पशुमा कृत्रिम गर्भधान अभिमुखिकरण सम्बन्धी एकदिने गोष्टी देवानगंजमा सम्पन्न
१४ पुष २०७९, बिहीबार १७:५९
देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा पशुमा कृत्रिम गर्भधारण सम्बन्धी एक दिने गोष्टी सम्पन्न भएको छ । देवानजगञ्ज गाउँपालिका पशु शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पशुमा कृत्रिम गर्भधानको फाईदा र उन्नतसगैं दुधमा समेत वृद्धि हुने बारेमा जानकारी दिएको जनाएको छ । पशु शाखा प्रमुख हरिनारायन मेहताले पशुपालन किसानले गरेको भएपनि साढे र रागांको अभावमा लाभ लिन नपाएका किसानलाई पशुमा कृत्रिम गर्भधारण सम्बन्धी जनाकारी दिएको बताउनुभयो ।
गाउँपालिका क्षेत्रका ३५ जना किसानहरुको सहभागितामा सम्पन्न गोष्टीमा कार्यक्रमका प्रमुख अथिति बेचन प्रसाद मेहताले गाउँपालिकामा किसानमैत्री कार्यक्रम ल्याउने र दुध रेडी सञ्चालनमा ल्याउने बताउनुभयो । मेहताले किसानले उत्पादन गरेको दुधको उचित मूल्य र बजार समेत पाउने गरि चिसियान सहितको डेरी सञ्चालनका लागि पहल गर्ने बताउनुभयो । उहाँले त्यसका लागि अगामि आर्थिक वर्षमा बजेट समेत विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत रामराज पौडेलले पालिका क्षेत्रका गाई, भैसी, बंगुर र बाख्रा सहितको पशुमा कृत्रिम गर्भधारण सहित अन्य सेवाका लागि पनि गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो । देवानगञ्ज गाउँपालिकामा रहेको पशु शाखाले सहुलियत दरमा कृत्रिम गर्भधान सेवा प्रदान गर्दै आएको शाखा प्रमुख मेहताले बताउनुभयो । उपाध्यक्ष कुमारी विभा यादवले गाउँमा यस सम्बन्धी गोष्टीले सार्थक सन्देश प्रवाह गरेको बताउनुभएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया