१६ पुष २०७९, शनिबार १०:५० – Nagarikabhiyan : National News

सवारी दुर्घटना हुदाँ सर्लाहीमा सब-इन्जिनियरसहित २ जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नं। २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ ।

नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २(०३(००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पूर्व(पश्चिम लोकमार्गमा मोटरसाइकल अयिन्त्रित भएर दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका(३ बस्ने वर्ष ३० का रोशन यादको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ उनले आफैं चलाएर आउँदै गरेको ना१ब २५५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको डिएसपी यादवले जानकारी दिए । यादव सर्लाहीको लालबन्दी नगरपालिकाको सब(इन्जिनियर पदमा कार्यरत रहेका थिए ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको दादागिरी, पत्रकार महतोलाई ज्यान मार्ने धम्की

जनकपुरधाम । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले जनकपुरधाममा कार्यरत अनलाइनखबरकर्मी सैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन् ।मेयर बेचनले शुक्रबार मधेश प्रदेश सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई प्रदेश सभा परिसरमै धम्की दिएका हुन् ।

तीनरचार महिनाअघि नगरपालिका कार्यालयमै पत्रकार मौसम झालाई लात्तिले छातीमा हिर्काएर हाड भाँचेको भन्दै उनले महतोलगायत ५र६ जना पत्रकारको हालत त्यस्तै बनाइदिने धम्की दिए ।

‘तपाईंले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभयो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिकातिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरो नाम बेचन होइन । मैले भाँचिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन,’ धम्की दिँदै उनले भने, ‘म अपराधकर्म र जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’

धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी थिए । मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन भएपछि उनी एमालेतिर लागेका छन् । दोस्रो पटक फेरि एमालेबाट मेयर जितेका छन् । एक किशोरीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दाबाट उम्केका उनका भाइ लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं। २(क०बाट प्रदेश सांसदमा जितेका हुन् ।

डेढ वर्षअघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालीन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभऽ व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार महतोले बाहिरा ल्याएका थिए । यी समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । पत्रकार महतोले अपराधी पृष्ठभूमिका मेयरको धम्कीबाट आफू असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूतिसँगै कानूनी कारबाहीको माग गर्का छन् ।

घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ति जारी गर्दै पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने मेयर दासलाई कारबाहीको माग गरेका हुन् ।

सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।

लोकप्रिय मतमा एमाले–काँग्रेस–माओवादीको ओरालो यात्रा

काठमाडौं । ०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो ।

लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन ।

०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त गर्‍यो । पछिल्ला तीन निर्वाचनमा मतदाता बढिरहे पनि दलहरूको मत भने घटिरहेको छ ।

हालैको निर्वाचनमा ठूला दलबाट नयाँ दलले स्थान खोसे पनि अघिल्ला चुनावसम्म प्रमुख तीन दलको भोट बैङ्कबाट अन्य दलले स्थान खोस्न सकेका थिएनन् ।

समानुपातिकतर्फको सदर मत सङ्ख्या बढे पनि दलहरूको स्थान घटिरहेको छ । मतदाता बढेको तुलनामा सदर मत प्रतिशत भने यो चुनावमा अघिल्लो पटकभन्दा कम छ । नयाँ दलले स्थान खोस्दा यो पटक एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थान गुमाएका छन् ।

यो पटक एमालेले साढे दुई प्रतिशत मत गुमाएको छ । यस्तै कांग्रेस तीन दशमलव ६८ र माओवादी केन्द्रले एक दशमलव ९२ प्रतिशत मत गुमाएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ्आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्कनुभएको हो ।

देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कनुभएको हो ।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।

त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गर्नुभएको थियो ।

राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।

यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ ९आत्मजीवनी० र जेल बस्दाको दैनिकी ९पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित० लेख्नुभएको थियो ।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिनुहुन्छ ।

विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ ।

प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ । रासस

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड  भरतपुर वडा नं. १०स्थित नारायणी नमूना माध्यमिक विद्यालयको हीरक  महोत्सव समारोहको  उद्घाटन गर्न चितवन जान लाागेका हुन् ।

चितवन प्रहरीको अनुसार प्रधानमन्त्री बिहानै चितवन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे हीरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सोही अवसरमा उनले स्वर्ण र हीरक स्तम्भ अनावरण गर्ने भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक काठमाडौं उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हिराबेनको निधन भएको छ । हिराबेनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई मातृ शोक परेको बताएका छन् । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

काठमाडौं  । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेको हो ।

मञ्चका अध्यक्ष सञ्जय थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णय अव्यवहारिकका साथै प्रवासी नेपालीको हितमा नभएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

