१३ असार २०८१, बुधबार १४:०३ – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को १७ घर डुवानमा

देवानगञ्ज । मंगलवार रातिदेखि परेको अविरल वर्षाको कारण देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ स्थित कन्की भिता मा रहेको १७ वटा घर परिवार डुवानमा परेको छ ।

वडा अध्यक्ष हरिनन्दन मेहताका अनुसार १७ परिवारको घर घरमा पानि पसेको जानकारी दिनु भयो वाढीबाट प्रभावित भएकाहरुको व्यवस्थापनको लागि आफुहरु लागि रहेको वडा अध्यक्ष मेहताले बताउनु भयो

प्रेमिकाले धाेखा दिएकाे रिसमा देवानगञ्जका यूवाले गरे आत्महत्या

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का घर भई जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आज बिहान आत्महत्या गरेका छन्न ।
प्रेमिकाले धाेखा दिएकाे भनेर समाजिक संजाल फेस्बुकमा मेहताले लेखेकाे स्टाटसमा उलेख गरिएकाे छ । स्टाटसलेकाे केही समय पछि आत्महत्या गरेका छन् ।
प्रेम धाखा दिने युवती लाई कानुनि दायरामा ल्याउन आवश्यक देखिन्छ ।

प्रतिपक्षीले कोशी प्रदेशसभा बैठक बहिष्कार गरे

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन्।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष ०८१/८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो।

निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यले उभिएर विरोध जनाएका थिए।

सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरे।

उनीहरुले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु  गरेको वाचा पूरा नहुने धारणा राखे। लगत्तै उनीहरुले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरे।

सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

काठमाण्डौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ । दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरुको तदर्थ कमिटी गठन गरेको हो ।  दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, प्रिंयका कामत, संजिव कुमार झा, शान्ति घतराज (बराइली), चत्र प्रसाद पोखरेल, प्रत्युष लगुन, नरेन्द्र बिष्ट, दिपक बिसी, अतित पोखरेल, सुशान्त घिमिरे, पंकज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चंदन प्रसाद पटेल, आरती ठाकुर, सन्दिप शर्मा, मदन शाही, ऋषी वाग्ले, शम्भुप्रसाद थारु, जीवन डंगोल, नरेश चौधरी, सुसन रामदाम, आदित्य अजय, निरज झा, जुगेश दास, मोहन बराइली, किशोरी प्रजापति, आदर्श कटवाल रहेका छन् । कमिटीले तत्काल अर्काे वैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको बिस्तार गर्ने संयोजक दानीले बताए ।

‘हामीले अहिले भर्खरै कमिटीको बिउ मात्रै छरेका छौँ, रोपेका मात्रै हौँ । यसलाई मलजल गरेर थुप्रै कामहरु ग्र्नुपर्नेछ । पत्रकारितामा नयाँ पुस्ता, नयाँ जोश र जाँगर भएका सम्पूर्ण साथिहरुलाई साथमा समेटेर अग्रजहरुको सल्लाह र सुझाव अनुसार पत्रकारिताको माध्ययमबाट पेशागत मुल्य, मान्यता, आचारसंहिता र मर्यादामा रहँदै पार्टीका निम्ती काम गर्नेछौँ’, दानीले भने । पत्रकारहरुको हकहितका निम्ती काम गर्ने भनेर खोलिएका थुप्रै संगठनहरु भएतापनि श्रमजीवि र कलमजीविहरुका पक्षमा काम नगर्दा बास्तविक पत्रकारहरुले समस्या झेल्दै आउनु परेको दानीको तर्क छ । उनले भने, ‘नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान र भविष्य नियाल्दा पत्रकारहरुका पक्षमा काम गर्ने, आवाज उठाउने भनेर खोलिएका संस्थाहरुले बास्तविक पत्रकार, श्रमजीविहरुका पक्षमा काम गरेका छैनन् । तर, पत्रकारका पेशागत थुप्रै चुनौतीहरु छन् । त्यसका लागि एउटा योजना बनाएर अब हामीले नागरिक पत्रकार समाज देशभरका पत्रकारहरुको साझा संस्था आफ्नो संस्था हो भन्ने भावना जागृत हुने गरि काम गर्नेछौँ ।’

देशैभरबाट पत्रकारहरुलाई यस संगठनमा आवद्धता हुनका लागि संयोजक दानीले आव्हान पनि गरेका छन् । पार्टी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष शिव कुमार बास्तोला, राजेश अधिकारी, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी, पार्टी केन्द्रिय सदस्य जीवछ यादव, केन्द्रिय सदस्य तिर्थ बोहोरा, बागमति प्रदेक कमिटी संयोजक डिवि तामाङ, लगायत पार्टीका प्रदेश कमिटीका नेताहरुको पनि उपस्थिती रहेको थियो । पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको निती, बिधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिईन् ।

