहरकै शुल्क लिइने कुरा यसपछि मात्रै उनले पत्तो पाइन् ।

‘टोल फ्री नम्बर भनेपछि त जहाँबाट जतिबेला कल गर्दा पनि निःशुल्क हुनुपर्ने हो,’ उनले भनिन्, ‘यसबारे मैले फेरि बैंकमा पनि जानकारी मागेँ, ए

नेपालमा दैनिक रुपमा यसैगरी टोल फ्री नम्बरका नाममा ठगिनेहरु थुप्रै छन् । धेरै सरकारी कार्यालय, अस्पताल, नियामक निकाय, सेवा प्रदायक र कम्पनीले सेवाबारे जानकारी लिन-दिन टोल फ्री नम्बर सञ्चालन गरेका छन् । तर, त्यस्ता कतिपय नम्बरहरु नाम मात्रैका निःशुल्क हुन् ।

धेरै सेवाग्राहीको चाप हुने र सर्वसाधारणले विभिन्न सोधपुछ गरिरहनुपर्ने निकायमा राखिएका टोल फ्री नम्बरहरू निकै महत्वपूर्ण मानिन्छन् । सबै वर्गमा नागरिकलाई सहज रुपमा सेवा दिनका लागि भनेर राखिएका नम्बरमा फोन नलाग्नु र लाग्दा पनि पैसा असुल्नु अपराध भएको बताउँछन् विद्यार्थी राजु सिंखडा ।

कतिपय सोधपुछका लागि एउटा मात्रै टोल फ्री नम्बर राख्ने गरिएको अनुभव सुनाउँदै उनले आइतबार आफ्ना कोभिड संक्रमित आफन्तको उपचारबारे बुझन खोज्दा सास्ती पाएको बताए ।

नसेलको प्रयोगकर्ताले एनसेलकै टोल फ्री नम्बर र नेपाल टेलिकमको प्रयोगकर्ताले टेलिकमकै नम्बरमा कल गर्नुपर्ने सुझाव मात्रै पाएँ ।’

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत सिंखडाले आइतबार विहान स्वास्थ्य मन्त्रालयको कोभिड-१९बारे जानकारी दिने डेस्कको ‘१६६००१३३४४४’ टोल फ्री नम्बरमा कल गरे । एनसेलका मोबाइल सेवा प्रयोगकर्ता सिंखडाले पटक-पटक प्रयास गर्दा ‘तपाईंले डायल गर्नु भएको नम्बर मिलेन’ भन्ने सूचना पाइरहे ।

शुरुमा प्राविधिक कारण ठानेका उनले साथिको नेपाल टेलिकमको नम्बरबाट प्रयास गर्दा सजिलै फोन लागेपछि भने एनसेलको मोबाइल नेटवर्कबाट टेलिकमका टोल फ्री नम्बरमा फोन लाग्दैन भन्ने थाहा पाए ।

‘नियामक निकायले आँखामा पट्टी बाँधेर बसेको हो कि मुखमा पानी हालेर ?’ उनी भन्छन्, ‘आफ्नो कम्पनीको सेवा प्रयोग नगर्नेलाई टोल फ्री नम्बर प्रयोग गर्न दिन्न भन्न पाइन्छ ?’

अहिले नेपाल टेलिकमले एनसेल र स्मार्ट सेलका टोल फ्री नम्बरमा शुल्क लिएरै सेवा दिइरहे पनि एनसेलबाट नेपाल टेलिकम र स्मार्ट सेलका टोल फ्री नम्बरमा कल गर्न सुविधा छैन । नेपाल टेलिकमले ‘इन्टरकनेक्सन’ सुविधा नदिएको एनसेलको आरोप छ भने टेलिकम प्राविधिक रुपमा सम्भव नभएको भन्दै पन्छिरहेको छ ।

एनसेलको सेवा टेलिकमका टोल फ्री नम्बरहरुमा ‘इन्टरकनेक्ट’ नहुँदाको सास्ती भने सर्वसधारणले भोगिरहेका छन् । यसले गर्दा एउटा मात्रै कम्पनीका सिमकार्ड भएकाहरु टोल फ्री नम्बरको प्रयोगमा झन्झट व्यहोर्दैछन् ।

प्राधिकरण मुकदर्शक

अस्तव्यस्त रुपमा चलाइएका टोल फ्री नम्बरको व्यवस्थापनबारे अहिलेसम्म सरकार मौन छ । दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण यस्ता समस्याबारे जानकार भएर पनि सेवा प्रदायकलाई जिम्मेवार बनाउन लागेको छैन ।