“विदेशमा वर्षौँसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीमाथिको निर्मम शोषण हो”, विज्ञप्तिमा भनिएको छ, “लाखौँ प्रवासी नेपालीको विप्रेषणले देशको मुख्य अर्थतन्त्र धानेको विषय सरकारलाई अवगत नै छ । रासस

‘तमु ल्होसार’ पर्व आज मनाइँदै

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ ।

देवानगंज सहित तराई क्षेत्रमा बढ्यो चिसो

देवानगंज । देवानगंज सहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण देवानगंजको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि देवानगंजका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ । कुहिरो सँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको देवानगंजका कालिचरन साहलेले बताए।

जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् । उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ ।

अत्यधिक चिसोका कारण प्रभावित बिरामी बढेका छन । चिसोका कारण स्थानीय स्वास्थय चौकीहरुमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी बढेको पाइन्छ ।

चिसोबाट बच्नका लागि देवानगंजको विभिन्न चौक चौराहा बजार क्षेत्रको साथै गाउँघरकामा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक सिटिरिक्सा, अटो घरमा थन्क्याइएको छ ।

एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

३५ तोला सुन र २५ लाख नगदसहित फक्राउ परेका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् ।

आफ्नै निवासबाट ३५ तोला सुन र २५ लाख चेक तथा नगदसहित पुष १० गते पक्राउ परेका केसीलाई प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले निलम्बन गर्ने निर्णय गरेका हुन् ।

पक्राउपश्चात् जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केसीलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले डीएसपी केसीलाई निलम्बन गरेको र उनीमाथि छानबिन भइरहेको बताए ।

देवानगंज गाउँपालिकामा मानवअधिकार समूहका लागि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरु

देवानगंज । सुनसरी स्थित देवानगंज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरु तथा अन्य सरोकारबालाहरुको लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

हालै गाउँपालिकामा गठन भएको समूहका नयाँ नेतृत्वलाई क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक विराटनगरले जनाएको छ ।

तालिममा इन्सेकका प्रदेश १ प्रमुख सोमराजा थापा, कार्यक्रम अधिकृत बागमी कट्टेल, राष्टिय मानव अधिकार आयोग प्रदेश १ अधिकृत गिता दाहाल सहितले सहजिकरण गरिरहनुभएको छ । समूहका सदस्यहरु र सरोकारबालाहरुले तालिम मानव अधिकारमैत्री काम गर्न उपयोगी भएको सहभागी मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डलले जानकारी दिनुभयो । तालिममा समूहका उपाध्यक्ष मन्जु मेहता, सचिव विवेक कुमार मेहता, सहसचिव अशोक मण्डल, कोषाध्यक्ष गणेश मालाकार, सदस्यहरु मनोजकुमार चौधरी, समिना खातुन, रामकुमार पंडित, सुनरीदेवी सरदार, रामचन्द्र मेहता, राजीव उराँव, भुनेश्वर यादव, कवितादेवी ऋषिदेव, उमेश प्रसाद साह, मनोज मण्डल, वीन्दु मण्डल, रुवि कुमारी साह लगायतका ४० जनाको सहभागिता रहेका छन् ।

मानव अधिकार समूहले मानव अधिकारमैत्री काम गर्न सुझाव सहित अधिकार रक्षाको पक्षमा वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्ने तालिमबाट प्रेरणा मिलेको जनाएको छ ।

पशुमा कृत्रिम गर्भधान अभिमुखिकरण सम्बन्धी एकदिने गोष्टी देवानगंजमा सम्पन्न

देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा पशुमा कृत्रिम गर्भधारण सम्बन्धी एक दिने गोष्टी सम्पन्न भएको छ । देवानजगञ्ज गाउँपालिका पशु शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पशुमा कृत्रिम गर्भधानको फाईदा र उन्नतसगैं दुधमा समेत वृद्धि हुने बारेमा जानकारी दिएको जनाएको छ । पशु शाखा प्रमुख हरिनारायन मेहताले पशुपालन किसानले गरेको भएपनि साढे र रागांको अभावमा लाभ लिन नपाएका किसानलाई पशुमा कृत्रिम गर्भधारण सम्बन्धी जनाकारी दिएको बताउनुभयो ।