‘पत्रकारिता पेशा राष्ट्रको चौथो अंग पनि भएकाले देशको बिकास र सम्बृद्धिका लागि तपाईँहरुको बिशेष भूमिका हुन्छ । आज देशको पहिचानको रक्षा गर्दै, पहिचानका आधारमा संघियता कार्वान्वयन गर्दै, शुसासन र भ्रष्ट्रचाररहित बिकसित देशको परिकल्पना गरेर नेपालको बैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने तरिकाले हाम्रो पार्टी लागिरहेको छ । यस अभियानमा पत्रकार साथिहरुको विशेष भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

धानको बेर्ना सुकेपछि कालीकोटका किसान चिन्तित

कालीकोट । कालीकोटका किसान यतिबेला चिन्तामा छन्। खेतमा रोपेको धानको बेर्ना सुक्दै गएपछि किसान चिन्तित भएका हुन्। लामो समय खडेरी परेका कारण खोला, मुहानबाट ल्याएको कुलो सुकेपछि धानको बेर्ना पनि सुक्दै गएको हो। एकातिर हिउँदे गँहुबाली पनि पानि नपरेका कारण सुकेको थियो ।

राष्कोट नगरपालिका(९ की अगुवा किसान बाटुल्ली उपाध्यायले गएका वर्षहरूमा नियमित वर्षा भएका कारण धानका बेर्नाहरू नसुकेको बताइन्। उनले भनिन्, ‘यो वर्ष खोलामा पानी छैन। धानका बेर्नाहरू सुक्दै गएका छन्। धानका बेर्ना जोगाउनका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्छ।’

जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र राष्कोट नगरपालिका हो। तर धान, गहुँ उत्पादनमा आएको कमिले त्यहाँका किसानहरू दिन प्रतिदिन पलायन हुँदै गएका छन्। फुकोट(९ का किसान अनिलराज बरालले धानको बेर्ना सुकेपछि असारमा खेती गर्न नसकिने बताए। जवान परिवार पाल्न विदेश जानुपर्ने अवस्था आएको उनको भनाइ छ।

 

यस्तै जिल्लाको अलि बढी धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया हो। चिल्खायाका किसानहरू पनि निक्कै चिन्तित छन्। केही दिनअघि आएको सामान्य वर्षाका कारण किसानले खेतमा धानका बेर्ना राखे पनि पानी नपरेपछि धानका बेर्ना सुकेको चिल्खायाका स्थानीय धर्मराज शाहीले बताए।

उनले भने, ‘खडेरीका कारण धानबाली राम्रो हुने देखिएको छैन। यसका लागि स्थानीय सरकारले समयमै भोकमरी समस्या समाधान गर्न केही सोच्नुपर्ने हुन्छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले पानी जम्मा गर्ने पोखरी बनाएको ठाउँमा किसानलाई राहत पुगे पनि बाँकी ठाउँका किसानहरूलाई गाह्रो भएको बताए।

उनले भने, ‘आगामी दिनमा धान उत्पादन हुने पकेट क्षेत्रका किसानहरूका लागि सिँचाइ पोखरी निर्माण गर्न कार्यालयको तर्फबाट बजेट केन्द्रित गर्नेछौं।’

पलाँता गाउँपालिका(७ का किसान टोपबहादुर बमले पलाँता सिँचाइ क्षेत्र नभएकाले सरकारले समयमै विकल्प सोच्नुपर्ने बताए। उनले भने, ‘बाह्रै महिना खडेरी हुने पलाँतामा भोकमरी भइसकेको छ। अब कसरी बाँच्ने होला।’ जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूलाई बोलाएर खडेरीका विषयमा बैठक बस्ने बताए।

राजा वीरेन्द्रको वंशनाश भएको आज २३ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यमै

काठमाडौं । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।

शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम पनि मारिएका थिए।

हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको​ संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

‘आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो। यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्।

२०६२\६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो।

दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ।

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ।

अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्षनेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान हुन लागेको हो  अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिट ल्याएको थियो।

यो पटक पनि मोदी लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्यमा छन्। प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लडिरहेका बेला गोरखपुरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको शक्तिको परीक्षण पनि  यही मतदानबाट हुनेछ । मोदीको विरुद्धमा कांग्रेस प्रदेश अध्यक्ष अजय राई प्रतिस्पर्धामा छन्।