प्राधिकरणका निर्देशक अम्बर स्थापित फरक नेटवर्कमा फोन नलाग्ने र लाग्दा पनि पैसा काटिने समस्याबारे सुनेको बताउँछन् । ‘हामीलाई यसबारे आधिकारिक जानकारी भने छैन’, उनी भन्छन्, ‘तर, टोल फ्री नम्बर प्रयोग गर्दा सेवाग्राहीबाट कुनै शुल्क काटिनु हुँदैन ।’ जुनसुकै नेटवर्कबाट टोल फ्रीमा फोन लाग्नै पर्ने र फोन गर्ने व्यक्तिको ब्यालेन्स काटिन नहुने उनले बताए ।

तर, टोल फ्री नम्बर लिने कार्यालय वा कम्पनीले नै आफ्नोमा आएका सबै कलको खर्च ब्यहोर्नु पर्नेमा फरक नेटवर्कबाट आए सेवाग्राहीलाई शुल्क लगाउने गरी सम्झौता हुने गरेका छन् । अझ टेलिकमका नम्बरमा एनसेलबाट फोन नलाग्ने अवस्थाले सेवा प्रदायक र सरकारलाई नै गिज्याइरहेको छ ।

जथाभावी बाँडिँदै नम्बर

अहिले प्रयोगमा रहेका टोल फ्री नम्बरहरुमा एकरुपता पनि छैन । कम्पनीहरुले आफूखुसी ढंगबाट टोल फ्री नम्बर वितरण गरिरहेका छन् ।

एनसेलले ‘९८’ बाट शुरु हुने १० वटा नम्बर नै टोल फ्री को रुपमा वितरण गरिरहेको छ । नेपाल टेलिकमले ‘१६६०’ शुरु हुने ११ अंक यसमा प्रयोग गरिरहेको छ । सरकारको हालको नियमअनुसार १० अंककै टोल फ्री सञ्चालन हुनुपर्ने हो ।

सबै टेलिकम कम्पनीले ‘१८००’को नम्बर रेन्जबाट शुरु हुने गरी टोल फ्री बाँड्नुपर्ने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणले सर्ट कोड कार्यविधिमा गरेको छ । सबै टोल फ्री नम्बर एउटै नम्बर रेन्जबाट शुरु भए ग्राहकलाई सजिलो हुने प्राधिकरणको तर्क छ ।

नेपाल टेलिकमले भने विदेशको अभ्यास देखाउँदै यो व्यवस्था लागू गर्न नसकिने जवाफ दिएर पन्छिरहेको छ । टेलिकमले ‘१८००’ रेन्ज विदेशमा पनि प्रयोगमा रहेको र १० अंकको नम्बरले समस्या हुने तर्क गरेपछि प्राधिकरण कार्यविधि संशोधनको तयारीमा छ ।

प्राधिकरणका निर्देशक स्थापित टोल फ्री नम्बरको नयाँ व्यवस्था गर्न एक समितिले अध्ययन गरिरहेको बताउँछन् । टोल फ्री नम्बरलाई पूर्ण निःशुल्क बनाउने गरी काम भएको उनको दावी छ ।

अब फरक नेटवर्कबाट टोल फ्री नम्बरबीच हुने कलको आम्दानी दुबै टेलिफोन कम्पनीबीच भाग लगाउनुपर्ने गरी नियम बनाउने तयारीमा छ । यो नियम बनेपछि ग्राहकसँग अहिले जसरी कुनै शुल्क लिन नपाइने अनिवार्य व्यवस्था गर्ने योजना प्राधिकरणको छ । त्यस्तो शुलक टेलिफोन सेवा दिने कम्पनीले टोल फ्री सेवा लिने संस्थासँग लिएर भाग लगाउने व्यवस्था गर्नुपर्ने गरी व्यवस्था गर्ने गृहकार्य भएको छ । तर, दूरसञ्चार कम्पनीहरुले विगतदेखि नै नटेर्ने गरेकाले यो समस्या समाधान हुनेमा प्राधिकरणकै अधिकारीहरु आशावादी छैनन् ।

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा

– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

– यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।

 

के हो धेरै पसिना आउने रोग ‘हाइपरहाइड्रोसिस’, कसरी हुन्छ समाधान?

