देवानगंज गाउँपालिका वडा नम्बर तिनको स्वास्थय चौकीमा फिजियोथेरापि सेन्टर संचालनमा – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिका वडा नम्बर तिनको स्वास्थय चौकीमा फिजियोथेरापि सेन्टर संचालनमा

देवानगंज । देवानगंज गाउँपालिका वडा नम्बर तिनको स्वास्थय चौकीमा फिजियोथेरापि सेन्टर संचालनमा आएको छ । बुधवार एक कार्यक्रमको बिच देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उक्त्त सेवाको उदघाटन गर्नु भएको हो ।

प्रदेश सरकार, देवानगंज गाउँपालि, करुण फाउन्डेसनको त्रीपक्षिय सहयोगमा फिजियोथेरापि सेन्टर संचालनमा आएको वडा नम्बर तिनका वडा अध्यक्ष अनिल कुमार भगतले जानकारी दिनु भयो ।  उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, स्वास्थय शाखा प्रमुख उमेस मेहता, लागय स्थानिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले देवानगंज गाउँपालिमा फिजियोथेरापि सेन्टर संचालनमा आउदा सानो सनो थेरापि गर्न बहिर जाने समस्याको अन्त भएको बतानु भयो । स्थानिय सरकारले अब बन्ने बजेटमा योग र थेरापिको लागि छुटै बजेट निमार्ण गरी योग र फिजियोथेरापि सेवालाई थप उतकृस्ट सेवा बनाउने समेत बताउनु भएको छ ।