गाउँपालिका क्षेत्रका ३५ जना किसानहरुको सहभागितामा सम्पन्न गोष्टीमा कार्यक्रमका प्रमुख अथिति बेचन प्रसाद मेहताले गाउँपालिकामा किसानमैत्री कार्यक्रम ल्याउने र दुध रेडी सञ्चालनमा ल्याउने बताउनुभयो । मेहताले किसानले उत्पादन गरेको दुधको उचित मूल्य र बजार समेत पाउने गरि चिसियान सहितको डेरी सञ्चालनका लागि पहल गर्ने बताउनुभयो । उहाँले त्यसका लागि अगामि आर्थिक वर्षमा बजेट समेत विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत रामराज पौडेलले पालिका क्षेत्रका गाई, भैसी, बंगुर र बाख्रा सहितको पशुमा कृत्रिम गर्भधारण सहित अन्य सेवाका लागि पनि गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो । देवानगञ्ज गाउँपालिकामा रहेको पशु शाखाले सहुलियत दरमा कृत्रिम गर्भधान सेवा प्रदान गर्दै आएको शाखा प्रमुख मेहताले बताउनुभयो । उपाध्यक्ष कुमारी विभा यादवले गाउँमा यस सम्बन्धी गोष्टीले सार्थक सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

आज २०७९ पुस १४ गते बिहीबारकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसिद्ध हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कर्कट राशि भएका जातकको दाम्पत्यजीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : तपाइको आजको दिन व्यापारव्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले आजको दिन शुरुवात गरेको काम शुभ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले हरेक साताको आइतबार विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

देवानगंज गाउँपालिका वडा नम्बर तिनको स्वास्थय चौकीमा फिजियोथेरापि सेन्टर संचालनमा

देवानगंज । देवानगंज गाउँपालिका वडा नम्बर तिनको स्वास्थय चौकीमा फिजियोथेरापि सेन्टर संचालनमा आएको छ । बुधवार एक कार्यक्रमको बिच देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उक्त्त सेवाको उदघाटन गर्नु भएको हो ।

प्रदेश सरकार, देवानगंज गाउँपालि, करुण फाउन्डेसनको त्रीपक्षिय सहयोगमा फिजियोथेरापि सेन्टर संचालनमा आएको वडा नम्बर तिनका वडा अध्यक्ष अनिल कुमार भगतले जानकारी दिनु भयो ।  उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, स्वास्थय शाखा प्रमुख उमेस मेहता, लागय स्थानिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले देवानगंज गाउँपालिमा फिजियोथेरापि सेन्टर संचालनमा आउदा सानो सनो थेरापि गर्न बहिर जाने समस्याको अन्त भएको बतानु भयो । स्थानिय सरकारले अब बन्ने बजेटमा योग र थेरापिको लागि छुटै बजेट निमार्ण गरी योग र फिजियोथेरापि सेवालाई थप उतकृस्ट सेवा बनाउने समेत बताउनु भएको छ ।

चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो

काठमाडौं । मधुमेहको समस्या भएकै कारण आफूलाई खान मन लागेका खाना नखाएरै बस्नेको संख्या धेरै छ । मधुमेह र्भपछि केही खान मिल्दैन भन्ने धेरैको सोच रहेको पाइन्छ । यति मात्र होइन, मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै किसिमका भ्रम छन् ।

बदलिंदो जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । मधुमेह भएकाले चामल र आलु खानै हुन्न भनेको पनि हामीले सुन्ने गर्छौं । तर यो सत्य नभएको थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ डा। बजरंगकुमार रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले खानपानमा क्यालोरीलाई ध्यान दिनुपर्छ, हाई क्यालोरी भएको खाना कम खानु पर्छ । त्यसैले चामल, आलु, तारेको खानेकुरा कम खानु राम्रो हुन्छ,’ उनी भन्छन् ।

सेतो चामलमा कार्बोहाइड्रेट तथा ग्लाइसेमिक सूचांकको उच्च मात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । तसर्थ मधुमेहका बिरामीले कम मात्रामा चामलको भात खानुपर्छ तर खानै हुन्न भन्नु भ्रम मात्र भएको रौनियार बताउँछन् ।

‘मधुमेहका बिरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । जबकि मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन,’ उनी भन्छन्, ‘हिजोसम्म दुईवटा आलु एकैपटकमा खाइन्थ्यो भने आज पटक(पटक गरी दुईवटा आलु सेवन गर्नुपर्छ । आलु खाएको दिन भात अलि कम खानुपर्छ र क्यालोरीको मात्रा मिलाउनुपर्छ ।’

खानपानमा बढी कटौती गर्नुपर्छ ?