यी कुरामा ध्यान दिनुपर्छ
१. धेरै पसिना निस्कने माहोल नबनाउने। जस्तो, गर्मीबाट बच्ने, धेरै नअत्तालिने।
२. जुत्ता र मोजा दैनिक फेर्ने। कटनको कपडा, मोजा र छालाको जुत्ता प्रयोग गर्ने।
३. पसिना सोस्ने खालको जुत्ताको सोल प्रयोग गर्ने।
४. पसिना सोस्नको लागि पाउडरको प्रयोग गर्ने।
५.  धेरै कसिलो जुत्त्ता नलागाउने ।

यति धेरै जनसंख्यालाई प्रभावित गर्ने, काममा समेत बाधा हुने,  मनोबल कमजोर हुने र मानसिक समस्यासमेत उत्पन्न हुने हुनाले सन् २०१८ देखी नोभेम्बर महिनालाई अन्तराष्ट्रिय हाइपरहाइड्रोसिस समाजले  विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ। जसले गर्दा लुकाएर राखिने गरेको यो समस्या लिएर धेरै बिरामीहरु चिकित्सकसम्म आउने गरेका छन्। धेरै जना उपचार लिएर निको भएका पनि छन्। यदि तपाईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श गरी लाभ लिन सक्नुहुन्छ।

(छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा भुसाल माल्दिभ्समा कार्यरत छन्।)

सरकारले गर्‍यो १० सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले एकै पटक दशजना सचिवको सरूवा गरेको छ। सोमबार बेसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका दशजना सचिवको सरूवा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपाने आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा गरिएको छ भने उनको ठाउँमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी गएका छन् ।

त्यस्तैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको छ ।

सहरी मन्त्राललयका सचिव रमेश सिंहलाई अतिरिक्तमा राखिएको छ भने उर्जा आयोगका सचिव मणिराम गेलालाई सशरी विकास मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तैगरि वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा लगिएको छ भने उनकोे ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव भरतमणी सुवेदीलाई पठाइएको छ । उनीहरूले आज मंगलबार सरूवापत्र बुझ्ने जनाइएको छ । यसको दुई दिनपछि मन्त्रालयमा हाजिर गर्नेछन् । उनीहरूले आज मंगलबार सरूवापत्र बुझ्ने जनाइएको छ । यसको दुई दिनपछि मन्त्रालयमा हाजिर गर्नेछन् ।

भ्रष्टाचारमा मुछिए शिक्षामन्त्री देवेन्द्र पौडेल

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा सचिव रामप्रसाद थपलिया र व्यवसायिक शिक्षा तथा तालिम परिषद(सिटिईभीटीका) सदस्य सचिव जीवनारायण काफ्लेको सेटिङमा ४१ निजी र ४ आंगिक संस्थालाई प्रविणता प्रमाणपत्र नर्सिङको भनाई दिने निर्णय भएको खुलेको छ ।

गएको कार्तिक १७ गते बसेको परिषदको बैठकको एजेण्डामा उल्लेख नभएको विषयलाई निर्णय गरी नर्सिङ भर्ना गर्न स्वीकृत दिएको खुलेको छ । सो बैठकमा नभएको एजेण्डालाई परिषदका बोर्ड सदस्य शिक्षा रहेका सचिव थपलियाले सदस्य सचिव काफ्लेसँग सेटिङ गरी भर्ना खोल्न स्वीकृत दिएको खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदा राष्ट्रिय खेलकुलद परिषदका सदस्य सचिव रमेश सिलवालको टिमसँग मिलेर अकुल कमाएको आरोप लागेका सचिव थपलियाले अहिले सिटिइभीटीका सदस्य सचिव काफ्लेको सल्लाहमा पीसीएल नर्सिङ कक्षा सञ्चालन गर्न सेटिङ गरेको खुलेको छ ।

‘परिषदको बैठकमा यो विषय उल्लेख भएकै थिएन , निर्णय हुँदा भर्ना खुला गर्ने विषय सार्वजनिक भएर आएको छ’– सिटिइभीटीका एक कर्मचारीले दृष्टिसँग भने । उनका अनुसार सदस्य सचिव काफ्लेले मन्त्रीसँग कुरा मिलाएर आर्थिक लेनदेन गर्न सम्झौता गरी भर्ना खोल्ने निर्णय गरेका हुन् ।