मधुमेह भएकाहरूले खानपानमा कटौती गर्नु राम्रो हो । खानपानमा कटौती त एउटा स्वास्थ्य व्यक्तिले पनि गर्नुपर्छ । दैनिक शरीरलाई कति क्यालोरी आवश्यक पर्छ त्यही अनुसार खायो भने त मधुमेह, उच्च रक्तचाप लगायतका अन्य रोग लाग्नबाट नै बच्न सकिने रौनियारले बताए ।

उनी भन्छन्, ‘सामान्यतया एउटा स्वास्थ मानिसलाई २४ घण्टामा १८ सयदेखि २ हजार क्यालोरी जरुरी हुन्छ । कडा परिश्रम  गर्ने व्यक्तिलाई धेरै क्यालोरी जरुरी हुन सक्छ । त्यसैले क्यालोरी बढी हुने खानेकुराजस्तै तारेको भुटेको खानेकुरा, कोल्ड ड्रिक, रातो मासु एकदमै कम खाएको राम्रो हो ।’

खानपानमा कटौती गरेर मोटोपना कम गर्दा मधुमेहबाट हुन सक्ने अन्य जोखिमलाई कम गर्न सकिन्छ । त्यसैले मधुमेहको समस्या भएकाले त खाना कटौती गर्नु नै पर्छ । मधुमेह नियन्त्रणमा छैन धेरै बढेको छ भने त खानपानमा झन् बढी कटौती गर्नुपर्ने डा। रौनियार सुझाउँछन् ।

मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

‘भात, रोटी, ढिंडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्छ । भात नखाने तर एक छाकमा ५(६ वटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ । त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ,’ रौनियार भन्छन् ।

मधुमेह हुँदा गुलियो खानेकुरा खानै हुन्न ?

मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा सुगर अनियन्त्रित हुन्छ । त्यसैले मधुमेहको समस्या भएकाले बढी गुलियो प्रयोग भएको मिठाई नखानु राम्रो हुने उनी सुझाउँछन् । ‘मिठाई छुनै नहुने होइन मधुमेह नियन्त्रणमा छ भने कहिलेकाहीं एउटा मिठाई खाँदा खासै फरक पर्दैन,’ उनी भन्छन् ।

चिनीको सेवन भनेको जिब्रोको स्वाद बढाउन हो, शरीरमा यसले कुनै फाइदा गर्दैन । यसले त उल्टो शरीरमा क्यालोरी बढाउँछ, त्यसैले चिनी हालेको चिया मधुमेह भएकाहरूले सकेसम्म नखाएकै राम्रो हो । तर चिनी हालेको चिया खानै नहुने भने होइन । कहिलेकाहीं चिनी राखेका चिया एक कप खाइयो भने क्यालोरी कम भएको सलाद, तरकारी खाएर क्यालोरीलाई सन्तुलनमा राख्नुपर्ने रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले धेरै गुलिया आँप, भुइँकटहरजस्ता फलफूल एकदमै कम खानु राम्रो हो । तर लगभग धेरै फलफूल खान मिल्छ । स्याउ, सुन्तलाजस्ता फलफूल दैनिक एउटा खान मिल्छ,’ उनी भन्छन् ।

मधुमेह हुँदा घाउ(चोट निको हुँदैन र ?

शरीरमा ब्लड सुगर नियन्त्रणमा छ भने घाउ(चोट लाग्यो भने पनि निको हुन्छ । तर शरीरमा ब्लड सुगरको मात्रा धेरै छ भने घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुने रौनियार बताउँछन् ।

‘ब्लड सुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ । जसले गर्दा घाउ(चोट छिटो निको नहुने समस्या हुन्छ,’ उनी भन्छन् ।

मधुमेहका बिरामीलाई कुनै कारणवश शल्यक्रिया गर्नुपर्ने भएमा जटिल हुन्छ पनि भनिन्छ तर मधुमेह नियन्त्रणमा छ भने खासै जटिलता हुँदैन । मधुमेह नियन्त्रणमा छैन भने कुनै शल्यक्रिया गर्दा घाउमा संक्रमण हुने सम्भावना हुन्छ । सुगर लेबल एकदमै बढी छ भने त्यो संक्रमण शरीरमा फैलिएर अन्य स्वास्थ्य समस्या पनि निम्तन सक्ने उनी बताउँछन् ।

मधुमेहको औषधि सुरु गरेपछि आजीवन खानैपर्छ भन्ने भ्रम छ । सबै मधुमेहमा आजीवन औषधि खानुपर्ने नहुने पनि हुन सक्छ । ‘टाइप वान’ मधुमेहमा शरीरमा इन्सुलिन बन्दै बनेन भने जीवनभर इन्सुलिन दिनुपर्ने रौनियार बताउँछन् ।

खराब जीवनशैलीको कारण ‘टाइप टु मधुमेह’को समस्या छ भने जीवनशैली सुधारेर शरीरमा सुगर लेबल नियन्त्रण गर्नुपर्छ । यसपछि औषधि कम गर्ने र छोड्न समेत मिल्ने रौनियार बताउँछन् । अनलाइनखबरबाट