परिषदको बैठकमा ऐजेन्डा नै नभएको विषय निर्णय भएको सुनेपछि हामी अचम्मित भएका छांै परिषदका एक सदस्यले भने ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ अनुसार पिसिएलमा भर्ना लिन नमिल्ने उल्लेख छ । तर सदस्य सचिव काफ्ले नै कलेज सञ्चालकसँग कुराकानी गरी सेटिङ गरी मन्त्रीलाई समेत दाम चढाउने सम्झौता गरी भर्ना खुला गरेको पाइएको छ ।

‘हैन भने किन परिषदको बैठकमा एजेण्डा बनाइएन, परिषदका एक सदस्यले भने । परिषदको निर्णयको माइन्युटमा क्लोजिङ हस्ताक्षर गर्ने अधिकार अध्यक्ष एवं मन्त्री र सदस्य सचिवलाई मात्रै छ । त्यही भएर विना एजेण्डाको विषयलाई सुटुक्क निर्णय गरी मन्त्रीको हस्ताक्षर गरी माइन्युट सदर गरेको पाईएको छ ।

हरेक सम्बन्धन र अनुगमन गर्दा रकम नलिइ नछाड्ने नियत भएका सदस्य सचिव काफ्लेले सचिव थपलिया र मन्त्री पौडेलसंग सेटिङ मिलाइसकेका छन् । पछिल्लो समय समन्धनमा चलखेल शुरु गरेका सदस्य सचिव काफ्लेले सचिव थपलियासँग पटक पटक कुरा गरी सेटिङ गरेका थिए । अधिकांस सम्बन्धन, अनुगमन, अप ग्रेडिङ गर्दा लेनदेनमा मात्रै ध्यान दिने सदस्य सचिव काफ्लेलाई परिषदका कर्मचारीले घुसिया सदस्य सचिव भनेर चिन्ने गरेका छन् ।

पिसिएल नर्सिङको भर्ना खोल्ने विषय कलेजसँग रकम लिने विषयमा सदस्य सचिव काफ्लेले आफ्ना भाइ नाता पर्ने रमाकान्त काफ्लेलाई प्रयोग गर्ने गरेका छन् । रमाकान्त काफ्ले स्तर निर्धारण शाखाका कर्मचारी हुन् ।

अर्का कर्मचारी खेम पोखरेल समेत रकम उठाउन सक्रिय छन् । उनले काफ्लेलाई आफूले सदस्य सचिव बनाएको र आफूले बनाएको सदस्य सचिवसँग सेटिङ गर्न सजिलो हुने भन्दै रकम उठाउन देश दौडाहामा लागेका छन् । दृष्टिन्यूज बाट

 

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. पौडेल, को-को बने सदस्य ?

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल विजयी भएका छन् । काउन्सिलले सोमबार प्रकाशित गरेको मतपरिणाममा एक उपाध्यक्षसहित ८ सदस्य चुनिएका छन् ।

सदस्यहरुमा डा. हुलास अग्रवाल, डा.तोसिमा कार्की, डा. कालुसिंह खत्री, डा गुरुसरण शाह, डा. कुन्जान शेर्पा, डा. रुपक घिमिरे, डा. विश्व राज दवाडी र डा. रोहितकुमार मिश्र विजयी भएका हुन् ।

३५ उमेदवारका लागि सोमबार सम्पन्न मतदानमा ९ हजार ३१८ मत खसेको थियो ।

nmc result.jpg

nmc ressult 2.jpg

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँँछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन अर्थात सोमबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य तोलामा तेजावी सुनको मूल्य आज ९१ हजार ४०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २०५ रुपैंया कायम भएको महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोलाको १ हजार २२० रहेको थियो । १०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ९०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

के तपाइलाई ग्यास्ट्रिकको समस्या छ ? यी खानेकुरा नखानुहोस्

काठमाडौँ ।  ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हा

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन :

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

वा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ । ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन । जथाभावी दुखाई कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ।

 

ग्यास्ट्रिकका लक्षणः

  1.  माथिल्लो पेटमा असजिलो महसुस हुन्छ।
  2. खाना खाएपछि अप्ठ्यारो हुने
  3. पेट दुख्ने
  4. अमिलो पानी आउने
  5. ढ्याउ ढ्याउ हुने
  6. ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्छ।
  7. दिसा कालो र रगत मिसिएको हुन्छ।

    के खाने? के नखाने ?

    ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

    उपचारग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन।

    जँचाएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ। ‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ।

    भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुन सक्छ।एजेन्सी

सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को बढुवा भएको छ । बढुवा समितिको बैठकले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको हो ।एसएसपीमा बढुवा हुनेमा एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।